काठमाडौँ । सभामुखको चयनपछि आज बस्ने प्रतिनिधि सभाको बैठक अघि सर्बदलीय बैठक बस्ने भएको छ । संघीय संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक बिहान ११ बजे बस्ने भएको हो ।
बैठकमा आगामी दिनमा संसद संचालन गर्न, कार्यव्यवस्था परामर्श समितिको गठन गर्ने विषयमा छलफल हुने बताइएको छ । कार्यव्यवस्था समितिले संसदको कार्यसूची तय गर्ने गर्दछ ।
आज दिउसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा यस अघिवेशनको पहिलो बैठकमा पेस भएका तीन अध्यादेशलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने कार्यसूची रहेको छ ।




