२०८३ बैशाख १३

अमेरिका र इरानबीच दुई साताको युद्धविराम, रोकियो युद्ध

काठमाडौँ । अमेरिका र इरानबीच करिब ४० दिनदेखि जारी युद्धपछि अन्ततः दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र त्यहाँका सेना प्रमुखको आग्रहपछि यस्तो निर्णय गरिएको बताएका छन् । युद्धविरामअघि उनले इरानलाई कडा चेतावनी दिँदै होर्मुज जलडमरूबाट जहाजको सुरक्षित आवागमन नभए गम्भीर परिणाम भोग्नुपर्ने बताएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको मध्यस्थता र अन्तिम समयमा चीनको पहलपछि यो सहमति सम्भव भएको हो । पाकिस्तानले अघि सारेको दुई साताको युद्धविराम प्रस्ताव इरानले स्वीकार गरेको जनाइएको छ ।

सम्झौताअनुसार अमेरिका र उसका सहयोगी इजरायलले आक्रमण रोक्नेछन् भने इरानले पनि आफ्ना सैन्य गतिविधि स्थगित गर्नेछ । यस अवधिमा होर्मुज जलडमरू हुँदै तेल, ग्यास तथा अन्य जहाजको सुरक्षित आवागमन इरानी सेनाको सहयोगमा सुनिश्चित गरिनेछ ।

यो युद्धविराम लेबनान लगायतका क्षेत्रमा पनि लागू हुने बताइएको छ । साथै, आगामी अप्रिल १० मा पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच औपचारिक वार्ता सुरु हुने तय भएको छ ।

युद्धविराम घोषणा भएको करिब दुई घण्टापछि इरानका सर्वोच्च नेताले सबै सैन्य इकाइलाई तत्काल गोलीबारी रोक्न निर्देशन दिएका छन् । सरकारी सञ्चारमाध्यममार्फत जारी वक्तव्यमा सबै सुरक्षा निकायलाई आदेश कडाइका साथ पालना गर्न भनिएको छ ।

यद्यपि, इरानले यो युद्धको पूर्ण अन्त्य नभई अस्थायी व्यवस्था मात्र भएको स्पष्ट पारेको छ ।

उता, अमेरिकी पक्षले पनि इरानविरुद्धका आफ्ना सबै आक्रामक सैन्य कारबाही रोकिएको जनाएको छ । तर सुरक्षा र प्रतिरक्षासम्बन्धी गतिविधि भने जारी रहने बताइएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि युद्धविरामको पुष्टि गर्दै पाकिस्तानको भूमिकाको प्रशंसा गरेका छन् । उनले आक्रमण रोकिएमा इरानले पनि आफ्नो प्रतिरक्षात्मक कदम स्थगित गर्ने बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अप्रिल १० मा इस्लामाबादमा दुवै पक्षलाई आमनेसामने वार्ताका लागि निमन्त्रणा गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार उक्त वार्ताको उद्देश्य दीर्घकालीन समाधान खोज्नु हो । पाकिस्तानले यस पहलबाट क्षेत्रीय शान्ति र स्थायित्वमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

Read More

राष्ट्रिय सभाको बैठक आजपनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आजपनि बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक बस्दैछ ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१-८२ को बार्षिक प्रतिवेदन’ सभा समक्ष पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Read More

मुम्बईमाथि राजस्थान रोयल्सको शानदार जित

काठमाडौं । राजस्थान रोयल्सले जारी आइपिएल अन्तर्गतको खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई २७ रनले पराजित गरेको हो ।

बर्षाका काराण ११-११ ओभरमा खेलाइएको खेलमा राजस्थानले दिएको १५१ रनको लक्ष्य पछाएको मुम्बईले ११ ओभरमा ९ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो । मुम्बईका लागि नमन धिर र शेरफान रुथरफोर्डले २५-२५ रन बनाएका थिए भने तिलक बर्माले १४ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर रवि विश्नोई, सन्दीप शर्मा र नान्द्रे बर्गरले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले ११ ओभरमा ३ विकेट गुमाएर १५० रन बनाएको थियो । राजस्थानका लागि यशस्वी जैसवालले सर्बाधिक ७७ रन बनाए भने वैभव सूर्यवंशीले ३९ रन बनाए । त्यस्तै कप्तान रियान परागले २० रन बनाएका थिए ।

यो जितपछि राजस्थान ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बईको भने ३ खेलमा २ अंक रहेको छ ।

Read More

आइपिएलमा आज दिल्ली र गुजरात भिड्दै

काठमाडौं । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ ।  आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । 

जारी आइपिएलमा दिल्ली क्यापिटल्सले आफ्ना शुरुका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ । दिल्लीले मुम्बई इण्डियन्स र लखनउ सुपर जाइन्टलाई पराजित गरेको थियो । 

त्यसैगरी गुजरात टाइटन्सले भने आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ । गुजरातले पहिलो खेलमा राजस्थान रोयल्स र दोस्रो खेलमा पञ्जाव किंग्ससँग हार बेहोरेको थियो ।

