२०८३ बैशाख १३

बालेनको चुनावी अभियान आज नुवाकोट, धादिङ र गोरखामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह आज गोरखासहित तीन जिल्लामा चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बालेन आज नुवाकोट, धादिङ र गोरखामा कार्यकर्ता तथा मतदातासँग भेटघाट गर्ने भएका हुन् ।  उनले गोरखा बजारमा आम नागरिक र पार्टी सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको बुर्लाकोटीले बताएका छन् । 

देशव्यापी भ्रमणमा रहेका बालेनले विभिन्न जिल्लामा पुगेर पार्टीको एजेन्डा प्रस्तुत गर्दै मतदातासँग संवाद गरिरहेका छन् ।

Read More

महिला एशिया कप राइजिंग स्टार्समा नेपाल पाकिस्तान ए सँग पराजित

काठमाडौँ । नेपाल महिला क्रिकेट एशिया कप राइजिंग स्टार्स प्रतियोगितामा पाकिस्तान ए सँग पराजित भएको छ ।

शुक्रबार सम्पन्न खेलमा नेपाल पाकिस्तान ए सँग ३० रनले पराजित भएको हो । पाकिस्तान ए ले दिएको १३८ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रन बनाएको थियो ।

नेपालका लागि बिन्दु रावलले सर्बाधिक ३९ रन बनाएकी थिइन् भने कविता कुँवरले १८ रन बनाएकी थिइन् । यस अघि पहिला ब्याटिंग गरेको पाकिस्तान ए ले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो ।

नेपालले अब दोस्रो खेल फेब्रुअरी १५ मा युएईसँग र फेब्रुअरी १७ मा भारत ए सँग खेल्ने तालिका रहेको छ ।

Read More

समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल  प्रचण्डले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट शुभकामना व्यक्त गरेका छन् ।

जनयुद्धको सुरुआतस्थल आधार इलाका रुकुम पूर्वमाबाट जनयुद्ध दिवसको शुभकाना दिंदै उनले जनयुद्धका स्मृतिहरू ताजा भएको बताए ।

उनले भने- ‘यस वर्षको जनयुद्ध दिवस मेरो लागि विशेष छ। रुकुम पूर्वमा आएर जनयुद्ध मनाउँदै गर्दा जनयुद्धका ती सबै स्मरणहरू ताजा भएर आएका छन् । जनयुद्धमा यहाँका  जनताको उत्प्रेरणाबाट नै हामीले ऊर्जा पाएका थियौँ ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको उल्लेख गरे । 

Read More

बंगलादेशमा शानदार जित हासिल गरेको बीएनपीलाई भारत र पाकिस्तानको बधाई

काठमाडौँ । बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले दुई तिहाई बहुमतसहित सरकर बनाउने निश्चित भएको छ ।

रहमानलाई छिमेकी देश भारत पाकिस्तानले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो विजयले बंगलादेशका जनताको तारिक रहमानको नेतृत्वमा विश्वासलाई प्रतिबिम्बित गर्ने बताएका छन् । उनले भने- ‘भारत लोकतान्त्रिक, प्रगतिशील र समावेशी बंगलादेशको समर्थनमा उभिनेछ। म तपाईं (तारिक रहमान) सँग हाम्रो बहुआयामिक सम्बन्धलाई सुदृढ पार्न र हाम्रा साझा विकास लक्ष्यहरूलाई अगाडि बढाउन काम गर्न तत्पर छु ।’

बंगलादेशमा जारी मतगणनाको प्रवृत्तिले बीएनपी नेतृत्वको गठबन्धनको लागि ठूलो विजयलाई संकेत गरेको छ ।

त्यस्तै पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले बंगलादेशमा भएको आम चुनावमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को “ठूलो विजय” मा तारिक रहमानलाई बधाई दिएका छन् । राष्ट्रपतिले भनेका छन्- ‘राष्ट्रपति आसिफ अली जरदारीले बीएनपीको ठूलो विजयमा तारिक रहमानलाई बधाई दिएका छन् र बंगलादेशका जनतालाई सफल र शान्तिपूर्ण चुनावको कामना गरेका छन् ।’

३०० सिट मध्ये अहिलेसम्म घोषणा भएका २४९ सिटमा बीएनपीले १८१ सिटमा जित हासिल गरेको छ । त्यस्तै जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले अहिलेसम्म ६१ सिट मात्र जितेको छ ।  अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले ७ सिट जितेका छन् । अझै ५० स्थानको नतिजा घोषणा हुन बाँकी रहेको छ । यस निर्वाचनमा ४८ प्रतिशत मतदान भएको थियो ।  

