२०८३ बैशाख १३

आज वराह जयन्ती श्रद्धापूर्वक मनाइँदै, सत्ययुगको जलप्रलयपछि पृथ्वी उद्धारको कथा

काठमाडौँ, ११ साउन। जलमा डुबेकी पृथ्वीलाई भगवान् विष्णुले उद्धार गरी मानव बसोवास गर्न योग्य बनाएको सम्झनामा आज वराह जयन्ती पर्व मनाइँदै छ ।

सत्य युगमा जलमा डुबेकी पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले श्रावण शुक्ल तृतीयाका दिन वराह (बनेल) को रूप लिएको विषय वराहलगायत पुराणमा उल्लेख गरिएको छ । पृथ्वीमा महाप्रलय भएर जलमा डुबेपछि पनि वराहरूपी विष्णुले उद्धार गरेको वैदिक ग्रन्थमा उल्लेख गरिएको छ ।
भगवान् विष्णुले विभिन्न तत्वबाट मानव समुदायलाई बचाउन मुख्यरूपमा दश अवतार लिएको धार्मिक मान्यता छ । मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, श्रीराम, कृष्ण, बुद्ध र कल्की गरी दश अवतार लिई असत्यबाट सत्यको रक्षा गर्नुभएको वैदिक ग्रन्थमा व्याख्या गरिएको छ ।

यसै सम्झनामा आज वराहरूपी भगवान् विष्णुको पूजा आराधना गरी वराह जयन्ती मनाइन्छ । यस अवसरमा उपत्यकाका विभिन्न स्थानमा रहेका वराह/वाराही मन्दिरमा भीड लाग्ने गर्छ ।