२०८३ बैशाख १३

निर्माता बचाउन कलाकार शर्माको साहसी निर्णय: पारिश्रमिक नलिने घोषणा

काठमाडौँ, १२ असार। कलाकार तथा निर्माता निर्मल शर्मा ‘गैंडा’ले आफूले खेलेको असफल फिल्मबाट बाँकी ६६ प्रतिशत पारिश्रमिक नलिने घोषणा गरेका छन्।

उनले फेसबुकमार्फत यो निर्णय निर्माता बचाउने उद्देश्यले लिएको जनाए। “फिल्म क्षेत्र टिकाउन निर्माता सुरक्षित हुनुपर्छ,” भन्ने विश्वास राख्ने शर्माको यो कदम निर्देशकदेखि कलाकारसम्मले प्रशंसा गरेका छन् ।

तर, केहीले यो शैली दीर्घकालीन समाधान नभएको भन्दै निर्माताले नै सही परिश्रमिकको संस्कार बसाल्नुपर्ने तर्क पनि गरेका छन् ।

दीपकराज गिरीले व्यंग्य गर्दै भनेका छन्, “यदि असफल फिल्मको पैसा फिर्ता गरिने हो भने त वर्षमा ३०० वटा फिल्म बन्ने हो।”