२०८३ बैशाख १३

होर्मुज क्षेत्रमा तनाव बढ्दै जादा इन्टरनेटमा समेत असर पर्ने जोखिम !

काठमाडौँ । अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण होर्मुज जलडमरु क्षेत्र प्रभावित हुँदा अब विश्वभर इन्टरनेट सेवामा समेत असर पर्ने जोखिम देखिएको छ ।

यो क्षेत्रबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल र २५ प्रतिशत तरल ग्यास आपूर्ति हुने गर्छ । साथै यही मार्गमुनि समुद्रभित्र इन्टरनेटका मुख्य केबलहरू समेत बिछ्याइएका छन् । विशेषज्ञहरूका अनुसार यहाँ तनाव बढेमा वा केबलमा क्षति पुगेमा भारतसहित विश्वका धेरै देशमा इन्टरनेटको गति सुस्त हुन सक्छ । उनीहरूले यो क्षेत्र ऊर्जा मात्र नभई डिजिटल दृष्टिले पनि अत्यन्त संवेदनशील ‘चोकपोइन्ट’ भएको बताएका छन् ।

विश्वको करिब ९५ देखि ९७ प्रतिशत डेटा समुद्रभित्र बिछ्याइएका फाइबर केबलमार्फत प्रवाह हुने गर्छ । भारतलाई युरोप, अफ्रिका र पश्चिम एसियासँग जोड्ने ठूला केबल प्रणालीहरू यही मार्ग आसपासबाट गुज्रिन्छन् ।

केबलमा समस्या आएमा डेटा लामो वैकल्पिक मार्गबाट पठाउनुपर्ने हुन्छ, जसले गर्दा डेटा पुग्ने समय बढ्नेछ । यसको असर भिडियो हेर्ने, सामाजिक सञ्जाल चलाउने, भिडियो कल गर्ने तथा क्लाउड सेवामा समेत देखिन सक्छ ।

सूचना प्रविधि क्षेत्रमा पनि यसको ठूलो प्रभाव पर्न सक्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय ग्राहकसँग प्रत्यक्ष रूपमा जोडिएको सेवा प्रभावित हुँदा आर्थिक क्षति हुने जोखिम रहेको छ । साथै विदेशबाट आउने रकम पठाउने सेवा र बैंकिङ कारोबार पनि सुस्त हुन सक्छ ।

यद्यपि इन्टरनेट पूर्ण रूपमा बन्द हुने सम्भावना भने कम रहेको विशेषज्ञहरूले बताएका छन् । वैकल्पिक मार्ग प्रयोग हुने भए पनि त्यसमा अत्यधिक चाप पर्दा गति भने निकै घट्न सक्छ । यस जोखिमलाई ध्यानमा राख्दै भारतसहित विभिन्न देशहरूले वैकल्पिक मार्ग र नयाँ प्रविधिमा लगानी बढाइरहेका छन् । हाल होर्मुज क्षेत्रमा बढ्दो तनावले ऊर्जा मात्र होइन, डिजिटल सुरक्षालाई समेत चिन्ताको विषय बनाएको छ ।

Read More

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएपछि आजदेखि वरिष्ठतम् न्यायाधीश मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दैछिन् । 

राउतलाई मंगलबार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मल्लले बिदाइ गरेकी थिइन् । 

विंस २०८१ असोज २० मा प्रधानन्यायाधीश नियुक्त भएका राउत ६५ वर्ष उमेरहदका कारण अनिवार्य अवकाश भएका हुन् ।  २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका राउत ८ वर्षमै प्रधानन्यायाधीश बन्न सफल भएका थिए । वकिलबाटै सीधै सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश बन्न सफल भएका राउतले १८ महिना सर्वोच्च अदालतको नेतृत्व गरेका छन् ।

प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

प्रधानन्यायाधीशले अवकाश पाउनुभन्दा एक महिना अगाडि संवैधानिक परिषद्को बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । न्यायपरिषद् ऐनको दफा ४ मा नियुक्तिको एक महिनाअगाडि सिफारिस गर्ने व्यवस्था छ । संविधानको धारा १२९ ले नेपालको प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था गरेको छ । 

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ । 

Read More

पीएम कपमा आज दुई खेल हुदै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पीएम कपमा बागमती प्रदेश र कर्णाली प्रदेशबीच जनकपुरमा खेल हुदैछ । 

