२०८२ फाल्गुन २९

ट्रेड टावर सूचीकरण तयारीमा, दोस्रो बजारमा चाँडै कारोबार सुरु

काठमाडौं, २९ असार। ट्रेड टावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने अन्तिम तयारीमा पुगेको छ। कम्पनीले अघिल्लो साता नै नेप्सेमा सूचीकरणका लागि आवश्यक फाइल पठाएको जानकारी दिएको छ। कम्पनी स्रोतका अनुसार, हाल फाइल माथिल्लो चरणको प्रक्रिया अन्तर्गत रहेको र छिट्टै सूचीकरण मिति तय हुने अपेक्षा गरिएको छ।

कम्पनीको सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड असार १ गते बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत गरिएको थियो। बाँडफाँडपछि केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले असार २२ गते आइतबार साँझ लगानीकर्ताहरूको खातामा सेयर हस्तान्तरण गरिसकेको छ।
सूचीकरण प्रक्रिया सम्पन्न भएलगत्तै ट्रेड टावरको सेयर ट्रेडटावर सिम्बोलमार्फत दोस्रो दिनदेखि नै कारोबार हुन सुरु गर्नेछ। यसले गर्दा सेयर पाएका लगानीकर्ताहरूले अब छिट्टै नेप्सेमा खरिदबिक्री गर्न पाउनेछन्।

कम्पनीको आईपीओमा सहभागी कुल आवेदकमध्ये गोलाप्रथाबाट ३ लाख २९ हजार ६५० जनाले सेयर प्राप्त गरेका थिए।