२०८३ बैशाख १३

पर्सा ४ मा कांग्रेसको उत्साहजनक घरदैलो, रमेश रिजाललाई मतदाताको व्यापक समर्थन (फोटो फिचर)

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको घरदैलो अभियानले यतिबेला नयाँ ऊर्जा र उत्साह थपेको छ।

प्रतिनिधि सभाका उम्मेदवार रमेश रिजालको घरदैलो कार्यक्रमप्रति स्थानीय मतदाताको उल्लेखनीय साथ र समर्थन देखिएको छ। बिहानैदेखि टोल-टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आएका रिजालले विकास, सुशासन र रोजगारी सिर्जनालाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले खानेपानी, सडक स्तरोन्नति, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार जस्ता विषय उठाउँदै आफ्ना अपेक्षा राखिरहेका छन्। उम्मेदवार रिजालले ती समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

“हामीले अब नारामात्र होइन, परिणाम देखिने काम चाहेका छौं,” एक स्थानीय मतदाताले भने, “रमेशजीले हाम्रो कुरा ध्यानपूर्वक सुन्नु भयो, यसपटक हामीले थप परिवर्तनको आशा गरेका छौं र यो परिवर्तनलाई रमेश रिजालले नै सार्थकता दिनु हुनेछ भन्नेमा हामि विश्वस्त छौ । हिजोका दिनमा पनि पर्सा ४ को बिकासमा उँहाको योगदान सर्हानिय थियो र भोलिका दिनमा पनि पक्कै रहने छ ।”

युवा, महिला तथा जेष्ठ नागरिकको सक्रिय सहभागिताले घरदैलो कार्यक्रम झन् उत्साहपूर्ण बनेको छ। कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरू पनि संगठित रूपमा परिचालित भई जनताको घरदैलोमा पुगिरहेका छन्। उनीहरूका अनुसार यसपटक पर्सा ४ मा कांग्रेसको माहोल सकारात्मक बन्दै गएको छ।

रिजालले पर्सा ४ लाई समृद्ध र व्यवस्थित निर्वाचन क्षेत्र बनाउने लक्ष्यसहित आफूले उम्मेदवारी दिएको बताउँदै मतदातासँग विश्वासको मत मागिरहेका छन्। “जनताको भरोसा नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने, “यहाँका हरेक समस्यालाई आफ्नो जिम्मेवारी ठानेर काम गर्नेछु।”

घरदैलो अभियानसँगै पर्सा ४ मा चुनावी सरगर्मी बढ्दै गएको छ। मतदातासँग प्रत्यक्ष भेटघाट र संवादमार्फत उम्मेदवार रिजालले विश्वास जित्ने प्रयासलाई तीव्रता दिएका छन्, जसले कांग्रेस कार्यकर्तामा थप उत्साह भरेको छ।

Read More

रास्वपा धनगढी उपमहानगरका संस्थापक सभापति ईश्वरी विष्टले छोडे पार्टी

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनगढी उपमहानगरका संस्थापक नगर सभापति ईश्वरी विष्टले पार्टी छोडेका छन् ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली- ५ बाट प्रत्यक्ष उम्मेदवार बनेका विष्टले पार्टीको साधारण सदस्यसमेत नरहने गरि राजीनामा दिएका हुन् । 

विष्टले पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्य, विधान तथा सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको आरोप लगाउदै संगठनमा समर्पित नेता-कार्यकर्ताको उचित मूल्यांकन नभएको, विधि-विधान विपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता नभएको आरोप लगाएका छन् ।

Read More

निगमले हटाएका विमान परिचारिकालाई श्रम अदालतले गरायो पुनर्वहाली

काठमाडौँ । पन्ध्र महिना लामो कानुनी लडाईं पश्चा्त नेपाल वायुसेवा निगमले जबर्जस्ति हटाएको बरिष्ठ विमान परिचारिका प्रजिता कार्कीलाई श्रम अदालत भक्तपुरले शुक्रबार पुनर्वहाली गरेको छ ।

श्रम अदालतका न्यायाधीशद्धय जनकराज पाण्डे र शैलेन्द्र कुमार चौरसियाको संयुक्त इजलासले बरिष्ठ विमान परिचारिका कार्कीलाई पुनर्वहाली गरिदिएको हो । सर्वाेच्च अदालतमा सेवासुविधा विभेदको रिट दायर गरी अन्तिरम आदेश लिएका कार्कीलाई निगमले २०८१ असोज १८ मा करार नविकरण नगरी जबर्जस्ति अवकाश दिएको थियो ।

