काठमाडौँ, १२ असार । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ नयाँ सिनेमा ‘जहाजैमा’ अनुबन्ध भएका छन ।
‘पिताम्बर’की निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्ने यो सिनेमामा केदार मुख्य भूमिकामा देखिने छन् । यसअघि उनले ‘जेरी अन टप’, ‘माग्ने राजा’ र ‘माइतीघर’ को छायांकन सकाइसकेका छन् ।
‘जहाजैमा’ मा जापानी-फिलिपिनी अभिनेत्री रजेल इचिमिया पनि अनुबन्धित भएकी छिन, जसको यो नेपाली सिनेमा डेब्यु हुनेछ । नेपाल-जापान सम्बन्ध, प्रेम र संघर्षको कथा भन्ने फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुनेछ। यो सिनेमा २०२६ मा रिलिज हुने बताइएको छ।




