२०८३ बैशाख १३

ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो

काठमाडौँ । ब्रेन्ट कच्चा तेलको मूल्य बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू खोलिएन भने इरानका ऊर्जा संरचनामा आक्रमण गर्ने चेतावनी दिएपछि अन्तर्राष्ट्रिय तेल बजारमा उछाल देखिएको हो ।

अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य १.४ प्रतिशतले बढेर प्रतिब्यारेल ११०.६० डलर पुगेको छ । त्यस्तै अमेरिकी कच्चा तेल १. ८ प्रतिशतले बढेर ११३. ६० डलरमा कारोबार भएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानलाई कडा चेतावनी दिएका थिए । उनले मंगलबारसम्म जलडमरू नखोलिए ऊर्जा पूर्वाधारमा कडा कारबाही हुने संकेत दिएका छन् । केही घण्टापछि उनले नयाँ समयसीमा तोक्दै मंगलबार साँझ ८ बजे (पूर्वी समय) अन्तिम म्याद हुने उल्लेख गरेका छन् ।

यसको जवाफमा इरानका एक वरिष्ठ अधिकारीले युद्धबाट भएको क्षतिको पूर्ण क्षतिपूर्ति नपाएसम्म होर्मुज जलडमरू नखोलिने बताएका छन् ।

यसअघि पनि ट्रम्पले मार्च २१ मा दुई दिनको समयसीमा दिएका थिए, जसलाई पछि अप्रिल ६ सम्म लम्ब्याइएको थियो । पछिल्लो चेतावनी भने अघिल्लो सातासम्म अमेरिकालाई उक्त जलडमरू आवश्यक नरहेको ट्रम्पको भनाइसँग विपरीत देखिएको छ ।

विश्लेषकहरूका अनुसार होर्मुज जलडमरू विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग भएकाले यस क्षेत्रमा तनाव बढ्दा तेल मूल्यमा थप उतारचढाव आउने सम्भावना रहेको छ ।

Read More

फेवाताल किनारको जग्गाबारे स्पष्ट पार्न गृहमन्त्री गुरुङलाई हर्क साम्पाङको सुझाव

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई पोखराको फेवाताल किनारको जग्गा प्रकरणबारे स्पष्ट पार्न माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्री गुरुङको नाममा फेवाताल क्षेत्रमा २० रोपनी जग्गा रहेको चर्चा चलेपछि त्यसबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका हुन् । उनले यस विषयमा पत्रकार सम्मेलन गरी स्पष्ट जानकारी दिनुपर्ने बताएका छन् ।

साम्पाङले आफू प्रतिपक्ष दलको नेताका रूपमा प्रश्न उठाउनु जिम्मेवारी भएको उल्लेख गर्दै मुद्दालाई व्यक्तिगत नभई पदीय दायित्वसँग जोडिएको बताएका छन् । साथै उनले भदौ २४ को विध्वंसका दोषीलाई कारबाही गर्न र अन्य चर्चित मुद्दामा पनि निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेका छन् ।

उनले समयमै स्पष्ट जवाफ नआए जनविश्वास कमजोर हुन सक्ने चेतावनी दिएका छन्।

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको २६ सयले घटेर तोलाको २ लाख ९१ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९४ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले घटेर ४७८० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४८३० मा कारोबार भएको थियो ।

Read More

कम्बोडियाबाट थप ७ नेपालीको उद्धार

काठमाडौँ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका ७ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ ।

अवैध रूपमा सञ्चालन भएका अनलाइन ठगी केन्द्र र क्यासिनोमा काम गर्न बाध्य बनाइएका उनीहरूलाई दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा सुरक्षित रूपमा नेपाल ल्याइएको हो । उद्धार गरिएका नेपालीहरू सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनीहरूलाई गैर आवासीय नेपाली संघ कम्बोडियाले सहजीकरण गरेको थियो । दूतावासका अनुसार कठिन अवस्थामा रहेका अन्य नेपालीहरूलाई पनि क्रमशः स्वदेश फर्काउने प्रयास जारी छ ।

दूतावासले कम्बोडियामा नेपाली नागरिकहरूलाई अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएको र भिसा बिना वा म्याद सकिएपछि पनि बसिरहेको जानकारी प्राप्त भएको जनाएको छ। यस्तो अवस्थामा रहेका नेपालीलाई तुरुन्त सम्पर्क गरी स्वदेश फर्कन आग्रह गरिएको छ।

उद्धार प्रक्रियामा संलग्न निकायका अनुसार ठगी केन्द्रहरूमा काम गर्ने धेरै नेपालीको राहदानी कम्पनीहरूले जफत गर्ने गरेका छन्। कतिपयले स्थानान्तरणका क्रममा राहदानी हराएको गुनासो समेत गरेका छन्। यस्तो अवस्थामा दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र जारी गरेर स्वदेश फर्काउन सहयोग गर्दै आएको छ।

