काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने बैंक जमानत बुझाएर रिहा भएका छन्। सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा थुनामा रहेका लामिछानेले कुल २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत पेश गरेपछि मुक्त भएका हुन्।
आज भैरहवास्थित जिल्ला अदालत रुपन्देहीमा आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै बैंक जमानत बुझाएपछि उनलाई रिहा गरिएको हो। अदालतको आदेशअनुसार जमानत पेश भएसँगै लामिछाने थुनामुक्त भएका छन्।
उनको रिहाइसँगै राजनीतिक वृत्तमा चासो बढेको छ भने समर्थकहरूमा समेत उत्साह देखिएको छ।




