२०८३ बैशाख १३

इनिशाको शव बुझ्न परिवार सहमत, आज अन्त्येष्टि गरिने

काठमाडौँ । सुर्खेतकी १६ वर्षीया इनिशा बिकको शव बुझ्न परिवार सहमत भएको छ ।

फागुन २३ गते वीरेन्द्रनगरस्थित सामुदायिक वनमा मृत भेटिएकी इनिशाको २७ दिनपछि शव बुझेर आज अन्त्येष्टि गर्न लागिएको हो ।  आज भेरी नदीको सम्झिघाटमा इनिशाको दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले शव बुझ्न अस्वीकार गर्दै आएको थियो । घटनामा संलग्न चार जनालाई पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि परिवार शव बुझ्न तयार भएको हो ।

जिल्ला अदालतको आदेशअनुसार आरोपितहरूलाई बाल सुधार गृह पठाइएको छ ।