२०८३ बैशाख १३

ऋषव पन्त न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिजबाट बाहिरिए

काठमाडौँ । भारत र न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिज आजदेखि शुरु हुदैछ ।

सिरिज शुरु हुनु अघि भारतलाई भने केटकिपर-ब्याट्सम्यान ऋषभ पन्त अभ्यासको क्रममा घाइते भएपछि सिरिजबाट बाहिरिएपछि ठुलो धक्का लागेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले पन्त घाइते भएपछि उनको स्थानमा ध्रुव जुरेललाई टिममा समावेस गरेको छ ।

शनिबार अभ्यास सत्रको क्रममा ऋषभ पन्त अस्वस्थ भएको बताइएको छ । बीसीसीआईले बताएअनुसार त्यसको लगत्तै, मेडिकल टोलीले उनलाई एमआरआई स्क्यानको लागि लग्यो र विशेषज्ञहरूसँग विस्तृत परामर्श गरेपछि, उनको साइड स्ट्रेन भएको पत्ता लाग्यो । यसले उनलाई एकदिवसीय सिरिजबाट फिर्ता हुन् बाध्य बनायो ।

भारतले न्यूजील्याण्डविरुद्धको तीन खेलको सिरिजको पहिलो खेल आज हुदैछ भने दोस्रो खेल जनवरी १४ मा र तेस्रो खेल जनवरी १८ मा हुदैछ ।

Read More

इन्डियन आइडल विजेता गायक प्रशान्त तामाङको निधन

काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।

तेस्रो इन्डियन आइडलका विजेता रहेका तामाङको आइतबार बिहान दिल्लीस्थित निवासमा निधन भएको हो । ४३ बर्षिय तामाङको हृदयघातबाट निधन भएको बताइएको छ ।

तामाङको निधनप्रति नेपाली गायक प्रमोद खरेलले श्रद्धाञ्जली व्यक्त गर्दै अप्रिय र अपत्यारिलो खबर सुन्नु परेको भन्दै प्रशान्त तामाङ हामी बीच नरहेको उल्लेख गरेका छन् ।

 इन्डियन आइडल जितेपछि भारतीय प्रहरीको जागिर छोडेर गायन र कलाकारितालाई आफ्नो क्यारियर बनाएका थिए । तामाङले नेपाली फिल्म परदेशी र गोर्खापल्टन लगायतमा अभिनय पनि गरेका थिए ।

Read More

सिमलतालको पहिरोमा परेर बेपत्ता बसको अवशेष त्रिशुली किनारमा भेटियो

काठमाडौँ । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा पहिरोले बेपत्ता दुई बसको अवशेष त्रिशुली किनारमा भेटिएको छ । 

बसका अवशेष बालुवाले पुरिएको अवस्थामा भेटिएको हो । बसको अवशेष तीन दिन अघि स्थानीय रोशन भुजेलले भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । दुर्घटना भएको करिब ३०० मिटर तल बसको अवशेष भेटिएको हो ।

२०८१ को असार २८ गते बिहान करिब ३ बजे दुवै बसमा सिमतालमा पहिरोले बगाएपछि बेपत्ता रहेका थिए । बसमा ६२ जना यात्रा रहेको र तीन जना मात्र बच्न सफल भएका थिए । फेला परेका चौबिस जनाका शवमध्ये १९ जनाको मात्र सनाखत हुन सकेको थियो । बसमा रहेका ३५ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।

Read More

सिरियामा इस्लामिक स्टेटविरुद्ध अमेरिकाको ठुलो आक्रमण

काठमाडौँ । अमेरिका र सहयोगी सेनाहरूले सिरियामा इस्लामिक स्टेट (आईएस) समूहको निशानामा ठूलो मात्रामा आक्रमण सुरु गरेका छन् ।

यी आक्रमणहरू डिसेम्बर १९, २०२५ मा घोषणा गरिएको अपरेशन हकआई स्ट्राइकको अंश हुन् । डिसेम्बर १३, २०२५ मा सिरियामा अमेरिकी सेनामाथि भएको घातक आइएस आक्रमणको प्रतिक्रियामा अपरेशन हकआई स्ट्राइक सुरु गरिएको थियो ।

अमेरिकी गठबन्धनले आफ्ना सेनाहरूलाई हानि पुर्‍याएमा संसारको जुनसुकै ठाउँमा भए पनि तिनीहरुको अन्त्य गर्ने चेतावनी दिएका छन् ।