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको ३ हजारले घटेर तोलाको ३ लाख ३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख ६ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३४०  रुपैयाँले घटेर तोलाको ५००० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५३४० मा कारोबार भएको थियो ।

Read More

राष्ट्रिय सभाको चालु अधिवेशनको अन्तिम बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशनको अन्तिम बैठक आज बस्दैछ । 

संघीय संसद सचिवालयका अनुसार आज १२:१५ मा बस्ने बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दहालले ‘संघीय एकाइहरूबीच विधायिकी अन्तरसम्बन्ध अध्ययन प्रतिवेदन, २०८२’ र ‘बालबालिकासम्बन्धी ऐन, २०७५ मा रहेका बालसहभागितासम्बन्धी प्रावधानहरूको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।

त्यस्तै आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोराबारे जानकारी गराउने कार्यसूची छ ।

अध्यक्ष दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट अधिवेशन अन्त्यसम्बन्धी सभालाई प्राप्त पत्रको व्यहोराबारे पनि जानकारी गराउनेछन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ बजेदेखि लागु हुने गरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरिसकेका छन् । 

Read More

बंगलादेशमा बीएनपी पार्टीलाई बहुमत

काठमाडौँ । बंगलादेशमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) पार्टीले अत्यधिक बहुमत हासिल गरेको छ ।

विहिबार सम्पन्न निर्वाचनमा बीएनपीले अहिलेसम्म १८१ सिट जितेको छ । ३०० सदस्यीय तल्लो सदनमा बीएनपीले अहिलेसम्म ६० प्रतिशत भन्दा बढी सिट जितेको छ ।

चुनावको नतिजाले पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ । रहमानले दुई सिटमा चुनाव लडे र दुवैमा जित हासिल गरेका छन् । उनी १७ वर्षपछि गत डिसेम्बरमा देश फर्किएका थिए ।

बंगलादेशको मिडिया डेली स्टारका अनुसार अहिलेसम्म २४९ स्थानको मतगणना सम्पन्न हुदा बीएनपीले १८१ स्थानमा जित हासिल गरेको छ भने 

जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले अहिलेसम्म ६१ सिट मात्र जितेको छ । 

अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले ७ सिट जितेका छन् । अझै ५० स्थानको नतिजा घोषणा हुन बाँकी रहेको छ । यस निर्वाचनमा ४८ प्रतिशत मतदान भएको थियो ।

Read More

पाथिभराको दर्शन गर्दै प्रधानमन्त्री कार्कीले गरिन् शान्तिपूर्ण निर्वाचनको कामना

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले पाथिभराको दर्शन गरेकी छन् ।

कोशी प्रदेशको भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान ताप्लेजुङस्थित पाथिभराको दर्शन गरेकी हुन् । पाथिभराको दर्शन गरेपछि प्रधानमन्त्री कार्कीले भनेकी छन्- ‘फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुवात । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु ।’

उनी विहिबार सोलुखुम्बु, भोजपुर र सुनसरी जिल्ला पुगेर निर्वाचनको तयारी र सुरक्षा अवस्थाको बारेमा जानकारी लिएकी थिइन् ।

Read More

चालु आर्थिक बर्षमा माघ मसान्तसम्म ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन

काठमाडौं । आर्थिक बर्ष २०८२-८३ को माघ मसान्तसम्म ७ महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन भएको छ ।

माघ मसान्तसम्म ७ महिनामा ८ खर्ब १३ अर्ब ६३ करोडको लक्ष्य रहेकोमा ८२. २६  प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै माघ महिनाको लक्ष्य एक खर्ब २ अर्ब ४२ करोड रहेकोमा ८७ अर्ब ९२ करोड राजश्व संकलन भएको छ, जुन ८५.८४ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा माघ महिनामा ८३ अर्ब ५१ करोड राजश्व संकलन भएको थियो । 

आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने ७ महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड संकलन भएको छ । 

Read More

बराबरीमा रोकियो आर्सनल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा आर्सनल ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

यस खेलमा आर्सनलका लागि नोनी माडुएकेले गोल गरेका थिए भने ब्रेन्टफोर्डका लागि कीन लेविस पोटरले एक गोल गरेका थिए ।

यो बराबरीपछि आर्सनलको २६ खेलमा ५७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै ब्रेन्टफोर्डको २६ खेलमा ४० अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

Read More