काठमाडौँ । युएईले जारी आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ सिरिज अन्तर्गतको खेलमा ओमानलाई पराजित गरेको छ ।
सोमबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा युएईले ओमानलाई २५ रनले पराजित गरेको छ ।
युएईले दिएको २६९ रनको लक्ष्य पछाएको ओमानले ४७.५ ओभरमा अल आउट हुदै २४३ रन बनाएको थियो । ओमानलाई अल आउट गर्नेक्रममा युएईका बलर अजय कुमारले ६ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको युएईले आर्यांश शर्माको १०५ रनको शतकीय पारीको मद्धतले ५० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनाएको थियो ।
यो जितपछि युएईको २२ खेलमा १२ रन भएको छ भने ओमानको २५ खेलमा २९ अंक रहेको छ ।




