२०८३ बैशाख १३

स्वास्थ्यकर्मीको भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने कार्य रोक्न चिकित्सक संघको माग

काठमाडौँ । नेपाल चिकित्सक संघले सामाजिक सञ्जालमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अफवाह फैलाउने गतिविधि बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले भेरी अस्पताल र गजेन्द्र नारायण सिंह अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको भिडियो बनाएर युट्युब, फेसबुकजस्ता माध्यमबाट तथ्यहीन आरोप लगाउने र भ्रम फैलाउने काम भइरहेको उल्लेख गरेको छ ।

संघका अनुसार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत जनशक्तिमाथि आधारहीन आरोप लगाउनु पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताविपरीत भएको भन्दै यस्ता गतिविधिले निरन्तर सेवामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मानमर्दन हुनुका साथै आत्मसम्मानमा गम्भीर असर पर्ने गरेको जनाएको छ ।

सामाजिक सञ्जालमा फैलाइने अफवाहले आम नागरिक र स्वास्थ्यकर्मीबीच दूरी बढाउने र सेवा प्रवाहमा समेत नकारात्मक प्रभाव पार्ने संघको भनाइ छ ।

संघका महासचिव डा. सन्जीव तिवारीले यस्ता कार्यमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न नेपाल सरकारसँग माग गरेका छन्।

Read More

नेप्सेमा सामान्य गिरावट, ८ अर्ब ६६ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से ४.१८ अंकले घटेर २८३३. ६० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४२ कम्पनिका २ करोड १ लाख ६३ हजार ७९३ कित्ता शेयर ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, लगानी, उत्पादन, म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सुपर खुदी, होटल फोरेस्ट इन, सुर्यकुण्ड हाइड्रो र पाल्पा सिमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, रिज लाइन इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी युनिक नेपाल लघुवित्तको शेयर ३.६० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको ९३ करोड १९ लाख बराबर कारोबार भएको छ भने रिडी पावरको ४९ करोड १९ लाख बराबरको कारोबार भएको छ ।

Read More

गृहमन्त्री गुरुङको आलोचना गर्दै रक्षा बमले भनिन्- बेलैमा सच्चिनुस !

काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले गृहमन्त्री सुदन गुरुङको आलोचना गर्दै समयमै सच्चिन चेतावनी दिएकी छन् ।

आइतबार सार्बजनिक सम्पत्ति विवरण बारे चौतर्फी भइरहेको चर्चामा गृहमन्त्री गुरुङले गरेको टिप्पणी प्रति आपत्ति जनाउदै रक्षाले गरिब भएर मर्नु गल्ति हो भन्ने अभिव्यक्ति पदीय मर्यादा विपरित भएको बताएकी छन् ।

गुरुङले आफुले गृहमन्त्री हुनुअघि भ्रष्टाचार नगरी सम्पत्ति कमाएको उल्लेख गर्दै मर्दा गरिब भएर मर्नु तपाइको गल्ति हो भन्ने पोष्ट सामाजिक सञ्जालमा राखेका थिए ।

रक्षाले फिल्मी लाइनमा लेखेको भन्दै गृहमन्त्री गुरुङले गरेको टिप्पणीको आलोचना गरेकी छन् ।

उनले भनेकी छन्:    

फिल्मी लाइनहरू फिल्मका लागि लेखिएका हुन्छन्, यथार्थमा जीवन भनेकै संघर्ष हो। आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै गलत हो भन्न मिल्दैन।

आज हाम्रो देशका २०% भन्दा बढी जनता गरिबीको रेखामुनि छन्, र तपाईंको जस्तो आर्थिक हैसियत बनाउने अवसर राज्यले धेरै कम मानिसलाई दिएको हुन्छ। गरिब देशका धेरै जनताका लागि उच्च आर्थिक हैसियत बनाउने कुरा सपना जस्तै हुन्छ। जनताको आर्थिक हैसियत आजै समृद्ध बनाउन न यो राज्यका स्रोतको सीमितताका कारण सम्भव छ, न तपाईंहरूसँग यसको यथार्थपरक योजना नै छ।

जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईंहरूले यो अवसर पाउनुभएको हो। आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईंलाई कति बेर लाग्ला र? आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेहरूलाई ‘गलत’ को संज्ञा दिनु तपाईंको पदीय मर्यादाविपरीत हो। बेलैमा सचिनुस्।

Read More

चलचित्र ‘पाँच पाण्डव’ मा सुशील सिटौलाको प्रवेश

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’मा कलाकार सुशील सिटौलाको प्रवेश भएको छ । छायांकन भइरहेको चलचित्रमा कलाकार सिटौलाको इन्ट्री भएको हो ।

