२०८३ बैशाख १३

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका गुप्तचर प्रमुख खादेमी मारिए

काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका गुप्तचर प्रमुख माजिद खादेमी अमेरिकी-इजरायली हमलामा मारिएका छन्।

आईआरजीसीले सोमबार सार्वजनिक गरेको वक्तव्यअनुसार खादेमीको मृत्यु अप्रिल ६ को बिहान भएको हो । घटनापछि इजरायलका रक्षा मन्त्रीले आक्रमणको जिम्मेवारी लिएको बताएका छन् भने इजरायली सेनाले पनि यसलाई आईआरजीसीका लागि ठूलो धक्का भएको जनाएको छ ।

खादेमी केही महिनाअघि मात्रै उक्त जिम्मेवारीमा नियुक्त भएका थिए । यसअघि इजरायली आक्रमणमा पूर्व गुप्तचर प्रमुखको मृत्यु भएपछि उनलाई नयाँ कमाण्डर बनाइएको थियो ।

उनले इरानको साइबर सुरक्षालाई मजबुत बनाउन घरेलु इन्टरनेट प्रणालीलाई प्राथमिकता दिनुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका थिए ।

विश्लेषकहरूका अनुसार पछिल्लो घटनाले इरान र अमेरिका-इजरायलबीचको तनाव अझ बढ्ने संकेत देखिएको छ ।

Read More

प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन १५ सदस्यीय मस्यौदा समिति गठन

काठमाडौं । प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन १५ सदस्यीय मस्यौदा समिति गठन गरिएको छ । 

सोमबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको प्रस्तावबमोजिम रास्वपाका सांसद गणेश पराजुलीको सभापतित्वमा सबै दलका सदस्यहरू सम्मिलत समिति बनाइएको हो । सो समिति बनाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

समितिमा सांसदहरु ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निष्कल राई, बलावती शर्मा, मधु चौलागाइँ, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादल र डा. सुलभ खरेल छन् ।

समितिले सभामुखको सामान्य निर्देशनमा रही आफ्नो कार्यविधि आफैं तय गर्नेछ भने समितिलाई कार्यप्रारम्भ भएको मितिले १४ दिन कार्यअवधि दिइएको छ । 

नयाँ नियमावली निर्माण नहुञ्जेल हाल २०७९ को निवयमालीअन्तर्गत प्रतिनिधि सभा सञ्चालन गरिएको छ ।

Read More

बागमती प्रदेशसभाको अधिवेशन आह्वान

काठमाडौं । बागमती प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशको प्रदेशसभाको १७औँ अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख देवकोटाले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम वाग्मती प्रदेशसभाको बैठक यही चैत २४ गते दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Read More

२०८२ मा ५६ नेपाली चलचित्रले गरे १ अर्ब ८ करोडको व्यापार

काठमाडौं । चलचित्र विकास बोर्डले चालु वर्षको वार्षिक रिपोर्ट २०८२  सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार यस वर्ष बोर्डमा २३० वटा चलचित्र दर्ता भएका छन् भने ९४ वटा चलचित्रले सेन्सर सिफारिस प्राप्त गरेका छन्।

बोर्डका अनुसार यस अवधिमा ५६ वटा नेपाली चलचित्र र ९३ वटा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनमा आएका छन् । यसैगरी, देशभर ८ वटा नयाँ सिनेमा हल दर्ता भएका छन् भने हाल सञ्चालनमा रहेका कुल हल संख्या १७२ पुगेको छ ।

वितरण क्षेत्रतर्फ पनि यस वर्ष उल्लेखनीय गतिविधि देखिएको छ । बोर्डको विवरणअनुसार ९ वटा नयाँ वितरक दर्ता भएका छन् भने कुल वितरक संख्या ४४ पुगेको छ ।