कार्कीका तर्फबाट अधिवक्ताद्धय अनन्तराज लुईंटेल र विशाल थापाले शुक्रबार गरेको लामो बहसपश्चा्त श्रम अदालतले पुनर्वहालीको फैसला जारी गरेको हो । फैसलाको पूर्णपाठ आइनसकेको भएतापनि अदालतको वेभसाइटमा विमान परिचारिका कार्कीलाई पुनर्वहाली गरेको फैसला जनाइएको छ ।

सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएपश्चात् समेत विमान परिचारिका कार्कीलाई निगमले जबर्जस्ति अवकाश दिएपछि उनी बाध्य भएर गैर कानुनी अवकाश बदर विरुद्ध श्रम अदालतमा मुद्दा लिएर गएको अधिवक्ता लुईंटेलले जानकारी दिए ।

असार १९ मा उनलाई श्रम अदालतका न्यायाधीशत्रय जनकराज पाण्डे, निशा बानिया र शैलेन्द्र कुमार चौरसियाको इजलासले अन्तरिम आदेश जारी गरी काममा फर्काउन निगमलाई आदेश दिएको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा १ सय ३५ जना परिचारक र परिचारिकाको सेवासुविधा र उमेरहदको विभेद उपरको मुद्दा विचाराधिन अवस्थामा छ ।

नेपाल वायुसेवा निगम कर्मचारी प्रशासन विनियमावली २०५८ को नियम ६३(१)(ख) मा पचास बर्षसम्म सेवामा रहन पाउने प्रावधानको बर्खिलाफ मुद्दा दायर गरेकै प्रतिसोध सांधेर कार्कीलाई ४५ बर्ष पुग्ने वित्तिकै निगमले करार नविकरण नगरी जबर्जस्ति अवकाश दिएको थियो । जबर्जस्ती हटाएउपर सर्वाेच्च अदालतमा निगम संचालक समिति विरुद्ध समेत अवहेलनाको मुद्दा विचाराधिन छ ।

सर्वोच्च अदालतलका न्यायाधीशद्धय हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इललासले गम्भीर संवैधानिक विषयको व्याख्याको प्रश्न रहेको उल्लेख गर्दै उक्त मुद्दा जेठ १३ मा संवैधानिक इजलासमा सुनुवाईको लागि पठाइ कसैलाई पनि कामबाट बञ्चित नगर्नू भनी अन्तरिम आदेशमा निरन्तरता दिएको छ । एक बर्ष अघि नै जारी अन्तरिम आदेश समेत विरुद्ध राष्ट्रिय ध्वजावाहक निगमले कार्कीलाई हटाएको थियो ।

पुनर्वहालीको फैसला पश्चात् कार्कीले न्याय पाएकोमा खुसी व्यक्त गरिन । ‘न्यायको लडाईंमा एउटा नयाँ आशा पलाएको छ, विभेद विरुद्धको लडाईंमा न्याय पाइन्छ भन्ने एउटा नयाँ अध्यायको सुरुवात श्रम अदालतको फैसलाले गरिदिएको छ,’ बरिष्ठ विमान परिचारिका कार्कीले भनिन ।

सर्वोच्च अदालतमा विचाराधिन रिट निवेदनमा नेपाल वायुसेवा निगमका कर्मचारीहको सेवा, शर्तसम्बन्धी कानुनमा भएको व्यवस्थाले विमान परिचारक र विमान परिचारिकालाई अन्य कर्मचारीभन्दा विभेदपूर्ण व्यवहार गरी दोस्रो दर्जाको कर्मचारीको व्यवहार गरिएको उल्लेख गर्दै विनियमावलीका कतिपय प्रावधान बदर गर्न माग गरिएको छ ।

कर्मचारीको अवकाश उमेर ५८ वर्ष कायम गरेकोमा विमान परिचारक र परिचारिकाको हकमा कतै ४० बर्षमा वर्षमा अवकाश दिने, कतै ४५ बर्षमा अवकाश दिने, कतै ५० बर्षमा अवकाश दिने मनलाग्दी व्यवस्था भएकोले सेवाको असुरक्षा भएको, एक महिनाको तलब दिएर जहिल्यसुकै हटाउनसक्ने, सेवाअवधिभर करार सेवामा राखी अवकाश गराउने र उपदान पनि नदिनेलगायतका प्रावधान रहेको भन्दै त्यस्ता विभेदकारी व्यवस्थालाई बदर माग गरिएको छ ।

