२०८३ बैशाख १३

गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलर्य फिर्ता गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार विज्ञाप्ति जारी गर्दै देशका केही संस्थागत विद्यालयले अझै पनि कानुन विपरित शुल्क लिने कार्य निरन्तर रहेको गुनासो आएको भन्दै गैरकानुनी रुपमा लिएको शुल्क फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको हो  ।

मन्त्रालयले कुनैपनि विद्यालयले यो निर्देशनभन्दा अन्यथा गरेको पाइएमा सोही ऐनको प्राव्धान तथा अन्य प्रचलित  कानुन बमोजिम थप कारवाही प्रकृया अगाडि बढाउनुपर्ने अवस्थामा गृह मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरु र स्थानीय तहहरुबाट आवश्यक समन्वय हुन अनुरोध गरेको छ ।

साथै, विद्यार्थीको शुल्कासम्बन्धी सिकायत एवम् गुनासोको रिपोर्टिं तथा सहजीकरण प्रयोजनका लागि शिक्ष्ाँ तथा मानवस्रोत विकास केन्द्रमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको मन्त्रालयले जनाएको छ । कसैको सिकायत वा गुनासो भएमा सोही कक्षमा फोन गरी थप साथै, विद्यार्थीको शुल्कासम्बन्धी सिकायत एवम् गुनासोको रिपोर्टिं तथा सहजीकरणसहायता प्राप्त गर्न सकिने र सोकक्षको सम्पर्क व्यक्ति केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौर (फोनः९८५१२१४६३८ इमेल [email protected]) सम्पर्क गर्न सकिने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

मन्त्रालयले यसअघि यही चैत २२ गते विज्ञप्ति मार्फत केही संस्थागत विद्यालयहरुmले प्रचलित कानुन तथा सर्वोच्च अदालतको आदेश विपरित हुनेगरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुपूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी भारी शुल्क असुली गरेको पाइएकोमा गम्भीर यानाकर्षण भएको जनाउदै नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न गराउन आग्रह गरेको थियो  ।

मन्त्रालयले कुनै पनि विद्यालयबाट यस्ता गैरकानुनी काम हुन नदिई अभिभावहरुबाट कानुन विपरीत ढङ्गले असुल गरिएको भर्ना शुल्क रकम सम्बन्धितलाई फिर्ता गराने कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै स्थानीय तहहरुलाई अनुरोध पनि गरेको थियो ।

Read More

मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मकाउ पठाइदिन्छु भन्नै रकम ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ओखलढुङ्गा घर भएका ४५ वर्षीय राजेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

राजेन्द्रले मकाउ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ८३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Read More

नागरिक केन्द्रित सेवा प्रवाह गर्न महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। बुधबार भर्चुअल माध्यमबाट दिएको निर्देशन सम्बोधनमा उनले नागरिकका समस्या र गुनासोलाई छिटो र प्रभावकारी रूपमा समाधान गर्न जोड दिएका हुन् ।

उनले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई छिटो सेवा दिनुका साथै बिचौलियाको प्रभाव अन्त्य गर्न कडा निर्देशन दिए । कुनै पनि प्रलोभन वा दबाबमार्फत काम गराउने गतिविधिमा संलग्न व्यक्तिलाई तुरुन्त कानुनी दायरामा ल्याउनुपर्ने उनले बताए । साथै, प्रत्येक कार्यालयमा नागरिक सहजकर्ता राखी सेवाग्राहीलाई सरल सेवा दिन र प्रगति विवरण एसएमएसमार्फत जानकारी गराउनुपर्ने पनि निर्देशन दिए ।

प्रहरी महानिरीक्षक कार्कीले शून्य सहनशीलताको नीति अपनाउँदै पारदर्शी र निष्पक्ष सेवा दिन सबै प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्ने बताए । अपराध अनुसन्धानलाई तथ्यमा आधारित र पारदर्शी बनाउनुपर्ने उल्लेख गर्दै सीमा क्षेत्रमा हुने अपराध, तस्करी, गुण्डागर्दी तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणमा कडाइ गर्न निर्देशन दिए ।

