२०८३ बैशाख १३

कुवेतमा रातभर भएको इरानको ड्रोन आक्रमण, विद्युत्, पानी र तेल संरचनामा ठूलो क्षति

काठमाडौँ । कुवेतमा रातभरि भएको इरानको ड्रोन आक्रमणका कारण विद्युत्, पानी र तेलसम्बन्धी संरचनामा ठूलो क्षति पुगेको छ। पछिल्ला केही दिनदेखि कुवैत र संयुक्त अरब इमिरेट्स इरानसँग जोडिएका आक्रमणका मुख्य लक्ष्य बनेका छन्।

कुवेतको रक्षा मन्त्रालयले ड्रोन आक्रमणमा दुई वटा विद्युत् तथा पानी प्रशोधन (डिसालिनेसन) केन्द्रमा क्षति पुगेको र यी संरचनामा भएको नोक्सानीका कारण आपूर्ति प्रणालीमा असर पर्ने देखिएको जानकारी दिएको छ ।

यसैबीच कुवेत पेट्रोलियम कर्पोरेसनले ड्रोन आक्रमणपछि शुवैख तेल क्षेत्र परिसरमा आगलागी भएको जानकारी दिएको छ। आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको बताइएको छ।

यी देशहरूले हरेक वर्ष ठूलो रकम रक्षा क्षेत्रमा खर्च गर्दै आएका भए पनि अहिलेको अवस्थामा तनाव कम गर्दै वार्तामार्फत समाधान खोज्ने प्राथमिकता रहेको बताएका छन् ।

Read More

राष्ट्रिय सभाको उपाध्यक्ष एमालेलाई दिने सहमति

काठमाडौँ । दलहरुबीच राष्ट्रिय सभाको उपाध्यक्ष नेकपा एमालेलाई दिने सहमति भएको छ । उपाध्यक्ष र चार समितिका सभापतिहरूको बाँडफाँटबारे नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जसपा नेपालबीच आइतबार सहमति भएको हो ।

एमालेले सांसद लिला भण्डारीलाई उपाध्यक्ष बनाउने भएको छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका अनुसार उक्त सहमतिअनुसार एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष पाउनेछ भने कांग्रेसले दुई संसदीय समितिका सभापति तथा नेकपा र जसपा नेपालले एक/एक समितिको सभापति पाउने भएका छन् ।

राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार गरी चार समिति रहेका छन् । त्यस्तै, दुईवटा संयुक्त समिति छन्, जसमा प्रतिनिधि सभाका सदस्यहरू पनि रहने व्यवस्था रहेको छ ।

राष्ट्रिय सभामा हाल नेपाली काँग्रेसका २४, नेकपाका १७, एमालेका १०, जसपाका २ तथा लोसपा र जनमोर्चाका एक एक सांसद छन् ।त्यस्तै दुई जना मनोनित सांसद रहेका छन् ।

Read More

अण्डाको मुल्य बढ्यो

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघले देशभर लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

आजदेखि लागु भएको नयाँ मूल्य सूची अनुसार अण्डाको मूल्यमा प्रति क्रेट १५ रुपैयाँले वृद्धि गरिएको छ । यसअघि चैत १६ गते तोकिएको मूल्यलाई परिमार्जन गर्दै संघले ‘एक्सेल’ अण्डाको फार्म मूल्य प्रति क्रेट ४७५ रुपैयाँ कायम गरेको छ । त्यसैगरी, ठूलो अण्डाको मूल्य प्रति क्रेट ४५० रुपैयाँ र मिडियम अण्डाको मूल्य ४०० रुपैयाँ तोकिएको छ । चितवनलाई आधार मानेर तय गरिएको यो मूल्य देशभरका उत्पादक र विक्रेताका लागि सन्दर्भ मूल्य हुनेछ ।

चितवनबाट लोड भई देशका विभिन्न डिपोहरूमा अण्डा पुर्‍याउदा लाग्ने ढुवानी भाडा, कार्टुन र क्रेट बापत प्रति क्रेट थप १४५ रुपैयाँ लाग्ने संघले जानकारी दिएको छ । लागत मूल्य र बजारको अवस्थालाई मध्यनजर गर्दै मूल्य समायोजन गरिएको भन्दै संघले सम्पूर्ण सरोकारवालाहरूलाई नयाँ दररेट अनुसार नै अण्डाको खरिद-बिक्री गरिदिन अनुरोध गरेको छ ।

Read More

स्वर्णिम वाग्लेले संसदमा सम्झिए पूर्व सभामुख भट्टराई, ढुंगाना र नेम्वाङ

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाको बैठकमा पूर्व सभामुख कृष्णप्रसाद भट्टराईदेखि सुबास नेम्वाङसम्मलाई सम्झिएका छन् ।

