२०८३ जेष्ठ २

राज्यका पूर्वाग्रही कदमले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुर्‍याउछ- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिशोध र पूर्वाग्रही कदमहरूले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुर्‍याउने खतरा रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था भएको र राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही ढंगले त्यसलाई खण्डितगरी संस्थागत अस्थिरता निम्त्याउने कार्य लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हुने बताएका छन् ।

उनले यस्ता कदमहरूले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुर्‍याउने खतरा रहेको र विधि, पद्धती, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार भएको उल्लेख गरेका छन् ।

Read More

महिलाको सुरक्षामा अफगानिस्तान विश्वकै असुरक्षित, भारतभन्दा नेपाल सुरक्षित

काठमाडौँ । महिलाको सुरक्षाका दृष्टिले अफगानिस्तानलाई संसारकै सबैभन्दा असुरक्षित देश ठहर गरिएको छ । हालै सार्वजनिक गरिएको ग्लोबल वुमन सेफ्टी इन्डेक्स अनुसार अफगानिस्तान सूचीको सबैभन्दा तल रहेको हो भने यमन दोस्रो स्थानमा परेको छ ।

वर्ल्ड पपुलेसन रिभ्युको प्रतिवेदनअनुसार सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि अफगानिस्तान महिलाका लागि विश्वकै सबैभन्दा जोखिमपूर्ण देश बनेको उल्लेख गरिएको छ ।

युद्ध, राजनीतिक अस्थिरता र कट्टर सामाजिक मान्यताका कारण धेरै देशमा महिलाको जीवन गम्भीर जोखिममा परेको प्रतिवेदनमा जनाइएको छ । महिला सुरक्षा सूचकांकमा अफगानिस्तानले ०.२७९ अंक पाएको छ । त्यहाँ महिलाको सार्वजनिक जीवनमा सहभागिता अत्यन्त न्यून रहेको र उनीहरूमाथि कडा सामाजिक प्रतिबन्ध लागू गरिएको बताइएको छ ।

शिक्षा र रोजगारीजस्ता आधारभूत अधिकार समेत स्थानीय नीतिमा निर्भर रहेको तथा महिलाको स्वतन्त्रता लगभग समाप्त भएको प्रतिवेदनमा उल्लेख छ । यस सूचीमा ०.३२३ अंकसहित यमन दोस्रो स्थानमा रहेको छ । लामो समयदेखि जारी गृहयुद्धका कारण त्यहाँको स्वास्थ्य सेवा र पूर्वाधार प्रणाली ध्वस्त बनेको जनाइएको छ । त्यसपछि मध्य अफ्रिकी गणराज्य ०.३६२ अंकसहित तेस्रो र सिरिया ०.३६४ अंकसहित चौथो स्थानमा रहेका छन् । सिरियामा वर्षौंदेखिको द्वन्द्वले महिलालाई विस्थापन, असुरक्षा र मानसिक तनावतर्फ धकेलेको प्रतिवेदनमा उल्लेख गरिएको छ । लोकतान्त्रिक गणतन्त्र कंगो ०.३८४ अंकसहित सूचीको अर्को जोखिमपूर्ण देश बनेको छ ।

विज्ञहरूले यी तथ्यांक केवल अंक नभई दैनिक डर, असुरक्षा र विस्थापनबीच बाँचिरहेका लाखौं महिलाको वास्तविक पीडा झल्काउने संकेत भएको बताएका छन् । सुडान ०.३९७ र दक्षिण सुडान ०.४११ अंकसहित सूचीमा परेका छन् । ती देशमा राजनीतिक अस्थिरता र आर्थिक संकटका कारण महिलाको जीवन अझ चुनौतीपूर्ण बनेको प्रतिवेदनमा जनाइएको छ ।

