२०८३ बैशाख १३

महान्यायाधिवक्ताको निर्णयले युवाहरूको आवाजलाई कुल्चियो- भीम रावल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले महान्यायाधिवक्ताले संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अभियोग लागेका मानिसहरुको मुद्दा खारेज गर्ने निर्णय गरी युवाहरूको आवाजलाई कुल्चेको आरोप लगाएका छन् ।

नेता रावलले महान्यायाधिवक्ताको यो निर्णयले खैरो सूचीमा परि कालो सूचीमा पर्ने खतरामा रहेको देशलाई कुशासन र स्वेच्छाचारीतन्त्रमा धकेल्ने कुचेष्टा गरेको बताएका छन् ।  

महान्यायाधिवक्ता सबिता भण्डारीले रास्वपा सभापति रवि लामिछानेसहित उनको मुद्धासँग जोडिएका व्यक्तिहरुको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धा फिर्ता लिन अनुमति दिने निर्णय गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ । यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्धा समेत दायर भएको छ  । 

नेता रावलले भनेका छन्: 

भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा युवाहरूले उठाएको आवाजको जगमाथि बनेको अन्तरिम सरकारका महान्यायाधिवक्ताले संगठित अपराध र  सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अभियोग लागेका मानिसहरुको मुद्दा खारेज गर्ने निर्णय गरी युवाहरूको आवाजलाई कुल्चेको मात्र छैन, खैरो सूचीमा परि कालो सूचीमा पर्ने खतरामा रहेको देशलाई कुशासन र स्वेच्छाचारीतन्त्रमा धकेल्ने कुचेष्टा गरेको छ ।

Read More

देउवा समुहको भेला शुरु हुदै, शेखर कोइराला पक्ष सहभागी नहुने

काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समुहको बैठक सानेपामा शुरु हुने क्रममा रहेको छ ।

शुक्रबार निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको नवनिर्वाचित कार्यसमितिले आधिकारिकता पाएपछि आफ्नो रणनीति तय गर्न देउवा समुहले भेला गरिरहेको छ । यस भेलामा शेखर कोइराला समुहले भने भाग नलिने बताइएको छ । कोइराला निकट एक नेताले देउवा पक्षको बैठकमा आफुहरु सहभागी नहुने बताएका छन् ।

शुक्रबार गगन नेतृत्वको काँग्रेसले आधिकारिकता पाएपछि पुर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगले षड्यन्त्रपूर्ण निर्णय दिएको भन्दै आफुहरु वैधानिक र राजनीतिक लडाई लड्ने बताएका थिए ।

Read More

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यसमितिको बैठक शनिबार बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित एक बैंक्वेटमा बस्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । 

शुक्रबार निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको नवनिर्वाचित कार्यसमितिले आधिकारिकता पाएपछि केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संगठन, आगामी रणनीति तथा प्रतिनिधि सभाको उम्मेदवार छनौट बारे छलफल हुने बताइएको छ ।

Read More

डा. अमरेश कुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौँ । निबर्तमान स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन् ।

सिंहले माघ ५ गते जनकपुरमा हुने रास्वपाको सभाबाट नयाँ राजनितिक अध्यायको सुरुवात गर्ने बताएका छन् ।

सिंहले यसअघिनै बालेन शाहसँग छलफल गरेर आफ्नो सम्भावित कदम बारे संकेत दिएका थिए ।उनले भनेका छन्: यहि माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाम मा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रम बाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु । देश र मधेशमा रहेको भ्रष्टाचार कुशासन बिरुद हिजो स्वतन्त्र रहदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ । साथै म लगायत देश र मधेशको हित चाहने मधेशमा शिक्षा स्वास्थ्य रोजगार र भौतिक पुर्वाधार को बिकास चाहने सम्पुर्ण आमाबुवा तथा दिदिबहिनीहरुलाई यसै कार्यक्रम मार्फत जुडन आव्हान गर्दछु ।

