२०८३ जेष्ठ २

नेप्सेमा ३८.१९ अंकको वृद्धि, ४ अर्ब ६१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज सोमबार नेप्से ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३२ कम्पनिका एक करोड ४ लाख ३९ हजार ४३२ कित्ता शेयर ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी फर्स्ट माइक्रो फाइनान्स लाघुवित्तको शेयरमा १४.१९ प्रतिशतको वृद्धि भएको छ भकुमारी धनबृद्धि योजनाको शेयर ११.३७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी त्रिशुली जलविद्युतको शेयर २.८७ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको २१ करोड ११ लाखको कारोबार भएको छ भने  नेशनल हाइड्रोको १७ करोड ६० लाख बराबरको कारोबार भएको छ ।

Read More

प्रतिनिधि सभामा विभिन्न आठ अध्यादेश पेश

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सरकारले जारी गरेका विभिन्न आठवटा अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश भएका छन् ।

सोमबार बसेको बजेट अधिवेशनको पहिलो बैठकमा सातवटै अध्यादेश सरकारले पेश गरेको हो।

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश,२०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३,सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ पेस भएका हुन्।

यसैगरी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८३ ,‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ , स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८३ विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८३ पेस भएका हुन्।

Read More

हर्क साम्पाङको प्रश्न- बजेट राष्ट्रिय बजेट हो कि रास्वपाको बजेट हो ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले ल्याउने बजेट बारे प्रतिपक्षीसँग छलफल नगरेको भन्दै आलोचना गरेका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रतिपक्षी दलसँग छलफल नगरी एकलौटी रूपमा बजेट ल्याउन लागेको आरोप लगाउदै यो बजेट राष्ट्रिय बजेट हो कि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बजेट हो भन्दै प्रश्न गरेका थिए । 

राज्य ढुकुटी भएकाले सबैसँग छलफल गरेर बजेट बनाउनुपर्नेमा जोड दिए । उनले भने- ‘यो बजेट राष्ट्रिय बजेट हो कि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बजेट हो, बजेट सरकार र सरकारमा बस्नेको गोजीको पैसा हो ? राष्ट्रिय ढुकुटी भए प्रतिपक्षीसँग सल्लाह गरेर सबैतिरको जनताको सेवा सुविधा सम्बोधन गर्ने गरी बजेट बनाउनुपर्ने होइन र ?’

उनले सरकारले लिएको ऋणको औचित्य पुष्टि गर्न आग्रह गर्दै विदेशी ऋण लिने विषय संसदमा छलफल गर्न माग गरेका थिए ।  

Read More

कार्यपालिकाको स्वेच्छाचारी कदम तत्काल रोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेकी संसद पद्मा अर्यालले सरकारले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज गर्नेगरी अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएकी छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद अर्यालले राजनीतिक आस्थामाथि बन्देज लगाउने उद्देश्यले सरकारले अध्यादेशमार्फत् विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजीको व्यवस्था गर्न खोजेको आरोप लगाएकी हुन् ।

उनले लोकतन्त्रको मूल आधार नागरिकलाई संगठित हुने अधिकार भएको उल्लेख गर्दै यस्ता कदमले सरकारको नियतमाथि गम्भीर प्रश्न उठेको बताइन् । अर्यालले लोकतन्त्रमा सरकार शक्तिशाली हुन सक्ने भए पनि सार्वभौम संसदभन्दा माथि कहिल्यै हुन नसक्ने बताउदै सत्ताको उन्माद क्षणिक हुने तर संसदीय मर्यादा र विधिको शासन स्थायी हुनुपर्नेमा जोड दिइन् ।

सांसद अर्यालले कार्यपालिकाको स्वेच्छाचारी कदम तत्काल रोक्न र सबै अध्यादेश अविलम्ब खारेज गर्न माग गरेक्ली थिइन् ।

Read More

सरकार असफल भयो- हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार असफल भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले सरकारले जनताको बाच्न पाउने संबिधान अनुसारको अधिकारको उलंघन गरेको आरोप लगाउदै सरकार असफल भएको बताए ।

उनले सुकुम्बासीको होल्डिङ सेन्टरमा प्रधानमन्त्री नगएको आरोप लगाउदै सीमामा पठाउनुपर्ने सेनालाई सुकुम्बासी बस्तीमा पठाएको भन्दै आलोचना गरेका छन् । उनले भने- ‘नेपाली सेनालाई सीमा रक्षा गर्न पठायो कि सुकुम्वासी बस्तीमा दादागिरी देखाउन पठायो ? सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ? त्यसको उत्तर चाहिन्छ ।’

उनले देश अभिभावक विहीन बनेको बताउदा सरकारको औचित्य नभएको जिकिर गरे । साम्पाङले सरकारले भारतलाई नोट पठाएर मात्र सीमा समस्या समाधान नहुने भन्दै दुई पक्षीय वार्ता गर्न नसकेको आरोप लगाए ।  

Read More

निस्कल राईको प्रश्न- सरकार संसदसँग किन डरायो ?