यस सूचीमा डेनमार्क ०.९३९ अंकसहित महिलाका लागि सबैभन्दा सुरक्षित देश बनेको छ भने आइसल्याण्ड दोस्रो, नर्वे तेस्रो, स्विडेन चौथो, फिनल्याण्ड पाँचौं स्थानमा रहेका छन् । त्यस्तै यस सूचीमा अस्ट्रेलिया ११औं स्थानमा रहेको छ भने क्यानडा १६औं स्थानमा रहेको छ । महिला सुरक्षा इन्डेक्समा अमेरिका ३१औं स्थानमा छ । त्यसैगरी नेपाल ०.६३१ अंकसहित १२०औं स्थानमा रहेको छ ।  त्यसैगरी भारत यस सूचीमा १३१औं स्थानमा रहेको छ भने चीन ८९औं स्थानमा रहेको छ ।

Read More

काँग्रेसले आज र भोली कर्णाली प्रदेशस्तरीय भेला गर्दै

काठमाडौँ । नेपाली कांग्रेसले आज कर्णालीमा प्रदेशस्तरीय भेला गर्दैछ । काँग्रेसले कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला अन्तरगत आज र भोली भेला गर्न लागेको हो ।   

भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ । भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता रहने बताइएको छ ।

यसअघि वैशाख २६ र २७ गते धनगढी, कैलालीमा काँग्रेसले सुदूरपश्चिम स्तरीय भेला गरिसकेको छ ।

काँग्रेसले गण्डकी प्रदेशमा वैशाख ३१ र जेठ १ गते पोखरा, कास्कीमा, बागमती प्रदेशमा जेठ ४ र ५ गते धुलिखेल, काभ्रेपलाञ्चोकमा, मधेश प्रदेशमा जेठ ६ र ७ गते वर्दिवास, महोत्तरीमा, कोशी प्रदेशमा जेठ ८ र ९ गते लौकी, सुनसरीमा भेला र लुम्बिनी प्रदेशमा जेठ १४ र १५ गते तिलोत्तमा, रुपन्देहीमा भेला गर्ने बताउएको छ ।

Read More

इरानको खार्ग टापुनजिक ठूलो मात्रामा तेल चुहावट भएको आशंका

काठमाडौँ । फारसको खाडीस्थित इरानको खार्ग टापुनजिक ठूलो मात्रामा तेल चुहावट भएको आशंका गरिएको छ । सार्वजनिक भएका उपग्रह तस्बिरहरूमा समुद्रमा फैलिएको तेल स्पष्ट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

न्युयोर्क टाइम्सका अनुसार अमेरिकी प्रतिबन्ध र होर्मुज जलडमरु क्षेत्रमा बढ्दो तनावका कारण यो अवस्था सिर्जना भएको हुनसक्ने अनुमान गरिएको छ ।

अर्बिटल ईओएस नामक संस्थाका अनुसार समुद्रमा तेल ५१ वर्ग माइलभन्दा बढी क्षेत्रमा फैलिएको छ । प्रारम्भिक अनुमानअनुसार तीन हजार ब्यारेलभन्दा बढी तेल समुद्रमा बगेको हुनसक्ने बताइएको छ ।

प्रतिवेदनहरूमा अमेरिकी प्रतिबन्ध र नौसैनिक दबाबका कारण इरानको तेल निर्यात प्रभावित भएको उल्लेख गरिएको छ । धेरै तेल ट्यांकर रोकिएको अवस्था रहेको तथा देशभित्र तेल भण्डारण गर्ने ठाउँ अभाव हुन थालेको दाबी गरिएको छ । यही कारण अतिरिक्त तेल समुद्रमा फालिएको हुनसक्ने आशंका गरिएको हो ।

ह्याम्बर्ग प्रविधि विश्वविद्यालयका प्राध्यापक निमा शोकरीले तेलका इनार एक्कासि बन्द गर्न सहज नहुने बताएका छन् । उनका अनुसार त्यसो गर्दा पाइपलाइन अवरुद्ध हुनसक्ने वा तेल भण्डारण प्रणालीमै क्षति पुग्न सक्छ ।

उनले तेलका इनार चाहेको बेला बन्द र सञ्चालन गर्न सकिने सामान्य मेसिनजस्तो नभएको टिप्पणी गरेका छन् ।

