२०८३ बैशाख १३

कांग्रेसका रमेश रिजालले गराए पर्सा-४ बाट उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका अनुभवी नेता रमेश रिजालले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी पर्सा निर्वाचन क्षेत्र नम्बर-४ बाट दर्ता गरेका छन्।

मंगलबार दर्ता गरिएको यस उम्मेदवारीले सत्तापक्षभित्रै नया ऊर्जा र स्थानीय मतदाता माझ प्रत्यक्ष संवादको बाटो खोल्ने अपेक्षा लिईएको छ।

पर्सा क्षेत्र-४ का रहिवासी तथा कांग्रेस समर्थकहरूसँग बोल्दै रिजालले आफ्नो उम्मेदवारीलाई “जनताको आवाज” तथा “स्थानीय विकासको साझा अभियान”को रूपमा प्रस्तुत गरेका छन्। उता, पार्टीका कार्यकर्ता, शुभचिन्तक र स्थानीय युवाहरूले पनि रिजालको उम्मेदवारीलाई स्थिरता र विकासको प्रतीकका रूपमा स्वागत गरेका छन्।

रमेश रिजाल पर्सामा लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका प्रतिद्वन्द्वी जालिम मियाँ मन्सुरीलाई पराजित गर्दै देशकै प्रतिस्पर्धी क्षेत्रमा जित हासिल गरेका थिए। सो निर्वाचनमा उनले करिब ३१,१४२ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वीले २५,६१२ मत पाएका थिए।

पर्सा क्षेत्रको माटोसँग बाल्यकालदेखि नै जोडिएका रिजालले राजनीति यात्रा विद्यालयदेखि नै सुरु गरेका हुन्। उनी नेविसंघ मार्फत विद्यार्थी राजनीतिको क्षेत्रमा सक्रिय भई कांग्रेस बिचको भूमिका विस्तार गर्दै आएका थिए। कठिन परिश्रम र दृढ इच्छाशक्ति राख्ने रिजालले करिब तीन वर्ष जेल जीवन व्यतित गरेका छन्, राजनीतिक संघर्षका क्रममा जेल बसाइमा पनि आफ्नो प्रतिबद्धता देखाएका छन्।

रिजालले पर्सा-४ को स्थानीय समस्यालाई नजिकबाट बुझेको बताउँदै आगामी प्रतिनिधि सभा चुनावमा पारदर्शिता, समावेशी विकास र रोजगार सृजनामा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, रिजालले कांग्रेसको मूल्य र सिद्धान्तलाई परिवारदेखि समुदायसम्म जोड्ने कार्यमा सहयोग पुर्‍याउने प्रतिवद्धता जनाइरहेका छन्।

उमेरले युवा र अनुभवी राजनीतिक संयोजन भएको पर्सा-४ को उम्मेदवारीले मतदातामाझ उत्साह सिर्जना गरेको छ। अब निर्वाचनको बेला नजिकिँदै गर्दा पार्टी आन्तरिक एकता, गठबन्धन रणनीति र स्थानीय तहसँगको तालमेललाई कसरी सुदृढ बनाउने हो भन्ने विषयमा पनि ध्यान केन्द्रित हुने देखिन्छ ।

Read More

स्किल विक २०२६ सम्पन्न: पाँच प्रेरणादायी व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

काठमाडौँ । युवाहरूको प्रतिभा, सीप र सिर्जनशीलतालाई उजागर गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘स्किल विक २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।

ग्लोकल प्रा.लि. अन्तर्गतको ग्लोकल आफ्टर स्कूलको आयोजनामा ललितपुरस्थित द प्लाजामा सोमबार आयोजित भव्य समापन समारोहसँगै सातौँ संस्करणको स्किल विक औपचारिक रूपमा टुंगिएको हो।

सरकारी कूटनीतिज्ञ, ख्यातिप्राप्त उद्यमी र १०० भन्दा बढी उत्साही युवाहरूको उपस्थितिमा सम्पन्न कार्यक्रम युवाहरूका लागि सीप, अवसर र भविष्यबारे गहिरो संवादको मञ्च बनेको थियो। ‘स्किल विक २०२६’ लाई यसपटक कार्यशाला, सिप–केन्द्रित प्रतियोगिता, प्रदर्शनी, सिकाइ सत्र र मनोरञ्जनलाई समेटिएको ‘इन्फोटेनमेन्ट हप्ता’ को रूपमा मनाइएको थियो।

