२०८३ बैशाख १३

जबरजस्ती करणी गरेको अभियोगमा इलामबाट पक्राउ

काठमाडौँ ।  ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका-३ सुर्के बस्ने ४० वर्षीय राजु बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More

लेबनानमा भएको आक्रमणमा इन्डोनेशियाका राष्ट्र संघीय तीन शान्ति सैनिकको मृत्यु

काठमाडौँ । लेबनानमा संयुक्त राष्ट्र संघका शान्ति सैनिकमाथि भएको आक्रमणमा तीन शान्ति सैनिकको मृत्यु भएको छ ।उक्त घटनामा तीन जना इन्डोनेशियाली सैनिकको ज्यान गएको हो । सो घटनाको इन्डोनेशियाले कडा निन्दा गरेको छ । 

इन्डोनेशियाका विदेश मन्त्री सुगियोनोले घटनालाई जघन्य अपराध भन्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् । उनले संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेससँग कुराकानी गर्दै घटनाको छिटो, निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेका छन् ।

इन्डोनेशियाले फ्रान्सको पहलमा बोलाइएको संयुक्त राष्ट्र सुरक्षा परिषदको आपतकालीन बैठकलाई पनि समर्थन जनाएको छ ।

संयुक्त राष्ट्रका अनुसार दुई सैनिकको मृत्यु सामग्री ढुवानी गरिरहेको काफिलामाथि भएको विस्फोटमा भएको हो भने अर्का एक सैनिकको मृत्यु शान्ति मिसनको आधार शिविरभित्र भएको विस्फोटमा भएको बताइएको छ ।

Read More

एमालेको सचिवालय बैठक शुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक शुरु भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा जारी आन्दोलन र दलको संसदीय दलको नेता छनोट बारेमा छलफल हुने बताइएको छ ।

Read More

रास्वपा सभापति लामिछाने र राष्ट्रियसभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ  । 

 सभापति लामिछानेको निजि निवास बुढानिलकण्ठमा मंगलबार बिहान भएको भेटवार्तामा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको थियो ।

छलफलमा पछिल्लो जनादेशअनुसार समग्र देशको विकासमा सहकार्य गरेर अघि बढ्ने कुरामा एकमत भएको लामिछानेको सचिवालयले जानकारी दिएको छ ।

Read More

संघीय संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद्को अधिवेशन चैत्र १९ गतेदेखि शुरु हुने भएपछि संघीय संसद् सचिवालयले तयारी शुरु गरेको छ । संसद सचिवालयले अधिवेशन अघि तयारीका बारेमा छलफल गर्न दलहरूको बैठक आह्वान गरेको हो ।

बैठकको तयारीका लागि बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित सचिवालयमा सर्वदलीय बैठक बस्ने भएको हो ।

बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् । 

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ ।

Read More

इटालीको संग्राहलयबाट १० मिलियन डलर बराबरको चित्रकला चोरी

काठमाडौँ । इटालीको उत्तरी क्षेत्रमा पर्ने पार्मा सहर नजिकै रहेको एक संग्रहालयबाट केही मिनेटमै करोडौँ मूल्यका तीन चित्रकला चोरी भएका छन् । प्रहरीले सोमबार उक्त घटना सार्वजनिक गरेको हो ।

चोरी मार्च २२ र २३ को राति म्याग्नानी रोका फाउन्डेशनमा भएको बताइएको छ । चोरी भएका चित्रकलामा अगस्ट रेनुआर को ‘फिश’, पोल सेजानको ‘स्टिल लाइफ विथ चेरीज’ र हेनरी मातीस को ‘ओडालिस्क अन द टेरेस’ समावेश छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार चोरहरूले तीन मिनेटभन्दा कम समयमा ती चित्रकला उठाएर संग्रहालयको बगैँचा हुँदै भागेका थिए । ती कलाकृतिको कुल मूल्य करिब १० मिलियन डलर बराबर रहेको अनुमान गरिएको छ ।

सन् १९७७ मा स्थापना भएको उक्त फाउन्डेशनमा कला इतिहासकार लुइजी म्याग्नानीको संग्रह राखिएको छ । यहाँ अन्य प्रसिद्ध कलाकारका बहुमूल्य कृतिहरू पनि सुरक्षित राखिएका छन् ।

प्रारम्भिक अनुसन्धानमा यो घटना संगठित समूहद्वारा गरिएको हुनसक्ने आशंका गरिएको छ । अलार्म बजेपछि चोरी आंशिक रूपमा अवरुद्ध भएको बताइएको छ भने संग्रहालयले औपचारिक प्रतिक्रिया दिएको छैन ।

हालै युरोपका विभिन्न संग्रहालयमा भएका यस्तै चोरी घटनापछि यो घटना बाहिर आएको हो, जसले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ ।

Read More

काँग्रेस देउवा पक्षको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक बस्न लागेको हो ।

आज धुम्बाराहीको होटल स्मार्टमा बिहान ११ बजेदेखि शुरु हुने बैठक भोली सम्म बस्ने बताइएको छ ।

विशेष महाधिवेशन पक्षधर समुहले महाधिवेशनको मिति घोषणा गरेर अगाडी बढेपछि देउवा पक्षले समानान्तर गतिविधि अगाडी बढाएको हो ।

यसआघ देउवापक्षले सोमबार नवनिर्वाचित सांसदहरुलाई स्वागत कार्यक्रम आयोजना गरेको थियो । 

Read More

सुन तोलाको ६७ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ६७ सयले बढेर तोलाको २ लाख ९० हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४५ रुपैयाँले बढेर ४८४५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४७०० मा कारोबार भएको थियो ।

Read More

Nepal Rastra Bank

बचतपत्रको साँवा-ब्याज तुरुन्त भुक्तानी लिन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भएको बचतपत्रको साँवा तथा ब्याज रकम यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्र लिएका लगानीकर्ताले २०८१ जेठ मसान्तसम्म परिपक्व भएका तर भुक्तानी लिन बाँकी रहेका रकम तुरुन्त बुझ्न आग्रह गरेको हो ।

विभागले भनेको छ- ‘नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीले परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकाले यथाशीघ्र सम्पर्क गरी भुक्तानी लिनुहुन अनुरोध छ ।’

Read More

एकजुट हुन नेता कार्यकर्तालाई काँग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले अहिलेको प्रतिकुलतामा छिनभिन्न भएर बिग्रन नहुने बताउदै देशका हरेक संकटमा नेपाली काङ्ग्रेससँगै रहेर एकजुट रहेको र एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता पनि हासिल गरेको स्मरण गरेका छन् ।

पछिल्ला दिनमा काँग्रेसको देउवा पक्षले समानान्तर गतिविधि बढाएपछि पौडेलले यस्तो अपिल गरेका हुन् । उनले अहिलेको प्रतिकुलतामा पनि छिन्नभिन्न भएर बिग्रनु हुन्न भन्दै पार्टी महामन्त्री मात्र नभै इमान्दार कार्यकर्ता भएर एकजुट हुन अपिल गरेका छन् । उनले भनेका छन् – ‘अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न । म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं !’

महामन्त्री पौडेलले नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तालाई एकतामा नै शक्ति रहेको बताए ।

Read More