२०८३ बैशाख १३

कम्बोडियामा अलपत्र परेका ८ नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अलपत्र परेका ८ जना नेपालीको उद्धार गरिएको छ । प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्र र क्यासिनोमा गैरकानुनी काममा लगाइएको थियो।

नेपाली दूतावास बैंकक को पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरिएको हो । गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरू चैत १७ गते कम्बोडियाबाट उडेर चैत १८ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् ।

दूतावासका अनुसार अझै पनि कम्बोडियामा केही नेपाली नागरिक अनलाइन ठगीलगायत गैरकानुनी गतिविधिमा फसाइएका छन् भने केही बिना भिसा वा भिसा अवधि नाघेर बसिरहेका छन्। यस्ता अवस्थामा रहेका नेपालीलाई नेपाल फर्काउने पहल जारी रहेको जनाइएको छ ।

दूतावासले समस्यामा परेका नेपालीलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ। विशेषगरी पासपोर्ट जफत गरिएको वा हराएको अवस्थामा समेत उद्धार प्रक्रिया अघि बढाइने बताइएको छ। यस्तो अवस्थामा दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था रहेको छ ।

पछिल्लो समय कम्बोडियातर्फ नेपालीको आवागमन तीव्र रूपमा बढेको तथ्याङ्कले देखाएको छ। सन् २०२१ मा १०१ जना नेपाली पुगेकोमा २०२२ मा १९७७, २०२३ मा २९४०, २०२४ मा ६४०४ र २०२५ मा ९६७६ जना पुगेका छन् ।

दूतावासले वैदेशिक रोजगारीमा जाँदा सरकारले तोकेको प्रक्रिया पूरा गर्न तथा आकर्षक आम्दानीको प्रलोभनमा परेर कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड जस्ता देशमा भ्रमणको बहानामा नजान आग्रह गरेको छ ।

Read More

इराक फिफा फुटबल विश्वकपमा छनौट

काठमाडौं । इराक फिफा फुटबल विश्वकपमा छनौट भएको छ ।

इन्टरकान्टिनेन्टल प्लेअफमा बोलिभियालाई २-१ गोल अन्तरले पराजित गर्दै इराक अमेरिका मेक्सिको र क्यानडामा हुने विश्वकपमा छनौट भएको हो । विश्वकपमा छनौट भएसँगै इराक समुह आइमा फ्रान्स सेनेगल र नर्वेसँग परेको छ । 

इराक एशियाबाट विश्वकपमा छनौट हुने आठौ देश भएको छ भने कुल सहभागी ४८ देश मध्ये छनौट हुने अन्तिम देश पनि बनेको छ ।

एशियाबाट इराकसहित, अस्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान विश्वकपमा छनौट भएका छन् ।

विश्वकप फुटबल आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोका १६ शहरमा हुदैछ ।

Read More

सुन तोलाको ७४ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ७४ सयले बढेर तोलाको २ लाख ९७ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९० हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ४९४५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४८४५ मा कारोबार भएको थियो ।

Read More

आइपिएलमा आज लखनउ र दिल्ली आमने सामने

काठमाडौँ । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ । आज लखनउ सुपर जाइन्ट र दिल्ली क्यापिटल आमने सामने हुदैछन् । लखनउमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

लखनउको कप्तान ऋषव पन्तले गर्दैछन् भने दिल्लीको कप्तानी अक्सर पटेलले गर्दैछन् । लखनउ टिममा कप्तान पन्तसहितनिकोलस पुरन, मिचेल मार्श र एडेन मार्क्रमप्रति ब्याटिंगको जिम्मेवारी हुने छ भने मोहमद सामी, मयंक यादव र दिग्भेस राठीमाथि बलिङको जिम्मेवारी हुने छ ।

त्यस्तै दिल्लीमा केएल राहुल, नितिस राना र डेभिड मिलरमाथि ब्याटिंगको जिम्मेवारी हुने छ भने कुलदीप यादव, टी नटराजनले बलिङको जिम्मेवारी सम्हाल्ने छन् । त्यस्तै कप्तान पटेल अलराउण्डरको भूमिकामा हुने छन् ।

