२०८३ बैशाख १३

अबका आन्दोलनमा जनसहभागिता बढ्छ- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अबका आन्दोलनका कार्यक्रमहरुमा सहभागिता बढ्ने बताएका छन् ।

महासचिव पोखरेलले मंगलबार बसेको सचिवालय बैठकका निर्णय सार्बजनिक गर्नेक्रममा पोखरेलले अबका आन्दोलनमा जनसहभागिता बढ्ने बताए । उनले अहिलेसम्म आफुहरुले सन्देश दिने किसिमले प्रदर्शन गरेको र अब आधारभूत तहबाटनै आन्दोलनलाई उठाउने दाबि गरे ।  उनले भने- ‘हाम्रो तयारी आधारभूत तहदेखि नै आन्दोलनलाई सशक्त ढंगले उठाउने हिसाबले कार्यकर्ता परिचालन गरेर आन्दोलन उठाउने छौं । अबको आन्दोलनमा सहभागिता रहने छ ।’

महासचिव पोखरेलले एमालेले सबै भन्दा छिटो अवस्थालाई बुझेर अगाडी बढेको बताउदै अन्य दलहरु पनि छिटो सडकमा आउने विश्वास व्यक्त गरे ।

महासचिव पोखरेलले एमाले सडक, संसद र संवादबाट अगाडी बढ्ने बताउदै उनले आफुहरुले जनादेश अनुसार सरकारले गर्ने काममा अवरोध गर्ने नभएर संबिधान अनुसार काम गरोस भन्ने चाहेको बताए ।     

Read More

नेप्से १९.७० प्रतिशतले बढ्यो, ११ अर्ब ११ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से १९.७० अंकले घटेर २८५१. ०५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३९ कम्पनिका २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, रिलायन्स स्मिनिंग मिल्स, भुजुङ हाइड्रो, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रो र रिज इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर ९.९७ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी सप्तकोशी विकास बैंकको ८.९६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिढी हाइड्रोको ४८ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको शेयर ४० करोड ३८ लाख बराबरको कारोबार भएको छ ।

Read More

काठमाडौँ महानगरले थाल्यो महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण

काठमाडौँ । काठमाडौँ महानगरले वीर अस्पतालसँगको सहकार्यमा महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण थालेको छ ।

पहिलो दिन जाँचका लागि स्वास्थ्य प्रवर्धन केन्द्रबाट १३६ जनाले रिफरल स्लिप लिएर वीर अस्पताल गएको महानगरले जनाएको छ । उनीहरुमध्ये ५ जनाको परिवारमा स्तन क्यान्सर र ३ जनाको परिवारमा सर्भाइकल क्यान्सरको इतिहास रहेको छ । 

पाठेघरको मुखको क्यान्सर परीक्षण गराउँदा एचपीभी पोजेटिभ देखिए धेरै महिला र परिवारका सदस्य क्यान्सर भयो भनेर डराउने गरेको तर, एचपीभी पोजेटिभ हुनु क्यान्सर हुनु नभएको चिकित्सकहरु बताउछन् । यसबाट संक्रमण भएर क्यान्सरको जोखिम हुन सक्ने जोखिम हो । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा. डा. सन्ध्या चापागाईँका अनुसार क्यान्सर रोगका विषयमा समुदाय स्तरमा चेतना विस्तार गर्नु पर्ने धेरै विषयरहेका छन् । 

महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच गराउँदा अहिलेसम्म एचपीभी १६ र एचपीभी १८ को मात्र परीक्षण गर्ने गरिएको थियो । गएको वर्ष ९८ जनाको परीक्षणमा एचपीभी १६ र १८ देखिएको थिएन । यसकारण यस वर्षको परीक्षणमा एचपीभी ६, एचपीभी ११, एचपीभी १६, एचपीभी १८, एचपीभी ३१, एचपीभी ३३, एचपीभी ४५, एचपीभी ५२ र एचपीभी ५८ को पनि जाँच गर्ने तयारी गरिएको वीर अस्पताल प्रयोगशालाका प्रमुख प्रकाश नेपालले जानकारी दिए । 

सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ । 

ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० बर्षदेखि ६० बर्ष समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनुपर्छ । 

१ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ ।

Read More

गायिका टेलर स्विफ्ट कानुनी विवादमा

काठमाडौँ । अमेरिकी गायिका टेलर स्विफ्ट आफ्नो नयाँ एल्बमका कारण कानुनी विवादमा परेकी छन् ।

लस भेगासकी गायिका तथा लेखिका मारेन वेडले एल्बमको नाम आफ्नो दर्ता गरिएको पहिचानसँग मिल्दोजुल्दो भएको भन्दै अदालतमा मुद्दा दायर गरेकी हुन् । वेडले उक्त नामले उनको स्थापित पहिचानमा असर पुगेको दाबि गरेकी छन् ।

क्यालिफोर्नियाको संघीय अदालतमा दायर मुद्दामा वेडले नाम दुरुपयोग, गलत नामकरण र अनुचित प्रतिस्पर्धाको आरोप लगाएकी छन् । उनले क्षतिपूर्ति माग गर्नुका साथै सो नाम प्रयोगमा रोक लगाउन अदालतसँग आदेशको माग गरेकी छन् ।

वेड एकल प्रस्तोता हुन् र उनी एक चर्चित प्रतिभा कार्यक्रममा समेत सहभागी भइसकेकी छन् । उनले आफ्नो पहिचान निर्माण गर्न दशकभन्दा बढी समय खर्चिएको बताएकी छन् । सन् २०१४ देखि उनले एक पत्रिकामा आफ्नो अनुभव समेटिएको स्तम्भ लेख्दै आएकी छन्, जुन पछि कार्यक्रम, सङ्गीत प्रस्तुति र अन्य माध्यममा विस्तार भएको छ ।

उक्त एल्बम गत वर्ष सार्वजनिक गरिएको थियो । उजुरीमा एल्बमको नाम विभिन्न वस्तु, लेबल र प्याकेजिङमा प्रयोग गरी दर्शक समूहलाई लक्षित गरिएको उल्लेख छ, जसलाई वेडले वर्षौंदेखि बनाएकी थिइन् ।

मुद्दामा जनाइए अनुसार सो नाम दर्ता गराउने प्रयास गर्दा समानता देखिएकै कारण आवेदन अस्वीकृत भएको थियो । दुवै नाममा एउटै शब्द समूह प्रयोग भएकाले दर्शक तथा श्रोतामा भ्रम उत्पन्न हुने दाबी गरिएको छ ।

Read More

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाट हुने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी स्वास्थ्य संस्थाबाट हुने भएको छ ।

मन्त्रालयका अनुसार नेपाल सरकारबाट स्वीकृति प्राप्त वा सरकारकै स्वामित्वमा रहेका स्वास्थ्य संस्थाले अब वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरणका लागि प्रक्रिया शुरु गरेको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार विदेश जानुअघि कामदारले नेपाल सरकारबाट स्वीकृत स्वास्थ्य संस्थाबाट अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था छ । साथै, वैदेशिक रोजगार नियमावली, २०६४ ले सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाबाट समेत यस्तो परीक्षण गराउन सकिने स्पष्ट गरेको छ ।

मन्त्रालयले २०८२ चैत १७ गते मन्त्रीस्तरीय निर्णयअनुसार सूचीकरण प्रक्रिया अगाडि बढाइएको र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ अनुसार आवश्यक प्रक्रिया सुरु गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

यस निर्णयसँगै मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बताएको छ ।

Read More

इरानमा सरकारी भवनमा आक्रमण गर्ने दुई जनालाई मृत्युदण्ड

काठमाडौँ । इरानमा सरकारी भवनमाथि आक्रमण गरेको आरोपमा दोषी ठहरिएका दुई जनालाई मृत्युदण्ड कार्यान्वयन गरिएको छ ।

अदालतका अनुसार ती दुवै व्यक्ति विभिन्न आक्रमणमा संलग्न रहेका थिए र उनीहरूले रकेट प्रक्षेपण गर्ने हतियार प्रयोग गरी सरकारी भवनलाई निशाना बनाएको आरोप पुष्टि भएको थियो ।

