२०८३ बैशाख १३

देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँ । निर्वाचन आयोगबाट आधिकारिकता गुमाएपछि नेपाली काँग्रेसको देउवा पक्षले काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । 

पूर्णबहादुर खड्काको निर्देशानुसार केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

गगन थापा नेतृत्वको काँग्रेसले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि देउवा पक्षले नयाँ रणनीति बनाउन बैठक बोलाएको छ ।

Read More

कांग्रेस विवाद चर्किँदै, देउवा पक्ष सडक र कानुनी संघर्षमा जाने

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किँदै गएको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधता दिने निर्णय गरेपछि शेरबहादुर देउवा पक्षले त्यसलाई अस्वीकार गर्दै खुलेर विरोध जनाएको छ। पार्टीका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय आफूहरूलाई कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

निर्वाचन आयोग परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै खड्काले विशेष महाधिवेशन पक्षधरलाई पार्टीको वैधानिकता दिने आयोगको निर्णय लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको दाबी गरे। उनले यस्तो निर्णयविरुद्ध राजनीतिक र कानुनी दुवै किसिमको संघर्ष गर्ने संकेतसमेत दिए।

खड्काका अनुसार नेपाली कांग्रेसको वैधानिक नेतृत्व १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नेतृत्वमै यथावत छ। आयोगले उक्त यथार्थलाई बेवास्ता गर्दै एकपक्षीय रूपमा निर्णय गरेको उनको आरोप छ। ‘निर्वाचन आयोगले संस्थापन पक्षका सभापतिलाई एकपटक पनि बोलाएर स्पष्टीकरण नलिई, निर्वाचन प्रक्रियाको मर्मविपरीत निर्णय गरेको छ,’ उनले भने, ‘यो निर्णय हाम्रो लागि अमान्य छ।’

उनले आयोगको कदमलाई षड्यन्त्रपूर्ण भन्दै संवैधानिक निकायबाट अपेक्षा गरिने निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठेको बताए। पार्टीभित्र देखिएको विवादलाई समाधान गर्ने नाममा गरिएको निर्णयले झनै अन्योल र टकराव बढाएको उनको भनाइ छ।

देउवा पक्षले अब यस विषयलाई राजनीतिक वृत्तमा मात्र होइन, आवश्यक परे कानुनी मार्गबाट समेत चुनौती दिने तयारी गरेको संकेत दिएको छ। खड्काको भनाइले नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष अझ तीव्र हुने देखिएको छ भने निर्वाचन आयोगको पछिल्लो निर्णयमाथि व्यापक बहस सुरु हुने अनुमान गरिएको छ।

Read More

एमालेको सचिवालय बैठक आज बस्दै, उम्मेदवार छान्ने एजेण्डा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न आज दिउँसो १ बजे सचिवालय बैठक बस्दैछ ।  बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गरि बोलाइएको छ ।

एमालेले जिल्ला हुँदै प्रदेश कमिटीले सिफारिस गरि पठाएका नाममध्ये प्रत्येक निर्वाचन क्षेत्रमा एक जनालाई उम्मेदवार बनाउने छ । फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । 

Read More

गगन थापा पक्षलाई आधिकारिकता दिनु लोकतन्त्रमाथि प्रहार: महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको विवादमा निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिकता दिनु लोकतन्त्र र विधिको शासनमाथि गम्भीर प्रहार भएको टिप्पणी गरेका छन्।

उनले संवैधानिक निकायमै वैदेशिक हस्तक्षेप देखिनु देशका लागि अत्यन्तै चिन्ताजनक र अस्वीकार्य भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले निर्वाचन आयोगजस्तो संवैधानिक संस्थाबाट आएको निर्णयले लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रश्न उठाएको बताए। उनका अनुसार आयोगको भूमिकाले राजनीतिक निष्पक्षता र संस्थागत विश्वसनीयतामै गम्भीर असर पार्ने संकेत गरेको छ।

बस्नेतले यस्तो संवेदनशील विषयमा बाह्य शक्तिको प्रभाव देखिनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै यसलाई ‘वैदेशिक हस्तक्षेपको नाङ्गो नाच’ को संज्ञा दिएका छन्। उनका अनुसार यो केवल एउटा दलको विवादको विषय नभई सम्पूर्ण लोकतान्त्रिक प्रणाली र राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको मुद्दा हो।

