२०८३ बैशाख १३

सुपरस्टार रजनीकान्तको जेलर २ को स्ट्रिमिङ अधिकार १६० करोडमा बिक्री

काठमाडौँ । सुपरस्टार रजनीकान्तको फिल्म जेलर २ को छायांकन पूरा भएको छ ।

निर्माण कम्पनी सन पिक्चर्सले सम्पूर्ण टोलीसँग अभिनेताले केक काट्दै गरेको तस्बिरहरू साझा गरेको छ । निर्देशक नेल्सन दिलीप कुमार, रजनीकान्त र फिल्ममा उनको छोराको भूमिका निर्वाह गर्ने वसन्त रवि पनि उपस्थित थिए ।

रजनीकान्तले पहिले मिडियालाई फिल्म जुनमा रिलिज हुने बताएका थिए । यद्यपि, निर्माताहरूले चाँडै आधिकारिक रिलिज मिति तय गर्नेछन् ।

अमेजन प्राइम भिडियोले १६० करोड भारुमा फिल्मको थिएटर रिलिज पछि स्ट्रिमिङ अधिकार प्राप्त गरेको छ । यो तमिल सिनेमाको इतिहासमा सबैभन्दा ठूलो डिजिटल अधिकार सम्झौता हो ।

रजनीकान्तका फिल्महरूको डिजिटल अधिकारको मूल्य द्रुत गतिमा बढ्दै गएको छ । २०२३ मा जेलर ७५ करोडमा बिक्री भएको थियो । यो सम्झौताले तमिल फिल्म उद्योगमा नयाँ रेकर्ड कायम गरेको छ ।

Read More

हर्कको रविलाई प्रश्न- रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रश्न गर्दै सुकुम्बासीलाई गरेको बाचा बिर्सिएको आरोप लगाएका छन् ।

सरकारले काठमाडौं उपत्यकाको सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेपछि साम्पाङले लामिछानेलाई सुकुम्बासी बस्ती भत्काउने निर्णय रास्वपाकै हो ? भन्ने प्रश्न गर्दै बाचा बिर्सिएको आरोप लगाएका हुन् ।

उनले निर्वाचनताका सुकुम्बासीलाई धनीपूर्जा दिने वाचा गरेर ‘चुपचाप घण्टीमा छाप’ भन्दै भोट मागेको स्मरण गराउदै बचनको पक्का देखियो भन्ने व्यंग्य गरेका छन । 

उनले भनेका छन्: 

रबी जी… तपाइँको रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ? हिजो मात्रै सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप भन्दै भोट मागेको होइन र भन्या ? जे होस् बचनको पक्का देखियो रास्वपा ।

Read More

इरान युद्धले ३ करोडभन्दा बढी गरिबीमा धकेलिन सक्ने चेतावनी

काठमाडौँ । इरान युद्धका कारण विश्वभर गरिबी र खाद्य संकट बढ्ने खतरा देखिएको छ ।

संयुक्त राष्ट्र विकास कार्यक्रमका प्रमुख अलेक्जेन्डर डी क्रूले युद्धको प्रभावले ३ करोडभन्दा बढी मानिस फेरि गरिबीमा धकेलिन सक्ने चेतावनी दिएका छन् । उनले युद्ध तत्काल अन्त्य भए पनि यसको असर लामो समयसम्म रहने बताए । इन्धन र मल आपूर्तिमा आएको अवरोधले विशेषगरी गरिब देश र सर्वसाधारणमा प्रत्यक्ष असर पर्ने उनको भनाइ छ ।

उनका अनुसार आगामी केही महिनामा विश्वस्तरमै खाद्य असुरक्षा उच्च बिन्दुमा पुग्न सक्छ । यस्तो अवस्था नियन्त्रण गर्न सीमित उपाय मात्रै उपलब्ध रहेको उनले उल्लेख गरेका छन् ।

यसैबीच, युद्धका कारण विश्व अर्थतन्त्र पनि प्रभावित भएको छ । अनुमानअनुसार विश्वको कुल आर्थिक उत्पादनमा ०.५ देखि ०.८ प्रतिशतसम्म क्षति भइसकेको छ ।

डी क्रूले केही साताको युद्धले दशकौंमा भएको आर्थिक तथा सामाजिक प्रगति समेत नष्ट गर्न सक्ने भन्दै तत्काल समाधान खोज्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

Read More

लामिन यमल यस सिजनका खेल खेल्न नसक्ने, बार्सिलोनालाई धक्का

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाका युवा खेलाडी लामिन यमल ला लिगाको बाँकी सिजनबाट बाहिरिएका छन् । ह्यामस्ट्रिङ चोटका कारण उनी अब बाँकी खेलहरू खेल्न नसक्ने भएका हुन् ।