जारी पीएम कपमा बागमती प्रदेशले ४ खेलमा ३ खेलमा हार बेहोरेको छ भने एक खेलमा जित हासिल गरेको छ ।  त्यस्तै कर्णाली प्रदेशले ४ खेलमा एक जित २ हार र एक खेल रद्ध हुदा ३ अंक हासिल गरेको छ । 

त्यस्तै आज अर्को खेल एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच पर्सामा खेल हुदैछ । 

जारी पीएम कपमा एपीएफले ४ खेलमा एक जित, २ हार र एक खेल रद्ध हुदा ३ अंक हासिल गरेको छ भने लुम्बिनी प्रदेशको ४ खेल एक जित, २ हार र एक खेल रद्ध हुदा ३ अंक हासिल गरेको छ ।

एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहनेको । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । 

‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्ने छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । 

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

Read More

स्याफ्रु-रसुवागढी सडक आजदेखि १५ दिन बन्द हुने, भन्सार कारोबार पनि नहुने

काठमाडौं । स्याफ्रु-रसुवागढी सडक खण्ड १५ दिन बन्द हुने भएको छ ।

सडक स्तरोन्नतिको काम हुने भएकाले तीन महिनासम्म हरेक महिना १५ दिन सडक बन्द हुने छ । जस अनुसार अप्रिल, मे र जुन महिनाको पहिलो १५ दिन सडक पूर्ण रूपमा बन्द हुने गल्छी त्रिशुली मेलुङ स्याफ्रुबेसी रसुवागढी सडक योजनाले जानकारी दिएको छ । 

सडक बन्द हुने भएसँगै रसुवागढी भन्सार पनि १५ दिनका लागि व्यावसायिक कारोबार बन्द हुने भएको छ । 

आयोजनाका अनुसार अप्रिल १ देखि १५, मे १ देखि १५ र जुन १ देखि १५ सम्म अत्यावश्यक बाहेक अन्य सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । अप्रिल १ देखि चाइना एड स्याफ्रुबेसी रसुवागढी रिपियर एन्ड इम्प्रुभमेन्ट प्रोजेक्ट सुरु हुन लागेको हो ।

 यस सडक खण्डको स्तरोन्नति चिनियाँ ठेकेदार सिजाङ थियनलुले गर्न लागेको हो । निर्माण पक्षले सडक बन्द गर्नुपर्ने बताए अनुसार सडक बन्द गर्न लागिएको सडक योजनाले जानकारी दिएको छ । 

त्यस्तै यस अवधिमा नागरिकको सामान्य जनजीवन प्रभावित नहुने गरी आपतकालीन र अति आवश्यक सवारीसाधनहरू सञ्चालनमा निर्माण व्यवसायीले सहजीकरण गर्ने बताइएको छ । 

स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेको छ । जसमा चिनियाँ पक्षले १५.८ किलोमिटर स्तरोन्नति गर्ने छ । यो अहिले एक लेनको कच्ची सडक रहेको छ । चिनियाँ पक्षले कालोपत्रे सहितको दुई लेनको सडक बनाउदैछ ।  

२०७७ चैतबाट चिनियाँ पक्षले स्तरोन्नति गर्ने योजना अघि सारे पनि नेपाली पक्षले गर्नुपर्ने काम समयमा गर्न नसकेपछि अहिलेसम्म हुन सकेको छैन ।

Read More

फिफा विश्वकप फुटबलमा छानिए ४७ देश

काठमाडौं । यस बर्षको फिफा विश्वकप फुटबलमा सहभागी ४८ देश मध्ये ४७ देश छनौट भएका छन् । जस अनुसार इटाली लगातार तेस्रो पटक विश्वकपमा पुग्न असफल भएको छ । 

त्यस्तै बोस्निया हर्ज गोभिना, डिआर कंगो, स्विडेन, टर्की, चेक रिपब्लिक  विश्वकपमा छनौट भएका छन् । त्यस्तै इटालीसहित जमैका, डेनमार्क र पोल्याण्ड जस्ता देश विश्वकपबाट बाहिरिएका छन् । त्यस्तै इन्टर कन्टिनेन्टल प्लेअफमा इराक र बोलिभियाबीच हुने फाइनल खेल आज हुदैछ । 

अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने यो विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् । २०२६ को जुन ११ देखि शुरु हुने विश्वकपको फाइनल खेल जुलाई १९ मा हुने छन् ।

