२०८३ बैशाख १३

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरवारमा बस्ने भएको हो । बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ।

काँग्रेसले प्रतिनिधिसभामा अहिलेसम्म संसदीय दलको नेता चयन गरेको छैन । कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, निस्कल राईलगायतको नाम चर्चामा छ ।

काँग्रेसमा विशेष महाधिवेशन पक्ष र देउवा पक्षबीचको विवादको असर संसदीय दलको नेता चयनमा पर्ने देखिएको छ । प्रतिनिधि सभामा काँग्रेसबाट प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी कुल ३८ सांसद रहेका छन् । 

Read More

राष्ट्रिय सभाको बैठक बस्दै, उपाध्यक्ष चयन गर्ने कार्यसूची

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १२: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक शुरु हुदैछ ।

आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन हुने कार्यसूची रहेको छ । उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिला कुमारी भण्डारीको एक उम्मेदवारी परेकोले उनी निर्बिरोध निर्वाचित भएको घोषणा गरिने छ ।

त्यस्तै आज प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक बर्ष २०८०- ८१ को चौबिसौं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची समेत रहेको छ ।

Read More

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आजपनि हुदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि हुदैछ  ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा पेशी तोकेर सुनुवाई शुरु भएकोमा सुनुवाई नसकिएपछि यो रिट हेर्दा हेर्दैमा राखिएको थियो । आइतबार निवेदक पक्षका वकिलको बहस सकिएको छ भने अब आज सरकार पक्षका वकिलको बहस हुने भएको छ ।

यसअघि अलग अलग इजलासले जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ पेश गरिसकेकाले आजदेखि संयुक्त इजलासमा सुनुवाइ शुरु भएको हो । 

भदौ २३ र २४ गतेको आन्दोलनको जाँचबुझ समितिको सिफारिसका आधारमा ओली र लेखक चैत १४ गते पक्राउ परेका थिए ।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

Read More

पीएम कपमा आज दुई खेल हुदै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् ।  आज पीएम कपमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच जनकपुरमा खेल हुदैछ । 

जारी पीएम कपमा एपीएफ क्लबको ६ खेलमा ५ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशको ६ खेलमा १० अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै आज अर्को खेल कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबीच पर्सामा खेल हुदैछ । जारी पीएम कपमा कर्णाली प्रदेश ६ खेलमा ३ अंकसहित नवौं स्थानमा छ भने त्रिभुवन आर्मी क्लब ५ खेलमा ९ अंकसहित दोस्रो स्थानमा छ ।

एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहेको छ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । 

‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गरिरहेका छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । 

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

Read More

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने

काठमाडौं । आजदेखि शैक्षिक संस्थाबाहेक देशभरका सम्पूर्ण सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन् । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने जनाएको हो ।

मध्यपूर्वमा भएको युद्धका कारण इन्धन संकट बढ्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले  सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको छ । साथै सरकारले सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने निर्णय गरको थियो । 

यसैबीच राष्ट्र बैंकले पनि आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि ५  बजेसम्म हुने तर कत्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपराहन्न ४ बजेसम्म हुने परिपत्र गरेको छ ।

Read More

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा गृहमन्त्री सुदन गुरुङले तीन अध्यादेशहरु पहिलो ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, दोस्रो प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र तेस्रो नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेस, २०८२ रहेको छ ।

साथै आजदेखि नवनिर्वाचित सभामुख डिपी अर्यालले पहिलो पटक संसदको कारवाही संचालन गर्ने भएका छन् ।

Read More

आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरु अपराजित, चेन्नईको लगातार तेस्रो हार

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा बैंगलुरुले चेन्नई सुपर किंग्सलाई ४३ रनले पराजित गरेको हो ।