उनले सबै प्रहरी कर्मचारीले अनुशासन, इमानदारी र व्यावसायिकता कायम गर्दै जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए । आपराधिक घटना हुन नदिन योजना बनाएर सुरक्षा व्यवस्था मिलाउन, सवारी दुर्घटना घटाउन सम्बन्धित निकायसँग समन्वय गर्न र जनचेतना बढाउन पनि उनले जोड दिए ।

सम्भावित विपद्का घटनामा सतर्क रहनुपर्ने बताउँदै उनले पूर्वतयारी र अभ्यासलाई प्राथमिकतामा राख्न निर्देशन दिए । विपद्को समयमा उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी उद्धार कार्य प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। भीड नियन्त्रणमा विगतका कमजोरी सुधार गर्दै आवश्यक अभ्यास गर्न र जिम्मेवारी पूरा गर्दा सामाजिक सञ्जाल प्रयोगमा पनि सचेत रहन उनले आग्रह गरे ।

कार्यक्रममा अपराध अनुसन्धान विभाग प्रमुख अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र कार्य विभाग प्रमुख अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदीले पनि समसामयिक विषयमा निर्देशन दिएका थिए । कार्यक्रममा विभिन्न प्रदेश, जिल्ला तथा मातहत इकाइका प्रहरी प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल सहभागिता रहेको थियो ।

Read More

उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्र २७ गते शुक्रबार उपसभामुखको निर्वाचन हुने बताउदै प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई उपसभामुखको निर्वाचनको कार्यतालिका आजै सार्बजनिक गर्न निर्देशन दिएका छन् ।

सभामुख रास्वपाबाट निर्वाचित भइसकेको अवस्थामा संबिधान अनुसार अब उपसभामुख फरक दलबाट हुनुपर्ने र पुरुष सभामुख भएको अवस्थामा उपसभामुख महिला हुनुपर्ने व्यवस्था रहेको छ ।

Read More

नेप्सेमा ४५.१२ अंकको वृद्धि, ८ अर्ब ३१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । आज बुधबार नेप्से ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४६ कम्पनिका एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार ४४१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, रिलायन्स स्पिनिग मिल्स, श्रीनगर एग्रो,सोलु हाइड्रो र होटल फोरेस्ट इनको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपर खुदी, रिज लाइन र सुर्यकुण्ड हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी स्वेत गंगा हाइड्रोको शेयर ४. ०३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ४६ करोड ८१ लाख बराबर कारोबार भएको छ भने रिलाइन्स स्पिनिग मिल्सको ४२ करोड १६ लाख बराबरको कारोबार भएको छ ।

Read More

रवि लामिछाने राजनीतिको परिभाषा परिवर्तनको नायक- जगदीश खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार र जेनजीबीच भएको सम्झौताको अक्षरश कार्यान्वयनको माग गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकको विषय समयमा बोल्दै सांसद खरेलले उक्त सम्झौता यताउता भए स्वीकार्य नहुने चेतावनी दिदै सरकारसँग सो सम्झौता अक्षरश कार्यान्वयन गर्न माग गरेका हुन् । 

उनले बैठकमा फागुन २१ को चुनावले देशमा राजनीतिक कोर्स परिवर्तन गरेको बताउदै राजनीतिको नेतृत्वको परिभाषा समेत परिवर्तन भएको दाबी गरे । उनले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिको परिभाषा परिवर्तनको नायकको संज्ञा दिएका थिए ।

Read More

लेबनानमा इजरायलको आक्रमण जारी, युद्धविराम गर्न अस्वीकार

काठमाडौँ । इरानसँगको युद्धविरामको सम्झौता लेबनानमा पनि लागु हुने भनिएको भएपनि इजरायलले लेबनानको तटीय सहर टायरमा आक्रमण गरेको छ ।

आक्रमणअघि नै इजरायली सेनाले स्थानीय बासिन्दालाई तत्काल घर खाली गर्न निर्देशन दिएको थियो ।

इजरायली सेनाले चेतावनी जारी गर्दै सुरक्षाका लागि जहरानी नदीको उत्तरतर्फ सर्न आग्रह गरेको थियो । सोही चेतावनीपछि सहरमा ठूलो विस्फोट भएको खबर सार्वजनिक भएको छ ।