‘उहाँ (सुशील सिटौला) मुख्य भूमिकामध्ये एकमा अनुबन्ध हुनु भएको छ । पाँच पाण्डवमध्ये एकको भूमिकामा काम गर्नु हुनेछ,’ चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले भने, ‘हामीले खोजेस्तै अब्बल कलाकार हाम्रो चलचित्रमा भित्र्याएका छौँ ।’

सिटौलाले यसअघि सागर लम्साल बलेले निभाउने भूमिका निभाउने बताइएको छ । बलेमाथि अमेरिकामा रहेकी एक युवतीले बलात्कारको आरोप लगाएपछि निर्माण पक्षले उनलाई चलचित्रबाट बाहिर राखेको थियो । 

उनले अब हरिवंश आचार्यलगायत कलाकारसँग स्क्रिन सेयर गर्नेछन् । यो चलचित्रमा केही समयअघि भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरी पनि भित्रिएका थिए ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेका छन् ।

गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ काम गरिरहेका छन् ।

चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिने छन् । यस्तै सिनेमामा दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया लगायतको पनि मुख्य भूमिका रहने छ ।

चलचित्र ‘पाँच पाण्डव’ ‘सोसल ड्रामा’ भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

प्रस्तुतकर्ता नवीन श्रेष्ठले यसअघि गतवर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

चलचित्रको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन् । चलचित्रको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछ । झापाको सेड्युल सकिएपछि टोलीले अन्य स्थानको लागि यात्रा तय गर्ने निर्देशक निरौलाले बताए ।

कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो चलचित्रलाई श्याम तामाङले खिचिरहेका छन् ।

Read More

प्रधानमन्त्री बालेनको बागमती प्रदेशका सांसदहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री बालेनले सोमबार बागमती प्रदेशका सबै दलबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग सरकारको प्राथमिकता र प्रदेशको विकास गर्ने एजेण्डाका बारेमा छलफल गरेका हुन् ।

यसअघि उनले लुम्बिनी, मधेश, सुदूरपश्चिम, कोशी र कर्णालीका सांसदहरुसँग छलफल गरेका थिए ।

Read More

फिल्म ‘पहाड’ को प्रिमियर, सेलिब्रेटीले गरे तारिफ

काठमाडौँ । आगामी नयाँ वर्षलाई लक्षित गर्दै वैशाख १ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने फिल्म फिल्म ‘पहाड’ लाई प्रिमियरमा रुचाइएको छ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको उक्त फिल्मका पहिलो दर्शक बनेका सेलिब्रेटीले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रसंशा खुलेर गरेका छन् । बेरोजगारी, मानव विहिन रितिएको पहाड र पानीको समस्यालाई चित्रण गरिएको फिल्म हेरेपछि निर्देशक तथा कलाकार नीर शाहले नेपाली मौलिक फिल्म हेर्न आपको प्रतिक्रिया दिए ।

‘फिल्मले हाम्रो नेपालीपनलाई उजागर गरेको छ । तुलसीजीले आफ्नो शैलीमा अहिलेको नेपालको समसामयिक विषयलाई फिल्ममा देखाउनुभएको छ । फिल्मले हामीलाई हाम्रो पहाड देखाउँदै धेरै तथ्यसँग जानकार गराउँछ’, उनले भने । निर्देशक घिमिरेसँग ‘कुसुमे रुमाल’ मा काम गरेका अभिनेता भुवन केसीले फिल्म स–परिवार हेर्न मिल्ने बनेको प्रतिक्रिया दिए । ‘फिल्म निकै राम्रो बनेको छ । फिल्म हेर्दा रमाइलो लाग्छ, कता भावुक बनिन्छ । यो फिल्मले एउटा कम्प्लिट प्याकेज बनेको छ’, अभिनेता केसीले भने ।

यस्तै, निर्देशक घिमिरेसँग ‘दर्पणछायाँ’ मा काम गरेका जीतु नेपालले फिल्म हेर्दा भावुक बनेको बताए । ‘फिल्म हेर्दा खुसी भएको, भावुक भएको पत्तै नपाईने रहेछ । तुलसी सरले आफ्नै शैलीमा अहिलेको अवस्थालाई फिल्ममा देखाउनुभएको छ । फिल्म निकै राम्रो बनेको छ । मैले सानै हुँदा देखेको पन्चमी हिरोइन बनेकी छिन्, उनले राम्रो काम गरेकी छिन् । पहाड सचिक्कै चट्टान नै बनेको छ । स–परिवार नयाँ वर्षमा फिल्म हेर्दा हुन्छ’, अभिनेता नेपालले भने ।