समुह बिभाजन

समुह ए  

मेक्सिको
दक्षिण अफ्रिका
दक्षिण कोरिया
चेक रिपब्लिक

समुह बी 

क्यानडा
कतार
स्वीजरल्याण्ड
बोसिनिया हर्जगोभिना

समुह सी

ब्राजिल
मोरक्को
हैटी
स्कटल्याण्ड

समुह डी

अमेरिका
पराग्वे
अस्ट्रेलिया
टर्की

समुह इ

जर्मनी
कुराकाओ
आभारी कोष्ट
इक्वेडर

समुह एफ

नेदरल्याण्डस
जापान
ट्युनिसिया
स्विडेन

समुह जी

बेल्जियम
इजिप्ट
इरान
न्यूजील्याण्ड

समुह एच 

स्पेन
केप भेर्डे
साउदी अरेबिया
उरुग्वे

समुह आई

फ्रान्स
सेनेगल
नर्वे
इन्टर कन्टिनेन्टल प्लेअफ (इराक/बोलिभिया)

समुह जे

अर्जेन्टिना
अल्जेरिया
अस्ट्रिया
जोर्डन

समुह के

पोर्चुगल
उज्बेकिस्तान
कोलोम्बिया
डिआर कंगो

समुह एल

इङल्याण्ड
क्रोसिया
घाना 
पानामा

Read More

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनौट हुन असफल

काठमाडौँ । चार पटकको विश्व विजेता इटाली राष्ट्रिय फुटबल टोली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ । बोस्निया-हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटाली विश्कपमा छनौट हुन असफल भएको हो ।

यसअघि सन् २०१८ को रुस र २०२२ को कतार विश्वकपमा पनि इटाली पुग्न सकेको थिएन । यससँगै कुनै पनि पूर्व विश्व विजेताले लगातार तीन संस्करण गुमाएको यो पहिलो पटक हो ।

उता बोस्निया-हर्जेगोभिना राष्ट्रिय फुटबल टोलीले इतिहासमा दोस्रो पटक विश्वकपमा स्थान बनाएको छ । टोलीका ४० वर्षीय कप्तान एडिन जेकोको नेतृत्वमा बोस्नियाले विश्वकपको समूह ‘बी’ मा क्यानडा, कतार र स्विट्जरल्यान्डसँग खेल्नेछ ।

पराजयपछि भावुक बनेका प्रशिक्षक गात्तुसोले टोलीका लागि यो ठूलो धक्का भएको बताएका छन् । उनले आफ्नो भविष्यभन्दा टोलीको असफलता बढी पीडादायी भएको प्रतिक्रिया दिए ।

इटाली फुटबल संघका अध्यक्ष गाब्रिएले ग्राभिनाले भने इटाली फुटबल गम्भीर संकटमा पुगेको स्वीकार गरेका छन् ।

सन् २००६ मा चौथो पटक विश्वकप जितेपछि इटालीको प्रदर्शन निरन्तर खस्कँदै आएको छ । पछिल्ला वर्षहरूमा युवा खेलाडी उत्पादन कमजोर हुनु र घरेलु लिगमा विदेशी खेलाडीको प्रभाव बढ्नु यसको मुख्य कारण मानिएको छ ।

यसपटकको असफलतासँगै इटाली फेरि विश्व फुटबलको ठूलो मञ्चबाट बाहिरिएको छ, जसले समर्थकहरूमा गहिरो निराशा पैदा गरेको छ ।

Read More

कांग्रेसको देउवा पक्षको केन्द्रीय समितिको बैठक आजपनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक मंगलबार शुरु भएको बैठक आज पनि धुम्बाराहीको होटल स्मार्टमा बस्न लागेको हो ।

मंगलबारको बैठकमा निर्वाचन र पार्टीले प्राप्त गरेको मत परिणाम, १५औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी बारे छलफल भईरहेको काँग्रेस नेता मान बहादुर नेपालीले जानकारी दिएका छन् ।

बैठकमा करिब ८३ जना केन्द्रीय सदस्यको सहभागिता रहेको छ भने पहिलो दिन १५ जनाले आफ्नो धारणा राखेका थिए ।

विशेष महाधिवेशन पक्षधर समुहले महाधिवेशनको मिति घोषणा गरेर अगाडी बढेपछि देउवा पक्षले समानान्तर गतिविधि अगाडी बढाएको हो ।

यसआघ देउवापक्षले सोमबार नवनिर्वाचित सांसदहरुलाई स्वागत कार्यक्रम आयोजना गरेको थियो ।