व्यापारिक तथ्याङ्कतर्फ हेर्दा नेपाली चलचित्रले यस वर्ष १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० बराबरको व्यापार गरेको छ। नेपाली चलचित्र हेर्ने दर्शकको संख्या ३७ लाख ८१ हजार ५४४ रहेको बोर्डले जनाएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय चलचित्रतर्फ १ अर्ब ११ करोड ५२ लाख ६७ हजार ७४९ बराबरको कलेक्सन भएको छ भने ३३ लाख २२ हजार ७५७ टिकट बिक्री भएको तथ्याङ्कमा उल्लेख छ । तथ्यांकअनुसार यो बर्ष ४ लाख ५८ हजार ७ सय ७८ जना बढि दर्षकले स्वदेशी  चलचित्र सिनेमा हल गएर हेरेका छन् ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको यो वार्षिक समरीले नेपाली चलचित्र उद्योगको उत्पादन, प्रदर्शन, वितरण तथा व्यापारिक गतिविधि निरन्तर विस्तारोन्मुख रहेको संकेत गरेको छ ।

बोर्डले यस्ता तथ्याङ्कले चलचित्र क्षेत्रको वास्तविक अवस्थाको मूल्यांकन गर्न, नीतिगत योजना बनाउन तथा उद्योगको आगामी दिशा तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

Read More

नेप्से ८३.३३ अंकले बढ्यो, १० अर्ब ९२ करोड कारोबार

काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ । आज सोमबार नेप्से ८३.३३ अंकले बढेर २७६०. ०२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४५ कम्पनिका २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता शेयर १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८६३ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, उपकर लघुवित्त, भुजुङ हाइड्रो,  रिडी पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सुपर खुदि, सुर्यकुण्ड हाइड्रो, होटल फरेस्ट इन र रिज लाइन इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी लक्ष्मी बैंक डिभेन्चरको शेयर ३.१० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिलाइन्स स्पिनिग मिल्सको एक अर्ब १३ करोड ५८ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको ५४ करोड ९२ लाख बराबरीको कारोबार भएको छ ।

Read More

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा २१ सांसद मनोनीत

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिमा २१ सांसदलाई मनोनीत गरिएको छ । सभामुख डीपी अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा २१ सांसद मनोनीत गरिएको जानकारी गराएका हुन् । 

कार्यव्यवस्थामा अच्युतम लामिछाने, अप्सना बानु, आर्येन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा.राम लामा र विपिनकुमार आचार्य रहेका छन् । 

Read More

सरकार शेयर बजारप्रति उदार छ, अफवाहप्रति सचेत बनौं- अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार शेयर बजारप्रति उदार रहेको बताएका छन् ।

सोमबार स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग भएको भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकार शेयर बजारको बारेमा उदार रहेको स्पष्ट गर्दै पार्टीको घोषणापत्रमै स्पष्ट दृष्टिकोण राखिएको बताएका छन् । उनले पछिल्लो समय बजारमा फैलाइएका अफवाहप्रति सचेत रहन उनले सबैलाई आग्रह गरे ।

अर्थमन्त्री डा. वाग्लेले आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने दाबी गरेका छन् । उनले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार गम्भीर रूपमा सुशासनका काममा केन्द्रित रहेको बताउदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार निजी क्षेत्रविरोधी नभएको बताए । उनले सरकार निजी क्षेत्रमैत्री रहेको दाबी गर्दै आफ्नो पहिलो निर्णयले नै त्यसको पुष्टि गरेको बताए ।

भेटमा एसोसिएसनका प्रतिनिधिहरुले हाल बजारमा गलत हल्ला फैलाइएको, शेयर बेचेर बाहिरिएका तथा पुनः बजारमा प्रवेश गर्न खोज्ने केही समूहले साना लगानीकर्तालाई त्रसित बनाउने अफवाह फैलाइरहेकोप्रति अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गरेका थिए ।

Read More

इरान र अमेरिकाबीच युद्धविरामको प्रस्ताव

काठमाडौँ । इरान र अमेरिकाबीच जारी युद्ध रोक्न सहमति प्रयास भएको छ । रिपोर्टका अनुसार पाकिस्तानले दुवै देशसमक्ष युद्धविरामको प्रस्ताव राखेको छ ।