आइएसआइएसलाई इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया पनि भनिन्छ, एक सुन्नी अतिवादी आतंकवादी संगठन हो । यो आतंकवादी संगठन इराकमा अल-कायदाबाट उत्पन्न भएको हो र यसको सञ्चालनको आधार उत्तरी इराक र सिरियामा छ । पालमिरामा अमेरिकी सेनामाथि भएको आक्रमणको प्रत्यक्ष प्रतिक्रियामा अमेरिकाले सिरियामा यसको विरुद्ध अपरेशन हकआई स्ट्राइक सुरु गरेको छ, जसले पूर्वाधार र हतियार भण्डारण सुविधाहरूलाई लक्षित गरेको छ । 

Read More

सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च स्तरमा

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको २८ सयले बढेर तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि शुक्रबार सुन तोलाको २ लाख ६७ हजार ८ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २१० रुपैयाँले बढेर तोलाको ४९९० रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि शुक्रबार चाँदी तोलाको ४७८० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

राष्ट्रपति पौडेलद्वारा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी उनको योगदानको सम्मान गरेका छन् । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगणले नेपाल एकीकरणको अभियान्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरी सम्मान प्रकट गरेका थिए ।

सो अवसरमा मुख्यसचिव सुमनराज अर्याल, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत समाजका विभिन्न क्षेत्रका महानुभावहरूले समेत राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका थिए ।

हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ ।

Read More

साढे १३ अर्ब खुद नाफासहित आयल निगम आर्थिक रूपमा बलियो, इथानोल र हरित हाइड्रोजनतर्फ नयाँ यात्रा

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाउँदै आर्थिक रूपमा मजबुत संस्थाको रूपमा आफूलाई स्थापित गरेको छ।

साढे तीन खर्बभन्दा बढी कारोबार गरेको निगमले एकातिर राजस्वमा ठूलो योगदान पुर्‍याएको छ भने अर्कोतिर स्वच्छ ऊर्जातर्फको भविष्य यात्राको खाका पनि सार्वजनिक गरेको छ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले शनिबार सम्पन्न निगमको ५६औँ वार्षिकोत्सव समारोहमा यी उपलब्धिहरू सार्वजनिक गर्दै आयल निगम अब केवल पेट्रोलियम व्यापारमा सीमित नरहने स्पष्ट संकेत गरे।

भट्टका अनुसार गत आर्थिक वर्षमा निगमले ३ खर्ब ६७ अर्ब रुपैयाँ कारोबार गर्दै १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएको छ। यस्तो वित्तीय सुधारको मुख्य आधार भनेको स्वचालित मूल्य प्रणाली र पछिल्ला वर्षहरूमा भएको पूर्वाधार विस्तार रहेको भट्टको भनाइ छ।

उनले २०७१ सालमा सुरु गरिएको स्वचालित मूल्य प्रणालीलाई निगमको इतिहासकै सबैभन्दा निर्णायक सुधारको रूपमा व्याख्या गर्दै भने, “यही प्रणालीका कारण आज निगम घाटाबाट नाफामा रूपान्तरण भएको छ र व्यावसायिक रूपमा आत्मनिर्भर बन्दै गएको छ।”

पूर्वाधारतर्फ, मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, अमलेखगञ्जमा १७ हजार किलोलिटर क्षमताको भण्डारण गृह, पोखरामा हवाई इन्धन भण्डारण केन्द्र, तथा डिपोहरूमा फ्लो मिटर र ईआरपी प्रणाली जस्ता प्रविधिको प्रयोगले ढुवानी खर्च घट्नुका साथै पारदर्शिता बढेको निगमले जनाएको छ। यसकै कारण उपभोक्ताले प्रतिलिटर करिब २ रुपैयाँ सस्तो इन्धन पाउन सकेको दाबी गरिएको छ।

इथानोल मिश्रण: आयात घटाउने र किसानलाई जोड्ने योजना
यही आर्थिक सबलतासँगै सरकारले हालै पेट्रोलमा इथानोल मिश्रण सम्बन्धी आदेश-२०८२ स्वीकृत गरेपछि आयल निगमले नयाँ ऊर्जा रणनीतिलाई तीव्रता दिएको छ।

डा. भट्टका अनुसार पेट्रोलमा इथानोल मिसाउने योजना दुई दशकअघि नै उठेको भए पनि मूल्य, कर संरचना र नीतिगत जटिलताका कारण कार्यान्वयनमा आउन सकेको थिएन। “अब सरकारले बाटो खोलिदिएको छ, यसले आयात निर्भरता घटाउनुका साथै स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नेछ,” उनले भने।