केही विज्ञहरूले भने खार्ग टापुनजिक पुरानो पाइपलाइनमा चुहावट हुनु पनि घटनाको कारण हुनसक्ने बताएका छन् । फैलिएको तेल बिस्तारै साउदी अरबको समुद्री क्षेत्रतर्फ बढिरहेको दाबी गरिएको छ, जसले वातावरणीय क्षतिको जोखिम समेत बढाएको छ ।

यता इरानले भने तेल चुहावट सम्बन्धी सबै दाबी अस्वीकार गरेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार इरान आयल टर्मिनल्स कम्पनीले गरिएको जाँचमा कतै पनि तेल चुहावटको प्रमाण नभेटिएको जनाएको छ ।

Read More

ट्रम्पले अस्वीकार गरे इरानको प्रस्ताव

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको नयाँ शान्ति प्रस्ताव अस्वीकार गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै इरानी प्रतिनिधिहरूको जवाफ आफूलाई बिल्कुल मन नपरेको बताएका हुन् । उनले उक्त प्रस्ताव स्वीकार गर्न नसकिने उल्लेख गरेका छन् । यसअघि पनि ट्रम्पले इरानमाथि वार्तामा खेल खेलिरहेको आरोप लगाएका थिए ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार तेहरानले आइतबार पाकिस्तानमार्फत अमेरिकालाई नयाँ प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमा युद्ध अन्त्य गर्ने, फारसको खाडी र होर्मुज जलडमरु क्षेत्रमा समुद्री सुरक्षा सुनिश्चित गर्ने, आर्थिक प्रतिबन्ध हटाउने तथा आणविक कार्यक्रममा वार्ता गर्ने विषय समेटिएको थियो ।

यसै सातामात्र अमेरिकाले इरानलाई १४ बुँदे प्रस्ताव पठाएको थियो । प्रस्तावअनुसार इरानले कम्तीमा १२ वर्षसम्म युरेनियम संवर्धन रोक्नुपर्ने र आफूसँग रहेको करिब ४४० किलो ६० प्रतिशत संवर्धित युरेनियम अमेरिकालाई बुझाउनुपर्ने शर्त राखिएको थियो ।

यसको बदलामा अमेरिकाले इरानमाथिका केही प्रतिबन्ध खुकुलो बनाउने, रोक्का गरिएका अर्बौं डलर बराबरका सम्पत्ति फुकुवा गर्ने तथा इरानी बन्दरगाहमाथि लगाइएको नौसैनिक नाकाबन्दी हटाउने प्रस्ताव गरेको थियो ।

तर विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनअनुसार इरान आफ्नो आणविक कार्यक्रम र उच्चस्तरमा संवर्धित युरेनियम पूर्ण रूपमा त्याग्न तयार देखिएको छैन । इरानी अधिकारीहरूले आफ्नो जवाफ सकारात्मक र व्यवहारिक रहेको दाबी गर्दै अब निर्णय अमेरिकाले गर्नुपर्ने बताएका छन् । दुवै देशले अप्रिल ८ देखि लागू युद्धविराम अन्त्य भएको घोषणा भने गरेका छैनन् ।

Read More

आजदेखि जेठ ३ गतेसम्म ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गर्न लागिएको सरकारले जनाएको छ । यो विशेष अभियान सोमबारदेखि सुरु भई जेठ ३ गतेसम्म सञ्चालन हुनेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय र पत्राचारअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसलाई कार्यान्वयनका लागि देशभरका निकायलाई निर्देशन दिइसकेको छ ।    

अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई निर्देशन दिइसकिएको बताइएको छ ।    

प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्यसूची राख्न आह्वान गरी सोको नियमित अनुगमन गर्नेछन् । यस्तै, जिल्ला प्रशासन कार्यालयलाई जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक प्रचारप्रसार गर्ने र नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ । केन्द्रीय र प्रदेश बजार अनुगमन समितिले बजारको मूल्याङ्कन गर्ने, अनुगमन टोली खटाउने र नियम पालना नगर्नेमाथि कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउनेछन् ।

बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता नहुँदा र उपभोक्ताहरूले वास्तविक मूल्य थाहा नपाउँदा ठगिनेक्रम बढेको विषयमा गुनासा बढेपछि सरकारले अभियान सञ्चालन गर्न लागेको हो ।    