जनवरी ११ देखि १६ सम्म सञ्चालन भएको कार्यक्रममा कला तथा संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, र विज्ञान तथा प्रविधि गरी चार मुख्य क्षेत्रलाई केन्द्रमा राखिएको थियो। यस अवधिमा रोजगार मेला, केस स्टडी प्रस्तुतीकरणदेखि सांगीतिक कन्सर्टसम्मका गतिविधिहरूले युवाहरूलाई सिकाइसँगै उत्साह पनि प्रदान गरे।

समापन समारोहको मुख्य आकर्षणका रूपमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका पाँच दिग्गज व्यक्तित्वलाई ‘स्किल हिरो अवार्ड २०२६’ बाट सम्मान गरिएको थियो।

यी हुन् ‘स्किल हिरो अवार्ड २०२६’ का विजेता

पर्यटन तथा आतिथ्य
पाक कलामा मुम्बई र पेरिसको इकोल डुकासबाट विशेषज्ञता हासिल गरेका ऋषभ अग्रवालले ‘सिल्क आर्टिसनल क्रिमरी’ मार्फत नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरको आइसक्रिमसँग जोडेका छन्।

कला तथा संस्कृति
दुई दशकभन्दा बढी समयदेखि फोटोग्राफीमा सक्रिय किशोर कायस्थले ‘मुस्ताङ नोस्टाल्जिया’ जस्ता प्रोजेक्टमार्फत नेपालको भूगोल र जनजीवनलाई कलात्मक रूपमा दस्तावेज गरेका छन् ।

उद्यमशीलता
मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ‘मक्कुसे’ लक्जरी डेजर्ट ब्राण्डमार्फत परम्परागत नेपाली मिठाइ पुस्टकारीलाई आधुनिक र विश्वव्यापी बजारसम्म पुर्‍याउन सफल भएकी छिन ।

विज्ञान तथा प्रविधि
ग्लोकल टिन हिरो २०१९ का विजेता समीर फुयाँलले ‘बाइटकेयर टेक्नोलोजी’ अन्तर्गत विकास गरिएको ‘कारोबार एप’ मार्फत साना व्यवसायीलाई डिजिटल लेखा प्रणालीसँग जोड्न योगदान दिएका छन ।

प्रशिक्षुता (Apprenticeship)
डिजिटल सीप र सूचना प्रविधिको क्षेत्रमा प्रशिक्षुता मार्फत सफलता हासिल गरेकी सोनाम नेम्वाङले सीपमूलक शिक्षाको व्यावहारिक महत्त्व उजागर गरेकी छिन ।

स्किल फेस्ट र ‘सिइओ अनप्लग्ड’ ले थप्यो आकर्षण
माघ २ गते पुल्चोकस्थित एम्बार्क कलेजमा आयोजित ‘स्किल फेस्ट’ ले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। सो अवसरमा कार्यशाला, प्रदर्शनी र रोजगार मेला सञ्चालन भएका थिए। त्यही दिन ‘सिइओ अनप्लग्ड’ को ११औँ संस्करण पनि सम्पन्न भयो।

‘टुडे मिट्स टुमरो’ नारासहित आयोजित प्यानल छलफलमा सौरभ ज्योति (पद्म ज्योति ग्रुप), संजय गोल्छा (नियोटेरिक नेपाल) र आँचल कुँवर (दराज नेपाल) ले भविष्यको बजार, सीपको आवश्यकता र शिक्षा तथा उद्योगबीचको दूरी कम गर्ने विषयमा धारणा राखेका थिए ।

व्यापक सहकार्य र समर्थन
कार्यक्रमलाई एम्बार्क कलेजले सशक्त बनाएको थियो भने युरोपियन युनियन, भारतीय दूतावास, अष्ट्रेलियाली सरकार, युएई दूतावास, होण्डा, एनसर, डब्लुडब्लुएफ, युएनडिपी र ब्रिटिश काउन्सिललगायत संस्थाहरूले सहयोग गरेका थिए।