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधि सभा नियमवालीको विरोध गरेको छ ।

संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन नेपाली काँग्रेसका सचेतक राईले नियमावलीले विशेष व्यवस्था गरेर संसद लाई कानुन भन्दा माथि राखेको भन्दै विरोध गरेका छन् । उनले नियमावली विशेष कानुन नभएको भन्दै यो कानुनसँग बाझिएको भन्दै  संशोधन गर्न माग गरेका छन्  ।  

उनले सुकुम्बासीको बस्तिमा डोजर लगाएर सरकार संबेदनशील नबनेको आरोप लगाउदै सुकुम्बासीको व्यवस्थापन गर्न माग गरे ।  

राईले सरकार कानुन र संबिधानभन्दा माथि हो भन्दै उनले अध्यादेशबाट प्रधानमन्त्रीलाई शक्तिशाली बनाएको उल्लेख गर्दै दुई तिहाईको सरकार संसदसँग किन डराएको भन्दै प्रश्न गरेका छन् ।

Read More

राष्ट्रबैकले अर्थमन्त्रीलाई बुझायो बजेट समीक्षा प्रतिवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८३-८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्रालयमा बुझाएका छन् ।

सोमबार गभर्नर डा. पौडेलले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले समक्ष नेपाल राष्ट्र बैकका प्रतिवेदन पेश गरेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा (५) आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन दफा ६९ (४) मा नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकार समक्ष एक प्रतिवेदन पेश गर्ने व्यवस्था रहेको छ ।

Read More

मोदीले सुन नकिन्न गरेको आग्रहपछि घट्यो गहना कम्पनीहरूको सेयर

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा जोगाउन नागरिकलाई सुन खरिद नगर्न आग्रह गरेपछि सोमबार भारतीय सेयर बजारमा गहना कम्पनीहरूको सेयरमा ठूलो गिरावट आएको छ ।

प्रमुख गहना कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले घटेको देखिएको छ । सबैभन्दा धेरै गिरावट स्काई गोल्डको सेयरमा देखिएको छ । कम्पनीको सेयर मूल्य करिब १२ प्रतिशतले घटेर ४७५ भारतीय रुपैयाँमा पुगेको छ ।

त्यस्तै, सेनको कम्पनीको सेयर झण्डै ११ प्रतिशतले घटेर ३२५. ०५ रुपैयाँमा झरेको छ । यसअघि उक्त कम्पनीको सेयर मूल्य ३६५. ४० रुपैयाँ रहेको थियो । कल्याण ज्वेलर्सको सेयर पनि करिब १० प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य ४२४. ५५ रुपैयाँबाट घटेर ३८२. १० रुपैयाँमा पुगेको छ ।

त्यस्तै टाइटन कम्पनीको सेयर प्रारम्भिक कारोबारमै करिब ८ प्रतिशतले घटेर ४१५०. १० रुपैयाँसम्म झरेको थियो ।

सोमबार बिहान १० बजेतिर सेन्सेक्स १. ३५ प्रतिशतले घटेर ७६२८२. २८ अंकमा कारोबार भइरहेको थियो भने निफ्टी १. २३ प्रतिशतले घटेर २३८७७. ८० अंकमा पुगेको थियो । क्षेत्रगत सूचकहरू पनि रातो चिन्हमा कारोबार भइरहेका थिए । विशेषगरी निफ्टी उपभोक्ता टिकाउ वस्तु समूह सबैभन्दा धेरै प्रभावित भएको देखिएको छ । उक्त क्षेत्रगत सूचक ३ प्रतिशतभन्दा बढीले घटेको थियो ।

Read More

हत्या गरेको अभियोगमा धरानबाट पक्राउ

काठमाडौं । धरान उपमहानगरपालिका-१० बेलगाछी बस्ने २७ वर्षीय जिवन भुजेलको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१९ खिम्दिङ पुल चोक बस्ने २७ वर्षीय जिमी भन्ने अर्जुन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । 

अर्जुनले धारिलो हतियार छुरा प्रहार गर्दा जिवन गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका जिवनको विराट नर्सिङ होम विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

सन्दीप जोराको शतकमा नेपाल ए ले अमेरिकालाई दियो २६५ रनको लक्ष्य

काठमाडौं । नेपाल ए ले अभ्यास खेलमा अमेरिकालाई २६५ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिला ब्याटिंग गर्दै ४९.५ ओभर अल आउट हुदै २६४ रन बनाएको हो ।

नेपालका लागि सन्दीप जोराले शतकीय पारि खेलेका थिए । सन्दीपले ११५ बलमा १११ रन बनाएका थिए । त्यस्तै बसिर अहमदले ३८, मयन यादवले २४, पवन सराफले २० रनको योगदान दिएका थिए ।

त्यस्तै अमेरिकाका बलर सौरभ नेत्राभल्करले ३ विकेट लिए भने जसदीप सिंहले २ विकेट लिएका थिए ।

Read More