काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले काठमाडौँ- ५ बाट मनोनयन दर्ता गरेका छन् ।
गत निर्वाचनमा यसै क्षेत्रबाट पराजित भएका पोखरेल फेरी उम्मेदवार बनेका हुन् ।
यस क्षेत्रमा अघिल्लो चुनाव जितेका काँग्रेस महामन्त्री प्रदीप पौडेल यस पटक पनि उम्मेदवार बनेका छन् । पौडेलले अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट एमाले नेता ईश्वर पोखरेललाई पराजित गरेका थिए । उनले पोखरेललाई ५ हजार ७९ मत अन्तरले पराजित गरेका थिए ।
यस क्षेत्रमा रास्पवाले सस्मित पोखरेललाई उम्मेदवार बनाएको छ ।




