२०८३ बैशाख १३

काँग्रेस महामन्त्री पौडेलले गराए काठमाडौँ- ५ बाट मनोनयन दर्ता

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले काठमाडौँ- ५ बाट मनोनयन दर्ता गरेका छन् ।

गत निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका पौडेलले दोस्रो पटक यस क्षेत्रबाट मनोनयन दर्ता गरेका हुन् । पौडेलले अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट एमाले नेता ईश्वर पोखरेललाई पराजित गरेका थिए ।  उनले पोखरेललाई ५ हजार ७९ मत अन्तरले पराजित गरेका थिए ।

यस पटक पनि एमालेबाट पोखरेल नै उम्मेदवार बनेका छन् । यस क्षेत्रमा रास्वपाले सस्मित पोखरेललाई उम्मेदवार बनाएको छ ।

Read More

दुर्गा प्रसाई हाजिरी जमानीमा छुटे

काठमाडौँ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।

सोमबार पोखराबाट पक्राउ परेका प्रसाई मंगलबार हाजिरी जमानीमा छुटेका हुन् ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता दिएको विषयमा प्रसाईले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै आयोगले साइबर ब्यूरोलाई अनुसन्धान गर्न पत्राचार गरेपछि उनी पक्राउ परेका थिए ।

Read More

ट्रम्पले शेयर गरे ग्रीनल्याण्डमा अमेरिकी झण्डा फहराउँदै गरेको तस्बीर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा ग्रीनल्याण्डमा अमेरिकी झण्डा फहराउँदै गरेको तस्बीर शेयर गरेका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्स पनि तस्वीरमा देखिन्छन् । तस्वीरको अगाडि लेखिएको छ, ‘ग्रीनल्याण्ड: अमेरिकी क्षेत्र, स्थापित – २०२६ ।’

उनले अर्को तस्वीर पोस्ट गरे, जुन अगस्ट २०२५ मा लिइएको तस्वीरको सम्पादित संस्करण हो, जब युरोपेली नेता ट्रम्प र भ्लादिमिर पुटिन फोन वार्तापछि वाशिंगटन आइपुगेका थिए ।

ट्रुथ सोसलमा पोस्ट गरिएको ट्रम्पको तस्वीरमा, प्रस्तुतीकरण बोर्डलाई यसरी परिवर्तन गरिएको थियो, यसले अमेरिकी झण्डामा उत्तरी अमेरिका, क्यानडा र ग्रीनल्याण्ड देखाएको थियो ।

ग्रीनल्याण्ड बारे अमेरिका र युरोप आमने सामने भइरहेका बेला ट्रम्पले शेयर गरेको यो तस्बीरले विवाद थप बढ्ने देखिएको छ ।

Read More

एमालेबाट काठमाडौं- ४ मा राजन भट्टराई बने उम्मेदवार

काठमाडौँ ।  नेकपा एमालेबाट काठमाडौं- ४ मा पार्टी सचिव राजन भट्टराईलाई उम्मेदवार बनाएको छ । 

यसअघि लगातार यस क्षेत्रबाट गगन थापासँग पराजित हुदै आएका भट्टराई यस पटक यो क्षेत्रबाट चुनाव नलडने मनस्थितिमा रहेका थिए । तर एमालेले गगन थापा सर्लाही- ४ मा जाने निश्चित भएपछि अन्तिम समयमा भट्टराईलाई टिकट दिएको हो । 

यस क्षेत्रमा कांग्रेसले सचिन तिमिल्सिना र रास्वपाले पुकार बमलाई उम्मेदवार बनाएको छ । 

Read More

एमाले नेता ईश्वर पोखरेलले गराए काठमाडौँ- ५ मा मनोनयन दर्ता

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले काठमाडौँ- ५ बाट मनोनयन दर्ता गरेका छन् ।

गत निर्वाचनमा यसै क्षेत्रबाट पराजित भएका पोखरेल फेरी उम्मेदवार बनेका हुन् ।

यस क्षेत्रमा अघिल्लो चुनाव जितेका काँग्रेस महामन्त्री प्रदीप पौडेल यस पटक पनि उम्मेदवार बनेका छन् । पौडेलले अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट एमाले नेता ईश्वर पोखरेललाई पराजित गरेका थिए ।  उनले पोखरेललाई ५ हजार ७९ मत अन्तरले पराजित गरेका थिए ।

यस क्षेत्रमा रास्पवाले सस्मित पोखरेललाई उम्मेदवार बनाएको छ ।

Read More

कुलमानले काठमाडौँ- ३ बाट गरे मनोनयन दर्ता

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उमेदवारी दर्ता गराएका छन् ।

घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं- ३ बाट उमेदवारी दर्ता गराएका हुन् ।

घिसिङविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजु पाण्डेलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेपाली काँग्रेसले काठमाडौँ- ३ मा रमेश अर्याललाई टिकट दिएको छ ।

Read More

प्रचण्डले गराए रुकुम पूर्वबाट मनोनयन दर्ता

बुटवल ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्प कमल दाहाल प्रचण्डले प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवारी मनोनयन दर्ता गराएएका छन् ।

अघिल्लो चुनावमा गोरखा-२ बाट चुनाव लडेर विजयी भएका प्रचण्ड यसपटक रुकुम पुगेका हुन् । 

प्रचण्डले भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित उम्मेदवारी दर्ता गराएको बताएका छन् । 

रुकुम पूर्वबाट अघिल्लो निर्वाचनमा तत्कालिन माओवादी केन्द्रका पूर्ण बहादुर घर्ति मगर विजयी भएका थिए ।  

Read More

एमाले अध्यक्ष ओलीले झापा- ५ बाट दर्ता गरे उम्मेदवारी

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा- ५ मा मनोनयन दर्ता गराएका छन् ।

केहीबेर अघि उनी निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि झापा-५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाहले मनोनयन दर्ता गरेका थिए ।

Read More

रेशम चौधरीले गराए कैलाली- १ बाट उम्मेदवारी दर्ता

कैलाली । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले कैलाली- १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

यस  क्षेत्रमा गत चुनावमा तत्कालिन नाउपाकी रन्जिता श्रेष्ठ विजयी भएकी थिइन् । यस पटक रेशम र उनकी पत्नी रन्जिताबीच विवाद भएपछि पार्टी विभाजन भएको छ । रन्जिताले तत्कालिन नाउपालाई प्रचण्ड नेतृत्वको नेकपामा विलय गराएकी छन् तर उनी आफु भने यस पटक चुनाव लडेकी छैनन् ।

Read More

काँग्रेसबाट काठमाडौँ-४ मा तिमल्सिना उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं- ४ बाट सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।

यस अघि गगन थापाले जित्दै आएको यो क्षेत्रमा काँग्रेसले यसपटक क्रिकेट कमेन्टेटर समेत रहेका तिमल्सिना उम्मेदवार बनाएको हो । सभापति थापा यस पटकको चुनावमा सर्लाही-४ बाट उम्मेदवार बन्ने भएका छन् ।

Read More