२०८३ बैशाख १५

शंकर पोखरेलको चेतावनी- प्रतिशोधको राजनीति धेरै महँगो हुन्छ, ओलीलाई रिहा गर

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको प्रति सरकारलाई धेरै महँगो पर्ने चेतावनी दिएका छन् । 

सामाजिक संजालमा लेख्दै महासचिव पोखरेलले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने भन्दै जिम्मेवार बन्न र ओलीलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।

ओली पक्राउ परेपछि एमाले आन्दोलनमा होमिने संकेत गरेको छ । आन्दोलनका कार्यक्रम बारे छलफल गर्न केहीबेरमा सचिवालय बैठक बस्न लागेको सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

Read More

दाउन्ने सडक खण्डमा दुर्घटना: ३ जनाको मृत्यु, १९ जना घाईते

बुटवल । नवलपरासीको दाउन्ने क्षेत्रमा काठमाडौंबाट रोल्पातर्फ जाँदै गरेको यात्रुबाहक बस र ट्रक ठोक्किँदा दुर्घटना भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बतासेडाँडामा भएको उक्त दुर्घ!टनामा दुवै सवारीसाधन सडकबाट खस्दै खोलामा पुगेका छन् ।

इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार दुर्घटनामा कम्तीमा तिन जनाको मृत्यु भएको छ भने १९ भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल परासीमा उपचारका लागि लगिएको छ ।

प्रहरीका अनुसार लु २ ख २३५१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ना ७ ख ९३८८ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करको प्रभावले दुवै सवारी नियन्त्रण बाहिर गई खोलामा खसेका थिए । दुर्घटनामा मृतकको बढ्न सक्ने आशंका गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Read More

स्वास्थ्य परिक्षणका लागि ओलीलाई अस्पताल लगियो

काठमाडौँ । पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परिक्षणका लागि अस्पताल लागिएको छ ।

यसअघि पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएका ओलीलाई स्वास्थ्य परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको हो ।

स्वास्थ्य परिक्षणपछि उनलाई आज परिसरमै राखिने र आइतबार अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ । 

भदौ २३ र २४ मा भएको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

शुक्रबार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।

Read More

बालेन सरकारमाथि ज्ञवालीको आरोप: निषेध र प्रतिशोधको राजनीति सुरु

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमले सत्ता र प्रतिपक्षबीचको दूरी झन् बढाएको छ। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यसलाई प्रतिशोध र द्वन्द्वतर्फ उन्मुख भएको बताएका छन्।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि ज्ञवालीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले सरकारको गतिविधिले राजनीतिक सहकार्यभन्दा टकरावको वातावरण सिर्जना गरिरहेको आरोप लगाएका छन्।

उनको भनाइमा, अहिलेको सत्ता सञ्चालन शैलीले निषेध र प्रतिशोधलाई प्राथमिकता दिएको देखिन्छ। यद्यपि उनले यस्तो बाटोले दीर्घकालीन रूपमा सफलता नपाउने दाबी गर्दै परिस्थिति सरकारको अपेक्षाअनुसार अघि नबढ्ने संकेत दिएका छन्।

उता, पक्राउ परेका पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई काठमाडौंस्थित भद्रकालीमा रहेको जिल्ला प्रहरी परिसरमा राखिएको छ। शनिबार बिहान भक्तपुरबाट नियन्त्रणमा लिएपछि उनीहरूलाई त्यहाँ पुर्‍याइएको हो।

यस घटनापछि नेकपा एमालेले आकस्मिक बैठक बोलाएको छ। पार्टीभित्र आगामी रणनीतिबारे छलफल भइरहेको बताइएको छ भने देशको समग्र राजनीतिक वातावरण थप तातिने संकेत देखिएको छ।

Read More

ओली पक्राउ परेपछि एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ गरेपछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

एमाले सचिव महेश बस्नेतका अनुसार आज बिहान ८:३० बजे सचिवालयको बैठक बस्दैछ । उनले बैठकमार्फत अध्यक्ष ओली समातिएसँगै अब के गर्ने भन्नेबारे विस्तृत जानकारी दिइने बताएका छन्। 

प्रहरीले ओलीलाई शनिबार बिहान उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

Read More

जेन-जी आन्दोलनको प्रतिवेदनले तान्यो शीर्ष नेतृत्वलाई कानुनी घेरामा,१० वर्ष जेल हाल्न सिफारिस

काठमाडौं । गौरीबहादुर कार्की संयोजकत्वको जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले १० वर्षसम्मकाे जेल सजायकाे सिफारिस गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई समेत हेलचेक्र्याइँ गरेर किशोरकिशोरीको ज्यान लिएको आरोपमा १० वर्षसम्मको कारबाही सिफारिस गरिएकाे थियाे । तर, वालेन्द्र नेतृत्व सरकारकाे पहिलाे निर्णयकाे आधारमा शनिबार बिहानै ओली र लेखक पक्राउ परेका हुन् ।

प्रतिवेदन केही दिनअघि मिडियाले सार्वजनिक गरेका थिए । भदाै २३ र २४ गते जेन–जी आन्दाेलन दबाउँदा हेलचेक्रयाइँ गरेर किशाेरकिशाेरीकाे ज्यान लिएकाे भन्दै आयाेगले सरकारलाई उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ बमोजिम कारबाही सिफारिस गरेकाे थियाे ।

