२०८३ बैशाख १३

पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

काठमाडौँ । जारी पीएम कपमा एपीएफ क्लबबाट खेलिरहेका आसिफ शेखले दोहोरो शतक प्रहार गरेका छन् । 

सोमबार मधेश प्रदेसविरुद्ध असिफले १४२ बलमा १५ चौका र १७ छक्का प्रहार गर्दै २८ रन बनाएर रिटायर्ड हर्ट भएका थिए । यो घरेलु राष्ट्रिय प्रतियोगितामा बनेको पहिलो दोहोरो शतक हो । यससँगै आसिफ घरेलु प्रतियोगितामा दोहोरो शतक बनाउने पहिलो खेलाडी बनेका छन् । आसिफको जारी पीएम कपमा दोस्रो शतक हो ।  यसअघि उनले बागमतीविरुद्ध ११४ रनको शतकीय पारी खेलेका थिए । 

पर्सामा जारी यस खेलमा टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले ५० ओभरमा ५ विकेट गुमाएर ३९० रन बनाएको छ । एपीएफका लागि सन्दीप जोराले ५६ र कप्तान रोहित पौडेलले ५५ रन बनाएका थिए ।

Read More

सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता

काठमाडौं । सभामुख डीपी अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।

सोमबार सभामुख अर्यालले पूर्व सभामुख घिमिरे र सापकोटासँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवको आदान-प्रदान, संघीय संसद्को प्रभावकारी सञ्चालन र विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा छलफल विचारविमर्श भएको थियो ।

Read More

सभामुख र उपसभामुखबीच भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले नवनिर्वाचित उपसभामुख रूबी कुमार ठाकुरसँग पदभार ग्रहणपश्चात पहिलो शिष्टाचार भेट गरेका छन् ।

भेटमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी कार्यसम्बन्धी विषयमा संक्षिप्त छलफल गरेको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

उपसभामुख ठाकुरले आजै पदभार ग्रहण गरेकी थिइन् ।

Read More

ओलीको पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया भएको छ ।

ओलीको सचिवालयले महाराजगन्जस्थित शिक्षण अस्पतालमा ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सफलतापुर्वक सम्पन्न भएको जानकारी दिएको छ । ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको र त्यसलाई निकाल्न डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्याक्रिया गरेको थियो । 

ओली चैत्र १४ गते कार्की आयोगको सिफारिसका आधारमा पक्राउ परेदेखि नै अस्पतालमा उपचारत रहेका छन् । ओली सर्वोच्चको परमादेशपछि चैत्र २६ गते रिहा भइसकेका छन् । 

Read More

फिल्म ‘मितज्यू’को टिजर: दयाहाङ र सौगात आमने सामने

काठमाडौँ ।  फिल्म ‘मितज्यू’को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आगामी जेठ ८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म मीतज्यूको २ मिनेट लामो टिजर सार्बजनिक गरेको हो । फिल्ममा अभिनेता दयाहाङ राई र सौगात मल्ल मितको भूमिकामा देखिएका छन् । 

टिजरको सुरुवातमा दयाहाङ र सौगातले कहिल्यै झगडा नगर्ने वाचा गर्दै मितेरी साइनो गाँसेको देखाइएको छ । तर, अन्तिम दृश्यमा उनीहरू एकअर्कासँग लडिरहेका टिजरमा देखिएको छ । 

अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ र सौगातसहित तेरिया फौजा मगर, खड्गबहादुर पुन (खबपु) पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर लगायतको अभिनय रहेको छ । तेरियाको यो डेब्यू फिल्म हो । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । 

टिजर: https://youtu.be/I-FzmAW-phs

Read More

क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले पार्टीको क्रियाशील खारेज गर्न लागेको नभई अध्यावधिक गर्न लागेको बताएका छन् ।

काँग्रेसले बैशाख १ गतेदेखि एक महिनासम्म देशभर क्रियाशील सदस्यता सम्बन्धि वडा कार्यालयमा गएर क्रियाशील सदस्यता पुन लिनुपर्ने व्यवस्था गरेपछि अहिले नेता कार्यकर्ता तरंगित बनेका छन् ।

यासैप्रसंगमा काँग्रेस महामन्त्री पौडेलले नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले मलाई प्रश्न गरिरहेको बताउदै क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्न लागेको स्पष्ट गरेका छन् ।

उनले अब अद्यावधिक हुने क्रियाशीलले पार्टीलाई गाउँगाउँमा जोड्ने बताउदै महामन्त्री पौडेलले कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरुको नवीकरणले थप जिम्मेवार र मजबुत बनाउने उल्लेख गरेका छन् । 

उनले भनेका छन्- ‘विगतमा देखिएका त्रुटी हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदैछौं  । विद्यमान परिस्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ ।’

उनले भोलिबाटै नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील साथीहरुलाई सदस्यता अद्यावधिक गर्न तथा शुभेच्छुक र कांग्रेसमा आस्था राख्नेहरुलाई क्रियाशील सदस्यता लिन अनुरोध समेत गरेका छन् ।

Read More

मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले वर्तमान सरकारका मन्त्रीहरूको  सम्पत्ति विवरण प्रति टिप्पणी गर्दै देश लंका बनेको बताएका छन् ।

आइतबार मन्त्रिपरिषद्का सदस्यहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सुन र सम्पत्तिलाई खेतबारीमा फुलेको तोरीसँग तुलना गर्दै बास्कोटाले देश लंका बनेको बताएका हुन् ।

उनले भनेका छन्- ‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाईलो भो। देश लंका बनिसकेछ, डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ। समृद्धि आएछ- सुशासन त्यहीँबाट आरम्भ भइहाल्छ। म झनै खुसी किनकि जहाँ कङ्गाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ- झिक्कै झिक्कै मया तम्लाई !’

सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा अधिकांश मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन र नगद मौज्दात उल्लेख रहेको प्रति सामाजिक सञ्जाल र मिडियामा टिप्पणी भइरहेको छ ।

Read More

ओलीको पित्तथैलीको शल्यक्रिया हुदै

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया भइरहेको छ ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा ओलीको पित्तथैलीमा परेको पत्थरीको शल्यक्रिया गर्न लागिएको हो । ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको र त्यसलाई निकाल्न डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्याक्रिया गरिरहेको छ । 

ओली चैत्र १४ गते कार्की आयोगको सिफारिसका आधारमा पक्राउ परेदेखि नै अस्पतालमा उपचारत रहेका छन् ।

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख ९६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९७ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले घटेर ४९०० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४९७५ मा कारोबार भएको थियो ।

Read More

जबरजस्ती करणी गरेको अभियोगमा सल्यानबाट पक्राउ

काठमाडौँ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कुमाख गाउँपालिका-५ झारकाँडा बस्ने ३२ वर्षीय धन बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More