Read More

दाङमा एमालेको झण्डा जलाउने थप दुई जना पक्राउ

दाङ । दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहारी कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिका–४ हलवारका ३० वर्षीय  रमेश राना मगर र तुलसीपुर –६ का २४ वर्षीय  बिक्रम परियारलाई शुक्रबार राति पक्राउ गरेको जानकारी दिएको हो ।

प्रहरीले यसअघि तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको थियो ।

बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि दाङ तुलसीपुरको वीरेन्द्र चोकका भेला भएका व्यक्तिले एमालेको झण्डा जलाएका थिए । उक्त भिडियो सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो । 

रास्वपाका कार्यकर्ताले झण्डा जलाएको भन्दै नेकपा एमाले आपत्ति जनाएको छ, भने शुक्रबार बेलुका दाङको तुलसीपुर काठमाडौंलगायत विभिन्न ठाउँमा मसाल जुलुस तथा विरोध र्‍याली निकालेका थिए । 

दाङ प्रहरीले झण्डा जलाउने कार्यमा संलग्न अन्यको खोजी कार्य जारी रहेको जनाएको छ ।

Read More

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ सम्पन्न, ढुवानी कार्य तीव्र

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले दुवै प्रणालीअन्तर्गत आवश्यक पर्ने मतपत्र समयमै छपाइ गरी सम्बन्धित जिल्लामा पठाउने कार्य अगाडि बढाएको जनाएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ कार्य पूरा भएको छ । मिति २०८२ माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरिएकोमा हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको छ भने अन्य प्रदेशमा ढुवानी कार्य जारी रहेको आयोगले जानकारी दिएको छ । मतपत्र बाहेकका अन्य निर्वाचन सामग्रीको ढुवानी भने सबै प्रदेशमा सम्पन्न भइसकेको छ ।

मतपत्र छपाइ कार्य आयोगले निर्धारण गरेको कार्यतालिकाअनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा २०८२ पुस २२ गतेदेखि सुरु गरिएको थियो । प्रारम्भमा मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २ सय नमूना मतपत्र छपाइ गरिएको थियो ।

त्यसपछि २०८२ पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सुरु गरिएकोमा २०८२ माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिएको आयोगले जनाएको छ । 

निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले तयारीलाई तीव्र बनाउँदै सबै सामग्री समयमै मतदान केन्द्रमा पुर्‍याउने व्यवस्था मिलाइएको जनाएको छ।

Read More

जापानको ओसाकाको पुरानो पानी प्रणाली सुधारका लागि अज्ञात दाताले दिए २१ किलो सुन 

काठमाडौँ । जापानको प्रमुख सहर ओसाकालाई पुरानो बन्दै गएको पानी आपूर्ति प्रणाली सुधार गर्न उल्लेखनीय सहयोग प्राप्त भएको छ । सहरलाई करिब २१ किलोग्राम तौलका सुन दानस्वरूप प्रदान गरिएपछि यसको चर्चा व्यापक रहेको छ ।

करिब ५६ करोड येन (झण्डै ३६ लाख अमेरिकी डलर) बराबर मूल्यका ती सुनका इँटाहरू गत नोभेम्बर महिनामा आफ्नो परिचय सार्वजनिक गर्न नचाहने एक दाताले उपलब्ध गराएका हुन् । यसबारे जानकारी दिँदै ओसाकाका मेयर हिदेयुकी योकोयामाले पत्रकार सम्मेलनमा सहरलाई ठूलो आर्थिक राहत मिलेको जानकारी दिएका छन् ।

मेयर योकोयामाले पुरानो बन्दै गएको खानेपानी पाइपलाइन व्यवस्थापन र मर्मतका लागि ठूलो लगानी आवश्यक पर्ने उल्लेख गर्दै दाताप्रति कृतज्ञता व्यक्त गरे । ‘यस्तो सहयोगप्रति धन्यवाद दिनुबाहेक मसँग अरू शब्द छैन,’ उनले भने । उनका अनुसार प्राप्त सहयोग ‘अचम्मित पार्ने’ र ‘शब्दभन्दा पर’ को रहेको छ । उनले सोही दाताले यसअघि पनि नगरको पानी सेवा विभागका लागि पाँच लाख येन नगद सहयोग गरेको जानकारी दिए ।

