२०८३ बैशाख १३

सुपर मार्केट रहेको बाम शक्ति नाङलो पसल बनेको गोकुल बास्कोटाको टिप्पणी

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले यस निर्वाचनमा वामपन्थी शक्तिलाई ६२ प्रतिशत नोक्सानी भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यसपटक वाम शक्तिलाई करिब ६२ प्रतिशत नोक्सानी परेको टिप्पणी गर्दै यसको कारण खतरा, घेराबन्दी र षड्यन्त्रजस्ता विषयको विश्लेषण र तयारी पहिले नै गरिएको हुन सक्ने बताएका छन् । उनले सुपर मार्केट नाङलो बन्यो भनेर चासो राख्न आवश्यक नदेखिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘काकाको बारीको समेत हिसाब गर्दा ६२ प्रतिशत लस परेछ- वाम पसललाई यो पल्ट । सुपर मार्केट नाङलो बन्यो भनेर चासो राख्न आवश्यक देखिन यसर्थ कि खतरा विष्लेषण र संस्लेषण रेडि नै होला- धोका, घेराबन्दी, षडयन्त्र आदि भन्ने । सिण्डीकेट, प्रतिशोध र प्रालिको कुरा पर्दैन ।अब फिचर विनाको नोकियाको ब्राण्डिङ न हो ।’