२०८३ बैशाख १३

राफिन्हा पाँच साता खेल्न नसक्ने, बार्सिलोनालाई ठुलो झट्का

काठमाडौँ । सिजनको महत्वपूर्ण चरणमा बार्सिलोनालाई ठूलो झट्का लागेको छ । ब्राजिलका विंगर राफिन्हा चोटका कारण पाँच साता मैदान बाहिर भएसँगै बार्सिलोनालाई ठुलो झट्का लागेको हो ।

फ्रान्सविरुद्धको मैत्रीपूर्ण खेलमा २–१ ले पराजित हुँदा उनले मांसपेशीमा समस्या महसुस गरेका थिए । त्यसपछि गरिएको परीक्षणमा चोट पुष्टि भएपछि उनलाई टोलीबाट फिर्ता पठाइएको हो ।

ब्राजिल फुटबल महासंघले राफिन्हाको इन्जुरी बारे जानकारी दिँदै राफिन्हा र वेस्ली दुवै खेलाडीलाई प्रशिक्षक कार्लो एन्सेलोट्टीले टोलीबाट हटाएको जनाएको छ । दुवैले खेलका क्रममा दाहिने तिघ्राको पछिल्लो भागमा दुखाइ महसुस गरेका थिए । परीक्षणपछि मांसपेशीमा चोट देखिएकाले उनीहरूलाई उपचारका लागि फिर्ता पठाइएको महासंघले स्पष्ट पारेको छ ।

बोस्टनमा भएको उक्त खेलमा राफिन्हा सुरुआती रोजाइमा रहेका थिए । सुरुमा सामान्य समस्या मानिए पनि पछि गरिएको परीक्षणले चोट गम्भीर रहेको देखाएको हो । चिकित्सकको सल्लाह अनुसार उनी करिब पाँच हप्ता मैदान बाहिर रहने अनुमान गरिएको छ ।

यस चोटले बार्सिलोनाको आगामी खेल तालिकामा ठूलो असर पर्ने देखिएको छ । अब उनले कम्तिमा पनि एट्लेटिको मड्रिडविरुद्धको खेल, च्याम्पियन्स लिगको क्वाटरफाइनलका दुवै लिग तथा एस्पानियोलविरुद्धको कटालान डर्बी गुमाउनेछन् ।

एकै समयमा विभिन्न प्रतियोगितामा उपाधि होडमा रहेको बार्सिलोनाका लागि राफिन्हाको अनुपस्थिति ठूलो धक्का मानिएको छ । प्रशिक्षक हान्सी फ्लिकको योजनामा यसले प्रभाव पार्ने निश्चित देखिएको छ ।

Read More

ओली पक्राउको विरोध कार्यक्रम तय गर्न एमालेले दियो नेताहरुलाई जिम्मेवारी

काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछिका घटनाबारे अन्य दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ ।

शनिबार बसेको सचिवालय बैठकले राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् । भने संसदमा रहेका दलहरुसँगको संवाद उपाध्यक्ष रामबहादुर थापा बादलले गर्ने छन् । त्यस्तै कानुनी प्रक्रियाको संयोजन उपाध्यक्ष गोकर्ण विष्टले गर्ने भएका छन् ।

एमालेले भोली सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र दिएर औपचारिक रुपमा ओलीको पक्राउको विरोध शुरु गर्ने भएको छ भने एमालेका भातृ संगठनहरुले भने आजैदेखि प्रदर्शन शुरु गरेका छन् ।

Read More

ओली पक्राउको विरोधमा माइतीघरमा दिउँसो ३ बजे प्रदर्शन हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा आज दिउँसो ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन हुने भएको छ । 

एमाले सचिव महेश बस्नेतका अनुसार अपराह्न ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन हुने भएको हो ।

एमालेको सचिवालय बैठकले भोली सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाएर आन्दोलनको शुरुवात गर्ने निर्णय गरेपनि भातृ संगठनहरुले भने आजदेखि नै प्रदर्शन गर्ने भएका छन ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिसको आधारमा सरकारको निर्णय अनुसार प्रहरीले शनिबार बिहान ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ ।

