२०८३ बैशाख १३

अकुत सम्पत्ति कमाएका लेखा अधिकृतविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार पौडेलले पदको दुरुपयोग गर्दै गैरकानुनी रूपमा ६ करोड २६ लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । उनले अवैध रूपमा कमाएको सम्पत्ति लुकाउन नक्कली ऋण सापटी देखाउने र विभिन्न कारोबारमार्फत स्रोत लुकाउने प्रयास गरेको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

त्यसमध्ये करिब २ करोड ५१ लाख रुपैयाँ बैंक तथा सहकारीमा जम्मा गरिएको भेटिएको छ । साथै करिब २ करोड ५८ लाख रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नभएको पुष्टि भएपछि सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलाइएको छ ।

आयोगले उक्त रकम जफत गर्न तथा कैद र जरिवाना सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ। साथै उनको खातामा रहेको करिब १ करोड ७० लाख रुपैयाँ जफत गर्न माग गरिएको छ।

यस प्रकरणमा पौडेलकी पत्नी हुमा कुमारी उपाध्याय सहित जमुना कुमारी रोका क्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेललाई पनि सहयोगीको रूपमा प्रतिवादी बनाइएको छ। उनीहरूलाई मुख्य आरोपितलाई हुने सजायको आधा सजाय माग गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार भ्रष्टाचारबाट आर्जित सम्पत्ति लुकाउन सहयोग गरेको ठहर भएपछि उनीहरू विरुद्ध पनि मुद्दा दायर गरिएको हो ।

Read More

प्रतिपक्ष आकारले भन्दा विचारले बलियो हुन्छ- अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संसदमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले प्रतिपक्ष आकारले भन्दा विचारले बलियो हुने भन्दै विगतका उत्कृष्ट मानकलाई संसदमा अनुकरण गर्नुपर्ने बताए  ।

सभामुखको भूमिका संसदको गरिमा बढाउनमा महत्वपूर्ण भएको उदाहरण दिदै नेता केसीले स्थापित नजिर र मान्यताका दस्ताबेजका आधारमा सभामुखले लोकतन्त्रलाई बलियो बनाउन भूमिका खेल्न आग्रह गरेका थिए  ।

उनले लोकतन्त्र वाद प्रतिवाद र संवादको प्रक्रिया भएको बताउदै सभामुखले कटुता भित्रबाट सुन्दर सारंश निकाल्न भूमिका खेल्नुपर्ने बताए  ।

उनले संसदमा आकस्मिक समयका लागि सांसदहरुले पूर्व जानकारी दिनुपर्ने नियम हटाउनुपर्ने सुझाव दिए ।

Read More

राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारी निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (एमाले)की सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छिन् ।  सोमबार बसेको राष्ट्रियसभा बैठकमा भण्डारीलाई उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भण्डारी राष्ट्रियसभाको उपाध्यक्ष निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । 

नेकपा एमाले सांसद भण्डारी नेपाली कांग्रेस, नेकाप र जसपा नेपालको समर्थनमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् । 

Read More

अब संसद सिद्धान्तको हुन्छ- मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले अब संसद सिद्धान्तको हुने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले यसअघि संसद खुमलटार बालकोट र बुढानिलकण्ठले नियन्त्रणमा राखेको बताउदै अब संसद सिद्धान्तको हुने बताए ।

सांसद झाले यो संसदलाई दक्षिण एशियाको उत्कृष्ट संसद बनाउने अभियान शुरु गर्दै संसदमा आएको बताउदै विगतका सहि अभ्यासलाई अनुकरण गर्नुपर्न बताए ।

उनले सत्ता पक्ष बलियो भएर आएको अवस्थमा अहंकार देखाउन छुट नभएको उल्लेख गर्दै उनले विनम्र भएर प्रस्तुत हुनुपर्ने बताए ।  

Read More

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने बैतडी दोगडाकेदार गाउँपालिका-५ घर भएका ३४ वर्षीय विरेन्द्र बहादुर चन्द र नवलपरासी पश्‍चिम रामग्राम नगरपालिका-१३ घर भएका ३८ वर्षीय महाविर नाउ रहेका छन् । 

पक्राउ मध्ये विरेन्द्रले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रूपैयाँ र महाविरले अजरवैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विरेन्द्रलाई काठमाडौं महानगरपलिका-१० बाट र महाविरलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Read More