इथानोल जैविक इन्धन भएकाले यसले कार्बन उत्सर्जन घटाउने, पेट्रोलको खपत कम गर्ने र वातावरण संरक्षणमा योगदान पुर्‍याउने विश्वास निगमको छ। नेपालमा प्रारम्भिक चरणमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्ने लक्ष्य लिइएको छ, जुन हाल प्रयोगमा रहेका सवारी साधनका लागि सुरक्षित हुने बताइएको छ।

किसानदेखि उद्योगसम्म लाभ
इथानोल उत्पादनका लागि उखुको मोलासिस र सिमल तरुल जस्ता स्वदेशी कच्चा पदार्थ प्रयोग गर्न सकिने भएकाले यसबाट किसान र उद्योगी दुवै लाभान्वित हुने अपेक्षा गरिएको छ। चिनी उद्योगहरू बहुउत्पादक उद्योगमा रूपान्तरण हुने, किसानले उत्पादनको उचित मूल्य पाउने र देशभित्र रोजगारी सिर्जना हुने निगमको आँकलन छ।

डा. भट्टका अनुसार गुणस्तरमा सम्झौता नहुने गरी ९९.५ प्रतिशत शुद्ध इथानोल मात्र प्रयोग गरिनेछ र यसले सवारी साधनको इन्जिनमा कुनै नकारात्मक असर नपार्ने दाबी गरिएको छ।

हरित हाइड्रोजन र पब्लिक सेयरतर्फ संकेत
दीर्घकालीन योजनातर्फ संकेत गर्दै निगमले काठमाडौं विश्वविद्यालयसँग सहकार्यमा हरित हाइड्रोजनको व्यावसायीकरण गर्ने तयारी समेत अघि बढाएको जनाएको छ। यसले सन् २०४५ सम्म ‘शून्य कार्बन उत्सर्जन’ को राष्ट्रिय लक्ष्यमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

साथै निगमलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरी सर्वसाधारणका लागि सेयर जारी गर्ने, दुर्गम क्षेत्रमा नयाँ पेट्रोल पम्प विस्तार गर्ने र ४५० केजी क्षमताको ठूलो ग्यास सिलिन्डर प्रयोगमा ल्याउने विषयमा समेत अध्ययन भइरहेको जानकारी दिइएको छ।

करिब ७ सय स्थायी र ३ सय ज्यालादारी कर्मचारी का भरमा दैनिक ७५ लाख लिटर इन्धन र १ हजार ५ सय टन ग्यास वितरण भइरहेको उल्लेख गर्दै डा. भट्टले कर्मचारीको समर्पणको खुलेर प्रशंसा गरे।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा, उच्च सरकारी अधिकारी, नियामक निकायका प्रमुख तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

नेपाल आयल निगम अब नाफामुखी मात्र होइन, स्वच्छ ऊर्जा, आत्मनिर्भरता र दिगो विकास तर्फ उन्मुख राष्ट्रिय संस्थाको रूपमा अगाडि बढ्दै गएको संकेत यस वर्षको तथ्यांक र योजनाले स्पष्ट पारेको छ।

Read More

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सव सम्पन्न, नवनिर्मित केन्द्रीय कार्यालय समुद्घाटन

काठमाडौँ । नेपाल आयल निगमले सनिबार आफ्नो स्थापना भएको ५६औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ ।

यस अवसरमा निगमले आम उपभोक्ता, पेट्रोलियम व्यवसायी तथा सम्पूर्ण निगम परिवारप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।

वार्षिकोत्सवकै अवसरमा निगमको नवनिर्मित केन्द्रीय कार्यालय भवनको औपचारिक समुद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय अनिल कुमार सिन्हाले गरेका छन् । समुद्घाटन समारोहमा मन्त्री सिन्हाको उपस्थितिलाई निगमले विशेष महत्वका साथ लिँदै उनिप्रति आभार प्रकट गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले निगमको ५६ वर्षे यात्रालाई स्मरण गर्दै वर्तमान र भविष्यप्रतिको प्रतिबद्धता स्पष्ट पारे। डा. भट्टले भने, “नेपाल आयल निगम केवल इन्धन आपूर्ति गर्ने संस्था मात्र होइन, यो देशको आर्थिक गतिविधि, जनजीवन र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको जिम्मेवार संस्था हो। ५६ वर्षको यात्रामा हामीले धेरै चुनौती पार गरेका छौँ र ती चुनौतीले नै हामीलाई अझ जिम्मेवार र सक्षम बनाएको छ।”