बजारमा उपलब्ध हुने हरेक वस्तु तथा सेवाको मूल्यमा स्पष्टता र पारदर्शिता ल्याउन, व्यापारी र सेवा प्रदायकलाई जवाफदेही बनाउन, अनिवार्य मूल्यसूचीको व्यवस्था लागू गर्न र अनुगमन प्रणालीलाई चुस्त बनाउँदै दोषीमाथि तत्काल कारबाही सुनिश्चित गर्न यो अभियान सुरु गर्न लागिएको जनाइएको छ ।

Read More

वेस्ट ह्यामविरुद्ध आर्सनलको महत्वपूर्ण जित

काठमाडौँ । आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्यामविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा खेलको ८३औं मिनेटमा लीन्द्रो ट्रोसार्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि आर्सनल यस सिजनको लिग उपाधि जित्ने लक्ष्यतर्फ एक कदम गाडी बढेको छ । आर्सनलको ३६ खेलमा ७९ अंक भएको छ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अगाडी भएको छ । त्यस्तै म्यानचेस्टर सिटीले भने एक खेल कम खेल्दै ३५ खेलमा ७४ अंकसहित आर्सनललाई पछ्याइरहेको छ ।

अब आर्सनलले लिगका बाँकी दुई खेल बर्नली र क्रिस्टल प्यालेससँग खेल्ने छ भने म्यानचेस्टर सिटीले बाँकी तीन खेल क्रिस्टल प्यालेस, बोर्नमाउथ र एस्टन भिल्लासँग खेल्ने तालिका रहेको छ ।

Read More

आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरु शिर्ष स्थानमा, हारसँगै मुम्बई बाहिरियो

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले लखनउलाई २ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १६७ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

बैंगलुरुको जितमा क्रुनाल पाण्डेयले सर्बाधिक ७३ रन बनाएका थिए भने ज्याकब बेठेलले २७, जितेश शर्माले १८ र देवदत्त पाडिकलले १२ रन बनाएका थिए । त्यस्तै मुम्बईका बलर क्रोबिन बोस्चले ४ विकेट लिए भने दीपक चहरले २ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको मुम्बईले तिलक बर्माको ५७ र नमन धीरको ४७ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १६६ रन बनाएको थियो । त्यस्तै बैंगलुरुका बलर भुवनेश्वर कुमारले ४ विकेट लिएका थिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ११ खेलमा १४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बई इण्डियन्स भने यस सिजनको प्लेअफको दौडबाट बाहिरिएको छ ।

जारी आइपिएल अन्तर्गत आज पञ्जाव किंग्स र दिल्ली क्यापिटल्ससँग हुदैछ ।  

Read More

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बस्दै, राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौँ । आज संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज दिउसो ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दैछ ।

बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यसूची रहेको छ । राष्ट्रपति पौडेलले संबिधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

संसद सचिवालयले दुवै सदनका सांसदहरुलाई दिनको ३: ४५ बजेनै बैठक कक्षमा उपस्थित हुन आग्रह गरेको छ ।

Read More

एल क्लासिकोमा रियल म्याड्रिडलाई हराउदै बार्सिलोनाले जित्यो ला लिगा

काठमाडौँ । बार्सिलोनाले एल क्लासिकोमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई २–० ले पराजित गर्दै लगातार स्पेनीस ला लिगा उपाधि जितेको छ ।

आइतबार राति भएको जितसँगै बार्सिलोना शीर्ष स्थानमा १४ अंकको स्पष्ट अग्रता बनाउँदै तीन खेल बाँकी रहँदै लिग च्याम्पियन बनेको हो । बार्सिलोनाको जितमा मार्कस रासफोर्ड र फेरान टोरेसले सुरुआती गोल गरेका थिए । ती दुई गोल नै टोलीलाई उपाधि दिलाउन पर्याप्त बनेको थियो ।

ला लिगाको इतिहासमा एल क्लासिकोको नतिजाबाट प्रत्यक्ष रूपमा उपाधि निर्धारण भएको यो दोस्रो अवसर हो । यसअघि सन् १९३२ मा दुवै टोलीबीच २–२ को बराबरी भएपछि रियल म्याड्रिड च्याम्पियन बनेको थियो ।