पछिल्लो तथ्यांकले कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको देखाएको छ। सन् २०२१ मा १०१ जना मात्रै पुगेका नेपाली २०२२ मा १ हजार ९७७, २०२३ मा २ हजार ९४०, २०२४ मा ६ हजार ४०४ र २०२५ मा ९ हजार ६७६ पुगेका छन्।

दूतावासले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिन र छिटो धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार तथा थाइल्याण्डजस्ता मुलुकमा भ्रमणको बहानामा नजान पुनः आग्रह गरेको छ ।

Read More

इरान युद्धले दुबईको पर्यटन उद्योग संकटमा

काठमाडौँ । पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वकै प्रमुख पर्यटन गन्तव्य दुबईमा गम्भीर रूपमा देखिएको छ । एक समय पर्यटकको भीडले भरिने यो सहर अहिले खाली होटल, सुनसान रेस्टुरा र प्रभावित हवाई सेवा कारण संकटमा परेको छ ।

सन् २०२५ मा करिब १ करोड ९५ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याएको दुबईमा अहिले पर्यटन आम्दानी ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म घटेको व्यवसायीहरूले बताएका छन् । होटलको कोठा भाडा दर पनि धेरै ठाउँमा १५-२० प्रतिशतमा सीमित भएको छ। पहिले सधैं भरिभराउ हुने रेस्टुराँहरू अहिले प्रायः खाली देखिन थालेका छन् ।

होटल तथा रेस्टुराँ क्षेत्रमा काम गर्ने व्यवसायीका अनुसार अवस्था झन् बिग्रँदै गएको छ। एक ठूलो आतिथ्य समूहले आफ्नो आम्दानी आधाभन्दा बढी घटेको जनाएको छ भने पर्यटकमा निर्भर सेवा केन्द्रहरूमा ७०-८० प्रतिशतसम्म गिरावट आएको छ । यसका कारण धेरै संस्थाले आधाभन्दा बढी कर्मचारीलाई बिना तलब बिदामा पठाउनुपरेको अवस्था छ ।

युद्ध सुरु भएको पहिलो महिनामै संयुक्त अरब इमिरेट्समा २ लाख २६ हजारभन्दा बढी छोटो अवधिका बुकिङ रद्द भएका छन् । पछिल्ला वर्षमा तीव्र रूपमा बढेको होटल र अपार्टमेन्ट आपूर्ति अहिले माग घटेपछि ठूलो दबाबमा परेको छ ।

यस संकटको सबैभन्दा ठूलो असर आप्रवासी कामदारहरूमा परेको छ । धेरैले रोजगारी गुमाएका छन् भने कतिपयलाई बिना तलब बिदा दिइएको छ । एक दक्षिण एसियाली कामदारका अनुसार अवस्था कोरोना महामारीजस्तै देखिएको छ र फेरि काम गुमाएर घर फर्किनुपर्ने डर बढेको छ । धेरै कामदार पहिलेदेखि नै ऋणमा रहेकोले समस्या अझ गहिरिएको छ ।

यदि युद्ध लम्बियो भने यसले मध्यपूर्वको पर्यटन क्षेत्रमा अझ ठूलो क्षति पुर्‍याउने अनुमान गरिएको छ । अध्ययनअनुसार २ करोड ३० लाखदेखि ३ करोड ८० लाखसम्म कम पर्यटक आउन सक्नेछन्, जसले अर्बौं डलर बराबरको आम्दानी गुम्न सक्छ । युद्ध छिट्टै अन्त्य भए पुनः सुधार सम्भव भए पनि लामो समय चल्दा गर्मीयामको पर्यटन नै प्रभावित हुने चिन्ता बढेको छ ।

 युद्धका कारण हवाई क्षेत्रमा पनि ठूलो धक्का लागेको छ। अबुधाबी र दोहा जस्ता प्रमुख ट्रान्जिट केन्द्रहरूमा उडान प्रभावित भएका छन् । धेरै उडान रद्द भएका छन् भने समय तालिका बारम्बार परिवर्तन भइरहेका छन् । इन्धन आपूर्ति अस्थिर हुँदा भाडा बढ्ने संकेत पनि देखिएको छ ।

विशेषज्ञहरूका अनुसार यदि गल्फ क्षेत्रका विमान सेवाहरूको क्षमता घट्दै गयो भने आगामी दिनमा हवाई यात्रा महँगो हुने निश्चित छ । युद्ध सुरु भएयता मध्यपूर्वतर्फ जाने ३० हजारभन्दा बढी उडान रद्द भइसकेका छन्, जसले विश्वव्यापी पर्यटन र हवाई क्षेत्र दुवैलाई गम्भीर असर पारेको छ ।

