काठमाडौं । नेकपा एमाले संसदीय दलको नेता चयन निर्वाचनबाट हुने भएको छ ।
सहमतिमा चयन गर्ने विषयमा एकमत हुन नसकेपछि संसदीय दलको नेता निर्वाचनबाट चयन गरिने भएको हो ।
संसदीय दलको नेताका लागि पार्टी उपाध्यक्ष रामबहादुर थापा र युवा नेता सुहाङ नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ ।
संसदीय दलको निर्वाचन आजै सम्पन्न हुने गरी तयारी शुरु गरिएको छ ।
उपाध्यक्ष रहेका रामबहादुर थापालाई सर्वसम्मत बनाउन युवा नेता सुहाङ नेम्वाङले अस्वीकार गरेपछि प्रतिस्पर्धा हुन लागेको एमाले नेताहरूले जानकारी दिएका छन्।