Read More

कांग्रेसभित्र फरक निर्णय: खड्काले मागे प्रतिनिधि सभा उम्मेदवार सूचीबाट नाम फिर्ता

काठमाडौँ । नेपाली कांग्रेसभित्र उम्मेदवार छनोट प्रक्रियालाई लिएर नयाँ प्रसंग थपिएको छ। कोशी प्रदेश कार्यसमितिले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रस्ताव गरेको सिफारिस सूचीमा परेका डा. नारायण खड्काले आफ्नो नाम सो सूचीबाट हटाइदिन औपचारिक रूपमा आग्रह गरेका छन्।

डा. खड्काले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै पत्र लेखी सिफारिस सूचीप्रति आफ्नो असहमति जनाएका हुन्। उनले प्रदेश कार्यसमितिबाट पठाइएको प्रस्तावित सूचीमा आफ्नो नाम समावेश भएको विषयमा केन्द्रीय कार्यालयको सम्बन्धित निकायलाई जानकारी गराइदिन आग्रह गरेका छन्।

खड्काले पत्रमा आफूलाई प्रतिनिधि सभा सदस्यका लागि प्रस्तावित उम्मेदवारको रूपमा राखिएको जानकारी पाएको उल्लेख गर्दै सो सूचीबाट आफ्नो नाम हटाइदिनु उपयुक्त हुने स्पष्ट धारणा व्यक्त गरेका छन्। पत्रमा उनले सन् २०८२ को प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरिएको सूचीमा आफ्नो नाम परेकामा असहमति जनाउँदै केन्द्रको ध्यानाकर्षण गराएका छन्।

उनको यो कदमलाई पार्टीभित्र उम्मेदवार छनोट प्रक्रियामा देखिएको असहजता वा व्यक्तिगत–राजनीतिक कारणसँग जोडेर हेरिएको छ। यद्यपि खड्काले सार्वजनिक रूपमा नाम फिर्ता लिनुको कारण विस्तृत रूपमा खुलाएका छैनन्।

कोशी प्रदेश कांग्रेसबाट आएको सिफारिस सूचीमा रहेका एक नेताले नै स्वयं नाम हटाउन माग गरेपछि उक्त क्षेत्रको उम्मेदवार छनोट प्रक्रिया थप चासोको विषय बनेको छ। पार्टी नेतृत्वले अब यस विषयमा के निर्णय गर्छ भन्नेमा राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ।

Read More

समानुपातिक सूची विवाद चर्कियो: टासी हटाइएको विरोधमा रास्वपा कार्यालय घेराउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समानुपातिक बन्दसूचीलाई लिएर असन्तोष चुलिँदै गएको छ।

पार्टीले टासी लाजोम शेर्पाको नाम बिना स्पष्ट आधार समानुपातिक सूचीबाट हटाएको आरोप लगाउँदै हुम्ला र मुगुका नेता तथा कार्यकर्ताले केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन्।

काठमाडौँको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय अगाडि दुई जिल्लाका सभापतिको नेतृत्वमा भइरहेको प्रदर्शनमा सहभागीहरूले पार्टीको निर्णय अपारदर्शी र अन्यायपूर्ण भएको दाबी गरेका छन्। उनीहरूले सूची संशोधनको निर्णय तत्काल पुनरावलोकन गर्न माग गर्दै नेतृत्वसँग स्पष्ट जवाफ चाहिएको बताएका छन्।

प्रदर्शनकारीहरूका अनुसार रास्वपाले टासी शेर्पालाई ‘भूराजनीतिक कारण’ देखाउँदै बन्दसूचीबाट हटाएको थियो। तर शेर्पाले आफू तिब्बती नरहेको र त्यससँग कुनै किसिमको सम्बन्ध वा साइनो नभएको स्पष्ट पार्दै आएकी छन्। उनले पार्टीको निर्णय तथ्य र प्रमाणविहीन भएको भन्दै निरन्तर आपत्ति जनाउँदै आएकी छिन्।