भट्टले नवनिर्मित केन्द्रीय कार्यालय भवनले निगमको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र आधुनिक बनाउने विश्वास समेत व्यक्त गरे।
“यो भवन केवल संरचना मात्र होइन, निगमको संस्थागत सुधार, सुशासन र सेवाग्राहीमैत्री व्यवस्थापनतर्फको महत्वपूर्ण कदम हो,” डा. भट्टले उल्लेख गरे।

भट्टका अनुसार निगमले पछिल्ला वर्षहरूमा पेट्रोलियम आपूर्तिलाई सुरक्षित, नियमित र भरपर्दो बनाउन संरचनागत सुधार, प्रविधिको प्रयोग र व्यवस्थापन प्रणालीमा सुधार गर्दै आएको छ। “आगामी दिनमा पनि उपभोक्ताको हितलाई केन्द्रमा राख्दै पारदर्शी मूल्य प्रणाली, सुरक्षित भण्डारण र निर्बाध आपूर्तिमा हामी दृढ रूपमा अघि बढ्नेछौँ,” उनले भने।

भट्टले निगमप्रति उपभोक्ता, व्यवसायी र सरोकारवाला निकायले देखाउँदै आएको विश्वासप्रति धन्यवाद दिँदै सम्पूर्ण कर्मचारीहरूको योगदानको प्रशंसा समेत गरे । “निगम आज यो अवस्थामा आइपुग्नुमा कर्मचारीहरूको मेहनत, अनुशासन र समर्पणको ठूलो भूमिका छ,” उनले थपे।

निगमले आगामी दिनमा पनि राष्ट्रिय आवश्यकता अनुसार पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्दै उपभोक्ताको भरोसा कायम राख्ने र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Read More

नेपाल बैंक र ॐ हस्पिटलबीच उपचार शुल्कमा विशेष छुट सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेड र काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बीच उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा बैंकमा खाता रहेका ग्राहकहरूले ॐ हस्पिटलमा उपचार गर्दा शुल्कमा उल्लेखनीय छुट पाउनेछन्।

सम्झौता बमोजिम अस्पतालमा उपलब्ध विभिन्न उपचार सेवामा लाग्ने बिल रकममा ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने व्यवस्था गरिएको छ। यसले स्वास्थ्य उपचारको बढ्दो खर्चका बीच बैंकका कर्मचारी र ग्राहकहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत ले हस्ताक्षर गरेका छन् ।

यस सहकार्यबाट नेपाल बैंकका कर्मचारी, उनका परिवारका सदस्य तथा बैंकमा खाता रहेका ग्राहकहरू ॐ हस्पिटलले प्रदान गर्ने गुणस्तरीय र सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुने विश्वास बैंकले व्यक्त गरेको छ।

Read More

आफ्ना नागरिकलाई तुरुन्त भेनेजुएला छोड्न अमेरिकाको आग्रह

काठमाडौँ । अमेरिकाले आफ्ना नागरिकहरूलाई तुरुन्तै भेनेजुएला छोड्न आग्रह गरेको छ । अमेरिकी विदेश विभागका अनुसार, भेनेजुएलामा सशस्त्र मिलिशियाहरूले नाकाबन्दी लगाएको रिपोर्ट आएको छ ।

अमेरिकी विदेश विभागले भेनेजुएलाका मिलिशियाहरूले अमेरिकीहरू र उनीहरूका समर्थकहरूको खोजी गरिरहेको र उनीहरूका सवारी साधनहरूको खोजी गरिरहेको बताएको छ । भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीको एक हप्तापछि यस्तो कदम चालिएको छ । अमेरिकाले भेनेजुएलाका नेता निकोलस मादुरोलाई पक्रुआ गरेर अमेरिका लागेको थियो, जहाँ उनी हतियार र लागूपदार्थको तस्करीको मुद्दाको सामना गरिरहेका छन्।

निकोलस मादुरोको सट्टा भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको अन्तरिम सरकारले अमेरिकी समर्थनमा देश चलाएको बताउदै अब केहि समय भेनेजुएला आफुहरुको नियन्त्रणमा हुने बताएका थिए । साथै उनले अब भेनेजुएलामा थप आक्रमणको आवश्यकता नपर्ने बताएका थिए । तर आफ्ना नागरिकहरुलाई फिर्ता बोलाएर अमेरिकाले भेनेजुएलामा थप आक्रमणको संकेत गरेको छ ।

Read More