२०८३ बैशाख १३

विजय गच्छादार आठौँ पटक चुनाव लड्दै

काठमाडौँ । नेपाली कांग्रेसले नेता विजय गच्छादारलाई सुनसरी-३ बाट टिकट दिएको छ ।

२०४८ सालदेखि निरन्तर सोही क्षेत्रबाट निर्वाचन लड्दै आएका गच्छेदार आठौँ पटक चुनाव लड्दैछन् । गत निर्वाचनमा उनी एमालेकी भगवती चौधरीसँग पराजित भएका थिए । यस पटक पनि उनको चौधरीसँगै प्रतिष्पर्धा हुने भएको छ ।

विशेष महाधिवेशनको विपक्षमा उभिए पनि उनलाई गगन थापा नेतृत्वको काँग्रेस संसदीय बोर्डले टिकट दिएको हो ।  

Read More

ट्रम्प भन्छन्- ग्रीनल्याण्ड कब्जाको योजना नोबेल पुरस्कार नपाउनुको उपज हो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल पुरस्कारप्रतिको आफ्नो मोहलाई फेरी एक पटक प्रकट गरेका छन् । ट्रम्पले नर्वेका प्रधानमन्त्री जोनास गार्डस्टोरलाई पत्र लेख्दै आफुले नोबेल शान्ति पुरस्कार नपाएको गुनासो गरेका हुन् ।

पत्रमा ट्रम्पले नर्वेको नोबेल शान्ति पुरस्कार प्रदान नगर्ने निर्णय पछि उनी अब शान्तिको बारेमा सोच्न बाध्य भएको महसुस नगर्ने उल्लेख गरेका छन् ।

नर्वेका प्रधानमन्त्री जोनसले भनेका छन्- ‘ट्रम्पको सन्देश आइतबार दिउँसो आएको थियो, जब उनी र फिनिश राष्ट्रपति अलेक्ज्याण्डर स्टबले ग्रीनल्याण्डको सम्बन्धमा आठ युरोपेली देशहरूमा अमेरिकी कर वृद्धिको विरोध गरेका थिए ।’

नर्वेका प्रधानमन्त्री जोनास गार्डस्टोरले यो सन्देश अन्य नाटो नेताहरूसँग साझा गर्ने ट्रम्पको निर्णय भएको बताए । प्रधानमन्त्री जोनासले भनेका छन्- ‘ग्रीनल्याण्डमा नर्वेको अडान स्पष्ट छ । ग्रीनल्याण्ड डेनमार्क राज्यको हिस्सा हो, र नर्वेले यस मुद्दामा डेनमार्क राज्यलाई पूर्ण रूपमा समर्थन गर्दछ ।’

उनले नोबेल पुरस्कारका बारेमा भनेका छन्- ‘नोबेल शान्ति पुरस्कारको सन्दर्भमा, मैले राष्ट्रपति ट्रम्प सहित सबैलाई व्याख्या गरेको छु कि पुरस्कार नर्वेली सरकारद्वारा होइन, स्वतन्त्र नोबेल समितिद्वारा प्रदान गरिन्छ ।’

ट्रम्पले आफ्नो पत्रमा भनेका छन्-  ‘शान्ति आवश्यक छ, तर अब उनले अमेरिकाको सर्वोत्तम हितमा के छ भन्ने कुरा पनि विचार गर्नेछन् । ग्रिनल्याण्डलाई आफूमा गाभ्ने उनको प्रयासको एउटा कारण नोबेल शान्ति पुरस्कार प्राप्त गर्न असफल हुनु पनि हो । यसले उनको निर्णयलाई पनि प्रभाव पारिरहेको छ ।’

ट्रम्पले नोबेल शान्ति पुरस्कार आफुले पाउनका लागि अब ग्रीनल्याण्डलाई माध्यम बनाउन खोजेको संकेत देखिएको छ । उनले ग्रीनल्याण्डको पक्षमा वकालत गर्ने ८ देशविरुद्ध १० प्रतिशत कर लगाएपछि युरोपले अमेरिकासँगको व्यापार सम्झौतामा पुनर्विचार गर्ने र अमेरिकालाई काउन्टर दिने तयारी गरेको छ ।

Read More

देउवा पक्षको रिटको पेसी आज

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर गरेको निर्वाचन आयोगको निर्णयविरुद्ध रिटको पेसी आज रहेको छ । 

आयोगले शुक्रबार गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि सो निर्णयविरुद्ध देउवा समूह आइतबार सर्वाच्च अदालत पुगेको थियो ।

रिटमा पार्टीको विधान विपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरिएको भन्दै विशेष महाधिवेशन अवैधानिक कायम गर्न माग गरिएको छ । त्यस्तै रिटमा गगन थापा नेतृत्वको केन्द्रीय समिति अवैधानिक घोषणा गर्न परामादेश माग गरिएको छ ।