तीन वर्षसम्म ला लिगा जित्न नसकेको बार्सिलोनाले पछिल्ला चार सिजनमध्ये तीन पटक उपाधि जितेको छ । सन् २०२४ मा जाभी हेर्नान्डेजको स्थानमा आएका फ्लिकले प्रशिक्षक बनेपछि दुवै सिजनमा ला लिगा जितेका छन् ।

बार्सिलोनाले कुल २९ पटक ला लिगा जितिसकेको छ । यस सूचीमा ३६ उपाधिसहित रियल म्याड्रिड शीर्ष स्थानमा छ भने एट्लेटिको म्याड्रिड ११ उपाधिसहित तेस्रो स्थानमा रहेको छ । फ्लिकको नेतृत्वमा बार्सिलोनाले हालसम्म पाँच उपाधि जितिसकेको छ । टोलीले दुवै सिजन स्पेनी सुपर कप जितेको थियो भने गत वर्ष कोपा डेल रे पनि हात पारेको थियो ।

त्यस्तै बार्सिलोनाले लगातार ५५ खेलमा गोल गर्ने कीर्तिमान पनि कायम राखेको छ । यो सन् २०१२–१३ को बार्सिलोनापछि दोस्रो उत्कृष्ट प्रदर्शन हो । उक्त सिजन बार्सिलोनाले लगातार ६४ खेलमा गोल गरेको थियो ।

युरोपेली प्रतियोगितामा भने फ्लिकको टोली सफल हुन सकेको छैन । गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टर मिलानसँग पराजित भएको बार्सिलोना यस वर्ष क्वार्टरफाइनलमा एट्लेटिकोसँग बाहिरिएको थियो ।

घरेलु प्रतियोगितामा भने बार्सिलोनाको प्रदर्शन प्रभावशाली रह्यो । अक्टोबरमा सान्टियागो बेर्नाबेउमा भएको एल क्लासिकोमा रियलसँग पराजित हुँदा बार्सिलोना शीर्ष स्थानभन्दा पाँच अंकले पछाडि परेको थियो । तर डिसेम्बरसम्म बार्सिलोनाले पुनः शीर्ष स्थान कब्जा गर्‍यो । त्यसक्रममा रियलले पाँच लिग खेलमध्ये केवल एक खेल जित्न सकेको थियो । कमजोर प्रदर्शनकै कारण प्रशिक्षक जाभी अलोन्सो पदमुक्त भएका थिए ।

सिजनभर अंक तालिकामा उतारचढाव जारी रह्यो । जनवरीमा रियल सोसिडाडसँग र फेब्रुअरीमा जिरोनासँग पराजित भएपछि बार्सिलोनाले अग्रता गुमाएको थियो । त्यसपछि लगातार आठ लिग खेल जितेर रियल फेरि शीर्ष स्थानमा पुगेको थियो । तर रियलले लय कायम राख्न सकेन । ओसासुना, गेटाफे र मायोर्कासँग हार तथा जिरोनासँग बराबरीपछि बार्सिलोनाले सात खेल बाँकी रहँदा नौ अंकको बलियो अग्रता बनाएको थियो । रियल बेटिससँग अंक बाँडिएपछि बार्सिलोनाको अग्रता अझ बढ्यो । गत साता ओसासुनामाथि प्राप्त जित बार्सिलोनाको लगातार दशौं लिग विजय थियो, जसले टोलीलाई अस्थायी रूपमा १४ अंकले अगाडि पुर्‍याएको थियो । मे ३ मा रियलले इस्पानियोललाई हराउँदै अन्तर ११ अंकमा झारेपछि बार्सिलोनाको उपाधि उत्सव केही समयका लागि रोकिएको थियो । तर आइतबारको एल क्लासिको हारपछि रियलले उपाधि दौड जोगाउन सकेन ।

यो नतिजासँगै लगातार दोस्रो सिजन रियल म्याड्रिड कुनै पनि प्रतियोगितामा उपाधिविहीन बनेको छ ।

Read More