उनले भनेका छन्, संवैधानिक निकायहरू स्वतन्त्र, निष्पक्ष र राष्ट्रहितप्रति प्रतिबद्ध हुनुपर्नेमा उल्टै प्रश्न उठ्ने खालको अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय हो। यस्तो अवस्थामा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षमा उभिने सबै शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता उनले औंल्याएका छन्।

बस्नेतले वर्तमान परिस्थितिले देशलाई थप अस्थिरतामा धकेल्न सक्ने चेतावनीसमेत दिएका छन्। उनले वैकल्पिक वा पर्यायी आन्दोलनमार्फत लोकतान्त्रिक मूल्यको रक्षा गर्नुपर्ने संकेत गर्दै राजनीतिक र नागरिक शक्तिहरूलाई सचेत रहन आह्वान गरेका छन्।

उनको यो टिप्पणीले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई लिएर राजनीतिक वृत्तमा थप बहस चर्किने देखिएको छ। कांग्रेसको आन्तरिक विवाद र त्यसमा आयोगको भूमिकाले देशको समग्र राजनीतिक वातावरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय अब सार्वजनिक बहसको केन्द्रमा आउने अनुमान गरिएको छ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।

हाल कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ र पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Read More

सहमति भयो, अब के ? सरकार-दुर्गा प्रसाईं २७ बुँदाको इनसाइड स्टोरी

काठमाडौँ । सरकार र नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंबीच भएको २७ बुँदे सहमतिले तत्कालीन तनावलाई शान्त पारे पनि यसको वास्तविक प्रभाव कार्यान्वयनमा निर्भर रहने देखिएको छ।

सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको साक्षीमा भएको सहमतिलाई राजनीतिक, सामाजिक र प्रशासनिक तीनै कोणबाट अर्थपूर्ण रूपमा हेरिएको छ।

१. संवादको जित, सडकको थकान
यो सहमति सरकार र आन्दोलन पक्ष दुवैका लागि संवादमार्फत समाधान खोज्ने मोडको संकेत हो। लामो समयदेखि चर्किएको आन्दोलन र त्यसबाट उत्पन्न असहज अवस्थाप्रति दुबै पक्ष थाकिसकेको संकेत पनि सहमतिले दिएको छ।

२. नागरिक मुद्दा प्राथमिकतामा आएको दाबी
सरकारले सहमतिका बुँदाहरूमा नागरिकका सामाजिक, आर्थिक र अधिकारसम्बन्धी विषय समेटिएको दाबी गरेको छ। यसले आन्दोलनलाई केवल राजनीतिक दबाबको रूपमा होइन, जनजीवनसँग जोडिएको मुद्दाका रूपमा स्वीकार गरेको संकेत गर्छ।

३. दुर्गा प्रसाईंको रणनीतिक मोड
दुर्गा प्रसाईंका लागि यो सहमति सडक संघर्षबाट संस्थागत वार्तातर्फको रणनीतिक परिवर्तन हो। उनले सहमतिलाई ‘आंशिक जित’ भनेका छन्, जसले आन्दोलन तत्काल फिर्ता नभई निगरानी र दबाबको नयाँ रूप लिन सक्ने संकेत दिन्छ।

४. सरकारको प्रतिबद्धता कागजमै सीमित ?
यसअघिका यस्तै सहमतिहरू कार्यान्वयनमा कमजोर देखिएका उदाहरणलाई हेर्दा, यो सहमतिले पनि विश्वासको परीक्षा दिनुपर्नेछ। बुँदाहरू स्पष्ट भए पनि समयसीमा, जिम्मेवार निकाय र अनुगमन संयन्त्र कति प्रभावकारी हुन्छ भन्ने प्रश्न खुला छ।

५. प्रधानमन्त्रीको सक्रिय भूमिका
प्रधानमन्त्री सुशीला कार्कीको प्रत्यक्ष साक्षीमा सहमति हुनु राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। यसले सहमतिलाई सामान्य प्रशासनिक निर्णयभन्दा माथि राख्ने प्रयास भएको बुझिन्छ।

