२०८३ बैशाख १३

बिपी राजमार्ग : राष्ट्रिय राजमार्ग कि नियोजित विपत्ति ?

ई. हरिकृष्ण आचार्य पृष्ठभूमि विश्व शीतयुद्ध (ईस्वी सं. १९४७ -१९९१) ताका भारत र संयुक्त राज्य अमेरिका तत्कालीन सोभियत सङ्घ र…

यी हुन् रास्वपाले अहिलेसम्म टुंगो लगाएका प्रतिनिधिसभा उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको उम्मेदवार टुंगाइरहेको छ । रास्वपाले अहिलेसम्म टुंगो लगाएकामा झापा- ५ बाट बालेन्द्र शाह (बालेन) 

लाई उम्मेदवार बनाएको छ भने झापा- १ मा निशा डाँगी, झापा- २ मा पूर्वउपसभामुख इन्दिरा राना मगर, झापा- ३ मा प्रकाश पाठक, झापा- ४ मा शम्भु सुस्केरा ढकाललाई उम्मेदवार बनाएको छ । 

त्यसैगरी रास्वपाले  धनुषा- ३ बाट प्रवक्ता मनिष झालाई उम्मेदवार बनाएको छ भने गणेश कार्कीलाई मोरङ-३ बाट उम्मेदवार बनाएको छ ।  त्यस्तै मोरङ- १ मा अधिवक्ता यज्ञमणि न्यौपानेलाई टिकट दिएको छ । त्यसैगरी ओखलढुङ्गामा विश्वराज पोखरेल उम्मेदवार बनेका छन् भने स्याङ्जा- १ मा धनन्जय रेग्मी, बागलुङ- २ मा सोम शर्मा, रामेछापमा डा. कृष्णहरि बुढाथोकी उम्मेदवार छन् ।

त्यस्तै बाजुरामा हेमराज थापालाई टिकट दिइएको छ भने तनहुँ क्षेत्र नम्बर १ मा उपसभापति स्वर्णिम वाग्ले, तनहुँ- २ श्रीराम न्यौपानेलाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै धादिङ-२ मा बोधनारायण श्रेष्ठले टिकट पाएका छन् भने नुवाकोट–१ मा डा. विक्रम तिमिल्सिना र नुवाकोट- २ मा डा. अच्युतम लामिछानेले टिकट पाएका छन् । त्यसैगरी दाङ-३ मा कमल सुवेदीले टिकट पाएका छन् भने लमजुङमा धर्म केसी  र नवलपुर- १ मा राजन गौतमलाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी जुम्लामा विनिता कठायत, दोलखामा इञ्जिनियर जगदीश खरेल उम्मेदवार बनेका छन् ।

त्यस्तै ताप्लेजुङमा विरेन्द्र श्रेष्ठ, उदयपुर-२ मा सुर्यबहादुर तामाङ, काठमाडौँ- ६ मा शिशिर खनाल, काठमाडौँ- ७ मा गणेश पराजुली, काठमाडौँ- ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ- ९ मा डिपी अर्याल, चितवन-१ मा हरि ढकाल, चितवन-२ मा रवि लामिछाने, चितवन-३ मा सोबिता गौतमलाई उम्मेदवार बनाएको छ ।

कञ्चनपुर- १ ,आ जनकसिंह धामी, कञ्चनपुर-२ मा दीपक बोहोरा र कञ्चनपुर- ३ मा ज्ञानेन्द्र महतालाई टिकट दिइएको छ भने  कैलाली- १ मा कोमल ज्ञवाली, कैलाली-३ मा लक्ष्मण थारु, कैलाली-४ मा हरि रेग्मी र कैलाली-५ मा आनन्द चन्द उम्मेदवार बनेका छन् । 

त्यस्तै रास्वपाले बाँके-३ मा खगेन्द्र सुनार, कास्की-२ मा उत्तम पौडेल र रुपन्देही-३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ ।

Read More

सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ४२ सयले बढेर तोलाको २ लाख ८२ हजारमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतबार सुन तोलाको २ लाख ७७ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८५ रुपैयाँले बढेर तोलाको ५८१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५६२५ रुपैयाँमा कारोबार भएको थियो ।