सभामुखमा डोलप्रसाद अर्याललाई प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा पुर्व सभामुखहरुले स्थापित गरेको मानकलाई अझ माथि उठाउन शुभकामना दिएका थिए ।

डा. वाग्लेले २०१५ सालका सभामुख कृष्णप्रसाद भट्टराई, २०४८ सालपछि सभामुख बनेका दमननाथ ढुङ्गाना र २०६५ सालपछि संक्रमणकालमा भूमिका निर्वाह गरेका सुवासचन्द्र नेम्वाङलाई सम्झिदै उनीहरूले स्थापित गरेको निष्पक्षता र सन्तुलनको मानकलाई अर्यालले निरन्तरता दिनेमा विश्वास व्यक्त गरेका छन् ।

उनले दलीय आबद्धताभन्दा माथि उठेर तटस्थ रूपमा प्रतिनिधि सभा सञ्चालन गर्ने विश्वास व्यक्त गर्दै अर्यालले विगतका सभामुखहरूले स्थापित गरेका मानकलाई अझ सुदृढ बनाउने अपेक्षा आफूले राखेको बताए । 

आइतबारको प्रतिनिधि सभा बैठकमा सभामुखमा अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएसँगै उनी नयाँ सभामुखमा निर्वाचित भएका छन् ।

Read More

नवनिर्वाचित सभामुख अर्यालको शपथ र पदभार ग्रहण आजै

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचत डोलप्रसाद (डीपी) अर्यालले आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको वैठकले सभामुखमा अर्याललाई निर्विरोध निर्वाचित गरेको थियो ।

सभामुख अर्यालले आज दिउँसो २: ३० बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । शपथ ग्रहण लगतै अर्यालले कार्यकक्ष पुगेर कार्यभार सम्हाल्ने भएका छन् । 

आजको प्रतिनिधिसभा वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधिसभाको सभामुखमा अर्याललाई सभामुखमा प्रस्ताव गरेका थिए । लामिछानेको  प्रस्तावमा रास्वपा सांसद सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन जनाएका थिए । 

शुक्रबार सभामुखको मनोनयन दर्ता गर्दा अर्यालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए । 

Read More

प्रतिनिधि सभाको अर्को बैठक सोमबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठबाट सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित भएपछि आजको बैठक सकिएको हो । अर्को बैठक सोमबार दिनको १ बजे बस्ने भएको छ ।

Read More

डिपी अर्याल सभामुखमा निर्वाचित

काठमाडौं । डोलप्रसाद अर्याल(डिपी अर्याल) सभामुख निर्वाचित भएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा एक मात्र उम्मेदवार रहेका अर्याललाई सभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएसँगै उनी सभामुखमा निर्वाचित भएका हुन् ।

शुक्रबार सभामुखको मनोनयन दर्ता गर्दा अर्यालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए । अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए । 

नव निर्वाचित सभामुख अर्यालले आज दिउँसो २: ३० बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ ।

Read More

इरानमा बेपत्ता अमेरिकी सैनिकको सकुशल उद्धार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा हराएका एक अमेरिकी सैन्य अधिकारीलाई सुरक्षित उद्धार गरिएको बताएका छन् । ती अधिकारी आफ्नो एफ–१५ ई लडाकु विमान इरानमा खसालिएपछि हराएका थिए ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी सेनाले इतिहासकै साहसी खोज तथा उद्धार अभियान सफलतापूर्वक सम्पन्न गरेको बताएका छन् । उनले ती अधिकारी एक सम्मानित कर्नेलसमेत रहेको जानकारी दिँदै अहिले पूर्ण रूपमा सुरक्षित अवस्थामा रहेको बताएका छन् । उनका अनुसार अमेरिकी सेनाले २४ घण्टासम्म ती अधिकारीको अवस्थामाथि निगरानी राख्दै उद्धारका लागि रणनीति तयार पारेको थियो । उद्धार अभियानका क्रममा अत्याधुनिक हतियारसहितका दर्जनौँ विमान परिचालन गरिएको बताइएको छ ।

ट्रम्पले उद्धार गरिएका अधिकारी सामान्य घाइते भए पनि गम्भीर खतरा नरहेको र छिट्टै पूर्ण रूपमा निको हुने बताएका छन् । साथै, उक्त अभियानमा कुनै पनि अमेरिकी सैनिक घाइते नभएको दाबी गर्दै अमेरिकी वायु सेनाले इरानको आकाशमा पूर्ण नियन्त्रण कायम गरेको पुन: दाबी गरेका छन् ।

Read More

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुदैछ ।

आज दुवै रिट सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा पेशी तोकिएको छ । 

यसअघि अलग अलग इजलासले जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ पेश गरिसकेकाले आज संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो । 