सीप विकास, उद्योग र शिक्षालाई एकै सूत्रमा बाँध्दै स्किल विक २०२६ ले युवाहरूलाई आत्मनिर्भर भविष्यतर्फ प्रेरित गर्ने बलियो सन्देश दिएको आयोजकले जनाएको छ।

Read More

भारतले नेपाललाई दियो चुनाव लक्षित ६० डबल-क्याब पिकअप सवारी साधन

काठमाडौँ । भारत सरकारले नेपालमा फागुन २१ मा हुने आम निर्वाचनलाई लक्षित गर्दै ६० डबल-क्याब पिकअप सवारी साधन र अन्य सामग्रीहरू हस्तान्तरण गरेको छ । 

मंगलबार नेपालका लागि भरका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले गृहमन्त्री ओम प्रकाश अर्याललाई हस्तान्तरण गरेका हुन् । 

सो असारमा गृहमन्त्री अर्यालले उपहारस्वरूप प्रदान गरिएका सवारी साधन र सामग्रीहरूको लागि भारत सरकार र जनतालाई धन्यवाद दिएका थिए । उनले भारत र नेपाल बीचको गहिरो र व्यापक प्रकृतिको सम्बन्धको पनि प्रशंसा गरेका थिए ।

नेपाल सरकारको अनुरोधको आधारमा, भारतले २००८ देखि नेपाललाई निर्वाचन सम्बन्धी सहयोग प्रदान गर्दै आएको छ । यसमा भारत सरकारले निर्वाचन आयोग लगायत नेपालका विभिन्न मन्त्रालय र विभागहरूलाई अहिलेसम्म उपहारस्वरूप लगभग २४ सय सवारी साधनहरू सहयोग गरिसकेको छ । आगामी चुनावको लागि, भारतले नेपाललाई ६५० सवारी साधनहरू सहयोग गर्दैछ, जुन आगामी केही हप्ताहरूमा छुट्टाछुट्टै ब्याचहरूमा डेलिभरी हुने बताइएको छ ।

भारतीय पक्षबाट जारी सहयोग र समर्थन दुई देशहरू बीच रहेको बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीको उपयुक्त प्रतिबिम्ब भएको दुताबासले जनाएको छ ।

Read More

नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो अभ्यास खेलमा श्रीलंका ए सँग पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका ए सँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ ।

मंगलबार सम्पन्न अभ्यास खेलमा श्रीलंका ए ले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १८६ रनको लक्ष्य पछाएको श्रीलंका ए ले १८ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

नेपालले श्रीलंकामा अब जनवरी २२ र जनवरी २४ मा अभ्यास खेल खेल्ने तालिका छ । 

त्यसपछि नेपाली टिम भारत जाने छ । भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।

Read More

देउवा पक्षको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

सर्वोच्चको आदेशपछि थापा नेतृत्वको कार्यसमितिलाई मार्गप्रशस्त भएको छ  । 

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कार्य समिति अद्यावधिक गरेको विरोधमा देउवा पक्षले रिट दायर गरेको थियो ।

Read More

रविको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले महान्यायाधिवक्ताले गरेको निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुलअजिज मुसलमानको एकल इजलासले निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको हो ।

आदेशमा भनिएको छ- ‘महान्यायाधिवक्ताले मिति २०८२ पुस ३० मा गरेको निर्णयसहितको सक्कल फाइल, जिल्ला सरकारी वकिल कार्यालयहरूबाट विभिन्न अभियोगको सम्बन्धमा रवि लामिछाने समेत उपर दायर भएको मुद्दाहरूमा अभियोग पत्र संशोधन हुने कारण देखिने कुनै थप प्रमाणहरू पेस भएको भए सो प्रमाणहरू समेतको सक्कल प्रति महान्यायाधिवक्ता कार्यालयमार्फत छलफल पेसीका दिन देखाई फिर्ता लैजाने गरी झिकाई सुनुवाइमा अग्राधिकारसहित प्राथमिकता दिई नियमानुसार पेस गर्नू ।

महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछानेसहितका अन्य प्रतिवादीहरूको हकमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन अनुमति दिने निर्णय गरेकी थिइन् । साथै सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार समेत प्रदान गरेको छ ।

Read More

विनोद चौधरीले गराए नवलपरासी पश्चिमबाट उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नवलपरासी पश्चिमबाट उम्मेदवारी दर्ता गराएका छन् । पछिल्लो चुनावमा सोहि क्षेत्रबाट चुनाव जितेका चौधरी यस पटक पनि उम्मेदवार बनेका हुन् ।

चौधरी नेपाली काँग्रेसमा परिवर्तनको पक्षमा उभिदै विशेष महाधिवेशनमा सक्रिय रुपमा सहभागी भएका थिए ।

उनले उम्मेदवारी दर्ता पछि भनेका छन्- ‘म राजनीतिक परिवर्तनको पक्षमा छु । आर्थिक रुपान्तरणको पक्षमा छु । र, जेनजी मुभमेन्टले दिएको सन्देशको मर्मलाई मैले राम्रोसँग बुझेको छु । म यहाँबाट निर्वाचित भएको तीन बर्षमा समृद्ध नवलपरासीका लागि फाउण्डेसन तयार भएको छ । हामी सबैले प्रत्यक्ष देख्न सक्ने गरि नवलपरासी पश्चिमको विकास अभियान अगाडि बढेको छ । यस अभियानलाई पूर्णता दिन आवस्यक छ ।’

गत निर्वाचनमा  चौधरीले २९ हजार ५१९ मत प्राप्त गरेर जित हासिल गरेका थिए । उनले जनता प्रगतिशील पार्टीका हृदेश त्रिपाठीलाई ७ हजार १९१ मत अन्तरले  पराजित गरेका थिए ।

Read More

सडककै नजिक रहेर सिक्न चाहन्छु, चुनाव लड्दिन- रक्षा बम

काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले चुनाव नलड्ने बताएकी छन् । उनले आफु यो फागुन २१ को चुनाव नलड्ने हिजो पनि प्रष्टै थियो र आज पनि प्रष्टै रहेको बताएकी छन् । 

रक्षालाई उम्मेदवार बन्न रास्वपा र नेपाली काँग्रेसले प्रस्ताव गरे भएपनि उनले चुनाव नलड्ने निर्णय गरेकी हुन् । 

उनले भनेकी छन्- ‘सडक सधैं मेरो लागि नजिक छ। मेरो कन्भिक्सन आन्दोलन हो। स्थान भुइँमान्छेहरूकै वरपर हो । म यो फागुन २१ को चुनाव नलड्ने हिजो पनि प्रष्टै थियो, आज पनि प्रष्टै छ । मेरा लागि सडक एउटा विश्वविद्यालय हो, र म अझै सडककै नजिक रहेर सिक्न चाहन्छु । मेरो राजनीतिक यात्राप्रति सद्भाव र शुभेच्छा राख्नुहुने नयाँ दल रास्वपा र नयाँ नेपाली कांग्रेसप्रति साधुवाद ।’ 

Read More

डा. बाबुराम भट्टराईले गराए गोरखा- २ बाट मनोनयन दर्ता

काठमाडौँ । डा. बाबुराम भट्टराईले गोरखा- २ बाट मनोनयन दर्ता गरेका छन् ।

भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा- २ मा उम्मेदवारी दिएका हुन् ।

उनले यस क्षेत्रबाट २०७४ को चुनाव जितेका थिए भने २०७९ को चुनाव प्रचण्डका लागि छोडेका थिए । 

Read More

काँग्रेसले प्रकाशमानलाई दिएन टिकट, काठमाडौँ- १ मा प्रबल थापा बने उम्मेदवार

काठमाडौँ । नेपाली काँग्रेसले काठमाडौँ- १ मा प्रबल थापालाई उम्मेदवार बनाएको छ ।

यसअघि प्रकाशमान सिंहले जित्दै आएको यस क्षेत्रमा यस पटक उनलाई टिकट नदिएर थापालाई टिकट दिइएको छ ।

यस क्षेत्रवाट सिंहले २०६४, २०७०, २०७४ र २०७९ मा गरेर चार पटक चुनाव जितेका थिए ।

Read More