Read More

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । गत कात्तिक ९ गते मन्त्री बनेका गुप्ता  फागुन २१ का प्रतिनिधिसभा निर्वाचनमा सिरहा- १ बाट रास्वपाको उम्मेदवार बन्ने तयारी गरेका छन् । 

पछिल्लो समय अमेरिका भ्रमणको विषयमा उनी विवादमा परेका थिए । गुप्ताले आफूले राजीनामा बुझाइसकेको तर आज बिदा परेकाले दर्ता हुन नसकेको तर राजीनामा बारे प्रधानमन्त्री सुशिला कार्कीलाई जानकारी गराइसकेको बताएका छन् ।

गुप्ता हाल रास्वपाका नेताहरुसँग मधेश प्रदेशमा रहेका छन् ।

Read More

उत्तरी चीनको कारखानामा शक्तिशाली विस्फोट: दुई जनाको मृत्यु, ८४ जना घाइते

काठमाडौँ । उत्तरी चीनको एक कारखानामा भएको शक्तिशाली विस्फोटमा दुई जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् । विस्फोटमा पाँच जना बेपत्ता रहेको बताइएको छ ।

आन्तरिक मंगोलियाको बाओगाङ युनाइटेड स्टील प्लान्टमा भएको विस्फोटले वरपरको क्षेत्रमा ठूलो कम्पन निम्त्याएको चिनियाँ मिडियाहरुले उल्लेख गरेका छन् ।

भिडियोहरूले धुवाँको ठूलो मुस्लो र जमिनभरि छरिएको देखाएका छन्, जसमा छाना र पाइपबाट निस्केका भग्नावशेषहरू पनि देखिएको छ । अस्पतालमा भर्ना भएका दर्जनौंमध्ये पाँच जना गम्भीर घाइते भएका छन्। अधिकारीहरूले विस्फोटको कारणको अनुसन्धान गरिरहेको बताएका छन् ।

बाओगाङ युनाइटेड स्टील एक प्रमुख राज्य स्वामित्वको फलाम र स्टील कम्पनी हो । चीनमा कारखाना विस्फोट, खानी भत्किने र पहिरो जस्ता औद्योगिक दुर्घटनाहरूको लामो इतिहास छ ।

Read More

गगन थापा भन्छन्- उम्मेदवार आज टुंगाउछौँ, सबैलाई समेट्ने प्रयास गर्दैछौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवार आज टुंगाउने बताएका छन् । सोमबार बिहान भिडियो सन्देश जारी गर्दै सभापति थापाले उम्मेदवारको टुंगो लगाउने काम गरिरहेको र आज टुंगाउने बताएका हुन् ।

सभापति थापाले आफुहरुले नयाँ किसिमले उम्मेदवार छनौट गर्न खोजेपनि समयको चापका कारण यस पटक सम्भव नभएको बताएका छन् । उनले भनेका छन्- ‘तलैबाट प्रत्येक निर्वाचन क्षेत्रबाट उम्मेदवार छान्नुपर्छ भनेर हामीले प्रस्ताव पनि गरेका छौं । तर, यस्तो बेलामा पार्टीको जिम्मेवारीमा आइपुगेको छु । यतिखेर पुरानै विधानको आधरमा १६५ निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको छ । कुनै ठाउँमा दर्जैनौं सिफारिसहरू गरिएको छ । कहीँ मिलाइएको छ, कहीँ मिलाइएको छैन । सबैभन्दा मुख्य कुरा समयको चाप । हिजो साँझसम्म पनि पार्टीको सबै साथीहरूको बीचमा एकता कायम गर्ने कुराको सन्दर्भमा उम्मेदवार छान्ने भन्दा पनि संवाद गर्ने, समझदारी गर्ने कुराहरूमा ध्यान दिँदै गर्दा समयको चापको कारणले केही अप्ठ्यारो भएको छ ।’