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । 

सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत श्रीवास्तवले भारतका विदेशमन्त्री एस. जयशंकरको तर्फबाट खनाललाई नयाँ जिम्मेवारी सम्हालेकोमा शुभकामना सन्देश प्रदान गरेका थिए ।

सो अवसरमा नेपाल-भारत सम्बन्ध र आपसी सहकार्यका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ महानगरको ४८औँ कार्यपालिका बैठक सम्पन्न, यी प्रस्ताव पारित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा विविधसहित २७ वटा प्रस्ताव कार्यसूचीमा थिए । 

वैठकको प्रारम्भ गर्दै कार्यवाहक प्रमुख डंगोलले, सहरी विकास र विकास व्यवस्थापनका मुद्दामा नेपाल सरकार र काठमाडौँ महानगरपालिकाका बिच समन्वय र सहकार्यमा सहज परिस्थिति निर्माण भएको बताएकी थिइन् ।  काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र शाह (बालेन) नेपाल सरकारको प्रधानमन्त्री, सहरी विकास र व्यवस्थापनमा विज्ञका रुपमा महानगरपालिकाका काम गर्नुभएका सस्मित पोखरेल शिक्षा मन्त्री र सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनुभएकोमा वधाई ज्ञापन गर्दै स्थानीय सरकार राम्ररी वुझेका व्यक्तित्वहरु नेपाल सरकारको प्रधानमन्त्री र मन्त्री पदमा रहनुभएकोले समन्वय र सहकार्यका लागि सहज भएको उनको भनाइ थियो । 

वैठकका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, ४७ औँ कार्यपालिका वैठकले गरेका निर्णय कार्यान्वयन अवस्थाका विषयमा जानकारी गराएका थिए । 

प्रवक्ता नविन मानन्धरले, कार्यालय प्रयोजनका लागि खर्च गरिँदै आएको इन्धनमा अत्यावश्यक कार्यमा प्रयोग हुने वाहेकका सवारी साधनका लागि प्रदान गरिँदै आएकाबाहेकमा कटौती गर्न र महंगी बढ्न नदिन प्रभावकारी अनुगमन सम्बन्धी प्रस्ताव राखेका थिए । 

वैठकले विवाद व्यवस्थापन तथा क्षतिपूर्ति कोष सञ्चालन कार्यविधि, २०८२  र मेट्रो मार्ट सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ गरी २ वटा कार्यविधि स्वीकृत गरेको छ । ३ वटा कार्यविधि संशोधनका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको छ । यसरी सहमति प्रदान गरिएका कार्यविधिहरुमा श्रम बैंक सञ्चालन कार्यविधि, २०८०, पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि, २०७८ र साझेदारी तथा लगानी ऐन, २०७९ रहेका छन् । 

यस्तै एउटा कानुन, एउटा मापदण्ड र ८ वटा वटा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान भएको छ । यसरी सहमति प्रदान गरिएको काुनमा  कार्यस्थलमा हुने लैङ्गिक हिंसा लगायत अन्य सबै किसिमका लैङ्गिक हिंसा विरुद्धको कानुन रहेको छ । कार्यविधितर्फ होमस्टे दर्ता तथा नविकरण कार्यविधि, सामुदायिक विद्यालय सार्वजनिक खरिद कार्यविधि, संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, प्रारम्भिक बाल विकास केन्द्र तथा शिशु स्याहार केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, विशेष शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, वैकल्पिक शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, शैक्षिक गुठी सञ्चालन तथा व्यवस्थापन कार्यविधि र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त सहर व्यवस्थापन कार्यविधि रहेका छन् । यस्तै अस्थायी संरक्षण गृह सञ्चालन सम्बन्धी मापदण्ड तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरिएको छ । 

Read More

कंगनाको सुपर हिट फिल्म क्वीनको सिक्वेल बन्ने

काठमाडौँ । बलिवुडको सुपरहिट फिल्म क्वीन फिल्मको सिक्वेल निर्माणको तयारी सुरु भएको छ । नयाँ फिल्मको नाम ‘क्वीन २’ नराखी ‘क्वीन फरेभर’ राख्ने तयारी भइरहेको जनाइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक विकास बहलले नै सिक्वेल निर्देशन गर्नेछन् । फिल्म छायांकन आगामी अप्रिलबाट सुरु गर्ने योजना बनाइएको छ । निर्माण पक्षले ‘क्वीन फरेभर’ शीर्षकलाई उपयुक्त मान्दै छिट्टै औपचारिक घोषणा गर्ने तयारी गरेको बताइएको छ ।

