काठमाडौँ । नेपाली कांग्रेस का संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शनिबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल सँग भेटवार्ता गरेका छन्।
आङ्देम्बेले राष्ट्रपतिसँगको भेटमा समसामयिक राजनीतिक अवस्था तथा विशेषगरी अध्यादेशसम्बन्धी विषयमा छलफल गरेका हुन्।
भेटका क्रममा उनले सरकारले सिफारिस गरेका अध्यादेशबारे विपक्षी दलहरूको धारणा राष्ट्रपतिलाई अवगत गराएका थिए। हालसम्म सरकारका तर्फबाट सिफारिस गरिएका केही अध्यादेश जारी भइसकेका छन् भने बाँकीबारे विवाद जारी छ।
विपक्षी दलहरूले भने विवादित अध्यादेशहरू फिर्ता लिन आग्रह गर्ने तयारी गरिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।