प्रस्तावलाई अस्थायी रूपमा ‘इस्लामाबाद सम्झौता’ नाम दिइएको बताइएको छ । यसलाई दुई चरणमा अघि बढाउने योजना रहेको छ, जसअनुसार पहिलो चरणमा तत्काल युद्धविराम लागू गरिनेछ भने दोस्रो चरणमा १५ देखि २० दिनभित्र अन्तिम सम्झौता टुंग्याइनेछ ।

पाकिस्तानका सेना प्रमुख असिम मुनीरले अमेरिकी र इरानी नेतासँग रातभर छलफल गरेको जनाइएको छ । प्रस्तावमा होर्मुज जलडमरू पुनः खोल्ने विषय पनि समेटिएको छ, जसले विश्वव्यापी तेल आपूर्ति सहज बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यसअघि पनि ४५ दिनको अस्थायी युद्धविरामको सम्भावना रहेको खबर सार्वजनिक भएको थियो । उक्त अवधिमा स्थायी शान्ति सम्झौताका लागि वार्ता हुने बताइएको  छ। यस प्रक्रियामा पाकिस्तानसँगै मिस्र र टर्कीले मध्यस्थताको भूमिका निर्वाह गरिरहेका छन् ।

विश्लेषकहरूका अनुसार आगामी ४८ घण्टा यो सम्झौताका लागि निर्णायक हुने देखिएको छ ।

यस अघि भएका युद्ध विरामका प्रस्तावलाई भने इरानले अस्वीकार गर्दै आएको थियो । इरानले दिर्घकालिन युद्ध रोक्ने विषयमा मात्र आफु इच्छुक भएको बताउदै आएको छ । इरानले पटक पटक युद्धविरामको प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पले मंगलबारसम्म होर्मुज नखोले इरानका उर्जा केन्द्रहरुमा आक्रमण गर्ने अन्तिम चेतावनी दिएका छन् ।

Read More

सामाजिक संजालको नियमन गर्न सांसद विकको माग

काठमाडौं । नेकपा एमालेकी सांसद विष्णुमाया बिकले सामाजिक सञ्जाललाई नियमन गर्न माग गरेकी छन् ।

प्रतिनिधि सभामा बोल्दै सांसद विकले एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा भएको प्रदर्शनमा अमिशा पराजुलीले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमार्फत भएको हिंसाबारे सदनमा ध्यानाकर्षण गराउदै अहिले उनीमाथि साइबर आक्रमण भएको बताएकी थिइन् ।

उनले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने भन्दै नारा–जुलुश गरेकै कारण सामाजिक सञ्जालमार्फत हमला भएकोप्रति संसद र सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

उनले सामाजिक सञ्जालले प्रधानमन्त्री र मन्त्री कसलाई बनाउने भन्ने समेत निर्धारण गरिरहेको बताउँदै सामाजिक सञ्जाललाई तुरुन्त नियमन गर्न माग गरेकी थिइन् । सांसद विकले ओली र रमेश लेखकलाई तुरुन्त रिहाई गरी अनुसन्धान गर्न पनि उनले आग्रह गरेकी थिइन् ।

Read More

खुश्बु ओलीको सरकारलाई प्रश्न- विदेशी ऋण किन लिएको ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सरकारले लिएको विदेशी ऋण बारे प्रश्न उठाएकी छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद ओलीले सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट ऋणबाट लिएकोप्रति प्रश्न गर्दै संसदीय समितिमा बहस नगरी, नीतिगत बहस र कुन आवश्यकता प्राथमिकिकरण मूल्याङ्कनका आधारमा यो निर्णय गरियो ? भन्दै उनले सरकारले यस विषयमा संसदमा जवाफ दिन माग गरेकी छन् ।

उनले अझै संसदीय समिति र उपसमिति गठन हुन बाँकी रहेको अवस्थामा सरकारले अपारदर्शी निर्णय गरेको भन्दै सो ऋण सरकारले माग गरेको हो कि प्रस्ताव गरिएको हो ? भन्दै प्रश्न गरेकी थिइन् ।

Read More