आइपिएलमा लखनउ र दिल्ली दुवैले अहिलेसम्म उपाधि नजितेकाले दुवैले यस सिजनको सुखद शुरुवात गर्न चाहन्छन ।

Read More

नाटोप्रति अमेरिका असन्तुष्ट, इरान युद्धपछि समीक्षा गर्न अमेरिकी विदेशमन्त्री रुबियोको चेतावनी

काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको जारी द्वन्द्व सकिएपछि नाटोसँग अमेरिकाको सम्बन्धबारे व्यापक समीक्षा गरिने बताएका छन् । उनले हालको परिस्थितिले पुराना सुरक्षा संरचना र सहकार्यको मोडेल पुनः मूल्यांकन गर्नुपर्ने अवस्था सिर्जना गरेको उल्लेख बताएका हुन् ।

एक अन्तरवार्तामा रुबियोले भने- ‘यो द्वन्द्वपछि नाटो कति प्रभावकारी छ र अमेरिकाका लागि कति आवश्यक छ भन्ने विषयमा गम्भीर रूपमा सोच्नुपर्छ ।’ 

उनले नाटोको भूमिकालाई समयअनुसार परिमार्जन गर्नुपर्ने संकेत पनि दिएका छन् । ट्रम्प यसअघि पनि नाटो सदस्य राष्ट्रहरूले रक्षा खर्चमा पर्याप्त योगदान नगरेको भन्दै आलोचना गर्दै आएका छन् ।

विशेषगरी इरानविरुद्धको संघर्षमा धेरै नाटो सदस्य देशहरू प्रत्यक्ष रूपमा सहभागी नहुनु वा स्पष्ट समर्थन नदिनुले वाशिङ्टनमा असन्तुष्टि बढाएको बताइएको छ । अमेरिकाले इजरायलसँग मिलेर आक्रामक रणनीति अपनाइरहेको बेला युरोपेली देशहरू भने सावधानीपूर्वक दूरीमा बसेका छन् ।

विश्लेषकहरूका अनुसार यो अवस्थाले नाटोभित्र एकता कमजोर भएको संकेत गर्छ । परम्परागत रूपमा सामूहिक सुरक्षाको आधारमा बनेको यो गठबन्धन अहिले सदस्य राष्ट्रहरूको फरक–फरक प्राथमिकताका कारण चुनौतीमा परेको छ ।

अमेरिकाले लामो समयदेखि नाटोलाई आफ्नो प्रमुख सुरक्षा साझेदारको रूपमा हेर्दै आएको छ । तर पछिल्ला वर्षहरूमा अमेरिका पहिलो नीति अघि सार्दै ट्रम्प प्रशासनले सहयोगी राष्ट्रहरूबाट बढी जिम्मेवारी लिनुपर्ने दबाब बढाउँदै आएको छ ।

यसैबीच, केही युरोपेली देशहरूले पनि अमेरिकाको एकतर्फी निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरू बहुपक्षीय सहकार्य र कूटनीतिक समाधानमा जोड दिइरहेका छन् ।

राजनीतिक विश्लेषकहरूले ग्रीनल्याण्ड प्रकरण र अहिले इरान युद्धको विषयमा युरोप र अमेरिकाको दूरी झन बढेकाएल यसको असर अब संयुक्त सुरक्षा रणनीतिमा समेत पर्ने विश्लेषण गरेका छन् ।

Read More

साफ यू- २० च्याम्सिपयनसिपको सेमिफाइनलमा आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौँ । माल्दिभ्समा जारी साफ यू- २० पुरुष च्याम्सिपयनसिपको सेमिफाइनलका खेल आज हुदैछन् । सेमिफाइनलमा नेपालसहित भुटान, बंगलादेश र भारत पुगेका छन् ।

समुह ए बाट ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गर्दै समुह विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको छ । त्यस्तै भुटानले ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित ४ अंक हासिल गरेर उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह ए बाट श्रीलंका र माल्दिभ्स बाहिरिएका छन् ।

त्यसैगरी समुह बी बाट  २ खेलमा एक जित र एक बराबरीसहित ४ अंक हासिल गर्दै भारत विजेता भएर सेमिफाइनलमा पुगेको छ भने २ खेलमा एक जित र एक बराबरी खेलेको बंगलादेश ४ अंकसहित गोल अन्तरको आधारमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै पाकिस्तानले दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ ।

