काठमाडौँ, ९ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिका-६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन गरेका छन् ।
तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्न पुगेका प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका-६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्ने सहितका कार्यक्रमका लागि आज महोत्तरी र बारामा रहेका छन् ।