६. आन्दोलन शिथिल कि रूपान्तरण ?
सहमति पछि आन्दोलन स्थगित भए पनि पूर्ण रूपमा अन्त्य भएको छैन। विश्लेषकहरूका अनुसार अब आन्दोलन सडकभन्दा बढी कार्यान्वयन अनुगमन र राजनीतिक दबाबको रूपमा देखिन सक्छ।

७. सरकारमाथि बढ्दो सार्वजनिक दबाब
२७ बुँदे सहमतिले सरकारमाथि अब ‘गरिने काम’ को सार्वजनिक जिम्मेवारी थपेको छ। सहमति कार्यान्वयनमा ढिलाइ वा उपेक्षा भए पुनः आन्दोलन चर्किने जोखिम कायमै छ।

८. राजनीतिक सन्देश
यो सहमतिले अन्य असन्तुष्ट समूहहरूलाई पनि संवादको बाटो खुला रहेको सन्देश दिएको छ। तर सहमति कार्यान्वयन भएन भने संवादप्रतिको विश्वास कमजोर हुने खतरा पनि उत्तिकै छ।

सरकार र दुर्गा प्रसाईंबीच भएको २७ बुँदे सहमति तत्कालीन संकट व्यवस्थापनमा सफल देखिए पनि यसको दीर्घकालीन प्रभाव कार्यान्वयनमा निर्भर रहनेछ। सहमति राजनीतिक कागजमै सीमित हुन्छ कि नागरिक जीवनमा प्रत्यक्ष प्रभाव देखिन्छ भन्ने प्रश्नको उत्तर अबका दिनहरूले दिनेछन्।

Read More

यो जय पराजयको विषय होइन, विधि विधानले प्रधानता पाएको हो- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले निर्वाचन आयोगको निर्णयले विधि विधानले प्रधानता पाएको, जय पराजयको विषय होइन नभएको भन्दै कुनै अलमल नपरेर संयम र जिम्मेवार बन्दै एकतावद्ध हुन आव्हान गरेका छन् । 

विज्ञप्ति जारी गर्दै सभापति थापाले अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको उल्लेख गर्दै रिफर्मको यात्रा शुरु भइसकेको र अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्ने बताएका हुन् । 

उनले भनेका छन्- ‘यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पुर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं ।’

उनले आजबाट कांग्रेसमा कुनै गुट नभएको र गुटगत भागबण्डा नहुने स्पष्ट गर्दै जिम्मेवारी फरक होला तर भुइ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हुने बताएका छन् ।

सभापति थापाको विज्ञप्ति:
नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौं । यो नेपाली कांग्रेसका हामी सदस्यहरू र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल हो। 

यसले स्थापित गरेको छ – पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ । 

विशेष महाधिवेशनमा सहभागी हुनुभएका-नहुनुभएका, सहमत हुनुभएका-नहुनुभएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहान्छु – यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन – कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं। विश्वास र भरोसा राख्नुहोस्; अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा शुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ। 

यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पुर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं।

आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, लाग्नेछैन – जिम्मेवारी फरक होला तर भुइ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ। 

नेपाली कांग्रेस पार्टी नेता र यसका सिमित सदस्यको मात्रै होइन आम मानिसको सार्वजनिक पुँजी हो। यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रुपान्तरित कांग्रेस देख्न चाहने तमाम देश भित्र र वाहिर रहेका लाखौं सुभेच्छुकजनहरू प्रति विशेष आग्रह गर्न चाहान्छौं- नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको छ; आजसम्मका उपलब्धीलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ – अब कांग्रेस बदलिएको छ, बदलिनेछ। 

अत: समस्त शुभेच्छुक, समर्थक र आम जनसमुदायमा अपील गर्दछौ – नेपाली कांग्रेस आम नेपाली जनताको अपेक्षा र नव युवाको परिवर्तनको आकांक्षा अनुरुप अगाडि बढ्नेछ। एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौं। अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता गर्ने छैन, ‘सत्ताका लागि जोसंग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ। जसरी हिजोका दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछ – यसका लागि तपाईंहरूको थप साथ र विश्वास चाहिएको छ।

