२०८३ बैशाख १९

धरानमा सुकुमवासीको प्रदर्शन: ‘पहिला बसोबास देऊ, अनि हटाऊ’

काठमाडौं। काठमाडौँमा सुकुमवासी बस्तीमा डोजर चलाइएको घटनाको विरोधमा धरान मा प्रदर्शन भएको छ।

नेपाल बसोबास बस्ती संरक्षण समाज र बस्ती रक्षा संरक्षण परिचालन समिति को अगुवाइमा शनिबार छाता चोक मा भेला भएर प्रदर्शनकारीहरूले बजार परिक्रमा गरेका हुन्।

प्रदर्शनकारीहरूले सुकुमवासीलाई वैकल्पिक बसोबासको व्यवस्था नगरी जबर्जस्ती बस्ती हटाइएको भन्दै सरकारको कदमको विरोध गरेका छन्। उनीहरूले संविधानले सुनिश्चित गरेको आवासको हक कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

धरानका विभिन्न वडा—१, ३, ५, ११, १३ र १५ मा सुकुमवासी बस्तीहरू रहेको बताउँदै उनीहरूले दीर्घकालीन समाधान बिना बल प्रयोगले समस्या झन् जटिल बनाउने चेतावनी दिएका छन्।

यो विरोधले सुकुमवासी व्यवस्थापनको विषय केवल काठमाडौँमा सीमित नभई देशव्यापी बहसको विषय बन्दै गएको संकेत दिएको छ।