२०८३ बैशाख १३

ओली र लेखक पक्राउ: गृहमन्त्री गुरुङले भने- “न्यायको नयाँ अध्याय सुरु”

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको जानकारी दिदै कानुन माथि कोहि नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै ओली र लेखकलाई नियन्त्रणमा लिएको र यो कसैप्रति प्रतिशोध नभएको र केवल न्यायको सुरुवात भएको बताएका छन् ।

उनले भनेका छन्- ‘कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।’

प्रहरीले शनिबार बिहान लेखक र ओलीलाई उनीहरुकै निवासबाट पक्राउ गरेको थियो ।

Read More

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान पक्राउ गरेको हो । 

उनलाई मन्त्रिपरिषद्को निर्णयसहित  अत्यन्त जरुरी पुर्जी दिएर पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

भदौ २३ गते भएको जेनजी आन्दोलनका गृहमन्त्री रहेका लेखकले सोहि दिन राति राजीनामा दिएका दिएका थिए ।

भदौ २३ र २४ मा भएको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

शुक्रबार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि गृहमन्त्री सुदन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई आयोगको सिफारिस  कार्यन्वयन गर्ने विषयमा छलफल गरेका थिए ।

Read More

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोसहितको टोली ओलीलाई भक्तपुरस्थित उनको निवास गुण्डुबाट पक्राउ गरेको हो । 

ओलीलाई मन्त्रिपरिषद्को निर्णयसहित अत्यन्त जरुरी पुर्जी दिएर पक्राउ गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

अहिले गुण्डु क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने सो क्षेत्रमा केहि संख्यामा एमाले कार्यकर्ताको उपस्थिति पनि देखिएको छ । 

भदौ २३ र २४ गतेको घटना हुदा ओली प्रधानमन्त्री थिए भने उनले आफुले गोली चलाउने आदेश नदिएको दाबि गर्दै आएका थिए । उनले भदौ २४ गते राजीनमा दिदै प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टर चढेर बाहिरिएका थिए । 

उनको सरकारका गृहमन्त्री रहेका काँग्रेस नेता रमेश लेखक आजै बिहान पक्राउ परिसकेका छन् ।  

भदौ २३ र २४ मा भएको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

शुक्रबार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि गृहमन्त्री सुदन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई आयोगको सिफारिस  कार्यन्वयन गर्ने विषयमा छलफल गरेका थिए ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको जनाएको छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशीको तराईमा र कोशी, बागमती र गण्डकीको केहि पहाडी स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित मेघ गर्जनसहित वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भेगमा एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

बिभागले आजदेखि केहि दिन देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ, असिना र हावाहुरीसहित मध्यम सम्मको वर्षा हुने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरको छ ।

Read More

२०८२ चैत १४ गते शनिबार: आजको राशिफल

आज बिस २०८२ चैत १४ गते शनिबार ईस २०२६ मार्च २८ नेपाल सम्बत ११४६ चौलाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल दशमी, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, सुकर्मा योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर १ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १९ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज विश्व नेवाः दिवस मनाइदै छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
भर्खरै चिनजान भएको मित्रको वा हाई प्रोफाइल व्यक्तिको सहयोग जुट्नेछ । विलासिताका सामग्री र सुखसुविधाका वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ । सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो, प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो । व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ, सानो मिहिनेतले मानसम्मान बढ्नुका साथै ठूलाबडाको सद्भाव प्राप्त हुनेछ । प्रयास गरेमा आश मारेको काम अर्थात् नबन्ने काम पनि बनाउन सकिने छ । समुचित योजनाका साथ आफ्ना जिम्मेबारी र दायित्वलाई कार्यान्वयन गर्नुपर्छ । रामरमाइलोमा आकर्षण देखिंदैन, बरु कार्यस्थलमा बोझ बढ्ने सम्भावना छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । भर्खरै चिनजान भएको मित्रको वा हाई प्रोफाइल व्यक्तिको सहयोग जुट्नेछ । विलासिताका सामग्री र सुखसुविधाका वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ । हाँके-ताकेको लक्ष्यमा पुग्न सफल भइने छ, नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
लो ब्लडप्रेसरको समस्या छ भने स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ, त्यस्तै कुनै शङ्काले पिरोलेको छ भने विश्वस्त व्यक्तिसामु आफ्ना कुरा राख्नु ठीक हुनेछ । वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । आवेग र रिसरागमा नियन्त्रण राखी खासगरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउनु होला । आजको दिन आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय व्यहोर्नुपर्ने समय छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ, इच्छाएको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । कामका साथै परिवारसँग रमाउने दिन हो । मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । असहाय र दुःखीको सहयोग गर्दा मनमा छुट्टै सन्तुष्टिको आभास हुनेछ, घरमा सम्पर्क भएको छैन भने सम्पर्क गरी बृद्धबृद्धाको आशीर्वचन लिनुहोला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, बरु लोङ टुरको कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठीक हुन्छ । तुजुक र अहङ्कार बढ्ने समय हो । आज जोखिमपूर्ण काम गर्नु उचित हुँदैन, जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुनसक्छ । चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ । थोरै मिहिनेत गर्दासमेत ठूलो सफलता पाउने समय हो, ज्ञान बढाउने प्रयास गर्नुहोस्, तारिफयोग्य काम गर्दै भविष्य सुधार्ने मौका पाइने छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
लेनदेनको कारोबार, उठ्ती वा रिनसापटीको विषयले चिन्ता बढाउन सक्छ, आज घरपरिवारका विषयमा चासो राखी सम्पर्क गर्नु ठीक हुन्छ । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका वा भोगविलासका सामाग्रीमा फाइदा हुनेछ, आजको केही समय घरपरिवारमा खर्च गरेको जाती हुन्छ । घरायसी बन्दोबस्तीमा समय दिन पाइँदैन, परिवारका सदस्यहरूले पनि खिन्नता प्रकट गर्नेछन्, त्यस्तै पराइसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नु ठीक हुन्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिने छ, औजार, हातहतियार, किराना सामाग्री, मनिहारी वा सरकारसम्बद्ध ठेक्कापट्टाका व्यवसायीले लाभ पाउनेछन् । मान्यजनसँग निकटता बढ्ने वा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन हो । दाजुभाइ वा माइतीपक्षसँग समेत सम्पर्क गरी भलाकुसारी गर्नु ठीक हुन्छ । अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग मिल्नेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
निर्णय लिन सक्नुपर्छ, नबन्ने काम पनि बन्नेछन्, व्यक्तित्व विकासमा मद्दत पुग्नेछ, आफन्त र सहकर्मीसँगको सम्बन्धसमेत मजबुत बन्नेछ । विवाद वा मतभेद छ भने पनि समाधानको बाटो पहिल्याउनु होला । मुखका माध्यमले नै महत्त्वपूर्ण काम बन्नसक्ने राम्रो समय छ, सिनियर कर्मचारी वा वरिष्ठ कर्मचारीलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ । सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
आत्मबल बढ्ने छ, नयाँ ज्ञान प्राप्त गर्ने वा विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय हो । धन वा प्रतिष्ठाको बृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् । अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, प्रतिस्पर्द्धामा जीत हुनेछ, विगतका कमीकमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफल भइने छ । घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूर्ण भरोसा गर्ने दिन छैन, नत्र आकस्मिक रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । परिस्थितिलाई बुझेर चल्न जान्नुपर्छ, किनकि सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ, आपसी सम्बन्धमा पनि मनोमालिन्य बढ्ने दिन हो । अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ ।

Read More