२०८३ बैशाख १३

विद्युत प्राधिकरणको सप्तरी वितरण केन्द्रका प्रमुख एक लाख ४० हजार घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल बिद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास घुससहित पक्राउ परेका छन् ।

दासले चार्जिङ्ग स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख ४० हजार घुस लिएको अवस्थामा पक्राउ परेको अख्तियारले जनाएको छ ।

दासलाई कार्यालय, इटहरीबाट खटिई गएको टोलीले घुस रकमसहित सप्तरीको हनुमाननगर कंकालिनी, नगरपालिका-१ सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Read More

वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

काठमाडौँ  । पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि अहिलेसम्म २३६ जनालाई अनुमति दिएको छ । 

विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि अप्रिल ५ सम्म ३१ समूहका २३६ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि अप्रिल ५ सम्म ६५ महिला र १७१ पुरुषलाई अनुमति जारी भएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३ समूहका ७३ जनाले अनुमति पाएका छन् । त्यस्तै आमादब्लम हिमालमा ३ समूहका ३४ आरोहीले अनुमति लिएका छन् ।

त्यस्तै आरोहण अनुमति लिने सबैभन्दा बढी जर्मनी नागरिक ३७ जना छन् भने अमेरिकाका २५ जना रहेका छन् । त्यस्तै क्यानडाका १७ जना र पोल्याण्डका १५ जना रहेको विभागले जनाएको छ  ।

यी अनुमतिबाट २० करोड २२ लाख रुपैयाँ राजश्व संकलन भएको बिभागले जनाएको छ ।

Read More

शंकर पोखरेलको प्रश्न- बैदेशिक ऋणको हिजो किन विरोध गरियो र आज किन लिइयो ?

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले लिएको वैदेशिक ऋणको विषय टिप्पणी गर्दै हिजो किन विरोध गरेको र आज किन लिएको भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन् भन्ने विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्ने बताएका छन् ।

उनले भनेका छन्- 

दिगो पूर्वाधार विकासका लागि लिइने ऋण नेपालका लागि बाध्यता मात्र होइन, आवश्यकता पनि हो । तर हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन् भन्ने विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ ।

हिजो विरोध किन ? आज स्वीकार किन ? सरकारले यसबारे जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनु आवश्यक छ । 

Read More

चन्द्र अभियानको इतिहासमा नयाँ कीर्तिमान

काठमाडौँ । चन्द्र अभियानको इतिहासमा नयाँ कीर्तिमान कायम भएको छ । नासाको आर्टेमिस २ ले मानवलाई पृथ्वीबाट अहिलेसम्मकै सबैभन्दा टाढासम्म पुर्‍याउँदै पुरानो रेकर्ड तोडेको छ ।

यस अभियानले अपोलो १३ ले सन् १९७० मा बनाएको दूरीको कीर्तिमान पार गरेको हो । चन्द्रमाको नजिक पुग्दा अन्तरिक्ष यात्रीहरूले झ्यालबाट चन्द्रमाको आकर्षक दृश्य अवलोकन गरेका थिए । विशेषगरी चन्द्रमाको पृथ्वीबाट नदेखिने भाग (फार साइड) नजिकबाट हेर्ने अवसर पाएका छन्, जुन मानवका लागि दुर्लभ मानिन्छ ।

करीब ६ घण्टा लामो फ्लाइबाय यस अभियानको सबैभन्दा महत्वपूर्ण चरण मानिएको छ । यसमा तीन अमेरिकी र एक क्यानडाली अन्तरिक्ष यात्री सहभागी छन् । यो अभियान भविष्यमा पुनः मानवलाई चन्द्रमामा अवतरण गराउने दीर्घकालीन योजनाको हिस्सा हो ।

नासाका अनुसार अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट अधिकतम करिब २ लाख ५२ हजार ७५२ माइल दूरी पार गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । यससँगै उनीहरू मानव इतिहासकै सबैभन्दा टाढा पुगेका व्यक्तिका रूपमा स्थापित भएका छन् ।

करिब १० दिन लामो यस अभियानपछि आगामी १० अप्रिलमा अन्तरिक्षयान प्रशान्त महासागरमा अवतरण गर्दै पृथ्वीमा फर्किने तालिका छ । नासाले यसलाई चन्द्रमामा दीर्घकालीन आधार निर्माणतर्फको महत्वपूर्ण कदम मानेको छ । सन् २०२८ भित्र चन्द्रमाको दक्षिणी ध्रुव नजिक मानव अवतरण गराउने लक्ष्य राखिएको छ ।

