भारत, १८ वैशाख । भारतको भुवनेश्वरस्थित कलिंगा इंस्टिचुट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा एक नेपाली विद्यार्थी मृत भेटिएकी छिन् ।
विश्वविद्यालयको एक छात्रावासमा नेपाली छात्राको शव फेला परेको ओडिशा टिभिले जनाएको छ । तर, मृतक नेपाली छात्राको पहिचान भने खुलाइएको छैन । विद्यार्थीहरुका अनुसार उनी बिरगंज निवासी प्रथम वर्षमा अध्ययनरत् विद्यार्थी भएको बताएका छन् ।
कटकका पुलिस कमिश्नर एस देव दत्त सिंहले नेपाली विद्यार्थी मृत फेला परेको पुष्टि गरेका छन् । तर, यो विषयमा विश्वविद्यालयले कुनै जानकारी दिएको छैन ।