अन्त्यमा, यो ऐतिहासिक क्षणमा सम्पूर्ण शहिदहरूप्रति श्रद्धान्जली अर्पण गर्दछौं, पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गर्दछौं, समस्त नवयुवा लगायत आम नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रमा सरिक हुन पुन: हार्दिक अपील गर्दछौं ।

Read More

२०८२ माघ ३ गते शनिबार: आजको राशिफल

आज २०८२ माघ ३ गते शनिबार ईसं २०२६ जनवरी १७ नेपाल सम्बत ११४६ पोहेलाथ्व चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण चतुर्दशी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, व्याघात योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५७ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ३२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो, तर पनि आफू त्यत्ति हलुका बन्नुहुँदैन, जसबाट उनीहरूले तपाईंको कमजोरी र उदार स्वभावको अनावश्यक फाइदा उठाउन सकून् । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो । त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिष्ठा र सम्मानमा अभिबृद्धि हुनेछ । कुनै धार्मिकरऐतिहासिक महत्त्वको क्षेत्रको भ्रमण पनि हुनसक्छ, तर सानातिना बिमारी र चोटपटकको सम्भावना छ । नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । कुरा काट्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । कार्यक्षेत्रमा उच्च सफलता मिल्नुका साथै कल्पना र भावना केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय छ, तर अहिले जुनसुकै कुरामा अरुले के भन्दैछन् भनी चासो दिनु राम्रो हुन्छ । मन हलुका र शरीर तन्दुरुस्त देखिन्छ, काम छाडेर गफगाफमा भुलिन सक्नुहुन्छ, तर रामरमाइलो त्यागेर काम र प्राथमिकताउपर ध्यान दिनुपर्ने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । व्यक्तित्व विकासका निमित्त राम्रो अवसर प्राप्त हुनेछ । तोकिएको काम समयमै सम्पादन गर्न सकिने र थप आयआर्जनका लागि मन उत्सुक हुने समय छ । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्‌दो नलाग्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
टाढा रहेका छोराछोरीमार्फत राम्रो समाचार आउने तथा सुखरसन्तोष मिल्ने राम्रो दिन छ । आफूले चिताएका हाँकेरताकेका काम पनि सम्पन्न हुने समय हो । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ, जस्तै चुनौतीपूर्ण काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्पर्‌द्धामा विजय प्राप्त हुने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला । व्यस्ततामा दिन बित्नेछ, तथापि कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सञ्चारमाध्यमबाट खुसी हुने समाचार प्राप्त हुनेछ । मन एकतमासको बनिदिनाले बुद्धि र विवेकको सही प्रयोग गर्न सकिंदैन, तर पनि आजकोदिन आशावादी नै बन्ने समय हो । खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । रामरमाइलोमा दिन बित्नेछ । कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्‌नो शब्द र वचनले कसैको मन नदुखोस् भन्ने कुरामा ख्याल राख्ने समय हो, किनकि राम्रो वचनको मूल्य धेरै हुन्छ, तर दुर्वचन मूल्यहीन हुन्छ, तर यसबाट अमूल्य सम्बन्धमा आघात पुग्नसक्छ । कार्यक्षेत्रमा परिवर्तन गर्ने वा नयाँ ठाउँमा सरुवा हुने धारणा पलाउनेछ, थप आयश्रोत बढाउने विषयका साथै आयका मार्ग सुचारु गर्न चिन्तन गर्न सक्नुहुन्छ । एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भन्ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । व्यवहारिक र लचिलो हुने प्रयास गर्नु राम्रो हुन्छ । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । अरुको विश्वास गर्दा धोका पाइने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ । व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउने समय हो । सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । व्यवहारिक चिन्ता बढ्ने दिन हो, जीवनसाथीसँग कतै घुमघाममा जाने वा किनमेलमा निस्कने योजना बनाउनुहोस्, यसबाट तपाईंको निरस जीवन स्वस्थ बन्नसक्छ । लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने दिन हो । अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार राम्रै प्रतिफल हात लागी हुनेछ । व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ । परिणामप्रति आशावादी भइने छ । कार्यक्षेत्र वा बन्दव्यापारमा राम्रो छ । महत्त्वपूर्ण व्यक्तिका साथमा सम्पर्क बढ्नेछ ।

Read More