सेनाका अनुसार उक्त क्षेत्रमा हिजबुल्लाहका ठेगानालाई लक्षित गर्दै आक्रमण गरिएको हो । अल अब्बासियाह र शिब्रीहा क्षेत्रका बासिन्दालाई विशेष रूपमा सतर्क रहन भनिएको थियो ।

इजरायलले हिजबुल्लाहबाट सम्भावित खतरा रहेको भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको जनाएको छ । प्रभावित क्षेत्रका मानिसहरूलाई दक्षिणी लेबनानबाट जहरानी नदीको उत्तरतर्फ जान निर्देशन दिइएको छ ।

इजरायलले लेबनानमा युद्धविराम नहुने स्पष्ट गर्दै आक्रमण जारी रहेको जनाएको छ ।

Read More

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले गरे पद बहाली

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले पद बहाली गरेका छन् ।

बुधवार बिहान भट्टले सिंहदरबारस्थित राष्ट्रिय युजना आयोगको कार्यालयमा पदबहाली गरेका हुन् । भट्टलाई सो क्रममा आयोगका सचिवसहित कमर्चारीहरुले स्वागत गरेका थिए ।  

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

डा. भट्टले अमेरिकाको विलियम्स कलेजबाट मास्टर्स र अमेरिकाको वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । त्यस्तै त्रिभुवन विश्व विद्यालयबाट मास्टर्समा स्वर्ण पदक जितेका भट्टको अनुसन्धान क्षेत्र मौद्रिक अर्थशास्त्र, वित्तीय अर्थशास्त्र र विकास अर्थशास्त्रमा केन्द्रित रहेको छ । उनले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धान लेखहरू प्रकाशित पनि गरेका छन् ।

भट्टले यसअघि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट सात वर्षे कार्यकाल पूरा गर्दै अनिवार्य अवकाश पाएका थिए ।

Read More

सरकारका मन्त्रीहरुलाई परराष्ट्र मन्त्रालयको कूटनीतिक आचारसंहिता बारे ब्रिफ्रिङ

काठमाडौँ । परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीहरुलाई प्रस्तुति दिएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित उक्त प्रस्तुतीकरणमा सबै मन्त्रीहरुलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रस्तुती दिएको प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन् ।

राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवद्र्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुती दिएका थिए । सचिव राईले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढङ्गले जानकारी गराएका थिए ।

नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षहरूलाई उनले विशेष जोड दिएका थिए । 

साथै, विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य पालनाका विषयमा समेत मन्त्रीहरूबीच प्रस्तुती गरिएको थियो ।

Read More

इरानमा रहेका भारतीयलाई तत्काल देश छोड्न आग्रह

काठमाडौँ । पश्चिम एसियामा एक महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्वपछि इरान र अमेरिकाबीच युद्धविराम घोषणा भएको छ । 

यसैबीच भारतले महत्वपूर्ण सूचना जारी गर्दै इरानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ ।

तेहरानस्थित भारतीय दूतावासले वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सबै भारतीय नागरिकलाई दूतावाससँग सम्पर्कमा रही सुरक्षित मार्गमार्फत मात्र इरान बाहिरिन निर्देशन दिएको छ । कुनै पनि नागरिकले दूतावासको सल्लाह बिना अन्तर्राष्ट्रिय सीमातर्फ जान नहुने स्पष्ट चेतावनी समेत दिइएको छ ।

यसअघि अप्रिल ७ मा जारी सूचनामा नागरिकलाई सतर्क रहन भनिएको थियो भने नयाँ सूचनामा देश छोड्नै आग्रह गरिएको हो।

भारतीय नागरिकको सहायताका लागि दूतावासले आपतकालीन सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेको छ । साथै, आवश्यक जानकारी वा समस्याका लागि इमेलमार्फत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।

इरानमा बदलिँदो अवस्था र सुरक्षालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको जनाइएको छ । भारतीय पक्षले आफ्ना सबै नागरिक सुरक्षित रूपमा स्वदेश फर्कून् भन्ने उद्देश्य राखेको बताइएको छ।

Read More