आज फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको आज उम्मेदवार मनोनयनको तालिका रहेको छ । कांग्रेसका सबै पक्षबीच सर्वोच्चको निर्णयलाई मानेर जाने सहमति भएको बताइएको छ । जस अनुसार सभापति गगन थापाले चुनावका लागि टिकट वितरण गरिरहेका छन् ।

Read More

शेरबहादुर देउवा चुनाव नलड्ने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा फागुन २१ को निर्वाचनमा चुनाव नलड्ने भएका छन् ।

उनका स्वकीय सचिव भानु देउवाले यस निर्वाचनमा शेरबहादुर देउवा चुनाव नलड्ने जानकारी दिएका हुन् । देउवा २०४८ सालदेखि नै डडेल्धुराबाट विजयी हुदै आएका थिए ।

देउवाले अन्तिम पटक चुनाव लड्न चाहेको भएपनि काँग्रेसमा विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बनेको नयाँ कार्यसमितिले देउवालाई अब चुनाव नलडन र अभिभावकीय भूमिका निभाउन आग्रह गरेको बुझिएको छ ।

अर्कोतर्फ गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा सर्वोच्च अदालत गएकाले पनि उनलाई नैतिक रुपमा गगन थापाको हस्ताक्षरको टिकट लिएर चुनावमा जान अप्ठ्यारो भएको बताइएको छ ।

Read More

पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने

काठमाडौँ । पत्रकार ऋषि धमला रौतहटबाट चुनाव लड्ने भएका छन् । 

पत्रकार धमला प्रभु शाह नेतृत्वको आम जनता पार्टीबाट रौतहट-४ मा चुनाव लड्ने भएका हुन् ।

उनले आफु रौतहटबाट उम्मेदवार बन्ने बताउदै आफुले चलाउदै आएको ‘जनता जान्न चाहन्छन्’ भन्ने कार्यक्रम नचलाउने बताएका छन् ।

उनले आफ्नो अन्तिम कार्यक्रममा आफुले कार्यक्रममा सधै जनताका कुरा गरेको बताए । अब आफु जनताको बीचमा गएर काम गर्ने बताउदै टेलिभिजन कार्यक्रम छोडेको बताएका छन् ।

Read More

कुन्दनले पाएनन् टिकट, प्रदेश सभा सांसद पनि गुम्यो

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि दोलखामा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई टिकट दिएको छ ।

बागमती प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लड्ने तयारी गरेका युवा नेता कुन्दनराज काफ्ले सभापति गगन थापा निकट शिवाकोटीले टिकट पाएपछि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नबाट बन्चित भएका छन ।

काफ्लेले उम्मेदवार बन्नका लागि सोमबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए ।

प्रदेशको पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका काफ्लेले टिकट नपाउदा प्रदेश सभा सदस्य पनि गुमेको छ । काफ्ले कांग्रेसमा कृष्णप्रसाद सिटौला निकट नेता मानिन्छन् । उनले हालै सम्पन्न काँग्रेसको विशेष महाधिवेशनको चर्को विरोध गरेका थिए । 

Read More

आज प्रतिनिधिसभा निर्वाचनको उमेदवारको मनोनयन दर्ता हुदै

काठमाडौँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवारको  मनोनयन दर्ताको तालिका रहेको छ । निर्वाचन आयोगले उमेदवारी मनोनयनका लागि बिहान १० देखि बेलुका ५ बजेसम्मको समय तोकेको छ । 

आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने दलका प्रतिनिधिले आ-आफ्नो क्षेत्रको निर्वाचन कार्यालय गएर मनोनयन दर्ता गर्न सक्ने जनाएको छ ।

उम्मेदवारले मनोनयन दर्ता गर्दा लैजानुपर्ने कागजपत्र: 
निर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा मतदाता नामावली ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम तपसिल बमोजिमका कागजात पेस गर्नुपर्ने व्यवस्था गरेको छः

१- उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि ।

२- कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा ।

३- उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउनेगरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा ।

४- उम्मेदवार हुने व्यक्तिले आफ्नो तर्फबाट निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २४ सँग सम्बन्धित अनुसूची–११ बमोजिमका प्रतिनिधि मुकरर गरेको फाराम ।

५- प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र अर्को एक जना समर्थक भई विवरण भरी सहीछाप गरेको मनोनयन पत्र ।

६- दलका तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र । तर एकल चुनाव चिह्न लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–८ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र ।

७- प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर । तर महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ (आर्थिक रूपले विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रुपमा विपन्न भनी सिफारिस गरेको पत्र) ।

८- उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा १८ सँग सम्बन्धित अनुसूची–६ बमोजिमको स्वघोषणा पत्र ।

९- उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २१ सँग सम्बन्धित अनुसूची–९ बमोजिमको ढाँचामा आफ्नो चल, अचल सम्पत्ति, बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण ।

१०- उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ सँग सम्बन्धित अनुसूची–१० बमोजिम भरिएको वैयक्तिक विवरण फाराम ।

११- उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की फछ्र्याैट भएको व्यहोराको निस्सा ।

१२- लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानी साथ असुलउपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फछ्र्यौट गरेको निस्सा ।

१३- निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची–३ बमोजिमको प्रतिवद्धता पत्र ।

निर्वाचन कार्यक्रम:

आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ भने माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ । 

Read More

महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत आज चार खेल हुदै

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत आज चार खेल हुदैछन् । 

आज बिहान ९ बजेदेखि टियु क्रिकेट मैदानमा पिएनजी र बंगलादेशबीच खेल हुदैछ भने दिउसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा जिम्बाबे र थाइल्याण्डबीच खेल हुदैछ । त्यस्तै बिहान ९ बजेदेखि टियु क्रिकेट मैदानमा स्कटल्याण्ड र नेदरल्याण्डसबीच खेल हुदैछ भने दिउसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा नामिबिया र अमेरिकाबीच खेल हुदैछ ।      

यसअघि आइतबार सम्पन्न पहिलो दिनको खेलमा समुह ए का आयरल्याण्ड र बंगलादेश विजयी भएका थिए भने समुह बी बाट थाइल्याण्ड र नेदरल्याण्डस विजयी भएका थिए ।

नेपालले आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग हार बेहोरेको थियो भने दोस्रो खेल विहिबार नेदरल्याण्डसविरुद्ध खेल्दैछ ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल तराई भू-भागका थोरै स्थानहरुमा तुवाँलो लागेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागी बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै आज राती तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

Read More

२०८२ माघ ६ गते मंगलबार: आजको राशिफल

आज २०८२ माघ ६ गते मंगलबार ईसं २०२६ जनवरी २० नेपाल सम्बत ११४६ पोहेलाथ्व द्वितीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण द्वितीया, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, सिद्धि योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ३५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
घरपरिवारमा सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ, तर पनि आज सबैले तपाईंकै रुचिअनुसार व्यवहार गर्ने समय छ । मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पर्‌द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ । काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देशरपरदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ । शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । लामो समयदेखि मनमा उठेका विषयवस्तुको परिपूर्ति गर्ने दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
छोटो दूरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय छ, अप्ठ्यारो धन उकास्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो । तर आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्तहरू टाढिने परिस्थिति बन्नसक्छ । काममा भन्दा पनि मन आनन्दप्राप्तिका निमित्त आकर्षित हुनेछ, सुखभोग गर्न पाइने छ । आज घररपरिवारमा रमाउने समय हो । प्रेमभाव प्रकट गर्न अनुकूल समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोरञ्जनात्मक समय हो, पतिपत्नी वा प्रेमीरप्रेमिकाका बीचमा सम्बन्धरसम्पर्क बढ्नेछ । साझेदारीको कुनै काम छ भने त्यसमा समेत लाभ हुनेछ । चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ । दैनिक काममा जीवनसाथी र सन्तानको सहयोग जुट्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र वस्त्राभूषणको कारोबारबाट लाभ लिने दिन हो, केही धनरकम छोराछोरी र भाइबहिनीका लागि खर्च गर्नुपर्ने हुन्छ । बाल्यावस्थाका मित्रहरू, आत्मीयजन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने तथा रामरमाइलोमा सरिक हुने दिन हो, भावना र इच्छाहरूको कदर हुनेछ । आन्तरिक प्रतिभाको प्रस्फूटन हुने राम्रो दिन छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले केही फाइदा हुनसक्छ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । नयाँ ज्ञान वा कुनै सीप सिक्न दिलचस्पी जाग्नेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सँगीसाथी वा आत्मीयजनसित भेटघाट हुने वा सहकार्यमा कुनै काम सम्पन्न हुने समय छ, पारिवारिक माहौल र आर्थिक पक्षसमेत सुदृढ देखिन्छ । मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय हो, सोचेको उपलब्धी हात पार्नाले साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर मिल्नेछ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ, पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ, बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ । कार्यक्षमताको प्रदर्शन गर्दै धन, मान र प्रतिष्ठा कमाउने समय हो । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मानसिक शान्तिको आभास हुनेछ, पार्टनरले तपाईंको भावना बुझ्‌नेछन्, कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले आज खासै लाभ मिल्ने समय छैन । कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीका लागि राम्रो दिन छ, नयाँ काममा हात हाल्ने वा स्थिर काममा थप लगानी गर्ने समय हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला, नत्र आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुने राम्रो समय छ, आज थप आयस्रोत कसरी बढ्छ भनी चिन्तन गर्ने समय हो । कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउनसके महत्त्वपूर्ण उपलब्धि लिन सकिने छ । लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । सिनियर्सलाई रिझाउन नसके पनि सहकर्मी साथीहरूको सहयोगले कुनै महत्त्वपूर्ण काम सम्पादन हुनेछ ।

Read More