इरानी अधिकारीहरूले उनीहरूको सम्बन्ध प्रतिबन्धित विपक्षी समूह ‘पिपुल्स मोजाहेदिन संगठन अफ इरान’सँग रहेको बताएका छन् । यसअघि सोही घटनासँग सम्बन्धित अन्य दुई जनालाई पनि एक दिनअघि मृत्युदण्ड दिइएको जनाइएको छ ।

Read More

प्रधानमन्त्री बालेनको सुदूरपश्चिमका सांसदहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री बालेनले सुदूरपश्चिमका सबै दलबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग सरकारको प्राथमिकता र प्रदेशको विकास गर्ने एजेण्डाका बारेमा छलफल गरेका हुन् ।

यसअघि उनले सोमबार कोशी र कर्णालीका सांसदहरुसँग छलफल गरेका थिए ।

Read More

अनिवार्य अवकाशमा जाँदै प्रधानन्यायाधीश राउत

काठमाडौँ ।  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् । २०८१ असोजमा प्रधानन्यायाधीशमा नियुक्त भएका राउत ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । 

राउत अवकाश पाएसँगै सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन् । 

२०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका राउत ८ वर्षमै प्रधानन्यायाधीश बन्न सफल भएका थिए । वकिलबाटै सीधै सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश बन्न सफल भएका राउतले १८ महिना सर्वोच्च अदालतको नेतृत्व गरेका छन् ।

राउत अवकाशमा गएसँगै अब नयाँ प्रधानन्यायाधीशको दौडमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका छन् ।

न्यायपरिषद् ऐनको दफा ४ मा नियुक्तिको एक महिनाअगाडि सिफारिस गर्ने व्यवस्था छ । संविधानको धारा १२९ ले नेपालको प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था गरेको छ । 

Read More

फिल्म ‘पहाड’ को गीत ‘ॐ नम शिवाय’ सार्वजनिक

काठमाडौँ । नेपाली फिल्म ‘पहाड’ मा समावेश गीत ‘ॐ नम शिवाय’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रञ्जित सिंह गजमेरको सङ्गीत, भारती घिमिरे र शिव परियारको स्वर र निर्देशक तुलसी घिमिरेको शब्द रहेको छ । उक्त गीतमा फिल्मका सबै कलाकारहरू फिचर्ड छन् । फिल्मको कथासँगै जोडिएको यो गीतलाई सेट निर्माण गरेर छायांकन गरिएको निर्देशक तुलसी घिमिरेले बताए ।

उनले भने, ‘यो गीत फिल्मका लागि महत्वपूर्ण छ, यो गीतपछि फिल्मको कथाले नयाँ मोड लिन्छ । हामीले झन्डै १३ दिन लगाएर सेट निर्माण गरेर यो गीतलाई तीन रात खिचेका थियौँ, फिल्मको महत्वपूर्ण समयमा आउने गीत भएकाले यसमा अधिकाँस कलाकारलाई फिचर्ड गराएका छौँ ।’

निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ सार्वजनिक गरिएको गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे, अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा लगायतलाई देख्न सकिन्छ ।

निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा कथावस्तु छनोट गरेर फिल्म तयार गरेको बताए । ‘यो विषयलाई फिल्मको माध्यमबाट आम दर्शकसम्म पुर्याउनु पर्छ भन्ने लागेर मैले फिल्म बनाएको हुँ । यसमा मनोरन्जनसँगै एउटा महत्वपूर्ण संदेश पनि छ’, निर्देशक घिमिरेले भने, ‘ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यता, सहरभन्दा गाउँ उपयुक्त रहेको लगायतका सन्देश गीतमा छ ।’

आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शन हुने उक्त फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।

निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् । फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका फिल्ममा सहकार्य गरेका छन् ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’मा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याएकाछन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

फिल्ममा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक रहेका छन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् । उक्त फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् । फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन राजेको छ ।

गीतको लिंक: https://youtu.be/hwmO-OsuIgo?t=142

Read More

ललितपुरको गोदवारीबाट जुवातास खेलिरहेका सात जना पक्राउ

काठमाडौँ । गोदावरी नगरपालिका-१ दमाईटार बस्ने बिदुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सरोज महर्जन समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More