भदौ २३ र २४ गतेको आन्दोलनको जाँचबुझ समितिको सिफारिसका आधारमा ओली र लेखक चैत १४ गते पक्राउ परेका थिए ।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

Read More

कर्ण शाक्य भन्छन्- हामी खराब उद्धमी होइनौं, नियम मिचेका छैनौं

काठमाडौँ । कर्ण शाक्यले पोखरा स्थित वाटरफ्रन्ट होटलले कुनै नियम नामिचेको दाबि गरेका छन् ।

शनिबार बिहान फेवा किनारमा रेहेको वाटरफ्रन्ट होटलमा महानगरले डोजर चलाएर संरचना भत्काएपछि शाक्यले आफु खराब उधमी नभएको बताउदै आफुहरुसँग लालपुर्जा र सरकारका सबै निकायसँग लिएको स्वीकृतिको प्रमाणपत्र रहेको बताएका छन् ।

शाक्यले भनेका छन्- ‘ ६५ मिटरको मापदण्ड कुनै निजी मुद्दा होइन, यो त राष्ट्रिय सरोकारको विषय हो । नीति ठीक छ कि छैन, आफ्नो ठाउँमा छ । तर हाम्रो होटलले कुनै नियम उल्लङ्घन गरेको छैन । जग्गा मिचेको छैन । लालपुर्जा छ, नक्सा पास छ । पर्यटन विभागको लाइसेन्स छ । उद्योग विभागको प्रमाणपत्र छ । राष्ट्र बैंकको इजाजतपत्र सबै छ । हरेक वर्ष कर तिरेका छौं । कुनै बैकको ऋण छैन । एउटा होटल सञ्चालन गर्न एक उद्यमीले पालना गर्नुपर्ने सबै नियम पालना गरेका छौँ । तर पनि हामीमाथि यस्तो कठोर व्यवहार किन ?’

उनले पोखराको वाटरफ्रन्ट होटल केवल व्यवसाय मात्र नभएर विश्वास, संघर्ष र आस्थाको प्रतिक भएको बताउदै बिस वर्ष पहिले, माओवादी आन्दोलनताका जब देशमा तन, मन र धन पलायन भयो, तर मैले स्वदेशमै पर्यटन व्यवसायमा लाग्ने निर्णय गरेको उल्लेख गरेका छन् । 

उनले आफुले दिवाकर राजकर्निकारले फेवाताल नजिक एउटा पोखरेली रैथाने उद्यमीसँग ‘बुद्ध लज’ सहितको १७ रोपनी जग्गा किनेर अन्तर्राष्ट्रिय स्तरको होटल निर्माण गरेको बताएका छन् । उनले कुनै पूर्वसूचना बिना नगरपालिकाले होटलको पर्खाल भत्काएको बताउदै यस घटनाले मनमा गहिरो पीडा र चिन्ता जागेको बताएका छन् । 

उनले भनेका छन्- ‘पोखरामा सबैभन्दा पहिले UN-Habitat सँग समन्वय गरी अत्याधुनिक DEWAT सेफ्टी ट्यांकी बनाएका छौँ । हामी खराब उद्यमी होइनौँ, जिम्मेवार र सचेत नागरिक हौँ । हामी नीति  नियम पालन गर्ने मान्छे हौ । मापदण्ड अनुसार होटलको भवन ६५ मिटर टाढा छ । तीन तल्लाको छ । होटल र तालबीच अरूको जग्गा छ, जहाँ पैराग्लाइडिङ गरिन्छ ।’

शाक्यले लेकसाइड क्षेत्रमा हजारौँ बस्ती, उद्योग, व्यापार, होटल र रेस्टुरेन्टहरू अवस्थित रहेको बताउदै यस्ता संरचना र  जग्गा उचित मुआवजा दिएर विधिवत् अधिग्रहण नगरी, पूर्वसूचना बिना भत्काउनु कसरी जायज ठहरिन सक्छ ? भन्दै यस्तो कार्यप्रणालीलाई न्यायसंगत मान्न सकिन्छ ? भनेर सरकारसँग प्रश्न गरेका छन् ।  

उनले इतिहासले फेवाताल राणाकालमा बाँध निर्माण गरेर विस्तार गरिएको देखाएको उल्लेख गर्दै पछि राजा महेन्द्रको पालामा बाँधको उचाइ थप बढाइयो र ताल अझ फैलाइएको र  यसरी समयसँगै यसको स्वरूप निरन्तर परिवर्तन हुँदै आएको बताएका छन् ।

उनले पोखरा जस्तों अन्तराष्ट्रीय पर्यटकीय नगरीमा विकासका लागि संरक्षण नीति अपनाउने हो भन्दै संरक्षणले विकासलाई रोक्ने होइन, टेवा दिने हो र कोठामा झिंगा आयो भनेर  झ्याल बन्द गर्ने होइन, जाली लगाउने हो भनेका छन् ।

Read More