Read More

एफए कपको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ ।  एफए कपको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती क्वाटरफाइनलक खेल सकिएसँगै लिड्स युनाइटेड, चेल्सी, म्यानचेस्टर सिटी र साउथहम्पटन सेमिफाइनलमा पुगेका छन् ।

म्यानचेस्टर सिटीले लिभरपुललाई, चेल्सीले पोर्ट भलेलाई, साउथहम्पटनले आर्सनललाई र लिड्स युनाईटेडले वेस्टह्याम युनाईटेडलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।

अब सेमिफाइनलमा चेल्सी र लिड्स युनाईटेड तथा म्यानचेस्टर सिटी र साउथहम्पटन खेल्ने भएका छन् । सेमिफाइनलका खेल अप्रिल २५ मा हुने भएका छन् ।              

Read More

अमेरिकाले कसरी गर्यो इरानको पहाडबाट सैन्य पाइलटको सुरक्षित उद्धार ?

काठमाडौँ । इरानको पहाडी क्षेत्रमा बेपत्ता भएका अमेरिकी सैन्य पाइलटलाई अमेरिकाले सकुशल उद्धार गरेको विषय अहिले चर्चामा रहेको छ ।

अमेरिकाले इरानमा लडाकु विमान खस्दा बेपत्ता भएका सैन्य पाइलटलाई घटना भएको ३६ घण्टापछि सुरक्षित उद्धार गरेको दाबि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई इतिहासकै सबैभन्दा साहसी खोज तथा उद्धार अभियानको रूपमा उल्लेख गरेका छन् ।

अमेरिकी एफ–१५ ई लडाकु विमानका दुवै पाइलटलाई ३६ घण्टाभित्र इरानबाट उद्धार गरिएको जनाइएको छ । मुख्य पाइलटलाई शुक्रबार राति नै सुरक्षित निकालिएको थियो भने हतियार प्रणाली अधिकृतलाई शनिबार राति विशेष अभियानमार्फत उद्धार गरिएको बताइएको छ ।

अमेरिकी विशेष बलले सयौँ कमाण्डो सहभागी गराएर इरानको भित्री क्षेत्रमा प्रवेश गरी उक्त अभियान सञ्चालन गरेको थियो । ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै घाइते अधिकारीको अवस्था सुधारोन्मुख रहेको बताएका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार घाइते अधिकृतसम्म पुग्न अमेरिकी र इरानी बलबीच करिब दुई दिनसम्म तीव्र खोजी अभियान चलेको थियो । यद्यपि, उद्धार टोलीमा कुनै क्षति नभएको जनाइएको छ ।

रिपोर्टअनुसार उक्त विमान शुक्रबार इरानले खसालेको थियो । त्यसमा मुख्य पाइलट र एक हतियार प्रणाली अधिकृत सवार थिए । मुख्य पाइलटलाई केही घण्टामै उद्धार गरिए पनि अर्को अधिकृत प्यारासुटबाट झरेपछि घाइते भएका थिए । त्यसपछि उनी पहाडी क्षेत्रमा लुकेर बसेका थिए र एक दिनभन्दा बढी समयसम्म नियन्त्रणबाट बाहिर रहेका थिए ।

उनले कठिन परिस्थितिमा बाँच्ने तथा बच्ने विशेष तालिम प्रयोग गर्दै कोहगिलुयेह र बोयर-अहमद प्रान्तका दुर्गम क्षेत्रमा आफूलाई लुकाएर बचाउन सफल भएका थिए । सोही समयमा अर्को अमेरिकी ए–१० विमान पनि होर्मुज जलडमरूमध्य नजिक खसेको थियो, जसका पाइलटलाई पनि सुरक्षित उद्धार गरिएको जनाइएको छ ।

अमेरिका र इरान दुवै पक्षले ती अधिकृतको खोजी गरिरहेका थिए भने इरानी रिभोलुसनरी गार्डसमेत उनलाई पक्राउ गर्न पुगेको थियो । खोजी कठिन भएपछि अमेरिकी गुप्तचर निकायले भ्रामक सूचना फैलाएर इरानी खोजीलाई अन्यत्र मोडेको बताइएको छ ।

यसैबीच विशेष प्रविधिबाट अधिकृतको वास्तविक स्थान पत्ता लगाएर अमेरिकी रक्षा संरचनालाई जानकारी गराइएको थियो । त्यसपछि ट्रम्पले तुरुन्त उद्धार अभियान सञ्चालन गर्न आदेश दिएका थिए ।