करिब ३० लाख जनसंख्या रहेको ओसाका जापानको कन्साइ क्षेत्रमा अवस्थित एक प्रमुख व्यावसायिक केन्द्र हो र देशको तेस्रो ठूलो सहरका रूपमा चिनिन्छ । तर अन्य धेरै जापानी सहरहरूजस्तै ओसाकाको पानी तथा ढल निकास पाइपलाइन प्रणाली पनि पुरानो बन्दै गएको छ, जसले सुरक्षा र पूर्वाधार व्यवस्थापनबारे चिन्ता बढाएको छ ।

सहरको जल विभागका अनुसार आर्थिक वर्ष २०२४ मा ओसाकाका सडक मुनि रहेका पानीका पाइपलाइनमा चुहावटका ९० भन्दा बढी घटना दर्ता भएका छन् । अधिकारीहरूका अनुसार प्राप्त सुन दानलाई नगदमा रूपान्तरण गरी पानी पूर्वाधार सुधार र आधुनिकीकरणमा खर्च गरिनेछ ।

Read More

अहिलेसम्म ७ दल र ८६७ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को तयारीका क्रममा ७ वटा राजनीतिक दल र ८६७ जना उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता खोली सञ्चालनमा ल्याएका छन् ।

तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये ८६७ जनाले मात्र बैंक खाता खोलेर आयोगमा जानकारी गराएका हुन् । 

निर्वाचन आयोगका अनुसार निर्वाचन खर्चमा पारदर्शिता कायम गर्ने, कानुनले तोकेको खर्च सीमाको पालना गराउने तथा आर्थिक कारोबारको प्रभावकारी निगरानी सुनिश्चित गर्ने उद्देश्यले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याइएको छ । 

उक्त कार्यविधिअनुसार निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका तथा समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारका क्रममा हुने सम्पूर्ण आम्दानी तथा खर्च तोकिएको बैंक खातामार्फत मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ।

भूगोलअनुसार उम्मेदवारले २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ, उम्मेदवारको खाताबाट पैसा कता जान्छ भन्ने अनुगमन पनि यसपटक हुन्छ, आर्थिक अनुशासनका लागि यो व्यवस्था गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार कार्यविधि कार्यान्वयनसँगै निर्वाचनसम्बन्धी आर्थिक कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउने प्रयास गरिएको हो। यसले निर्वाचन प्रक्रियामा स्वच्छता र जवाफदेहिता प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

आयोगले बाँकी दल तथा उम्मेदवारलाई समेत कार्यविधिअनुसार अनिवार्य रूपमा बैंक खाता सञ्चालन गर्न आग्रह गरेको छ।

Read More

के अमेरिकाले इरानमाथि आक्रमण गर्दैछ ?

काठमाडौँ । अमेरिका र इरानबीच तनाव तीव्र बन्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई विमानवाहक युद्धपोत समूह इरान आसपासको समुद्री क्षेत्रमा पठाउने आदेश दिएपछि अवस्था झनै जटिल बनेको हो । त्यसको प्रत्युत्तरमा इरानले हर्मुज जलडमरूमध्य क्षेत्रमा युद्ध अभ्यास गर्दै आवश्यक परे समुद्री मार्ग बन्द गर्न सक्ने संकेत दिएको छ । यसले विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पार्न सक्ने चिन्ता बढेको छ ।

इरानको आणविक कार्यक्रम लामो समयदेखि दुवै देशबीचको मुख्य विवादको विषय रहँदै आएको छ । अमेरिका इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्न चाहन्छ भने इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ । त्यसैगरी, इरानभित्र बढ्दो महँगीविरुद्ध भएका प्रदर्शन र त्यसमा सरकारी दमनले पनि अन्तर्राष्ट्रिय चासो बढाएको छ । अमेरिकाले पश्चिम एसियामा सैनिक उपस्थिति विस्तार गरेपछि इरानले त्यसलाई दबाबको रणनीति भन्दै आलोचना गरेको छ ।

क्षेत्रीय सुरक्षाको प्रश्न पनि उत्तिकै संवेदनशील बनेको छ। इरानको क्षेप्यास्त्र कार्यक्रम र उसका क्षेत्रीय साझेदार समूहहरूसँगको सम्बन्धलाई लिएर अमेरिका तथा उसका सहयोगी देशहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।