यस्तै, फिल्म हेर्ने निर्देशक दीपाश्री निरौला, दीपक आचार्य, दिवाकर भट्टराई, अभिनेता रमेश उप्रेती, किरण केसी लगायतले फिल्मको प्रसंशा गरेका छन् । उनीहरूले फिल्मले नेपालको वास्तविकता दर्शाएको प्रतिक्रिया दिए । निर्देशक तथा लेखक तुलसी घिमिरेले फिल्मले पाएको प्रतिक्रियाले आफ्नो मेहनत सफल भएको बताए ।

उनले भने, ‘पहाड सन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गईरहेको पहाडको कथालाई चित्रण गरेका छौँ । यो कथा पहाडमा सेटअप गरिएको भएपनि यो समग्र देशकै चित्रण हो । पहिलो दर्शक बन्नुभएका फिल्मकर्मीमार्फत पाएको प्रतिक्रियाले निकै उत्साहित छु ।’

फिल्म ‘पहाड’ मा दनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ । अभिनेता अरुण क्षेत्रीले सानैदेखि हेर्दै आएको सफल फिल्मका निर्देशक घिमिरेसँग काम गर्न पाउनु सौभाग्य रहेको बताए ।

‘मेरो लागि आजको दिनको निकै महत्वपूर्ण छ, यो क्षणलाई व्यक्त गर्न सक्ने शब्द नै छैन । फिल्ममा मलाई विश्वास गरेर मौका दिनुभयो, म निकै कृतज्ञ छु । फिल्म राम्रो बनेको प्रतिक्रियाले निकै उत्साहित छु । दर्शकको प्रतिक्रियाको प्रतीक्षामा छु’, उनले भने । निर्देशक घिमिरेकी कान्छी छोरी पन्चमी यसै फिल्ममार्फत डेब्यु गर्दैछिन् । निर्देशक घिमिरेसँगै निर्देशन समूहमा रहेर काम गरेकी पन्चमीले पर्दा अगाडिको अनुभव नौलो र फरक रहेको प्रतिक्रिया दिईन् । ‘आफूलाई पर्दामा हेर्दा छुने अनुभूति हुने रहेछ, म प्रिमियरमा अरूको प्रतिक्रिया लिईरहेको थिएँ । म आफ्नो कामको रिभ्यू लिईरहेकी छु, यो मेरो लागि पहिलो काम हो । आफ्ना अग्रजमार्फत धेरै सिक्ने अवसर पाएकी छु’, अभिनेत्री घिमरेले भनिन् ।

फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ । निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् । फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका फिल्ममा सहकार्य गरेका छन् ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’ मार्फत निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरे अभिनेत्री रुपमा डेब्यु गर्दैछिन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

फिल्ममा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक रहेका छन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् । उक्त फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् । फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन राजेको छ ।

Read More

घरजग्गा कारोबार सबैभन्दा बढी मधेश प्रदेशमा

काठमाडौँ । नेपालमा सबैभन्दा बढी घरजग्गा कारोबार मधेश प्रदेशमा देखिएको छ । 

राष्ट्र बैंकले घर जग्गा कारोबारको वर्तमान अवस्था र प्रवृत्तिसम्बन्धी तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मान्दै बैंकले त्रैमासिक रूपमा सार्बजनिक गरेको विवरणमा मधेश प्रदेशमा बढी कारोबार देखिएको हो ।  

प्रदेशगत रूपमा कारोबार संख्या सबैभन्दा बढी मधेश प्रदेशमा रहेको छ । त्यसपछि लुम्बिनी र कोशी प्रदेश छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सबैभन्दा कम कारोबार हुने गरेको छ । कारोबार भएको क्षेत्रफलका आधारमा पनि मधेश प्रदेशकै हिस्सा उच्च देखिएको छ ।

जग्गाको क्षेत्रफल अनुसार अधिकांश प्रदेशमा २.५ देखि १० आना सम्मका घडेरी बढी किनबेच हुने गरेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । तर मधेश प्रदेशमा भने २० आनाभन्दा माथिका ठूला प्लटको कारोबार बढी भएको देखिएको छ । मूल्यका आधारमा भने बागमती प्रदेश अग्रस्थानमा रहेको छ । महानगर र उपमहानगर क्षेत्रमा ५ देखि १० आना क्षेत्रफलका घडेरीको कारोबार बढी देखिएको छ ।

आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशतले बढेको छ भने आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ । सरकारी राजस्व पनि उतारचढावपछि सुधारतर्फ देखिएको छ । २०७८/७९ को पहिलो त्रैमासमा २३ अर्ब ७० करोड रुपैयाँ पुगेको राजस्व २०७९/८० को पहिलो त्रैमासमा घटेर ८ अर्ब २० करोडमा झरेको थियो। पछिल्लो अवधिमा भने सुधार हुँदै करिब १५ अर्ब रुपैयाँ पुगेको रिपोर्टमा उल्लेख छ ।

राष्ट्र बैंकले यस्तो तथ्याङ्कले घरजग्गा क्षेत्रको गतिविधि बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै, आगामी चरणमा घरजग्गा मूल्य सूचकाङ्क तयार गरी सार्वजनिक गर्ने तयारी पनि भइरहेको जनाएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र राष्ट्र बैंकबाट सङ्कलित विवरणका आधारमा घरजग्गा कारोबारको विश्लेषण गरेको जनाएको छ । लिखत पारितअन्तर्गत राजिनामा कारोबारलाई मुख्य आधार मानेर कारोबार संख्या, मूल्य, क्षेत्रफल, राजस्व संकलन र बैंक कर्जाको अवस्थालाई समेटिएको छ । राष्ट्र बैंकका अनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ । 

Read More

काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

काँग्रेस  कावा मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बोलाएको हो । 

बैठकमा बैशाख महिनामा काँग्रेसले चलाउने क्रियाशील सदस्यता अभियान र काँग्रेस संसदीय दलको नेता चयन बारे छलफल हुने बताइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी हुने दुलालले जानकारी दिएका छन् ।

Read More

कच्चा तेलको मुल्य फेरी बढ्यो, सय डलर नाघ्यो

काठमाडौँ । अमेरिका र इरानबीचको वार्ता निष्कर्षविहीन बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि प्रति ब्यारेल १०० डलर नाघेको छ । ऊर्जा बजारमा तनाव बढेसँगै मूल्यमा तीव्र उछाल देखिएको हो ।

वैश्विक मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य ७.३ प्रतिशतले बढेर प्रति ब्यारेल १०२.३० डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियट ८.७ प्रतिशतले बढेर १०४.९४ डलरमा कारोबार भइरहेको छ ।

अमेरिका र इरानबीचको वार्ता कुनै नयाँ सहमति बिना टुंगिएपछि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमा कडाइ गर्ने संकेत दिएपछि बजारमा अनिश्चितता बढेको हो ।

यसअघि गत बुधबार वासिङ्टन र तेहरानबीच दुई साताको सर्तसहित युद्धविराम सहमति भएपछि तेलको मूल्य १०० डलरभन्दा निकै तल झरेको थियो । त्यस क्रममा ऊर्जा आपूर्तिको मुख्य मार्ग मानिने होर्मुज जलडमरूमध्य खुला राख्ने कुरा पनि गरिएको थियो ।

तर फागुन २८ देखि सुरु भएको द्वन्द्वका कारण आपूर्ति झन्डै अवरुद्ध अवस्थामा रहेको छ । केही देशका जहाजहरू सीमित रूपमा सञ्चालनमा रहे पनि समग्र आपूर्तिमा अवरोध हुँदा विश्वभर ऊर्जा मूल्यमा तीव्र वृद्धि देखिएको छ ।

Read More

विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

काठमाडौँ । विनोद भण्डारीले जारी पीएम कपमा १८९ रनको शतकीय पारी खेलेका छन् ।

सोमबार कोशी प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लबका लागि उत्कृष्ट ब्याटिंग गर्दै भण्डारीले १५० बलमा २१ चौका र ५ छक्का प्रहार गर्दै १८९ रन बनाएका हुन् । जारी पीएम कपमा यो दोस्रो शतक हो । भण्डारीले अघिल्लो खेलमा सुदूरपश्चिमविरुद्ध १०० रनको शतकीय पारी खेलेका थिए ।  आर्मी क्लबले कोशीविरुद्ध ५० ओभरमा ८ विकेट गुमाउदै ३६२ रन बनाएको छ । आर्मीका लागि भीम सार्कीले ८० रन बनाएका थिए भने तृतराज दासले ३३ रन बनाएका थिए ।

त्यस्तै कोशी प्रदेशका बलर विपिन महतोले ३ विकेट लिएका थिए भने दिपेश कँडेल, रोहण शाह र आशिष मगरले एक एक विकेट लिएका थिए ।

Read More