काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको अनौपचारिक बैठक बोलाएको छ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार आज काठमाडौँ उपत्यकामा उपलब्ध सांसदहरुको अनौपचारिक छलफल हुने जानकारी दिएका छन् । बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा हुने छलफलमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।
दुई तिहाई नजिक बहुमत भएको रास्वपा सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि सरकारको चौतर्फी आलोचना भइरहेका बेला रास्वपाको संसदीय दलको यस बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।