अमेरिकी रक्षा संयन्त्रका अनुसार पश्चिम एसियामा ठूलो स्तरमा सैन्य जमघट गरिएको छ । दुई परमाणु ऊर्जाचालित विमानवाहक युद्धपोत, दर्जनभन्दा बढी विध्वंसक जहाज, अत्याधुनिक लडाकु विमान, निगरानी विमान, इन्धन भर्ने हवाई साधन तथा मानवविहीन आक्रमणकारी यन्त्रहरू तैनाथ गरिएका छन् ।

यससँगै समुद्री आक्रमणका लागि प्रयोग हुने टमाहक क्षेप्यास्त्र र हवाई सुरक्षा प्रणालीसमेत क्षेत्रमा राखिएको जनाइएको छ। बहरेन, कतार, साउदी अरेबिया, जोर्डन र ओमान आसपासका अमेरिकी सैनिक अड्डाहरू उच्च सतर्कतामा राखिएका छन्। पश्चिम एसियाभर करिब ३० देखि ४० हजार अमेरिकी सैनिक तैनाथ रहेको अनुमान छ । इरानले आफ्ना सशस्त्र बललाई पूर्ण सतर्क अवस्थामा राखेको घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघस्थित इरानी प्रतिनिधिमण्डलले कुनै पनि उक्साहट भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

हर्मुज जलडमरूमध्यमा प्रत्यक्ष गोली प्रहारसहितका अभ्यासहरू गरिएका छन् । विश्वको करिब पाँचौं भाग तेल यही समुद्री मार्गबाट ओहोरदोहोर हुने भएकाले यस क्षेत्रमा अवरोध आए विश्व अर्थतन्त्र प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । इरानले असममित युद्ध रणनीतिअन्तर्गत ठूलो संख्यामा क्षेप्यास्त्र र मानवविहीन आक्रमणकारी साधन तयारी अवस्थामा राखेको बताइन्छ । समुद्री मार्ग अवरुद्ध गर्न बारुदी सुरुङ बिछ्याउने विकल्पसमेत खुला राखिएको संकेत गरिएको छ ।

इरानका सर्वोच्च नेता आयोतुल्लाह खामेनीले कुनै पनि आक्रमणले व्यापक क्षेत्रीय युद्ध निम्त्याउने चेतावनी दिएका छन् ।

तनावबीच ओमान र जेनेभामा अप्रत्यक्ष वार्ताहरू जारी रहेका छन् । दुवै पक्षले तेस्रो चरणको संवादमा सहमति जनाएको जनाइएको छ । यद्यपि, सैन्य तयारीसँगै भइरहेको कूटनीतिक पहलले अवस्था शान्त हुने कि झन् जटिल बन्ने भन्ने प्रश्न खुला नै छ ।

यदि द्वन्द्व चर्कियो भने पश्चिम एसियामा मात्र होइन, विश्वव्यापी ऊर्जा बजार, आपूर्ति शृंखला र आर्थिक स्थायित्वमा असर पर्न सक्छ । इरानभित्र आन्तरिक अस्थिरता बढे मानवीय संकटसमेत उत्पन्न हुन सक्ने विश्लेषण गरिएको छ ।

अहिलेका लागि दुवै पक्षले युद्धको तयारी र वार्ता सँगसँगै अघि बढाइरहेका छन् । आगामी दिनहरूमा लिइने निर्णयले केवल दुई देश मात्र होइन, समग्र क्षेत्र र विश्व राजनीतिलाई नै प्रभावित गर्ने देखिएको छ ।

Read More

टी-२० विश्वकपको सुपर आठमा आज पाकिस्तान र न्यूजील्याण्ड आमने सामने

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आजदेखि सुपर आठका खेल शुरु हुदैछन् । सुपर आठको पहिलो खेलमा आज पाकिस्तान र न्यूजील्याण्डबीच भिडन्त हुदैछ ।

श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । दुवै टोलीमा अनुभवी तथा प्रभावशाली टी-२० खेलाडीहरूको उपस्थिति रहेकाले खेल बराबरीको प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

समुह चरणमा पाकिस्तानले भारतसँग हार बेहोरेको थियो भने न्यूजील्याण्डले दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो ।