Read More

एमालेको माग- जेनजी आन्दोलनको छानबिन सर्वोच्चका न्यायाधीशको अध्यक्षतामा गठित आयोगबाट होस्

काठमाडौं । नेकपा एमालेले भदौ २३ र २४ गतेको घटनाको छानबिन सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको अध्यक्षतामा हुनुपर्ने माग गरेको छ । 

पार्टीको शनिबार बसेको सचिवालय बैठकले घटनाको निष्पक्ष र न्यायिक छानविनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका हुन् ।

बैठकको निर्णय सुनाउदै महासचिव पोखरेलले भने- ‘२०८२ भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि तत्कालीन सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगप्रति हाम्रो पार्टीको सुरूदेखि नै असहमती र विरोध रहँदै आएको छ । उक्त आयोगप्रति सम्मानित सर्वोच्च अदालतले समेत गम्भीर प्रश्नहरू उठाएको कुरा विदितै छ । आयोगद्वारा प्रस्तुत प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत रहेको हाम्रो पार्टीको ठहर छ । तसर्थ, उक्त घटनाको निष्पक्ष र न्यायिक छानविनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानविन आयोग गठन गर्न यो बैठक माग गर्दछ ।’ 

पोखरेलले एमालेले गौरी बहादुर कार्की नेतृत्वको आयोगप्रति सुरुदेखि नै असहमति र विरोध गर्दै आएको समेत उल्लेख गरे ।  साथै एमालेले आयोगद्वारा प्रस्तुत प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत रहेको ठहर गरेको छ । 

साथै एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक माथि गरिएको नियोजित, निर्देशित र गैरकानुनी गिरफ्तारीको विरोध, उनीहरूको रिहाई, कानुनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाको गर्न संयुक्त एवम् प्रभावकारी पहलकदमीका लागि राजनीतिक दलहरू, नागरिक समाज र आमजनसमुदायलाई आग्रह गरेको छ ।

Read More

इरान युद्धमा यमनका हुथी विद्रोही होमिएको आशंका

काठमाडौँ । यमनबाट इजरायलतर्फ क्षेप्यास्त्र प्रहार भएको घटनाले मध्यपूर्वमा जारी द्वन्द्व अझ फैलिने संकेत देखिएको छ । इजरायली सेनाले दाबी गर्दै यमनस्थित हूथी विद्रोहीले उक्त आक्रमण गरेको जनाएको छ ।

तर अहिलेसम्म हूथी विद्रोही समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको छैन । यसअघि भने उनीहरूले चेतावनी दिँदै अन्य देश युद्धमा संलग्न भए वा रेड सागर क्षेत्र आफ्नो सहयोगीविरुद्ध प्रयोग गरिए सैन्य हस्तक्षेप गर्न सक्ने बताएका थिए ।

विशेषज्ञहरूका अनुसार यदि हूथी विद्रोही खुलेर यस द्वन्द्वमा सहभागी भए भने संघर्ष पूरै क्षेत्रमा फैलिन सक्ने खतरा बढ्नेछ ।

हूती समूहले यसअघि पनि साउदी अरब र संयुक्त अरब इमिरेट्सका तेल संरचना तथा महत्वपूर्ण पूर्वाधारमा आक्रमण गरिसकेको छ । साथै, उनीहरूसँग समुद्री मार्ग अवरुद्ध पार्ने क्षमता समेत रहेको

Read More

आइपिएल अघि चेन्नईलाई झट्का, धोनी दुई साता खेल्न नसक्ने

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को नयाँ सिजन सुरु हुनुअघि चेन्नई सुपर किंग्सलाई ठूलो झट्का लागेको छ । टोलीका अनुभवी विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनी सुरुआती दुई साता खेल्न नपाउने भएका छन् ।

टोलीले शनिबार जानकारी दिँदै धोनी पिँडुलाको चोटबाट पुनःस्थापनामा रहेको र पूर्ण रूपमा फिट हुन केही समय लाग्ने जनाएको छ ।