सम्भावित प्लेइङ ११ 

दिल्ली क्यापिटल्स: अक्षर पटेल (कप्तान), केएल राहुल (विकेटकिपर), पथुम निसान्का, नितिश राणा, समीर रिजवी, डेभिड मिलर, ट्रिस्टान स्टब्स, विप्रज निगम, कुलदीप यादव, लुंगी एनगिडी, टी नटराजन र मुकेश कुमार । 

गुजरात टाइटन्स: शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर (विकेटकिपर), वाशिंगटन सुन्दर, ग्लेन फिलिप्स, राहुल तेवातिया, रशिद खान, कागिसो रबाडा/जेसन होल्डर, प्रसिद्ध कृष्ण. मोहम्मद सिराज, अशोक शर्मा । 

Read More

प्रतिनिधि सभाको बैठक आजपनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि बैठक बस्दैछ ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयको पत्र पढेर सुनाउने, बार्षिक प्रतिवेदन पेश गर्ने र केहि व्यवस्थापन कार्य कार्यसूचीमा रहेका छन् ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ;राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्ताव गर्ने तथा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । 

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । देशको पहाडी र हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको भईरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पुर्णतया बादल लाग्ने तथा बाँकी भू-भागमा साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा, मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भू-भागमा केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागको धेरै स्थानहरुमा स्थानहरुमा तथा तराई भू-भागका थोरै स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।

Read More

२०८२ चैत २५ गते बुधबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ चैत २५ गते बुधबार ईस २०२६ अप्रिल ८ नेपाल सम्बत ११४६ चौलाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, चैत शुक्ल षष्ठी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, वारियन योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो । सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइरलेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ । परिश्रमको प्रतिफल पाउने समय हो, यसबाट तपाईंको शक्ति र प्रतिष्ठामा बृद्धि हुनसक्छ । आफ्नो आन्तरिक ऊर्जा र मानसिक क्षमतालाई उपयोग गर्नुहोस्, कुनै पनि समस्यालाई सजिलै समाधान गर्न सक्नुहुन्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

कार्यक्षमताको प्रदर्शन गर्दै धन, मान र प्रतिष्ठा कमाउने समय हो, नयाँ प्रविधि वा सामाजिक सञ्जालको प्रयोग गरेमासमेत फाइदा लिन सकिने छ । एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ । निणर्य गर्ने, न्याय गर्ने र विशेष काम गर्ने अद्भूत क्षमता देखा पर्नेछ, बोलीमा समेत विशेष प्रभाव देखिने छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ । कठोर र क्रूर निणर्य लिनुपर्ने कमजोर समय छ, तथापि विवेकको प्रयोग गरेमा व्यक्तिगत साख कायम राख्न सफल भइने छ । रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज त्यस्तो व्यक्तिसँग भेट हुनसक्छ, जससँग बाँकी जीवन बिताउन सजिलो हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

जुनियर स्टाफ वा सहयोगीको साथ पाउनाले कार्यसम्पादनमा सहजता आउने छ, सामूहिक भावनाको विकास हुने तथा सम्मानित र प्रतिष्ठित बन्नसक्ने समय छ । आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो । क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देशरपरदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ । त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ । व्यक्तित्व विकासको चिन्ता बढ्ने दिन छ । नयाँ सीप वा ज्ञान प्राप्तिका निमित्त अवसर मिल्नेछ, जागरूकता देखाएमा भाग्यले साथ दिने समय हो । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

मन आनन्दप्राप्तिका लागि आकर्षित बन्ने समय हो, तर काम बाँकी राखी अल्छी गरेमा आफैंलाई लोड बढ्नेछ भनी होस राख्नुपर्छ । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निणर्य गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ । काममा भन्दा पनि मन आनन्दप्राप्तिका निमित्त आकर्षित हुनेछ, सुखभोग गर्न पाइने छ । आज घररपरिवारमा रमाउने समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । आफ्ना विरोधी र शत्रुहरूप्रति अनुदार र उद्दण्ड बन्ने दिन छ, आवेशमा आएर गैरकानूनी र असामाजिक काममा संलग्न नहुनु होला । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

सँगीसाथी र प्रियजनहरू जीवनका महत्त्वपूर्ण पक्ष हुन्, त्यसैले व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन राख्न प्रयास गर्नुपर्ने दिन हो । ज्ञानगुन, शिक्षादीक्षा एवं धार्मिकरआध्यात्मिक विषयवस्तु प्रतिको आकर्षण बढ्ने दिन हो, शैक्षिक क्षेत्रमा हो भने राम्रो प्रतिफलसमेत हात पर्नेछ । नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ । आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो, आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ, अथवा आफन्तका निमित्त पनि समय दिनुपर्ने हुन्छ । घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले केही फाइदा हुनसक्छ ।

Read More