काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि २ लाख ८१ हजार १२९ नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगको कार्यालयले दिएका जानकारी अनुसार आज मात्रै १२ हजार ६०१ पुरुष र ११ हजार ९ महिला गरी २३ हजार ६१४ नयाँ मतदाता थपिएका छन् ।
यसैबिच आयोगले मतदाता नामावली संकलनमा देखिएको उत्साह र चापलाई ध्यानमा राख्दै नामावली संकलनका लागि पाँच दिन थप गरेको छ ।
यसअघि आयोगले मतदाता नामावली संकलनका लागि नयाँ नाम दर्ता गर्न कात्तिक ३० गतेसम्मको म्याद तोकेको थियो ।