उनले अगाडी भनेका छन्- ‘यसबारेमा सबैलाई थाहै छ, यो जिम्मेवारीमा आइपुग्दै गर्दा, आएको केही दिनपछाडि लगातार निर्वाचन आयोग धाउनुपर्ने अवस्था आयो । निर्वाचन आयोग पछाडि पनि पार्टीको केही साथीहरूले यो चित्त बुझेन भनेर कानुनी परीक्षण खोजिराख्नुभएको स्थिति छ ।’

साथै सभापति थापाले पार्टीको आधिकारिक टिकट पाउने व्यक्तिलाई मनैदेखि सहयोग गर्न समेत आग्रह गरेका छन् । उनले भनेका छन्- ‘त्यो साथीको पक्षमा सबैजना पार्टीका साथीहरू एकढिक्का भएर, मनमा कुनै पनि कुरा नराखिकन, यो एउटा अभियान हो । यो अभियानमा हामी सबै जुट्नपर्छ भनेर, तपाईंहरू लाग्नुहुन्छ भन्ने विश्वासको साथमा सबैलाई अनुरोध गर्न चाहन्छु । अपिल गर्न चाहन्छु ।’

उनले कानुनी परीक्षण खोजी रहेका नेताहरुलाई पनि समेटेर लैजाने पप्रयास आफुले गरिरहेको बताउदै पार्टीभित्र नयाँ र पुरानो सन्तुलन मिलाएर समावेशी बनाउने बताएका छन् ।

Read More

आठ युरोपेली देशको ग्रीनल्याण्डमा संयुक्त सैन्य अभ्यास

काठमाडौँ । ग्रिनल्याण्डलाई समर्थन गर्ने आठ युरोपेली देशहरूले संयुक्त सैन्य अभ्यास गरेका छन् । डेनिस विदेश मन्त्रालयले संयुक्त विज्ञप्ति जारी गर्दै यो घोषणा गरेको छ।

डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, स्वीडेन र संयुक्त अधिराज्यले अभ्यासमा भाग लिएका थिए ।

संयुक्त विज्ञप्तिमा भनिएको छ- ‘नेटो सदस्यहरूको रूपमा, हामी साझा ट्रान्सएट्लान्टिक हितलाई ध्यानमा राख्दै आर्कटिक क्षेत्रको सुरक्षा सुदृढ पार्न प्रतिबद्ध छौं । पहिले समन्वय गरिएको ‘आर्कटिक एन्ड्युरेन्स’ अभ्यास यस आवश्यकतालाई ध्यानमा राख्दै सहयोगीहरूसँगको सहकार्यमा गरिएको डेनिश अभ्यास हो । यसले कसैलाई पनि खतरामा पार्दैन ।’

विज्ञप्तिमा अगाडी भनिएको छ- ‘हामी डेनमार्क र ग्रिनल्याण्डका जनतासँग पूर्ण ऐक्यबद्धतामा उभिएका छौं । गत हप्ता सुरु भएको प्रक्रियामा निर्माण गर्दै, हामी सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सिद्धान्तमा आधारित वार्ताको लागि तयार छौं, जसलाई हामी दृढतापूर्वक समर्थन गर्छौं ।’

शनिबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी आठ देशहरूमा १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । विज्ञप्तिमा ट्रम्पले लगाएको करका बारेमा भनिएको छ- ‘ट्यारिफ धम्कीले ट्रान्सएट्लान्टिक सम्बन्धलाई कमजोर बनाउछ र सम्बन्ध बिग्रने जोखिम बढाउछ । हामी हाम्रो प्रतिक्रियामा एकताबद्ध र समन्वयित रहनेछौं । हामी हाम्रो सार्वभौमसत्ता कायम राख्न प्रतिबद्ध छौं ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्ड कब्जा गर्ने बारम्बार जोड दिएका छन् । उनले यस सम्बन्धमा धेरै बयान दिएका छन्, जसको डेनमार्क सहित धेरै युरोपेली देशहरूले विरोध गरेका छन् ।

ट्रम्पले ग्रिनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि आवश्यक रहेको तर्क गर्दै आएका छन् । उनले अमेरिकाले ग्रिनल्याण्डलाई नलिएमा यसलाई चीन र रूसले यसलाई कब्जा गर्ने दाबि गर्दै आएका छन् ।