Read More

पञ्जाव किंग्सको आइपिएलमा विजयी शुरुवात

काठमाडौँ ।  पञ्जाव किंग्सले जारी आइपिएलमा विजयी शुरुवात गरेको छ ।  

गएराती सम्पन्न खेलमा पञ्जाव किंग्सले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । 

गुजरातले दिएको १६३ रनको लक्ष्य पछाएको पञ्जावले १९.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।  पञ्जावका लागि कूपर कोंनोल्लीले सर्बाधिक ७२ रन बनाए भने प्रभसिमरन सिंहले ३७ रन बनाएका थिए । 

त्यस्तै गुजरातका बलर प्रसिद्ध कृष्णले ३ विकेट लिएका थिए । 

यसअघि यस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । 

गुजरातका लागि कप्तान शुभमन गिलले सर्बाधिक ३९ रन बनाए भने जोस बटलरले ३८ र ग्लेन फिलिपले २५ रन बनाए । त्यस्तै पञ्जावका बलर विजय कुमार वैश्यकले ३ र युजवेन्द्र चहलले २ विकेट लिएका थिए । 

जारी आइपिएल अन्तर्गत आज लखनउ सुपरजाइन्ट र दिल्ली क्यापिटल्सबीच हुने छ । 

Read More

आज अप्रिल फूल, कसरी शुरु भयो मूर्ख बनाउन ?

काठमाडौँ । आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ । आज संसारभर मूर्ख दिवस मनाइन्छ ।

यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिन रुपमा लिएको पाइन्छ ।

अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने कुराको कुनै आधिकारिक तथ्य उपलब्ध छैन। मध्यकालमा युरोपका धेरै सहरमा २५ मार्चका दिन नयाँ वर्ष मनाइन्थ्यो जुन अप्रिल १ मा अन्त्य हुन्थ्यो ।

सन् १५८२ मा पोप चार्ल्स नवौंले पुरानो क्यालेन्डरको स्थानमा नयाँ रोमन क्यालेन्डर लागू गरेपछि सन् १५८२ देखि नयाँ वर्षको पहिलो दिनका रूपमा १ जनवरीलाई कायम गरियो । त्यसपछि १ जनवरीलाई नयाँ वर्षका रूपमा मनाउन थालिएपछि अप्रिल १ लाई नयाँ बर्ष मान्नेहरूलाई मूर्खको संज्ञा दिन थालिएको देखिन्छ ।

त्यस्तै अप्रिल १ मा मूर्ख दिवस मनाउनुको अर्को कारण अंग्रेज साहित्यकार चान्सरको ‘क्यान्टरबरी टेल्स’ सन् १३९२ मा लेखिएको थियो, त्यसमा उनले ‘सिन मार्च बिगन थर्टी डेज एन्ड टु’ उल्लेख गरे, जसको अर्थ मार्च महिनाको ३२ औं दिन अर्थात अप्रिल २ पछि इंग्ल्यान्डका राजा रिचर्ड द्वितीयको ‘इन्गेजमेन्ट’ बोहेमियाकी एनसँग भएको वर्ष दिन हुन्छ भन्ने थियो, तर पाठकले ३२ मार्च भन्ने बुझे । खासमा मार्च महिना ३१ दिनको हुन्छ । त्यही मार्च महिनाको ३२औं दिनलाई ‘अप्रिल फूल’ मान्न थालियो भन्ने एक थरीको विश्वास छ ।

अप्रिल फूल अर्थात् विश्व मूर्ख दिवसलाई नेपालमा पनि मनाइँदै आएको छ। सामाजिक सञ्जालको प्रभाव विस्तारपछि त्यसमा झूटा तर रमाइला कुरा पोस्ट हुने क्रम हरेक बर्ष बढ्दै गएको पाइन्छ । खासगरी पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दै गएकाले धेरैले आजको दिन झुक्काउने खालका पोष्ट गरेको पाइन्छ ।

Read More

संघीय संसद सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बस्दै

काठमाडौँ । संघीय संसद्को अधिवेशन चैत्र १९ गतेदेखि शुरु हुने भएपछि संघीय संसद् सचिवालयले तयारी शुरु गरेको छ । संसद सचिवालयले अधिवेशन अघि तयारीका बारेमा छलफल गर्न दलहरूको बैठक आह्वान गरेको हो ।

बैठकको तयारीका लागि आज दिउँसो १ बजे सिंहदरबारस्थित सचिवालयमा सर्वदलीय बैठक बस्ने भएको हो ।

बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् । 

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ ।

Read More