यस अभियानका कमाण्डर रीड वाइजम्यान रहेका छन् भने पाइलटको जिम्मेवारी विक्टर ग्लोभरले सम्हालेका छन् । त्यस्तै, क्रिस्टिना कोच र क्यानडाली अन्तरिक्ष एजेन्सीका जेरमी ह्यान्सन विशेषज्ञका रूपमा सहभागी छन् । उनीहरू सबै ओरियन अन्तरिक्षयान मा सवार भई चन्द्रमाको नजिकबाट ऐतिहासिक यात्रा गरिरहेका छन् ।

Read More

सोमालियामा पहिलोपटक समुद्रमा तेल उत्खनन सुरु गर्ने तयारी

काठमाडौँ । सोमालियाले पहिलोपटक समुद्रमा तेल उत्खनन सुरु गर्ने तयारी गरेको छ । टर्की सरकारको स्वामित्वमा रहेको ड्रिलिङ जहाज शुक्रबार सोमालियाको समुद्री क्षेत्रमा पुग्ने तयारीमा रहेको जनाइएको छ ।

गत वर्ष टर्कीको अनुसन्धान जहाजले सफलतापूर्वक भूकम्पीय सर्वेक्षण सम्पन्न गरेपछि यो कदम अघि बढाइएको हो । सोमालियाका पेट्रोलियम मन्त्री दाहिर शिरेले यसलाई देशको ऊर्जा यात्रामा ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

यदि उत्खनन सफल भएमा समुद्रमा रहेको तेल भण्डार खुल्ने र देशको अर्थतन्त्र सुधारमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ। टर्कीको तेल कम्पनीको ‘चाग्री बेय’ नामक जहाजले अरब सागर क्षेत्रमा गहिरो समुद्री उत्खनन गर्नेछ ।

मन्त्री शिरेका अनुसार हाल पहिचान गरिएका सम्भावित क्षेत्रमा परीक्षण ड्रिलिङ सुरु गरिनेछ । उनले यसबाट प्राप्त लाभ देशको समृद्धि र नागरिकको जीवनस्तर सुधारमा प्रयोग गरिने बताएका छन् ।

सोमालिया र टर्कीबीच सन् २०२४ मा उत्पादन साझेदारी सम्झौता भएको थियो । सोमालियाका विदेशमन्त्री अली ओमरले यस परियोजनाले टर्कीलाई दीर्घकालीन विश्वासिलो साझेदारका रूपमा स्थापित गर्ने बताएका छन् ।

टर्कीका ऊर्जा मन्त्री अल्पार्सलान बायरक्तारका अनुसार यदि तेल वा ग्यास भेटिएमा यसले सोमालिया मात्र होइन पूर्वी अफ्रिका र टर्कीको अर्थतन्त्रमा समेत ठूलो प्रभाव पार्नेछ ।

विशेषज्ञहरूका अनुसार सोमालियामा अर्बौं ब्यारेल तेल भण्डार रहेको अनुमान गरिए पनि लामो समयको द्वन्द्व र राजनीतिक अस्थिरताका कारण उत्खनन प्रक्रिया अघि बढ्न सकेको थिएन ।

Read More

इरानलाई एकै रातमा समाप्त पार्न सक्छौं- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्धबारे कडा अभिव्यक्ति दिएका छन् । गएराती आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिका चाहेको खण्डमा एकै रातमा इरानलाई समाप्त गर्न सक्ने चेतावनी दिएका हुन् ।

ट्रम्पले इरानविरुद्धको युद्ध आफूहरूको योजनाअनुसार अघि बढिरहेको दाबी गरे । आवश्यक परे जुनसुकै बेला कडा कदम चाल्न सकिने भन्दै उनले दबाब बढाएका छन् ।

इरानमा फसेका अमेरिकी पाइलटको उद्धारलाई उनले ऐतिहासिक अभियान बताएका छन् । उनका अनुसार उद्धारका लागि ठूलो जोखिम उठाइएको थियो । एक-दुई जनालाई बचाउन सयौंको ज्यान जोखिममा राखियो’ उनले भने ।

उद्धार अभियानका क्रममा १५५ सैन्य विमान परिचालन गरिएको थियो । तीमध्ये लडाकु विमान, बमवर्षक, इन्धन भर्ने ट्यांकर र उद्धार विमान समावेश थिए । विभिन्न दिशाबाट विमान पठाएर दुश्मनलाई झुक्याउने रणनीति अपनाइएको उनले बताए ।

ट्रम्पका अनुसार हालसम्म इरानका १३ हजारभन्दा बढी स्थानमा आक्रमण गरिएको छ भने ३७ दिनमा १० हजारभन्दा बढी लडाकु उडान सम्पन्न भएका छन् ।

उनले पहिलो पटक इरानले अमेरिकी एफ-१५ विमान खसालेको स्वीकार गरे । तर त्यो दुर्भाग्यवश भएको घटना मात्र भएको उनको भनाइ थियो ।