चेन्नईले आफ्नो अभियान सोमबार राजस्थान रोयल्सविरुद्ध सुरु गर्नेछ । सुरुआती दुई सातामा उसले पञ्जाब किंग्स, रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्ससँग पनि प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

धोनी अनुपस्थित रहने अवस्थामा विकेटकिपिङको जिम्मेवारी सञ्जु सामसनले सम्हाल्ने छन् । उनी कप्तान ऋतुराज गायकवाडसँगै ओपनिङमा उत्रिनेछन् । टोलीमा अन्य विकल्पका रूपमा उर्विल पटेल र कार्तिक शर्मा रहेका छन् ।

चेन्नईले सामसनलाई ट्रेडिङमार्फत रविन्द्र जडेजा र साम करनलाई राजस्थानलाई दिएर सामसनलाई  टोलीमा भित्र्याएको हो ।

गत सिजन धोनीले सबै खेल खेलेका थिए र प्रायः अन्तिम ओभरतिर मात्र ब्याटिङ गर्न आउने गरेका थिए ।

यसअघि पनि चेन्नईले चोटकै कारण अस्ट्रेलियाली तीव्र गतिका बलर नाथन एलिस गुमाएको थियो । उनको स्थानमा स्पेन्सर जोन्सनलाई टोलीमा ल्याइएको छ । अघिल्लो सिजन केवल चार जित हात पार्दै पुछारमा रहेको चेन्नई यसपटक सुधारिएको प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ ।

Read More

ओलीको पक्राउको कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले पुर्व प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै  दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय गरेको छ ।

शनिबार बिहान आकस्मिक रुपमा बसेको सचिवालय बैठकले ओलीको रिहाईको माग गर्दै यसको कानुनी र राजनीतिक रुपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

त्यस्तै एमालेले प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने र प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ ।

साथै एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने तथा नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने निर्णय गरेको सचिव बस्नेतले जानकारी दिएका छन् ।

Read More

राष्ट्र संघको महासचिवको चुनाव हुदै, को को बन्दैछन् उम्मेदवार

काठमाडौँ । संयुक्त राष्ट्र संघको महासचिव पदका लागि भर्जिनिया गाम्बाको मनोनयन माल्दिभ्सले फिर्ता लिएपछि, चिलीले पनि पूर्व राष्ट्रपति मिशेल बाचेलेटलाई दिएको समर्थन फिर्ता लिएको छ । यी निर्णयहरूसँगै, कोस्टा रिकाकी एक प्रख्यात अर्थशास्त्री रेबेका ग्रिनस्प्यान मात्र चुनावी मैदानमा छिन्, जसले गर्दा उम्मेदवारहरूको कुल संख्या पाँचबाट घटेर तीन पुगेको छ । यो जानकारी संयुक्त राष्ट्र महासभाका अध्यक्षका प्रवक्ता ला निस कोलिन्सले प्रदान गरेकी हुन् ।

कोलिन्सका अनुसार, माल्दिभ्सले महासभा र सुरक्षा परिषद्का अध्यक्षहरूलाई भर्जिनिया गाम्बाको फिर्ताको बारेमा जानकारी गराएको छ । गाम्बाले संयुक्त राष्ट्र संघमा धेरै वरिष्ठ पदहरू सम्हालेकी छिन् । उनको मनोनयनलाई पहिले नै आश्चर्यको रूपमा हेरिएको थियो किनभने उनको माल्दिभ्ससँग कुनै महत्त्वपूर्ण सम्बन्ध थिएन । माल्दिभ्सका स्थायी प्रतिनिधि अली नसीर मोहम्मदले फिर्ताको कारण बताएका छैनन् ।