क्लबका अनुसार गरिएको स्वास्थ्य परीक्षणमा उनको खुट्टाको मांसपेशी च्यातिएको देखिएको छ । त्यसपछि क्लबले दीर्घकालीन फिटनेसलाई ध्यानमा राख्दै सावधानीपूर्वक उपचार योजना अपनाउने निर्णय गरेको जनाएको छ ।

यो चोट ला लिगाअन्तर्गत सेल्टा भिगोविरुद्धको खेलमा लागेको हो । उक्त खेलमा बार्सिलोनाले १–० को झिनो जित निकालेको थियो । सो खेलमा यमलले पेनाल्टी गोल गरेका थिए ।

गोल गरेलगत्तै उनले खुट्टामा असहज महसुस गर्दै मैदानमै लडेको देखिएको थियो । चिकित्सक टोलीले तुरुन्तै जाँच गरेपछि उनलाई मैदानबाट बाहिर लगिएको थियो । उनी आफैं हिँडेर बाहिरिए पनि सिधै ड्रेसिङ रुमतर्फ गएको दृश्यले चोट गम्भीर भएको संकेत दिएको थियो ।

पछि गरिएको विस्तृत परीक्षणमा उनको देब्रे खुट्टाको मांसपेशी च्यातिएको पुष्टि भएको हो । यससँगै क्लबले जोखिम नलिँदै उनलाई सिजनका बाँकी खेलबाट बाहिर राख्ने निर्णय गरेको छ । यमलको इन्जुरी बार्सिलोनाका लागि ठुलो धक्काको रुपमा हेरिएको छ ।

यद्यपि, फिफा विश्वकपसम्म उनी निको हुने आशा गरिएको छ । उपचार र पुनःस्थापनाको प्रक्रिया ठीकसँग अघि बढेमा उनी प्रतियोगितामा खेल्न सक्ने सम्भावना रहेको जनाइएको छ ।

यसबीच स्पेनको राष्ट्रिय टोलीले पनि उनको अवस्थामाथि नजिकबाट निगरानी राखिरहेको जनाएको छ । छोटो समयमै अन्तर्राष्ट्रिय फुटबलमा प्रभाव जमाएका यमलको उपलब्धता टोलीका लागि महत्वपूर्ण मानिएको छ ।

Read More

कांग्रेसको संसदीय दलको नेता चयन आज हुदै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन आज निर्वाचनबाट हुदैछ ।

कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले बिहीबार मतदाताको अन्तिम नामावली पनि प्रकाशन गर्दै दलको नेता चयनका लागि प्रक्रिया सुरू गरेको हो ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता र निर्वाचन प्रक्रिया हुँदैछ । त्यसअघि बिहीबार नै सिंहदरबारमा निर्वाचन समितिले संसदीय दलमा संशोधित विधान पेश गरेको छ । २०७४ को संसदीय दलको विधानलाई संशोधन गर्दै नयाँ विधान पेश भएको छ । दलमा पेश भएको विधानमा संशोधन गर्नुपर्ने भए शुक्रबार बिहान ८ बजेसम्म संशोधन प्रस्ताव पेश गर्न समय दिइएको छ ।

त्यस्तै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरू भएपनि अन्तिम समयसम्म सहमतिको प्रयास गरिने बताएका छन् ।

दलको नेता चयनका लागि शुक्रबार ३ बजे उम्मेदवारी मनोनयन गर्ने समय तोकिएको छ । त्यस्तै दिउँसो ५ बजेपछि मतदान र मतदात सकिए पछि मतगणना गरेर शुक्रबार नै निर्वाचन परिणाम घोषणा हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, बासना थापा, निस्कल राईलगायतको दावी छ ।

Read More

विश्व खोप सप्ताह आजदेखि सुरु

काठमाडौँ । अप्रिल महिनाको अन्तिम हप्तालाई विश्वभरी खोप सप्ताहको रुपमा मनाइन्छ भने नेपालमा बैशाख महिनालाई नै खोप महिनाको रुपमा मनाउने गरिन्छ । 

यस बर्षको खोप सप्ताहको विषयवस्तु ‘प्रत्येक पुस्ताको लागि, खोपले काम गर्छ’ भन्ने रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ । शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ ।

बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीहरुलाई एचपिभीबाट जोगाउँछ ।