टासी शेर्पा हिमाली क्षेत्रको पर्यावरण, संस्कृति र सामाजिक जीवनसँग सम्बन्धित विषयमा अध्ययन र अनुसन्धान गरेकी अध्येता हुन्। जेनजी (Gen Z) आन्दोलनपछि वैकल्पिक राजनीतिप्रति आकर्षित हुँदै उनी रास्वपा प्रवेश गरेकी थिइन्। उनको नाम बन्दसूचीबाट हटाइएपछि हिमाली क्षेत्रका कार्यकर्तामा गहिरो असन्तोष देखिएको छ।

प्रदर्शनकारीहरूले पार्टीले समावेशी र वैकल्पिक राजनीतिका कुरा गरे पनि व्यवहारमा भने विपरीत कदम चालेको आरोप लगाएका छन्। उनीहरूले नेतृत्वले तत्काल निर्णय सच्याएर न्यायोचित समाधान दिनुपर्ने माग गरेका छन्।

समानुपातिक बन्दसूचीसम्बन्धी यो विवादले रास्वपाभित्र आन्तरिक छलफल र दबाब बढाउने देखिएको छ भने पार्टी नेतृत्वले यस विषयमा कस्तो धारणा सार्वजनिक गर्छ भन्ने चासो बढेको छ।

Read More

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

रास्वपाको केन्द्रीय समितिको बैठक आज दिउसो २ बजेदेखि केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्ने बताइएको छ ।

Read More

न्युजील्याण्डविरुद्धको पाँच खेलको टी-२० सिरिज खेल्ने भारतीय टिमको घोषणा

काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) न्युजील्याण्डविरुद्धको पाँच खेलको टी-२० सिरिजको लागि टिमको घोषणा गरेको छ । 

भारतको टी-२० टिममा श्रेयस अय्यरले कमब्याक गरेका छन् । उनले पहिलो तीन खेलका लागि भारतीय टोलीमा तिलक वर्माको स्थानमा लिएका छन् । यसबाहेक, बोर्डले वाशिंगटन सुन्दरको स्थानमा रवि बिश्नोईलाई टिममा राखेको छ । अय्यरलाई पहिलो तीन खेलको लागि टी-२० टोलीमा समावेश गरिएको छ । उनले अन्तिम पटक २०२३ मा अस्ट्रेलिया विरुद्ध भारतको लागि टी-२० खेल खेलेका थिए । त्यसबेलादेखि उनी टी-२० टोलीको हिस्सा भएका छैनन् । उनी हाल न्युजील्याण्डविरुद्धको जारी एकदिवसीय सिरीजमा तरंग बनाइरहेका छन् । भारतीय अलराउन्डर वाशिंगटन सुन्दर चोटका कारण न्युजिल्याण्ड विरुद्धको आगामी टी-२० सिरिजबाट बाहिरिएका छन् । 

पहिलो खेल २१ जनवरीमा नागपुरमा, दोस्रो खेल जनवरी २३ मा रायपुरमा, तेस्रो जनवरी २५ मा गुवाहाटीमा, चौथो जनवरी २८ मा विशाखापट्टनममा र पाँचौं जनवरी ३१ मा तिरुवनन्तपुरममा खेलिनेछ ।

टी–२० सिरिजको भारतीय टीम: सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, सञ्जु सैमसन (विकेटकीपर), श्रेयस अय्यर (पहिलो तीन टी–२०), हार्दिक पाण्डेय, शिवम दुबे, अक्षर पटेल (उपकप्तान), रिंकु सिंह, जसप्रित बुमराह, हर्षित राणा, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती, शान किशन (विकेटकिपर), रवि बिश्नोई ।