श्रीलङ्काको पिच अवस्थाबारे राम्रो अनुभव रहेको कारण पाकिस्तान आत्मविश्वासमा देखिएको छ । टोलीले स्पीन बलिङलाई प्राथमिकता दिँदै सन्तुलित आक्रमण तयार पारेको छ, जसले समूह चरणमा राम्रो नतिजा दिएको थियो । मध्य ओभरमा खेल नियन्त्रण गर्ने योजनासहित पाकिस्तान मैदान उत्रने तयारीमा छ । यद्यपी पाकिस्तानको स्पीन बलिङ भारतविरुद्ध भने प्रभावकारी बन्न सकेको थिएन ।   ब्याटिङतर्फ सुरुवाती क्रमबाट तीव्र रन बनाउने रणनीति अपनाइने संकेत देखिएको छ ।

साहिबजादा फरहान र सलमान अली आघाजस्ता खेलाडीले सुरुदेखि नै दबाब सिर्जना गर्ने लक्ष्य लिएका छन् । पाकिस्तानका प्रमुख खेलाडीमा साहिबजादा फरहान र उस्मान तारिक देखिएका छन् ।  नामीबियाविरुद्ध शतक प्रहार गरेपछि फरहान उत्कृष्ट लयमा छन् । आक्रामक सुरुवात दिलाउने क्षमताका कारण उनी फेरि पनि टोलीका लागि निर्णायक बन्न सक्छन् । त्यस्तै यस प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका उस्मान तारिक मध्य ओभरका मुख्य हतियार मानिन्छन् । उनको विविधता र विकेट लिने क्षमताले खेलको दिशा बदल्न सक्छ ।

त्यस्तै न्युजील्याण्डले यस प्रतियोगितामा आफ्नो बलियो ब्याटिङ लाइनअपमा भर गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ । तर कोलम्बोको पिचमा आक्रामक खेल सजिलो नहुने भएकाले मध्य ओभरमा संयमित ब्याटिङ आवश्यक हुनेछ । ठूलो योगफल बनाउनेभन्दा खेल अन्तिमसम्म तान्ने रणनीति अपनाइने सम्भावना छ । बलिङतर्फ न्युजिल्याण्डसँग पनि प्रभावशाली स्पिनर तथा तीव्र गतिका बलर छन्, जसले पाकिस्तानका ब्याटरलाई दबाबमा राख्ने प्रयास गर्नेछन् । न्युजिल्याण्डका प्रमुख खेलाडीमा फिन एलन र लकी फर्ग्युसनलाई मान्न सकिन्छ । पावरप्लेमा आक्रामक सुरुवात दिलाउने एलन न्युजिल्याण्डका मुख्य हतियार हुन् । उनको छिटो रनले टोलीलाई बलियो आधार दिन सक्छ । त्यस्तै तीव्र गतिका बलर फर्ग्युसन सुरुवाती विकेट लिन सक्षम छन्। पिचअनुसार गति र विविधता प्रयोग गर्न सक्ने क्षमताले उनलाई पाकिस्तानका ब्याटरका लागि चुनौतीपूर्ण बनाउँछ ।

सम्भावित टोली
पाकिस्तान: साहिबजादा फरहान, साइम अयूब, सलमान आघा (कप्तान), बाबर आजम, उस्मान खान (विकेटकिपर), अबरार अहमद, शादाब खान, मोहम्मद नवाज, फहीम अशरफ, शाहिन अफ्रिदी र उस्मान तारिक ।

न्युजील्याण्ड: फिन एलन, टिम सिफर्ट (विकेटकिपर), रचिन रविन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, ड्यारिल मिचेल, मिचेल सान्टनर (कप्तान), जेम्स नीशाम, म्याट हेनरी, लकी फर्ग्युसन र ज्याकोब डफी ।

सुपर आठ चरणको यो महत्वपूर्ण भिडन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । पाकिस्तानले स्पिन आक्रमणमार्फत खेल नियन्त्रण गर्ने प्रयास गर्नेछ भने न्युजील्याण्डले आक्रामक ब्याटिङमार्फत ठूलो चुनौती प्रस्तुत गर्ने लक्ष्य राखेको छ । दुवै टोली उत्कृष्ट तयारीका साथ मैदान उत्रने भएकाले दर्शकले उच्चस्तरीय खेलको आनन्द लिन पाउने अपेक्षा गरिएको छ ।