घाइते पाइलटको साहसबारे पनि उनले चर्चा गरे । विमान खसेपछि पाइलट प्यारासुटबाट झरेर गम्भीर घाइते अवस्थामै पहाडी क्षेत्रमा चढ्दै आफूलाई जोगाउन सफल भएको उनले बताए । पछि हेलिकप्टरमार्फत सुरक्षित उद्धार गरिएको जानकारी दिए ।

उद्धार अभियानबारे सबै सैन्य सल्लाहकार एकमत नभएको पनि ट्रम्पले स्वीकार गरे । जोखिम अत्यधिक भएकाले केही अधिकारीहरूले विरोध गरेको उनले बताए । तर रक्षा नेतृत्वले भने अभियानलाई समर्थन गरेको उनको भनाइ थियो ।

सूचना चुहावटप्रति पनि उनले कडा चेतावनी दिएका छन् । इरानमा फसेका अर्को पाइलटबारे जानकारी सार्वजनिक गर्ने व्यक्ति र सञ्चारमाध्यममाथि कारबाही गर्न सकिने उनले बताए ।

पत्रकार सम्मेलनमा ट्रम्पले इरानका नागरिकबारे पनि टिप्पणी गरे । आक्रमणका कारण पीडा भए पनि अन्ततः स्वतन्त्रताका लागि त्यो सहन तयार हुने उनले दाबी गरे ।

युद्ध अन्त्यतर्फ गएको हो कि अझ बढ्ने भन्नेबारे उनले स्पष्ट बताएनन् । उनले भने- ‘अहिलेको अवस्था धेरै महत्वपूर्ण छ, सबै कुरा उनीहरूले के गर्छन् भन्नेमा निर्भर छ ।’

सो अवसरमा उनको स्वास्थ्यको विषयमा पत्रकारहरुले सोधेको प्रश्न भने उनले खारेज गरेका थिए । उनको मानसिक अवस्थाको बारेमा समेत प्रश्न सोधिएको थियो । सामाजिक सञ्जालमा ट्रम्पले इरानलाई गाली गर्दै पोष्ट गर्न शुरु गरेपछि उनको मानसिक स्वास्थ्यको बारेमा प्रश्न उठाइएको थियो ।

Read More

कोलकोता र पञ्जावबीचको खेल बर्षाले रद्ध

काठमाडौँ । जारी आइपिएल अन्तर्गत कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीचको खेल वर्षाले रद्ध भएको छ । 

गएराती कोलकोताको इडन गार्डेनमा बर्षाका कारण खेल रद्ध भएको हो । टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले ३.४ ओभरमा २ विकेट गुमाउदै २५ रन बनाउदा बर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल हुने सम्भावना बनेन र खेल रद्ध गरिएको थियो । खेल रद्ध भएपछि दुवैले एक एक अंक बाडेका छन् ।

यो खेलपछि कोलकोताले पहिलो अंक हासिल गरेको छ । कोलकोताको ३ खेलमा एक अंक भएको छ र आठौँ स्थानमा रहेको छ । त्यस्तै पञ्जाव किंग्सको भने ३ खेलमा ५ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ ।

Read More

विश्वका ५८ प्रतिशत देशका विद्यालयमा मोवाइल फोन प्रतिबन्ध

काठमाडौँ । विश्वभरका विद्यालयहरूमा मोबाइल फोन प्रयोगमाथि प्रतिबन्ध लगाउने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको छ। युनिसेफको २०२६ को रिपोर्टका अनुसार अहिले विश्वका ५८ प्रतिशत देशका विद्यालयमा मोबाइल फोन प्रयोगमा रोक लगाइएको छ ।

सन् २०२३ मा यस्तो प्रतिबन्ध केवल २४ प्रतिशत देशमा सीमित थियो भने २०२५ सम्म आइपुग्दा ४० प्रतिशत पुगेको थियो । अहिले २०२६ मा यो संख्या उल्लेख्य रूपमा बढेर ५८ प्रतिशत पुगेको छ । विशेषगरी मध्य र दक्षिण एसियाली देशहरू यसमा अगाडि देखिएका छन् भने अस्ट्रेलिया र न्युजिल्यान्डजस्ता देशहरू अझै पछि छन् ।

विद्यालयमा मोबाइल प्रतिबन्ध लगाउनुको मुख्य उद्देश्य कक्षामा विद्यार्थीको ध्यान भंग हुन नदिनु, साइबर दुर्व्यवहार घटाउनु र मानसिक स्वास्थ्य सुधार गर्नु रहेको अध्ययनले देखाएको छ । सामाजिक सञ्जालको प्रयोगले विशेषगरी किशोरीहरूमा आत्मविश्वास घटाउने समस्या बढेको पनि उल्लेख गरिएको छ ।

