काठमाडौँ । सांसद महावीर पुनले सरकारले ल्याएको अध्यादेशको समर्थन गरेका छन् ।
विहिबार सामाजिक सञ्जालमा लेख्दै सांसद पुनले सरकारले आवश्यक परे अध्यादेश ल्याएरै भए पनि जनताका हितका काम अघि बढाउनुपर्ने बताएका हुन् ।
उनले विगतदेखि नै जनताका लागि उपयोगी काम गर्न खोज्दा ऐन कानुनको अभाव देखाउँदै मन्त्रालयले रोक्ने गरेको भन्दै आफूले लामो समयदेखि यस्ता अवरोध झेल्दै आएको भुक्तभोगी रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्ने पर्छ ! कुविद्वानहरुले किचकिच नगरौं मैले धेरै बर्ष अगाडी देखि जनताहरुलाई फाईदा हुने कामहरु गर्न खोज्दा मन्त्रालयले ऐन कानुन छैन भनेर अल्भयाउँदा धेरै दुख पाएको भुक्तभोगी म हुँ ।’
पुनले जेनजी आन्दोलनपछिको समयमा शिक्षा मन्त्री हुँदा आफूले अघि बढाउन खोजेका धेरै काम कर्मचारीले ऐन कानुनकै आधारमा रोकेको उल्लेख गर्दै आफूले प्रस्ताव गरेका तीनवटा अध्यादेशसमेत धेरै प्रयास गर्दा पनि अघि बढ्न नदिएको गुनासो गरेका छन् ।