अब आज सेमिफाइनलमा नेपाल र बंगलादेश तथा भारत र भुटान खेल्ने छन् । पहिलो सेमिफाइनल खेल नेपाल र बंगलादेशबीच दिउसो ३: ३५ बजेदेखि शुरु हुने छ भने दोस्रो सेमिफाइनल खेल भारत र भुटानबीच साढे ८ बजेदेखि शुरु हुने छ । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने छ ।

Read More

चीनमा अपार्टमेन्टमा आफन्तको अस्थि राख्न किन गरियो निषेध ?

काठमाडौँ । चीन सरकारले नयाँ कानुन लागू गर्दै खाली अपार्टमेन्टमा आफन्तको अस्थि राख्न नपाइने व्यवस्था गरेको छ । ‘अस्थि अपार्टमेन्ट’ भनेर चिनिने यस्तो अभ्यास रोक्न यो निर्णय गरिएको हो । नयाँ नियमअनुसार सार्वजनिक समाधिस्थल बाहेक अन्यत्र शव गाड्ने वा स्मारक बनाउने कामसमेत प्रतिबन्धित हुनेछ ।

रिपोर्टअनुसार चीनमा समाधिस्थल अत्यन्त महँगो बन्दै गएपछि मानिसहरूले ‘गुहुई फाङ’ भनिने फ्ल्याट किनेर त्यसमा अस्थि राख्ने चलन बढेको थियो । ती फ्ल्याटलाई सानो पूजा स्थल जस्तै बनाइन्छ, जहाँ बत्ती, रातो उज्यालो र पुस्तौंदेखिका अस्थि सजाएर राखिन्छन् ।

तीव्र शहरीकरण र वृद्ध जनसंख्या बढेसँगै शहरमा समाधिस्थलको जमिन घट्दै गएको छ भने मूल्य अत्यधिक बढेको छ । उता पछिल्ला वर्षमा घरको मूल्य घट्दा मानिसहरूले सस्तो विकल्पको रूपमा खाली फ्ल्याट प्रयोग गर्न थालेका हुन् ।

राजधानी बेइजिङमा एउटा सामान्य समाधिको मूल्य करिब १ लाख ५० हजार युआनदेखि ३ लाख युआनसम्म पुग्ने गरेको छ । यो धेरैका लागि निकै महँगो मानिन्छ । सरकारले भने घरलाई यस्तो प्रयोजनमा प्रयोग गर्दा आवास बजारमा असन्तुलन आउने चिन्ता व्यक्त गरेको छ । त्यसैले ३१ मार्चदेखि यो कानुन लागू गरिएको हो, जुन छिङमिङ पर्व भन्दा ठीक अगाडि ल्याइएको हो ।

यसबीच सामाजिक सञ्जालमा भने यो निर्णयको आलोचना भइरहेको छ । वीबोमा सम्बन्धित विषय लाखौँ पटक हेरिएको छ । प्रयोगकर्ताहरूले ‘यदि समाधिस्थल सस्तो हुन्थ्यो भने यस्तो किन गरिन्थ्यो ?’ भन्दै प्रश्न उठाएका छन्।

चीनमा वृद्ध जनसंख्या तीव्र रूपमा बढिरहेको छ। सन् २०२५ मा करिब १ करोड १३ लाख मानिसको मृत्यु भएको छ, जुन एक दशकअघिको तुलनामा निकै बढी हो । उता जन्मदर भने घट्दै गएकाले मृत्यु संख्या जन्मभन्दा धेरै भएको देखिन्छ । यसले शहरमा जमिनको चाप बढाएको छ, विशेषगरी सांघाई जस्ता घना शहरमा समाधिस्थलका लागि स्थान अभाव हुँदै गएको छ ।

यही कारण सरकारले वातावरणमैत्री अन्त्येष्टि विधिलाई प्रोत्साहन दिइरहेको छ । यसमा कम जमिन प्रयोग हुने वा जमिन नै नचाहिने तरिका अपनाइन्छ, जस्तै समुद्रमा अस्थि विसर्जन, रूखमुनि गाड्ने वा सामूहिक स्थानमा अन्त्येष्टि गर्ने ।