नयाँ संस्करणमा कंगना रनौतले निभाएको ‘रानी’ पात्रको यात्रा फरक हुनेछ । यसपटक उनी विदेश नगई भारतका विभिन्न सहर घुम्दै आत्मखोजको यात्रामा निस्कने कथावस्तु रहने जनाइएको छ । फिल्मको निर्माण ट्रिगर ह्याप्पी स्टुडियोले गर्ने बताइएको छ ।

सन् २०१४ मा प्रदर्शनमा आएको ‘क्वीन’ले दर्शकमाझ ठूलो सफलता पाएको थियो । प्रेमीले विवाह तोडिदिएपछि एक युवतीले एक्लै हनिमुन यात्रा गर्ने कथा बोकेको यो फिल्मले समाजमा सकारात्मक सन्देश दिएको थियो ।

Read More

तेहरानस्थित शरीफ युनिभर्सिटीमा आक्रमण

काठमाडौँ । तेहरानस्थित शरीफ युनिभर्सिटी अफ टेक्नोलोजीमा सोमबार बिहान आक्रमण भएको छ । स्थानीय प्रशासनका अनुसार घटनापछि विश्वविद्यालयमा आक्रमण भएपछि आसपासको क्षेत्रमा ग्यास आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ ।

जिल्लाका मेयरले दिएको जानकारीअनुसार आक्रमणको प्रभाव विश्वविद्यालय क्षेत्रसम्म पुगेको छ । सञ्चारमाध्यमका अनुसार सूचना प्रविधि केन्द्रको भवन र विश्वविद्यालयको मस्जिद समेत आक्रमणबाट प्रभावित भएका छन् ।

सोमबार बिहान सार्वजनिक भएका तस्बिरहरूमा तेहरानको पश्चिमी क्षेत्रबाट बाक्लो धुवाँ उठिरहेको देखिएको छ, जसले आक्रमणको गम्भीरता संकेत गरेको छ ।

युद्ध सुरु भएयता इरानका विभिन्न विश्वविद्यालयहरू पनि निशानामा परिरहेका छन् । यसअघि तेहरान युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी र शाहिद बेहेश्ती युनिभर्सिटीमा समेत आक्रमण भएको खबर सार्वजनिक भइसकेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको समयसीमा मंगलबारसम्म बढाएका छन् । उनले सो दिन इरानका ऊर्जा केन्द्र र पुलहरूमा आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।

Read More

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न

काठमाडौँ । ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाले आफ्नो पुरक प्रारम्भिक वातावरणीय परीक्षण अन्तर्गत प्रभावित क्षेत्रमा पर्ने भौतिक तथा वातावरणीय प्रभावबारे स्थानीय सरोकारवालाबीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।

दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजना बेसीशहर नगरपालिका वडा नं. ६ र १० तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ८ र ९ अन्तर्गत मर्स्याङ्दी नदीमा निर्माणाधीन रहेको छ। आइतबार मर्स्याङ्दी गाउँपालिका–८, सिमलचौरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयवासी, सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष प्रमुख अतिथिका रूपमा, बेसीशहर नगरपालिकाका नगरप्रमुख, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षहरू, दुवै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू, वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामुदायिक वनका प्रतिनिधिहरू, आयोजनाका प्राविधिक टोली तथा स्थानीयको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा केही व्यक्तिहरूले विरोध जनाउँदै कार्यक्रम अवरुद्ध गर्न खोजे पनि स्थानीय समुदायको सकारात्मक भूमिकाका कारण कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक मिलन खड्काले जलविद्युत विकासमार्फत देशको समृद्धि सम्भव रहेको उल्लेख गर्दै केही नकारात्मक तत्वहरूले व्यक्तिगत स्वार्थका लागि विकास अवरुद्ध गर्न खोजेको आरोप लगाए। उनले भने,

उक्त आयोजना करिब १० अर्ब रुपैयाँ लागतमा निर्माण हुने अनुमान गरिएको छ। २०७४ असोज १ गते वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको र २०७५ भदौ १० गते विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। आयोजनाबाट करिब साढे दुई वर्षभित्र व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । हाल आयोजनाले निर्माण कार्य अघि बढाइसकेको जनाएको छ।

Read More