रोयल च्यालेन्जर्सले दिएको २५१ रनको लक्ष्य पछाएको चेन्नईले १९.४ ओभरमा अल आउट हुदै २०७ रन बनाएको थियो । चेन्नईका लागि सरफराज खानले २५ बलमा ५० रन बनाएका थिए भने प्रशान्त वीरले ४३ र जामी ओभरटनले ३७ रन बनाएका थिए ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुका भुवनेश्वर कुमारले ३ विकेट लिए भने ज्याकब डफी, अभिनन्दन सिंह र क्रुनाल पाण्डेयले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले २० ओभरमा ३ विकेट गुमाएर २५० रन बनाएको थियो । बैंगलुरुका लागि टिम डेभिडले सर्बाधिक ७० रन बनाएका थिए भने देवदत्त पाडिकलले ५०, कप्तान रजत पाटीदारले ४८, फिल साल्टले ४६ र विराट कोहलीले २८ रन बनाएका थिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको २ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै चेन्नई सुपर किंग्सले भने लगातार तेस्रो हार बेहोरेको छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको केही स्थानहरू, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू तथा लुम्बिनी, बागमती र कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/ सहित हल्का वर्षा/हिमपात भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

Read More

२०८२ चैत २३ गते सोमबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ चैत २३ गते सोमबार ईस २०२६ अप्रिल ६ नेपाल सम्बत ११४६ चौलाथ्व चतुर्थि, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल चतुर्थी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सिद्धि योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५१ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । आज परदेशमा रहेका आफन्तजन वा बिछोडिएका पुराना सँगीसाथीसँग पुनर्मिलन हुने समय हो । वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेकोरनजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ । कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ । पुरस्कार प्राप्त गर्ने ग्रहयोग बनेको छ, त्यसैले आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, प्रतिस्पद्र्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् । व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, पार्टनरका तर्फबाट पनि कुनै खुसी हुने कुरा सुन्न पाइने छ र प्रसन्नता बढ्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

पेसागत स्थितिमा सुधार गर्नुछ भने योजना बनाएर काम थाल्न आजको दिन अनुकूल हुनेछ । अन्य दिनका तुलनामा धेरै खट्नुपर्ने समय हो । धार्मिकरसामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । धार्मिकरसामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला । हाकिमको कचकच बढ्नेछ, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

प्रेमभाव प्रकट गर्न अनुकूल समय छ, पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूर्ण काम बेलैमा गरिहाल्नु ठीक हुनेछ । काममा दिलचस्पी देखिंदैन, बरु दूरगामी भविष्यको चिन्तनमा समय बिताउन सक्नुहुन्छ । तर पनि अचानक नसोचेको धन प्राप्त हुनसक्छ । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

मूलतः मनोरञ्जन र मस्तीमा केन्द्रित भइने छ । कार्यक्षेत्रमा पनि राम्रै लगनशीलता देखिने छ । सबैको प्रशंसा बटुलेर मन फुरुङ्ग हुने दिन हो । स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ । पारिवारिक वातावरण सुखशान्तिले भरिपूर्ण देखिन्छ, पतिपत्नीका बीचमा उचित तालमेल कायम हुनेछ । यद्यपि एकअर्काको भावनाको कदर गर्नु समुचित हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ । मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ, पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ । बहुप्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ । सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइरलेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ । नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । सामाजिकता र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्नाले पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप गर्न सकिन्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

आनन्द र प्रसन्नताका साथमा नै नियमित काम सम्पन्न हुनेछन्, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने छ । मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । पूणर्रूपेण तन्मय भएर काममा खट्ने दिन हो, तर आजको थकित दिन पनि साँझमा एउटा रोमान्टिक पलका रूपमा परिणत हुनसक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सामथ्र्यको विकास गर्न सकिने छ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । मानसिक शान्तिको आभास हुनेछ, पार्टनरले तपाईंको भावना बुझ्नेछन्, कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । रुचिको क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्ने दिन हो, थप धनार्जन गर्ने विषयमा चिन्ता गर्न सक्नुहुन्छ, साझेदारीमा आधारित व्यापारबाट राम्रो लाभ हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजग रहनुपर्छ । एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ । परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो ।

Read More