२०८३ बैशाख १३

देउवा दम्पतिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्धाको अनुसन्धानका लागि देउवा दम्पतिविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले पुष्टि गरेको छ । 

गत भदौ २४ गते मा जेनजी अन्दोलनका क्रममा देउवाको निवासमा आगजनी र उनीहरुमाथि दुर्व्यबहार समेत भएको थियो । सो क्रममा उनको निवासमा नगद पैसा जलेको अवस्थामा भेटिएको थियो ।

देउवा दम्पति हाल विदेशमा रहेका छन् । उनीहरु शुरुमा उपचारको लागि सिंगापुर गएको र त्यसपछि हङकङ गएको बताइएको छ ।

Read More

जबरजस्ती करणीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले कैलाली, कपिलवस्तु र ओखलढुंगाबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । 

कैलालीमा, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लम्कीचुहा नगरपालिका-८ सोनपुर बस्ने ३० वर्षीय कासिम अलि जागालाई प्रहरीले पक्राउ गरेको छ । कासिमले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यस्तै कपिलवस्तु, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका-५ ग्यालेक्सी टोल बस्ने २५ वर्षीय चन्दन तिवारीलाई प्रहरीले पक्राउ गरेको छ । चन्दनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यसैगरी ओखलढुङ्गा, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतहट देवाही गोनाही नगरपालिका-६ बस्ने ४९ वर्षीय चुनचुन साह कानुलाई प्रहरीले पक्राउ गरेको छ । चुनचुनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट केतुकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More

हत्यामा संलग्न रहेको अभियोगमा भोजपुरबाट चार जना पक्राउ

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-१३ बस्ने २४ वर्षीय सम्मर बहादुर तामाङको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बेखम्चा बस्ने २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्र कुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जी रहेका छन् ।  उनीहरूले कुटपिट गर्दा सम्मर बहादुरको मंगलबार राति घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बोयाँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More

पीएम कप: कोशी प्रदेशमाथि बागमती ७ विकेटले विजयी

काठमाडौँ । बागमती प्रदेशले जारी पीएम कप अन्तर्गत कोशी प्रदेशलाई पराजित गरेको छ । बुधबार जनकपुरमा सम्पन्न खेलमा बागमतीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

कोशी प्रदेशले दिएको १०० रनको लक्ष्य पछाएको बागमतीले ९ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बागमतीका लागि बिबेक मगरले अविजित ६१ रन बनाएका थिए भने रिंगजिन लामाले १७ र प्रतिस जिसीले १७ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले २८.२ ओभरमा अल आउट हुदै ९९ रन मात्र बनाएको थियो । कोशीका लागि कप्तान सुजन थपलियाले २१, अंकित सुबेदीले १९ र रोहण शाहले १८ रन बनाएका थिए । त्यस्तै बागमती प्रदेशका सन्दीप लामिछानेले ५ विकेट लिएका थिए भने रिजन ढकालले २ विकेट लिएका थिए ।

यो जितपछि बागमती प्रदेशको ७ खेलमा ६ अंक भएको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै कोशी प्रदेशको भने ७ खेलमा यो छैटौं हार हो ।

Read More

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदुत उर्बोमको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदुत स्कट उर्बोमले शिष्टाचार भेट गरेका छन् ।

बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उर्बोमले खनालसँग नयाँ जिम्मेवारी सम्हालेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

भेटका अवसरमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

Read More

इरानलाई वार्तामा ल्याउन चीनले भूमिका खेलेको ट्रम्पको दाबी

काठमाडौँ । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई वार्तामा ल्याउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् । युद्धविरामको विषयमा बोल्दै उनले चीनको पहलले इरानलाई संवादतर्फ ल्याउन सहयोग पुगेको बताएका हुन्।

एक टेलिफोन अन्तर्वार्ताका क्रममा चीनले इरानलाई युद्धविरामका लागि प्रेरित गरेको हो कि भन्ने प्रश्नमा ट्रम्पले ‘हो, मैले त्यस्तो सुनेको छु’ भन्दै प्रतिक्रिया दिएका थिए । यद्यपि, यस विषयमा चीनको परराष्ट्र मन्त्रालयले औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेको छैन ।

यसैबीच, वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लियू पेंगयुले भने द्वन्द्व सुरु भएदेखि नै चीनले युद्ध रोक्न र युद्धविराम गराउन पहल गर्दै आएको बताएका छन् । उनका अनुसार शान्तिका लागि हुने सबै प्रयासलाई चीनले स्वागत गर्छ र सबै पक्षले संवादमार्फत मतभेद समाधान गर्नुपर्छ ।

चीनले अहिलेको अवस्थालाई अवसरका रूपमा लिएर सम्बन्धित सबै पक्षले चाँडै द्वन्द्व अन्त्य गर्ने विश्वास पनि व्यक्त गरेको छ । यसअघि सन् २०२३ मा इरान र साउदी अरेबियाबीच भएको सहमतिमा पनि चीनले महत्वपूर्ण भूमिका खेलेको थियो ।

अमेरिका-इजरायल ४० दिनदेखि जारी युद्ध दुई साता रोक्न इरानसँग सहमत भएका छन् ।यसका लागि पाकिस्तानले प्रत्यक्ष मध्यस्थता गरेको थियो । अब अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने बताइएको छ ।  