अध्ययनअनुसार मोबाइल प्रयोगका कारण विद्यार्थीहरू पढाइमा केन्द्रित हुन नसक्ने, विद्यालयभित्रै डिजिटल दुर्व्यवहार बढ्ने र सामाजिक सञ्जालबाट नकारात्मक प्रभाव पर्ने देखिएको छ । एक अध्ययनले ३२ प्रतिशत किशोरीहरूले सामाजिक सञ्जाल प्रयोगपछि आफ्नो शारीरिक बनावटप्रति असन्तुष्टि महसुस गरेको जनाएको छ ।

मोबाइल प्रतिबन्धपछि विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन देखिएको पनि उल्लेख गरिएको छ । हंगेरीमा गरिएको अध्ययनअनुसार विद्यालय समयमा मोबाइल प्रयोग ३७ प्रतिशतबाट घटेर ४ प्रतिशतमा झरेको छ। यससँगै विद्यार्थीहरूबीच आपसी संवाद, खेलकुद र पुस्तक पढ्ने बानी बढेको पाइएको छ ।

यद्यपि सबै शिक्षकहरू सन्तुष्ट भने छैनन् । करिब ३३ प्रतिशत शिक्षकले सकारात्मक प्रभाव देखिएको बताएका छन् भने ६४ प्रतिशतले अझै थप सुधार आवश्यक रहेको बताएका छन् ।

केही देशहरूले पूर्ण प्रतिबन्धभन्दा पनि कडा नीति लागू गरेका छन्। यसबाट प्रविधि प्रयोग र अनुशासनबीच सन्तुलन कायम गर्ने प्रयास गरिएको जनाइएको छ ।

Read More

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौँ । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन् । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेका कारण सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० र २४ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ को बुँदा नं. ४९ मा रहेका इन्धन सम्बन्धी व्यवस्थाहरू संशोधन गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार यो संशोधन स्वीकृत गरेका हुन् ।  

उक्त संशोधन अनुसार १२५ लिटर इन्धन पाउँदै आएका सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले अब ७० लिटर पाउने छन् भने १०० लिटर इन्धन पाउँदै आएका सहसचिव स्तरका पदाधिकारीहरुले अब ५० लिटर पाउनेछन् । मन्त्री तथा संवैधानिक पदाधिकारी पदाधिकारीको भने इन्धन सुबिधा कटौती गरिएको छैन ।

केन्द्रीयस्तरका कार्यालयका पुल सवारी साधनहरुका लागि यसअघि उपलब्ध हुँदै आएको इन्धन सुविधा पनि कटौती भएको छ । ३० जनासम्म कर्मचारी भएका कार्यालयले ७५ लिटर पेट्रोल र १०० लिटर डिजेल पाउँदै आएकोमा अब ३५ लिटर पेट्रोल र ५० लिटर डिजेल पाउनेछन् । 

त्यस्तै थप ५० जना कर्मचारीका भएका कार्यालयले यसअघि ७५ लिटर पेट्रोल र १०० लिटर डिजल पाउँदै आएकोमा कटौती गरी ३५ लिटर पेट्रोल र ५० लिटर डिजेल उपलब्ध गराइनेछ । त्यसपछिका थप प्रति १०० कर्मचारीका लागि ३५ लिटर पेट्रोल र ५० लिटर डिजल उपलब्ध हुनेछ । यसअघि थप १०० कर्मचारीको लागि ७५ लिटर पेट्रोल र १०० लिटर डिजेल दिइदै आएको थियो ।

पुलको सवारी साधन प्रति सवारी कम्तीमा ३ जनाले प्रयोग गर्नुपर्ने व्यवस्था थप गरिएको छ । एकल प्रयोगलाई निरुत्साहित गरिएको छ । त्यस्तै दुई पांग्रे सवारीले यसअघि प्रतिमहिना १२ लिटर पेट्रोल पाउँदै आएकोमा अब प्रतिमहिना ८ लिटर मात्र पाउने गरी घटाइएको छ ।  

Read More

राष्ट्रिय सभाका चार समितिले आज सभापति चयन गर्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका चार समितिको बैठक बस्दैछ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

आज चारै समितिको सभापतिको निर्वाचनको कार्यसूची रहेको छ । वैठक दिउसो १ बजे समितिका सभा कक्षमा बस्ने गरि बोलाइएको छ । 

राष्ट्रिय सभामा चार दलबीच भएको सहमति अनुसार एमालेबाट उपाध्यक्ष बनेपछि दुई समितिको सभापति नेपाली काँग्रेस तथा नेकपा र जसपा नेपालले एक एक सभापति पाउने गरी सहमति भएको बताइएको छ ।

Read More