Read More

चर्चित निर्वाचन क्षेत्र: म्याग्दीमा महावीर पुनले गर्दा ब्रिग्रियो दलहरुको गणित

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक गण्डकी प्रदेशको एक मात्र निर्वाचन क्षेत्र भएको म्याग्दी जिल्ला पनि चर्चामा रहेको छ । यस क्षेत्रमा पूर्व शिक्षा मन्त्री महावीर पुन स्वतन्त्र उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेकाले म्याग्दीका साबि ६ स्थानीय तहका मतदाताले मतदान गदैछन् । यस जिल्लामा बेनी नगरपालिकाका १० वडा, अन्नपूर्ण गाउँपालिकाका ८ वडा, धवलागिरी गाउँपालिकाका ७ वटा वडा, मङ्गला गाउँपालिकाका ५ वटा वडा, मालिका गाउँ पालिकाका ७ वटा वडा र रघुगङ्गा गाउँपालिकाका ८ वटा वडा रहेका छन् ।

निर्वाचन आयोगका अनुसार म्याग्दीमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या ८६ हजार ३९७ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १२० मतदान केन्द्र तोकिएको छ ।

पछिल्लो निर्वाचन- २०७९ 
२०७९ को निर्वाचनमा म्याग्दीबाट नेपाली काँग्रेसका खम बहादुर गर्बुजा विजयी भएका थिए । गर्बुजाले २४ हजार २१ मत प्राप्त गरेका थिए । त्यस्तै दोस्रो भएका नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरेका थिए । यस निर्वाचनमा काँग्रेसलाई माओवादी केन्द्रले समर्थन गरेको थियो ।

त्यसैगरी २०७९ को निर्वाचनमा म्याग्दीमा समानुपातिकतर्फ नेकपा एमालेले १८ हजार २७३ मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले १३ हजार ६९३ मत पाएको थियो । त्यसैगरी माओवादी केन्द्रले ९ हजार ७० मत प्राप्त गरेको थियो भने रास्वपाले ३ हजार ५७९ मत पाएको थियो ।

उम्मेदवार- २०८२ 
यस पटक म्याग्दीमा एक स्वत्रन्त्रसहित दलहरुका गरेर कुल १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । पुर्व शिक्षामन्त्री महावीर पुनले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एमालेले पुन यस पटक पनि हरि कृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेपाली काँग्रेसले यस पटक कर्ण बहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ भने नेकपाले अर्जुन बहादुर थापालाई उम्मेदवार बनाएको छ ।  त्यस्तै रास्वपाले जिल्ला सभापति युवराज रोक्कालाई उम्मेदवार बनाएपनि पछि रास्वपाले महावीर पुनलाई समर्थन गरेको छ ।

त्यसैगरी म्याग्दीमा राप्रपाले डम्भर बहादुर सुवेदी, जनमोर्चाले छेम बहादुर विक, प्रलोपाले देवेन्द्र कामी, श्रम संस्कृति पार्टीले विनोद रानालाई उम्मेदवार बनाएको छ ।   

निष्कर्ष   
पुर्व शिक्षामन्त्री महावीर पुनले स्वतन्त्र उम्मेदवारी दिएपछि जिल्लामा दलहरुको अंक गणित डगमगाएको छ । रास्वपाको पनि समर्थन रहेकाले पुनको पक्षमा एक किसिमको लहर देखिएको छ । म्याग्दीका स्थानीयले पुनलाई स्वागत गर्दै चुनाव खर्च समेत दिइरहेका छन् । उनको सामना खासगरी प्रमुख दल काँग्रेस-एमाले-नेकपाले कसरी गर्छन भन्ने प्रश्न रहेको छ । पुनको प्रचार गर्ने शैली अहिले सामाजिक सञ्जालमा भाइरल समेत भएको छ । उनले अहिले कुनै बाचा नगर्ने, चुनाव जितेमा जिल्लाप्रति प्रतिबद्ध भएर काम गर्ने, जनतालाई धोका नदिने, मन लागे मत दिन र नलागे नदिन भन्दै मतदाताको घर दैलोमा पुगिरहेका छन् ।

जिल्लामा विगतमा धेरै मत एमालेकै रहेको छ । गत निर्वाचनमा काँग्रेस-माओवादी केन्द्र एक ठाउमा आउदा काँग्रेस विजयी भएको थियो । तर यस पटक अवस्था परिवर्तन भएकाले तीन प्रमुख दललाई पुन भारी पर्न सक्ने विश्लेषण गरिएको छ । 

Read More