२०८३ बैशाख १३

राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतार भ्रमणमा जाने भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत गरेको  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिएका छन्  । 

राष्ट्रपति पौडेल कतारको दोहामा हुने दोस्रो सामाजिक विकास विश्व सम्मेलनमा भाग लिन कार्तिक १७ देखि २० गतेसम्म त्यसतर्फ जाने भएका छन् ।