शनिबार विशेष कमाण्डो टोलीले कडा हवाई सुरक्षासहित अभियान सञ्चालन गरेको थियो । अमेरिकी लडाकु विमानहरूले इरानी बललाई सो क्षेत्रमा पुग्न नदिन आक्रमणसमेत गरेका थिए । घाइते अधिकृतसँग एक पिस्तोल मात्र रहेको बताइएको छ । उद्धारका क्रममा केही स्थानमा गोलीबारी भए पनि अन्ततः उनलाई सुरक्षित निकाल्न सफल भएको दाबी गरिएको छ ।

यस अभियानमा दर्जनौँ अमेरिकी विमान र सयौँ विशेष सैनिक सहभागी थिए । केही यातायात विमान फसेपछि पछि नष्ट गरिएको जनाइएको छ, ताकि ती इरानको नियन्त्रणमा नपरोस् । उद्धार गरिएका अधिकृतलाई उपचारका लागि कुवैत लगिएको बताइएको छ ।

ट्रम्पले यो अभियानले इरानको आकाशमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको देखाएको दाबी गरेका छन् । साथै उनले यसलाई सम्पूर्ण अमेरिकाका लागि गर्वको क्षण भएको उल्लेख गर्दै देश एकजुट हुनुपर्ने बताएका छन् ।

अर्कोतर्फ इरानले भने यस घटनाको खण्डन गरेको छ । अमेरिकी ध्वस्त भएका बिमानको तस्बीर जारी गर्दै इरानले अमेरिकी उद्धारको काम सफल नभएको दाबि गरेको छ ।

Read More

आइपिएलमा आज कोलकोता र पञ्जाव आमने सामने

काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल हुदैछ । इडन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा कोलकोताले खराब शुरुवात गर्दै आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ । कोलकोताले पहिलो खेल मुम्बई इण्डियन्ससँग हार बेहोरेको थियो भने दोस्रो खेलमा सनराइजर्स हैदरावादसँग हारेको थियो ।

त्यस्तै पञ्जाव किंग्सले भने यस सिजनमा उत्कृष्ट शुरुवात गर्दै आफ्ना शुरुका दुवै खेल जितेको छ । पञ्जावले पहिलो खेलमा  गुजरात टाइटन्सलाई पराजित गरेको थियो भने दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो ।

सम्भावित प्लेइङ ११: 

पञ्जाब किंग्स: प्रभसिमरन सिंह (विकेटकिपर), कूपर कोनोली, श्रेयस अय्यर (कप्तान), नेहल वढेरा, शशांक सिंह, मार्कस स्टोइनिस, मार्को जेन्सेन, जेभियर बार्टलेट, अर्शदीप सिंह, विजयकुमार विशाक र  युजवेन्द्र चहल ।

कोलकाता नाइट राइडर्सः फिन एलेन, अजिख्य रहाणे (कप्तान), अङ्करुश रघुवंशी (विकेटकिपर), क्यामरुन ग्रीन, रिंकु सिंह, अनुकुल रोय, रमनदीप सिंह, सुनील नारायण, कार्तिक त्यागी, वरुण चक्रवर्ती र  वैभव अरोरा ।

Read More

प्रतिनिधि सभाको बैठक अघि सर्बदलीय बैठक बस्दै

काठमाडौँ । सभामुखको चयनपछि आज बस्ने प्रतिनिधि सभाको बैठक अघि सर्बदलीय बैठक बस्ने भएको छ । संघीय संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा आगामी दिनमा संसद संचालन गर्न, कार्यव्यवस्था परामर्श समितिको गठन गर्ने विषयमा छलफल हुने बताइएको छ । कार्यव्यवस्था समितिले संसदको कार्यसूची तय गर्ने गर्दछ ।

आज दिउसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा यस अघिवेशनको पहिलो बैठकमा पेस भएका तीन अध्यादेशलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने कार्यसूची रहेको छ ।

Read More

नेप्सेको कारोबार अबदेखि शुक्रबार पनि, आइतबार बन्द हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अबदेखि सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार सञ्चालन हुने भएको छ । सरकारले इन्धनको खपत घटाउन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले आफ्नो कारोबार तालिका परिवर्तन गरेको हो ।

नेप्सेले सञ्चालक समितिले सातामा पाँच दिन कारोबार सुनिश्चित गर्न अब कारोबार सोमबारदेखि शुक्रबारसम्म हुने छ भने आइतबार कारोबार बन्द हुने छन् । 

यसअघि पनि सरकारले २०७९ सालमा शनिबार र आइतबार सार्वजनिक बिदा लागू गर्दा नेप्सेले शुक्रबार कारोबार सञ्चालन गरेको थियो । 

Read More