सांघाईमा समुद्रमा अस्थि विसर्जन गर्नेको संख्या बढ्दै गएको छ । सन् २०२५ मा पहिलो पटक यस्ता घटना १० हजारभन्दा बढी पुगेका छन्, जसले मानिसहरू सस्तो र वैकल्पिक विधितर्फ आकर्षित भइरहेको देखाउछ ।

Read More

काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

कावा मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आगामी आज दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाइएको छ ।

बैठकको एजेण्डा बारे जानकारी नदिए पनि काँग्रेसको देउवा पक्षले पार्टीमा समानान्तर गतिविधि अगाडी बढाएपछि अनुशासन समितिले एक्सन लिन सक्ने अड्कलबाजी गरिएको छ ।

Read More

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।

महासचिव शंकर पोखरेलका अनुसार आज दिउसो ३ बजे पार्टी कार्यालयमा बस्ने जानकारी दिएका छन् । आजको बैठकले संसदीय दलको नेता र प्रमुख सचेतक चयन गर्ने एजेण्डा रहेको छ ।

प्रतिनिधि सभाको बैठक विहिबारका लागि बोलाइएको छ ।

Read More

भारतको साउथका सुपरस्टार विजय थलापतिको कति छ सम्पत्ति ?

काठमाडौँ । भारतको तमिलनाडुमा हुन लागेको विधानसभा निर्वाचनका लागि तयारी तीव्र भइरहेका बेला अभिनेता तथा विजय थलापतिले उम्मेदवारी दर्ता गरेका छन् । उनले पेरम्बूर र त्रिची पूर्व गरी दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । उम्मेदवार दर्ता गर्दा विजयले निर्वाचन आयोगमा बुझाएको विवरणबाट उनको कुल सम्पत्तिको खुलासा भएको छ ।

भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार विजयको कुल सम्पत्ति करिब ६०३ करोड भारु रहेको छ । जसमा करिब ४०४ करोड भारु चल सम्पत्ति र झण्डै १९८ करोड अचल सम्पत्ति रहेको उल्लेख छ । अचल सम्पत्तिमा कोडाइकनालस्थित कृषि जमिन तथा चेन्नईका विभिन्न स्थानमा रहेका व्यापारिक र आवासीय सम्पत्ति समावेश छन् ।

उनको नाममा केही करसम्बन्धी विवाद पनि देखिएको छ, जसअन्तर्गत विभिन्न आर्थिक वर्षका मुद्दा अझै सम्बन्धित निकायमा विचाराधीन छन् । साथै, उनको बैंक खातामा २१३ करोडभन्दा बढी रकम मौज्दात रहेको जनाइएको छ ।

विजयसँग महँगा सवारी साधनहरूको संग्रह पनि रहेको छ, जसमा विभिन्न विलासी गाडी समावेश छन् । त्यस्तै, उनीसँग करिब ८८३ ग्राम सुन र १५ लाख बराबरको चाँदीका सामग्री रहेको उल्लेख गरिएको छ । उनले आर्थिक वर्ष २०२४/२५ मा उनले करिब १८४ करोड आम्दानी देखाएका छन् ।

उनले बैंक वा वित्तीय संस्थासँग कुनै बक्यौता नरहेको जनाएका छन् । तर उनले आफ्ना परिवारका सदस्य तथा केही व्यक्तिलाई व्यक्तिगत ऋण र अग्रिमका रूपमा ठूलो रकम उपलब्ध गराएको विवरणमा उल्लेख छ । यस्तै, उनकी पत्नी संगीताको नाममा करिब १५ करोड ७६ लाख बराबरको सम्पत्ति रहेको खुलाइएको छ । यससँगै आगामी निर्वाचनमा विजयको राजनीतिक प्रवेश र उनको आर्थिक हैसियतले व्यापक चर्चा पाएको छ । अभिनेता विजयले अब अभिनयबाट विश्राम लिएर तमिलगा वेत्री कजगम नामको पार्टी खोलेर चुनावी मैदानमा होमिएका छन्  ।

Read More