‘२०८२ भदौ २३ गते बानेश्वर संसदपरिसरबाहिर प्रहरीको गोलीबाट प्रदर्शनकारीहरूको मृत्यु भएको सम्बन्धमा माथि विवेचना गरिसकिएकै छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ को उपदफा (१)मा कसैले लापरबाहीपूर्ण (Reckless) काम गरी कसैको ज्यान मार्न हुँदैन भन्ने कानुनी व्यवस्था रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘उपदफा (२) मा उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई दफा १७७ (ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने), १७८ (ज्यान जान सक्ने काम गर्न नहुने) र १७९ (गम्भीर उत्तेजना वा रिसको आवेशबाट ज्यान लिन नहुने । यी तीन अवस्थामा बाहेक केही माथि उल्लेखित तीन पदाधिकारीहरूका सम्बन्धमा यो दफा १८१ को प्रावधानअनुसार लापरबाही र सोही संहिताको दफा १८२ अनुसार हेलचेक्र्याइँ (Negligence) गरी ज्यान मार्न नहुने प्रावधानअनुसार प्रहरीको गोलीले जेन–जी प्रदर्शनकारीहरूको ज्यान मर्न थालेपछि झण्डै ४ घण्टासम्म गोली नरोकेर हेलचेक्र्याइँ (Negligence) पूर्ण क्रियाकलाप गरेको अवस्था पनि देखिन आयो ।’

यसैले ओली, लेखक र खापुङलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार अनुसन्धान, अभियोजनको सिफारिस गरेर पठाइएको प्रतिवेदनमा उल्लेख छ ।

‘अतः कार्यकारी प्रमुख तत्कालीन प्रधानमन्त्री श्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री श्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक श्री चन्द्रकुवेर खापुङसहित उहाँहरू तीन जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ को उपदफा (१) र सोही संहिता, २०७४ को दफा १८२ अनुसार कसुर हेरेर अनुसन्धान तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने निर्णय गरियो,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा तत्कालीन राजनीतिक, सुरक्षाको नेतृत्वमा बस्नेले लापरबाही र हेलचेक्र्याइँ गरेको दाबी प्रतिवेदनमा गरिएको छ ।

‘परिणामतः त्यसै दिन १७ जना र त्यही स्थानमा गोली लागेका १२ जनाको पछि मृत्यु हुन गयो । २३ भदौकै जरियाले २४ गतेको घटना घट्न गयो । यो घटनामा जम्मा ७६ जनाको मृत्यु हुन गयो । देश जल्नु, लुटपाट हुनु र मृत्यु हुन जानुको कारण नै सरकारले २३ भदौको घटनामा गोली हान्न नरोक्नु र २४ गतेका लागि पनि सुरक्षाका कदम नचाल्नुबाट नै सबै घटना सिलसिलेवार रूपमा घटन गएको देखिन आयो,’ प्रतिवेदनमा उल्लेख छ, ‘२३ भदौको गोली प्रहारबाट केहीको मृत्यु भइसकेपछि पनि गोली रोक्नतिर तत्कालीन प्रधानमन्त्रीलगायत कुनै पनि पदाधिकारीहरू अग्रसर नभई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारणले नै अत्यधिक मानवीय क्षति हुन गयो ।’

Read More

ओली–लेखक पक्राउपछि सरकारमाथि प्रतिशोधको आरोप, साम्पाङ भन्छन्: देश आन्दोलनतर्फ धकेलिँदै

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी– १ का प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले अहिलेको सरकार प्रतिसोधमा गएको भन्दै अब आन्दोलन हुने बताएका छन् ।

रास्वपा सरकार नआएर कांग्रेस–एमाले सरकार आएको भए पनि प्रतिसोधकै राजनीति हुने भन्दै साम्पाङले अब देश आन्दोलन मा जाने बताए ।

सामाजिक सञ्जालमा लेखेका छन, ‘मेरो कुरा ढिलो गरी बुझ्छन् ! मैले ओखल्ढुङ्गाको कार्जेक्रममा भन्याथेँ– अरु जसले जिते नि प्रतिशोधको राजनीति हुन्छ ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो ! भनेर ! अब हुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !’

Read More

ओली र लेखकलाई प्रहरी परिसर काठमाडौँ पुर्याइयो

काठमाडौँ । पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्याइएको छ ।

शनिबार बिहान पक्राउ परेका ओली र लेखकलाई आज परिसरमै राखिने र आइतबार अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ । 

भदौ २३ र २४ मा भएको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

शुक्रबार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।

Read More

बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखियो- कमल थापा

काठमाडौँ । राप्रपाका नेता कमल थापाले  बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै थापाले सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिएको टिप्पणी गरेका हुन् ।

उनले वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु नहुने बताउदै सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त भएको बताएका छन् ।

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेक्रममा सरकारले शनिबार बिहान पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

Read More

ओली र लेखकको पक्राउले प्रतिशोधको झल्को दियो, एमाले प्रदर्शनमा उत्रिन्छ- महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले ओली र लेखकको पक्राउले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको टिप्पणी गरेका छन्  ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउ पछि टिप्पणी गर्दै नेता बस्नेतले एमालेले आजदेखि प्रदर्शन गर्ने बताएका छन्  ।

उनले भनेका छन्- ‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं ।’

साथै नेता बस्नेतले सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लागेको बताएका छन् । 

पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको बताउदै सचिव बस्नेतले बालेन सरकारद्वारा सुदन उरुङ्गजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको बताएका छन् ।

Read More