अर्जेन्टिनाका राफेल ग्रोसी चुनावी मैदानमा छन्, उनको देशले पूर्ण रूपमा समर्थन गरेको छ । चिलीको फिर्ताको बावजुद, मिशेल बाचेलेट ब्राजिल र मेक्सिकोको समर्थनमा उम्मेदवार छिन् । चिलीकी पूर्व राष्ट्रपति र मानव अधिकारका लागि पूर्व संयुक्त राष्ट्र उच्चायुक्त बाचेलेटले धेरै देशहरूसँग असहमति निम्त्याएकी छिन् । अमेरिकामा, चक एडवर्ड्सले उनको उम्मेदवारीको विरोध गरेका छन् र अमेरिकी कांग्रेसका केही सदस्यहरूले उनको विरुद्ध पत्र तयार गरिरहेको बताएका छन् । उनले अमेरिका र इजरायलमा मानव अधिकारको बारेमा मिशेल ब्याचेलेटको आलोचनालाई कारणको रूपमा उद्धृत गरेका छन् ।

सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा, अमेरिकाले उनको चुनावलाई भिटो गर्न सक्छ, जसले गर्दा ब्राजिल र मेक्सिकोको समर्थनलाई सम्भवतः रद्द गर्न सकिन्छ । चुनावमा अर्का उम्मेदवार म्याकी साल हुन्, जसले बुरुन्डीको समर्थन प्राप्त गरेकी छिन् । यदि कुनै अन्य बलियो महिला उम्मेदवार देखा परेनन् भने, कोस्टारिकाकी ग्रिनस्प्यानले फाइदा लिन सक्छिन्, किनकि यस पटक महिला महासचिव चयन गर्न दबाब बढिरहेको छ ।

महासभाको प्रस्तावमा लिङ्गको आधारमा ‘समान र समतामूलक प्रतिनिधित्व’ लाई पनि लक्ष्यको रूपमा उल्लेख गरिएको थियो । गत वर्ष चुनाव प्रक्रिया सुरु हुँदा महासभा अध्यक्ष अन्नालेना बेरबक र सुरक्षा परिषद्का तत्कालीन अध्यक्षले पनि महिला उम्मेदवारहरूलाई प्रोत्साहन गरेका थिए । मनोनयनको लागि अन्तिम मिति आगामी बुधबार हो, र उम्मेदवारहरूको लागि अन्तरक्रियात्मक सत्रहरू अप्रिल २० मा सुरु हुनेछन्, जहाँ उनीहरूले आफ्ना योजनाहरू प्रस्तुत गर्नेछन् र प्रश्नहरूको जवाफ दिनेछन् । 

यद्यपि महासभाले साधारण बहुमतले विजेता निर्धारण गर्छ, सुरक्षा परिषद्ले अन्तिम निर्णय गर्छ, किनकि संयुक्त राष्ट्र संघको बडापत्रले सुरक्षा परिषद्को सिफारिसमा महासभाले महासचिव नियुक्त गर्ने आदेश दिएको छ । नयाँ महासचिवको कार्यकाल जनवरी १, २०२७ देखि शुरु हुने छ । 

Read More

स्वास्थ्य परिक्षणपछि ओली अस्पताल भर्ना

काठमाडौं । पक्राउ परेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । 

स्वास्थ्य परिक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएका ओलीलाई भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

मिर्गौला प्रत्यारोपण गरेका ओलीको रगत जाँच, भिडियो एक्सरेसहितका परीक्षणपछि बेड नम्बर ५०१ भर्ना गरिएको बताइएको छ ।

कार्की आयोगको सिफारिस अनुसार शनिबार बिहान पक्राउ परेका ओलीलाई भक्तपुरको गुण्डुबाट जिल्ला प्रहरी परिसर, काठमाडौँ ल्याएपछि स्वास्थ्य परिक्षणका लागि अस्पताल लागिएको थियो ।

Read More

उपत्यकाका प्रहरी कार्यालयको अनुगमनमा गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गरेका छन् ।

शनिबार बिहान मन्त्री गुरुङले काठमाडौँ र ललितपुरका विभिन्न स्थानका प्रहरी कार्यालयको अनुगमन गरेका हुन् । यसैक्रममा मन्त्री गुरुङ शनिबार बिहानै रामहापथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पुगेर अनुगमन गरेका थिए ।

Read More