Read More

२ अर्ब जिमेल प्रयोगकर्तालाई नि:शुल्क एआई सुबिधा दिदै गुगल

काठमाडौँ । गुगलले आधिकारिक रूपमा जेमिनी एआईसँग जिमेल अपग्रेड गर्न सुरु गरेको छ । प्रयोगकर्ताहरूले अब हेल्प मी राइट, एआई सजेस्टेड रिप्लाई, स्मार्ट सर्च र भविष्यमा एआई इनबक्स जस्ता सुविधाहरूबाट लाभ उठाउन सक्नेछन् । कम्पनीका अनुसार, यी अपग्रेडहरूले इमेल व्यवस्थापनलाई छिटो र स्मार्ट बनाउनेछन् ।

गुगलको यो नि:शुल्क प्रस्तावले जिमलेलाई पूर्ण रूपमा स्मार्ट बनाउने लक्ष्य राखेको छ । प्रयोगकर्ताहरूले एआई मार्फत इमेलहरू ड्राफ्ट गर्न र पुराना इमेलहरू अझ प्रभावकारी रूपमा सम्पादन गर्न सक्षम हुनेछन् । एआईले एक क्लिक जवाफहरू सुझाव दिनेछ, लामो इमेल थ्रेडहरू पढ्न र जवाफ दिन बिताउने समय घटाउनेछ । थप रूपमा, स्मार्ट खोज र इमेल सारांश सुविधाहरूले तपाईंलाई केही लाइनहरूमा लामो इमेलहरू बुझ्न मद्दत गर्नेछ । आगामी एआई इनबक्सले तपाईंको इनबक्सलाई स्वचालित रूपमा व्यवस्थित गर्नेछ, महत्त्वपूर्ण इमेलहरू र गर्नुपर्ने कामहरूको सूची शीर्षमा देखा पर्नेछ । गुगलले यी एआई सुविधाहरूले प्रयोगकर्ताहरूको समय उल्लेखनीय रूपमा बचत गर्नेछ र इमेल ओभरलोडको समस्यालाई उल्लेखनीय रूपमा कम गर्नेछ ।

गुगलले यी सबै सुधारहरू जेमिनी ३ एआई मोडेलको कारण सम्भव छ । यो रोलआउट हाल अमेरिकाका जिमेल प्रयोगकर्ताहरू र गुगल एआई प्रो र अल्ट्रा सदस्यहरूमा रोल आउट भइरहेको छ । यी सुविधाहरू हाल अंग्रेजीमा उपलब्ध छन्, तर चाँडै नै अन्य भाषाहरू र देशहरूमा विस्तार हुनेछन् ।

गुगलले यसलाई प्रयोगकर्ता अनुभवमा ठूलो सुधारको रूपमा प्रचार गरिरहेको छ, द रजिस्टर र बोइङबोइङ जस्ता वेबसाइटहरूले चेतावनी दिइरहेका छन् कि क्लाउड-आधारित एआई प्रशोधनले गोपनीयता जोखिम बढाउन सक्छ । एआई सुविधाहरू राम्रोसँग काम गर्नको लागि, जीमेल इनबक्सहरू गुगलको सर्भरहरूमा प्रशोधन गरिनेछ ।

यद्यपि गुगलले यो सुविधा पूर्वनिर्धारित रूपमा सक्रिय हुने बताएको छ, प्रयोगकर्ताहरूले चाहेमा यसलाई असक्षम गर्न सक्छन् । यो गर्न, तिनीहरूले पहिले सेटिङहरूमा जानुपर्छ, त्यसपछि जर्नल र स्मार्ट सुविधाहरूमा जानुपर्छ र तिनीहरूलाई बन्द गर्नुपर्छ । यो ध्यान दिन लायक छ, एआई असक्षम गर्नाले तिनीहरूलाई धेरै नयाँ, उन्नत सुविधाहरू पहुँच गर्नबाट पनि रोक्नेछ ।