यो सप्ताहमा पाँच वर्षमुनिका बालबालिकाले कुनै खोप लगाउन छुट भएकालाई  गाउँ टोलमा सोध खोज गरेर खोप लगाउन छुट भएका बालबालिका पहिचान गरिन्छ र छुट खोप लगाउने गरिन्छ ।

Read More

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा आज नेपालको सामना भानुआटुसँग

काठमाडौं । जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा आज नेपालले भानुआटुको सामना गर्दैछ । आज यो खेल नेपाली समय अनुसार दिउसो १२: ४५ बजेदेखि शुरु हुदैछ ।

यसअघि खेलेका ३ खेलमा नेपालले २ जित एक हार बेहोरेको छ । नेपालले अमेरिकासँग हार बेहोरेको थियो भने इटाली र रुवाण्डालाई पराजित गरेको थियो । त्यस्तै भानुआटुले तीन खेलमा तिनै खेलमा हार बेहोरेको छ ।

यो प्रतियोगिता खेल्ने नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत र रचना चौधरी रहेका छन् । त्यस्तै नेपाली टिमको मुख्य प्रशिक्षक हर्षल पाठक रहेका छन् ।

रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् ।

नेपालले अर्को खेल अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

Read More

आज लोकतन्त्र दिवस

काठमाडौँ । आज २०औ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । 

तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृंखलानै चल्यो । 

तत्कालिन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो । 

विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । 

विसं २०६३ जेठ ४ गते पुनःस्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो ।

यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको विसं २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षीय राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले विसं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भएको छ । सोअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

Read More

बागमती किनारका सुकुम्बासी हटाउन माइकिङ, शनिबार डोजर चलाउने तयारी

काठमाडौँ । सरकारले बागमति किनारका सुकुम्बासीलाई हटाउने भएको छ ।

काठमाडौ महानगरपालिका महानगर प्रहरी बल नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट थापाथली क्षेत्रको खोला किनारमा अनाधिकृत रूपमा निर्माण भएका घर टहराहरू हटाउन विहिबार साँझ माइकिङ गरेर सूचना दिदै खालि गर्न सूचना दिएको हो ।

महानगरी प्रहरीले बृद्ध, महिला र अपांगता भएकालाई प्राथमिकता दिएर अन्यन्त्र सार्न निर्देशन दिएको छ ।  मार्किङ गर्ने कार्य भएको छ । शनिबार बिहान ६ बजेदेखि घर टहरा खाली गराउने काठमाडौँ महानगरीय प्रहरीले जानकारी दिएको छ । 

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सरकारले शनिबार नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाउने अन्तिम तयारी गरेको छ ।

 काठमाडौं उपत्यकाका नदी किनारमा अतिक्रमण गरी बस्ने सुकुम्बासी परिवारको संख्या बढेर ६ हजार पुगेको बताइएको छ ।  यसअघि सुकुम्बासीसम्बन्धी अध्ययन गर्न बनेको सरकारी कार्यदलको रिपोर्टक अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका २० वडाका २७ बस्तीमा ३ हजार ४९६ परिवार रहेका छन् । तर, अहिले यो संख्या झन्डै दोब्बरले बढेको बताइएको छ । हाल उपत्यकामा सुकुम्बासी परिवार ६ हजार भन्दा बढी रहेको र कुल जनसंख्या ४० हजार भन्दा बढी रहेको बताइएको छ ।

शनिबारदेखि डोजर चलाउने तयारी गरिएको थापाथली क्षेत्रमा मात्रै १४२ परिवार रहेका छन् । काठमाडौँ उपत्यकाका बागमती, गोदावरी, विष्णुमती, धोबीखोला, मनोहरा र बल्खु खोला किनारमा सुकुम्बासी बस्दै आएको पाइएको छ ।

Read More

आइपिएलमा मुम्बईमाथि चेन्नई १०३ रनले विजयी

काठमाडौँ । चेन्नई सुपर किंग्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई १०३ रनले पराजित गरेको हो ।

चेन्नईले दिएको २०८ रनको लक्ष्य पछाएको मुम्बईले १९ ओभरमा अल आउट हुदै केवल १०४ रन बनाएको थियो ।

मुम्बईका लागि तिलक बर्माले ३७ र सुर्यकुमार यादवले ३५ रन बनाए भा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

त्यसैगरी चेन्नईका बलर अकिल हुसैनले सर्बाधिक ४ विकेट लिए भने नूर अहमदले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले सन्जु सामसनको १०१ रनको शतकीय पारीको मद्धतले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो ।

यो जितपछि चेन्नईको ७ खेलमा ६ अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बई इण्डियन्सको भने ७ खेलमा यो पाँचौं हार हो ।

Read More