काठमाडौँ, १२ असार। ‘षडङ्ग’ निर्देशक सुरज सुनुवारको निर्देशनमा नयाँ हरर-कमेडी सिनेमा ‘घोस्टेल’ बन्ने भएको छ ।
निर्माता कम्पनी अनन्या फिल्म्सले पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो।
“जब त्रासले हाँसोलाई भेट्छ” भन्ने नारासहित आएको सिनेमा ‘घोस्टेल’ सन् २०२६ मा रिलिज हुने लक्ष्य राखिएको छ। फिल्मको कथा निर्माता सुयोग गुरुङकै हो भने निर्माणमा उनीसँगै सरोज न्यौपाने पनि रहनेछन्।
कलाकार छनोट प्रक्रिया चलिरहेको र सिनेमाको छायांकन तिहारपछि सुरु हुने बताइएको छ ।