यदि तपाईं इमेलमा व्यापक रूपमा काम गर्नुहुन्छ र स्मार्ट सहायता चाहनुहुन्छ भने, यो अपग्रेड लाभदायक हुन सक्छ । तर यदि गोपनीयता तपाईंको शीर्ष प्राथमिकता हो भने, आफ्नो सेटिङहरू जाँच गर्न वा वैकल्पिक इमेल क्लाइन्ट प्रयोग गर्न निश्चित गर्नुपर्ने हुन्छ ।

रिपोर्टका अनुसार जिमेलको नयाँ एआइ इनबक्सले परम्परागत इमेल सूचीलाई व्यक्तिगत ब्रीफिंगले प्रतिस्थापन गर्नेछ । यसमा गर्नुपर्ने कामको सूची, इमेलहरूको एआई आधारित सारांश र शीर्षमा देखिने सबैभन्दा महत्त्वपूर्ण इमेलहरू जस्ता सुविधाहरू समावेश हुनेछन् । यो सुविधा हाल अमेरिकामा चुनिएका विश्वसनीय परीक्षकहरूको लागि परीक्षण भइरहेको बताइएको छ ।

अब गुगलले आफ्नो कार्यक्षेत्र इकोसिस्टममा जेमिनी एआईलाई गहिरो रूपमा इम्बेड गर्न चाहेको छ । बढ्दो इमेल ओभरलोडको समयमा एआई सहायक धेरै प्रयोगकर्ताहरूको लागि राहत हुन सक्छ, यसले डेटा नियन्त्रण र गोपनीयताको बारेमा पनि प्रश्नहरू उठाउनेछ ।

यसबाहेक, द रजिस्टरले अझै पनि बाहिर निस्कने बाटो रहेको बताएको छ। यदि प्रयोगकर्ताहरू जिमेलमा जबरजस्ती एआई चाहँदैनन् भने, तिनीहरूले थण्डरबर्ड जस्ता स्ट्यान्डअलोन इमेल क्लाइन्टहरू वा अपरेटिङ सिस्टममा निर्मित इमेल एपहरू प्रयोग गर्न सक्छन्, जसले जिमेललाई समर्थन गर्दछ तर वेब आधारित एआई इन्टरफेसमा भर पर्दैन ।

Read More

गगन थापालाई शुभकामना दिदै बाबुराम भट्टराईले भने- अन्य दलमा पनि सकारात्मक प्रभाव परोस्

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई शुभकामना दिदै कांग्रेसको यो विधिसम्मत नेतृत्व पुस्तान्तरणले अरू दलहरूमा पनि सकारात्मक प्रभाव पार्नुपर्ने टिप्पणी गरेका छन् ।

निर्वाचन आयोगले थापा नेतृत्वको काँग्रेसलाई आधिकारिक मान्यता दिएपछि टिप्पणी गर्दै डा. भट्टराईले दलहरूको नेतृत्व मात्र हैन विचार, नीति, कार्यक्रम, संगठनात्मक प्रणाली, आचरण समेतको पुनर्संरचना र रूपान्तरण समयको माग हो भन्ने सबै नयाँ पुराना पार्टीहरुले आत्मसात गर्नुपर्ने बताएका छन् ।

उनले भने- ‘निर्वाचन आयोगको यो निर्णय संगै नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाइ तथा सफलताको शुभकामना ! देशको उदारवादी लोकतान्त्रिक धारको पुरानो पार्टी कांग्रेसको यो विधिसम्मत नेतृत्व पुस्तान्तरणले अरू दलहरूमा पनि सकारात्मक प्रभाव पारोस् । बहुदलीय लोकतन्त्र भनेको दलहरू वीच प्रतिस्पर्धा र सहकार्य दुवैको उचित समन्वय हो भन्ने सबैमा हेक्का रहोस् ।

साथै दलहरूको नेतृत्व मात्र हैन  विचार, नीति, कार्यक्रम, संगठनात्मक प्रणाली, आचरण समेतको पुनर्संरचना र रूपान्तरण समयको माग हो भन्ने सबै  नयाँ पुराना पार्टीहरुले आत्मसात गरून् ।

Read More