Read More

दक्षिणी स्पेनमा दुई उच्च गतिका रेल ठोक्किदा कम्तिमा २१ जनाको मृत्यु

काठमाडौँ । दक्षिणी स्पेनमा दुई उच्च गतिका रेलहरू ठोक्किँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।

रेल नेटवर्क अपरेटर एडीआईएफले कर्डोबा शहर नजिकैको आदामुज शहर नजिकै दुर्घटना भएको बताएको छ । रेल मालागाबाट म्याड्रिड जाँदै गरेको एक उच्च गतिको रेल पटरीबाट खसेर नजिकैको अर्को ट्र्याकमा ठोक्किएको बताइएको छ ।

विपरीत दिशामा म्याड्रिडबाट हुएल्भा जाँदै गरेको अर्को रेल पनि पटरीबाट खसेको थियो । एन्डालुसियाको आपतकालीन सेवाले कम्तिमा ७३ जना गम्भीर घाइते भएको बताएको छ, जबकि उद्धारकर्मीहरूले पटरीबाट खसेका डिब्बाहरूमा फसेकाहरूलाई उद्धार गर्न जारी राखेका बताएका छन्।

रेल मालागाबाट छुटेको लगभग दस मिनेट पछि दुर्घटना भएको थियो । कम्पनीले एटोचा, सेभिल्ला, कोर्डोबा, मालागा र हुएल्भा स्टेशनहरूमा पीडितहरूका आफन्तहरूका लागि आवासको तयारी गरिरहेको बताएको छ । दुर्घटनापछि, म्याड्रिड र एन्डालुसिया बीचका सबै रेल सेवाहरू निलम्बित गरिएको छ । रेलमा लगभग ३०० यात्रुहरू रहेको बताएको छ।

Read More

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहक र कर्मचारीलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले स्वदेशी जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा. लि.सँग सहकार्य गरेको छ।

यस सहकार्यअन्तर्गत बैंकमा खाता भएका सेवाग्राही तथा बैंकका कर्मचारीले ‘ब्ल्याक हर्स’ ब्राण्डका जुत्ताहरू खरिद गर्दा विशेष छुट पाउने भएका छन्।

सम्झौता अनुसार ब्ल्याक हर्स इण्डष्ट्रिजले उत्पादन तथा बिक्री गर्दै आएका विभिन्न किसिमका जुत्ताहरू खरिद गर्दा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट प्रदान गरिनेछ। यो सुविधा देशभर रहेका ब्ल्याक हर्सका आधिकारिक बिक्रेतामार्फत उपलब्ध हुनेछ।

उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा. लि.को तर्फबाट प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठ ले मिति पौष ३० गते हस्ताक्षर गरेका हुन्।

नेपाल बैंकका अनुसार यस किसिमको सहकार्यले एकातर्फ ग्राहक र कर्मचारीलाई गुणस्तरीय स्वदेशी उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउनेछ भने अर्कोतर्फ स्वदेशी उद्योगको प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

ब्ल्याक हर्स इण्डष्ट्रिजले लामो समयदेखि नेपाली बजारमा स्वदेशमै उत्पादन भएका टिकाउ र आधुनिक डिजाइनका जुत्ताहरू उपलब्ध गराउँदै आएको छ। नेपाल बैंकसँगको यो सहकार्यले दुवै पक्षबीच विश्वास र सहकार्यको सम्बन्ध अझ मजबुत बनाउने विश्वास लिइएको छ।

Read More

इस्तियाक राय, प्रदीप यादवसहितका नेताहरु एमालेमा प्रवेश

काठमाडौँ । पूर्व मन्त्रीहरु इस्तियाक राय, प्रदीप यादवसहितका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

गएराती राय र यादवसहित पर्सा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह लगायत १४ जना वडा अध्यक्ष, कांग्रेस केन्द्रीय सदस्य डा. डा. अबुल हुसेन अन्सारीलगायतका नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका हुन् ।

प्रदिप यादव पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् भने इश्तियाक राई बाँके क्षेत्र नम्बर २ बाट एमालेको उम्मेदवार बनेका छन् ।

Read More