Read More

राष्ट्रियसभाका विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले लिए शपथ

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

समितिका सभापतिहरुलाई राष्ट्रिय सभाका अध्यक्ष नारायाण प्रसाद दाहालले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

मंगलबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा पूजा चौधरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापतिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाया निर्वाचित भएका थिए । 

राष्ट्रिय सभामा चार दलबीच भएको सहमति अनुसार एमालेबाट उपाध्यक्ष बनेपछि दुई समितिको सभापति नेपाली काँग्रेस तथा नेकपा र जसपा नेपालले एक एक सभापति पाउने गरी सहमति गरे अनुसार सभापति चयन भएका थिए ।

Read More

राजपाल यादवको समर्थनमा आए सलमान र मिका

काठमाडौँ । बलिवुडको एक अवार्ड कार्यक्रममा कलाकार राजपाल यादवमाथि गरिएको टिप्पणीको विषय अहिले विवादमा तानिएको छ । कार्यक्रममै उनको व्यक्तिगत जीवन र ऋणसम्बन्धी कुरा उठाएर मजाक गरिएको भन्दै कलाकारहरूबाट विरोध बढ्न थालेको हो ।

कार्यक्रममा अभिनेता राजपाल यादवले डलरको मूल्यबारे बोलिरहेका बेला सञ्चालक सौरभ द्विवेदीले उनको चेक बाउन्स प्रकरणलाई जोडेर लिएको ऋण तिर्नुपर्ने बताउदै व्यंग्य गरेका थिए । उनले डलरको भाउ बढे वा घटे पनि लिएको ऋण तिर्नै पर्ने टिप्पणी गरेपछि विवाद सुरु भएको हो । अप्रिल ५ मा मुम्बईमा आयोजित कार्यक्रममा सौरभ द्विवेदी र जाकिर खानले सञ्चालन गरेका थिए । 

यस विषयमा अभिनेता सलमान खानले राजपालको समर्थन गर्दै उनलाई अहिलेको डलरकै मुल्यमा काम मिल्ने भन्दै उनीविरुद्ध गरिएको व्यंग्यप्रति लक्षित गर्दै राजपालको समर्थन गरेका थिए ।

त्यसपछि गायक मीका सिंहले पनि राजपालको खुलेर समर्थन जनाएका छन् । उनले सार्वजनिक रूपमा यस्तो व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै पुरस्कार समारोहजस्तो सम्मानित मञ्चमा कसैको व्यक्तिगत विषयमा टिप्पणी गर्नु अनुचित भएको बताएका छन्।

मीका सिंहले भने- ‘म राजपाल यादवको साथमा छु । कुनै पनि कलाकार कठिन अवस्थामा हुँदा साथ दिनु हाम्रो कर्तव्य हो । सार्वजनिक मञ्चमा सम्मान र मर्यादा पहिलो प्राथमिकता हुनुपर्छ ।’ 

यसैबीच, अखिल भारतीय चलचित्रकर्मी संघले पनि घटनाको निन्दा गरेको छ । संघले राजपाल यादव सम्मानित कलाकार भएको उल्लेख गर्दै यस्तो व्यवहार स्वीकार्य नभएको जनाएको छ ।  संघले उदाहरण दिँदै हरेक कलाकारको जीवनमा उतारचढाव आउने भए पनि सम्मान कहिल्यै घट्नु नहुने बताएको छ । राजपाल यादवले वर्षौंदेखि दर्शकलाई हँसाउँदै आएको स्मरण गर्दै कठिन समयमा साथ दिनुपर्नेमा जोड दिइएको छ ।

राजपाल यादव पछिल्लो समय आर्थिक तथा कानुनी समस्यामा परेका छन् । पुरानो चलचित्र निर्माणका लागि लिएको ऋण नतिरेको आरोप र चेक बाउन्ससम्बन्धी मुद्दाका कारण उनी जेल बसेर केहि समय अघि बाहिर आएका थिए ।

Read More

सुन तोलाको ७२ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ७२ सयले बढेर तोलाको २ लाख ९९ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २०५ रुपैयाँले बढेर ५०२५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४८२० मा कारोबार भएको थियो ।

Read More

एरिकाले चीनमा हुने डब्लुकेएफ कराँते वान प्रिमियर लिगमा प्रतिष्पर्धा गर्दै

काठमाडौँ । एरिका गुरुङले चीनको लेसनमा हुने डब्लुकेएफ कराँते वान प्रिमियर लिगमा सहभागिता जनाउने भएकी छन् । 

अप्रिल १० देखि १२ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने भएकी हुन् । यस प्रतियोगितामा उनका प्रशिक्षकमा कुशल श्रेष्ठ तथा व्यवस्थापकमा रवि महर्जन रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले चीनको लेसनमा हुने डब्लुकेएफ कराते वान प्रिमियर लिगमा सहभागी हुने एरिका, प्रशिक्षक र व्याव्सथापकलाई बिदाइ गरेका छन् ।

बिदाइ कार्यक्रममा नेपाल कराते महासंघका महासचिव दावा गुरुङ, करातेका मुख्य प्रशिक्षक दिपक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Read More